Author Topic: Today's News from Nepal (आजको समाचार)  (Read 11803 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Today's News from Nepal (आजको समाचार)
« on: February 28, 2015, 01:41:00 AM »
फागुन १५, २०७१ 
February 27, 2015

लोकमानकी छोरीको बिहे तडकभडक रहित
काठमाडाै‌ फागुन १५ - सामाजिक समारोहहरूमा तडकभडक र अशोभनीय उच्छृंखलताले व्यापकता पाइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले छोरीको बिहे कानुनले तोकेको परिधिभित्र रहेर सामान्य रूपमा सम्पन्न गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।


कुन दलको खातामा कति पैसा ?

गत वर्ष एमालेले १६ करोड, एमाओवादीले ७ करोड र कांग्रेसले ३ करोड आम्दानी गरेको छ । कांग्रेस  १८ लाख ६९ हजार घाटामा छ । एमाले ३ करोड ९० लाख नाफामा छ । एमाओवादी भने ३ करोड ११ लाख सहित नाफामा छ । कांग्रेसको ११ खातामा जम्मा २८ हजार छ । एमालेका १३ खातामा १० लाख ९४ हजार छ भने एमाओवादीको खातामा १ करोड ३४ लाख छ । (नयाँ पत्रिका दैनिक)

स्वाइन फ्लु संक्रमित ३ जना बेस्सरी थलिए
स्वाइन फलु संक्रमणले थलिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या बिहीबार तिन जना पुगेको छ । ( कान्तिपुर दैनिक)


सीमा र संगीताको उपचार खर्च सरकारले व्यहोर्ने

फागुन १४ - तेजाब आक्रमणमा परी घाइते भएका दुई किशोरीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले उपचार खर्चका लागि बुधबार गृह मन्त्रालयलाई पत्राचार गरेको छ । (नयाँ पत्रिका दैनिक)


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #1 on: February 28, 2015, 11:11:08 PM »
फागुन १६, २०७१
February 28, 2015

स्वाइन फ्लु जाँच अपुग, २१ जनामा देखियाे

स्वाइन फ्लुले महामारीको रूप लिने जोखिम बढिरहेका बेला सरकारले चौबीसै घन्टा परीक्षण सेवा दिनुपर्नेमा शंका लागेर परीक्षण गराउन आएका बिरामीसमेत जाँच्दैनजाँची फर्कन बाध्य भएका छन्। (अन्नपूर्ण पाेस्ट)


परपुरुषसँग आमा रंगेहात भेटिँदा
भखैरै टिनएजमा प्रवेश गरेका एक किशोरको मनोदशा । उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने । त्यही मौकाको फाइदा आमाले उठाँउदी रहिछिन् ।
एक दिन दिउँसाे उनी घर आउँदा आमा त परपुरुषसँग संभाेगरत । त्यसपछि उनले भान्साबाट तरकारी काट्ने चक्कु ल्याएर ती परपुरुषलाई हानेछन् ।
तर, ती पुरुष ढोकाबाट निस्केर भाग्न सफल भए।
उल्टै  आमाले पिटेपछि उनले घर छाडेर हिँडेछन्। आमाको ब्याइफेन्डले पनि बारम्बार धम्की दिने ।
ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन् । स्कुलले ती किशोरलाई म कहाँ ल्याइदियो । आमाबाबुको सम्बन्ध बिग्रन्छ भनेर आफना आमाको चर्तिकला बाबुलाई सुनाएको रहेनछ ।
आत्मनिर्भर भइसकेकाले उसको आमासँग भेटघाट र बोलचालै छैन ।

(अन्नपूर्ण पोस्टका लागि  राजकुमार दिक्पालले डाक्टर गंगा पाठकसँग यौन र विचलन शिर्षकमा लेखिएको समाचार ।)



नेपालभन्दा धनी ४३ जना
धनीहरुको सूची प्रकाशित गर्ने फोब्र्स पत्रिकाको पछिल्लाे सूची हेर्ने हो भने नेपालको अर्थतन्त्र भन्दा बढी सम्पत्ति भएका ४३ जना अर्वपति विश्वभर फैलिएका छन् । -- कान्तिपुर


दुई किशोरी माथी एसिड आक्रमण गर्ने पक्राउ पर्न सकेनन्
 राजधानीमा ट्युसन पढिरहेका दुई किशोरी माथी एसिड आक्रमण भएको एक साता बित्दा समेत त्यसका अभियूक्त पक्राउ पर्न सकेका छैनन् । --- कान्तिपुर

sag

  • VIP
  • ******
  • Posts: 738
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #2 on: March 01, 2015, 02:09:50 PM »
फागुन १७, २०७१
March 1, 2015

फर्किए अवैध कोरियाली
फागुन १७ - पर्यटक भिसा (प्रवेशाज्ञा) मा नेपाल आएर काम गरेको भन्दै चौतर्फी आलोचना भएपछि ५४ जना उत्तर कोरियाली नागरिकहरु फर्किएका छन। (अन्नपूर्ण पाेस्ट)


बाबुराम भट्टराई भारततिर
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा निस्किएका छन् । (राजधानी दैनिक)


मर्न तयार छु तर झुक्न तयार छैन्
बहुमतीय प्रक्रिया रोकेर सहमतिमा संविधान निर्माण गर्न सत्ता पक्षलाई दबाब दिन एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले शनिवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। (अन्नपूर्ण पाेस्ट)



भुटानमा २८ हजार नेपालीभाषी अनागरिक
भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोखेको नागरिकता अझै फिर्ता पाएका छैनन । (नयाँ पत्रिका दैनिक)



चिनियाँ बारमा नेपाली छोरी

५ जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्कीमस्की नाच्दै थिए । उनीहरु अर्धनग्न अवस्थामा थिए ।
नेपालबाट गएका ठूलावडा भनिनेहरु पनि यी बारका गतिला ग्राहक रहेछन् । जतिजति रात छिप्पिदैँ गयो, उति नै वातावरण उत्तेजित हुँदै गएको थियो । बिहान ५ नबज्दै डान्स फ्लोरबाट युवतीहरु हराउँदै गएँ । (नेपालसमाचार पत्र दैनिक)

भारतमा रहेका श्रीमानसँग ठाक्कठुक्क परेपछि छोराको निर्मम हत्या
नवलपरासी, फागुन १७ - बिदेशमा रहेका आफना लोग्नेसंग टेलिफोनमा झगडा गरेकी निर्दयी आमाले आफनै ९ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेकी छन् । (कान्तिपुर दैनिक)


त्रिविले अंग्रेजीको थेसिस स्विकार्ने
 त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर दोस्रो वर्षको अंग्रेजीको शोधकार्य (थेसिस पेपर)लाई सय पूर्णांकको नै स्विकार्ने भएको छ । (कान्तिपुर दैनिक)
« Last Edit: March 01, 2015, 02:43:39 PM by sag »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #3 on: March 02, 2015, 11:55:10 AM »
फागुन १८
March 2, 2015

'राजसंस्था राख्‍ने सहमति श्यामशरणले उल्ट्याए'
    काठमाडौं फागुन १८ - दोस्रो जनआन्दोलन २०६२/६३ मा तत्कालीन राजा र र आन्दोलनरत दलहरूबीच राजसंस्था राख्ने सहमति भएको तर नेपालका लागि भारतका पूर्वराजदूत श्यामशरणले त्यसलाई उल्ट्याएको खुलासा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले गरेका छन्। (अन्नपूर्ण पाेस्ट दैनिक)



यौन दुर्व्यवहार गर्ने क्यानडालीलाई ७ वर्ष जेल
काठमाडौं फागुन १८ - पन्ध्र वर्षीय किशोरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका क्यानडाली नागरिक अर्नेस्ट फेनविक म्याकिन्टसलाई ललितपुर जिल्ला अदालतले सात वर्षको जेल सजाय सुनाएको छ। (नागरिक दैनिक)


कुख्यात सुन तस्कर अग्रवाल गिरफ्तार
काठमाडौं फागुन 1८ - नेपाल प्रहरीले सुन तस्करीका कुख्यात बालकृष्ण अग्रवाललाई गिरफ्तार गरेको छ । (अन्नपूर्ण पाेस्ट दैनिक)


घूस लिएको फुटेज माग्दा नदिएपछि अख्तियारले २ पत्रकारमाथि मुद्दा चलायो
काठमाडौं फागुन १८ - घूस लिँदै गरेका प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको भिडियो खिच्ने दुई पत्रकारलाई अख्तियारकै निर्देशनमा मुद्धा दायर गरिएको छ । (कान्तिपुर दैनिक)


भारतीय विदेश सचिव मार्चको तेस्रो साताभित्र नेपाल अाउने
नयाँ दिल्ली, फाल्गुन १८ - मोदी सरकारले राखेको ‘छिमेक प्राथमिकता’ नीतिअनुसार विदेश सचिव एस जयशंकरले आइतबारबाट दक्षिण एसियाली मुलुकको भ्रमण (सार्क यात्रा) सुरु गरेका छन् । भ्रमणको सुरुवातमा विदेश सचिव आइतबार अपरान्ह भुटानको राजधानी थिम्पू पुगेका छन् । (कान्तिपुर दैनिक)


छोटे राजाहरु शान्ति सम्झौता तोड्न उद्दत - बाबुराम
दिल्ली, फागुन १८ - पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफूहरु युद्धको पक्षमा नभए पनि जनताको हक–अधिकार खोसिएको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । (कान्तिपुर दैनिक)




वाईसीएलले भ्रष्टाचारी, तस्करीबिरुद्ध कारबाही अघि बढाउने
काठमाडौं , फाल्गुन १८ - एमाओवादीको भ्रातृ संगठन वाईसीएलले भ्रष्टाचारी, तस्करी, कालाबजारीबिरुद्ध कारबाही अघि बढाउने निर्णय गरेको छ । वाईसीएल केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियामा आएलगत्तै सञ्चालन गरेको अभियान फेरि थाल्ने निर्णय गरेको हो । (कान्तिपुर दैनिक)



वार्ता हुन अझै केही दिन लाग्ने
काठमाडौं , फागुन १८ - प्रमुख दलहरूबीच औपचारिक वार्ता हुन अझै केही दिन लाग्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चार दिनका लागि उपत्यका बाहिर गएकाले संवाद हुन केही दिन लाग्ने भएको हो । (कान्तिपुर दैनिक)



मोवाईल चार्ज गर्दा दुई युवाको मृत्यु

हेटौडा, फागुन १८ - मोवाईल चार्ज गर्दा हाईभोल्टेजका कारण करेन्ट लागेर आइतवार वेलुका दुई युवाको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । हाईभोल्टेजका कारण करेन्ट लागेर मृत्यु हुनेमा मकवानपुरगढी गाविस ९ का १९ वर्षीय अनिल जिम्वा र १८ वर्षीय विशाल परियार रहेका छन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #4 on: March 03, 2015, 01:04:06 PM »
फागुन १९, २०७१
March 3, 2015

श्वेता खड्का भन्छिन्–बिहेको रात परिवारै उहाँलाई रुँगेर बस्यौँ
फागुन १९ - बिहेको अघिल्लो दिन ज्वरोले उहाँ (श्रीकृष्ण श्रेष्ठ) ओछ्यानबाट उठ्न सक्नु भएको थिएन। भोलिपल्ट बिहेभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह्रो भएन होला। हाम्रो सुहागरात बेदनामय भयो। उहाँलाई व्यथाले चापेपछि म र परिवारले रातभरि उहाँलाई रुँगेर बस्यौँ। (नयाँ पत्रिका)


पूर्वराजावादीदेखि विपक्षी मोर्चासम्म सुरक्षा चुनौती
काठमाडौँ, फागुन १९ - उपप्रधान एवम् गृहमन्त्री बामदेब गौतमले शान्ति सुरक्षामा एक दर्जन चुनौती रहेको जनाउ दिएका छन्। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा सोमवार शान्ति सुरक्षाबारे सभासदले उठाएका प्रश्नको जवाफ दिँदै गौतमले सो जानकारी गराएका हुन्।


सरकार फेर्न ओलीको प्रस्ताव
काठमाडौं, फागुन १९ - एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसमेत फेर्ने गरी कांग्रेस-एमालेबीच नयाँ सहमति हुनुपर्ने प्रस्ताव ल्याएका छन्। कांग्रेस-एमालेबीच गत वर्ष माघ २६ मा भएको सातबुँदे सहमति माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्रीसमेत फेर्ने गरी नयाँ सहमति आवश्यक रहेको प्रस्ताव एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालासँग राखेको खबर आजको अन्नपूर्णमा माधव ढुंगेलले खबर लेखेका छन्



अब प्रिपेड र पोष्टपेडबीच पनि ट्रान्सफर हुने
काठमाडौं, फागुन १९ - नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको छ।
(आजको अभियान दैनिकमा )


कोरिया पठाउने भन्दै तीन करोड ठगी

काठमाडौं, फागुन १९ - जनही आठ लाख रुपैयाँ उठाएर कामका लागि भन्दै दक्षिण कोरिया पठाउन लागिएका ३७ जना नेपाली विमानस्थलबाट फर्काइएपछि उनीहरू ठगिएको खुलेको छ। म्यान पावर कम्पनी र वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतोमा उनीहरू ठगिएका खबर छ।
(अन्नपूर्ण)


अमेरिकी जेलमा भएका नेपाली खोज्न निर्देशन
काठमाडौँ, फागुन १९ - नेपालबाट विभिन्न मुलुकमा हुने गरेको मानव तस्करीको जालो पत्ता लगाउन संसदीय समितिले चासो देखाएको छ द। दलालहरुले भनेजुयला, ब्राजिल, भियतनाम, बोलिभिया, कोलम्बियालगायत मुलुकका स्थल र समुद्री मार्ग हुँदै संयुक्त राज्य अमेरिका छिराउने र त्यहाँ पुगेपछि नेपालीहरु प्क्राउ पर्ने क्रम बढेको छ। अमेरिका छिर्ने क्रममा पक्राउ परेका नेपालीबारे सरकार नै बेखबर भएपछि संसदीय समितिले चासो देखाएको हो। (कारोबार दैनिक)



शैक्षिक परामर्शदाता बन्न योग्यतै नचाहिने !
काठमाडौं, फागुन १९ - - शिक्षा मन्त्रालयले तालिम नलिएका अयोग्य व्यक्तिद्वारा सञ्चालित परामर्शदाता संस्थालाई समेत अनुमति दिने भएको छ। राजधानीलगायत देशका विभिन्न स्थानमा विदेश जाने विद्यार्थीलाई परामर्श दिने भन्दै संस्थाहरू सञ्चालनमा छन्। यस्ता संस्थाले शिक्षा मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ। कुनै संस्थामा तालिमप्राप्त परामर्शदाता नभएपछि मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको खबर छ। (Kantipur)


छोराछोरी नपढाए सरकारी सुविधा नपाइने
काठमाडौं, फागुन १९ - सरकारले छोराछोरी नपढाउने अभिभावकलाई सरकारी सेवा सुविधानबाट वञ्चित गर्ने भएको छ। बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गरी पढाउन अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन निर्देशिक जारी भएको छ।
(kantipur)


भारतसँग भट्टराईको गुहार

नयाँदिल्ली, फागुन१९ - एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अर्को द्वन्द्व हुन नदिन र नेपालको राजनीतिक समस्या समाधान गर्न भारतले फेरि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी र विदेशमन्त्री सुषमा स्वराजसँग भेट गर्नुभन्दा अघिल्लो दिन सोमबार नयाँदिल्लीमा भट्टराईले यस्तो बताएका खबर छ
(अन्नपूर्ण)


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #5 on: March 04, 2015, 10:19:48 AM »
BREAKING

टर्कीको इस्तानबुलबाट काठमाडौं आएका टर्किस एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ ।
बुधबार बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरण गर्दै गर्दा टीके ७२६ फ्लाइटको विमान रन वेबाट चिप्लिएको हो ।



http://xnepali.net/np/1620



कोरियामा स्नातकलाई पीआर
काठमाडौं फागुन २० - कोरियाको न्याय मन्त्रालयले त्यहाँका कुनै पनि विश्वविद्यालयबाट स्नातक वा सो भन्द्या माथि उत्तिर्ण आप्रवासीलाई स्थायी बसोबासका लागि अनुमति पीआर दिने भएको छ । विज्ञान तथा इन्जिनियरिङमा स्नातक उत्तीर्ण भएका र कोरियामा वैधानिक रुपले ३ वर्ष भन्दा लामो समय बसिसकेका जो कोहीले पीआर पाउनेछन् । यसका लागि वार्षिक २७ हजार अमेरिकी डलर आम्दानी भएको हुनुपर्छ ।
(कारोबार दैनिक)


धरौटी तिर्न नसक्दा बालकलाई जेल
काठमाडाैं फागुन २० - अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि एक असहाय नाबालक जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा बन्दी जीवन बिताउन बाध्य छन् । चोरीको अभियोगमा मुद्दा चलाइएका उदयपुर सिम्ले –५का विकास राई दनुवारलाई कानुनविपरित अरु अपराधीसँगै थुनामा राखिएको हो ।
( अन्नपूर्ण पोस्ट दैनिक)


राजधानीमै विद्यार्थीलाई स्वाइन फ्लु
काठमाडौं फागुन २० - राजधानीको एक निजी विद्यालयमा स्वाइन फ्लु संक्रमित विद्यार्थी फेला परेपछि विद्यालय बन्द गरिएको छ ।
(नेपाल समाचारपत्र दैनिक)


बिहेको नाममा काेरिया र चीनमा बेचिँदै नेपाली युवती
काठमाडौं फागुन २० - नेपाली युवतीलाइ विदेशी पुरुषसँग विवाह गराउने नाममा विदेशमा बिक्री गर्ने गरेको खुलेको छ । यस्तो धन्दामा सम्लग्न रहेको आरोपमा राजधानीका म्यारिज ब्युरोमा छापा मारेर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
(नयाँ पत्रिका दैनिक)


हाेलीमा ५३ स्थानमा ट्राफिक चेक प्वाइन्ट
काठमाडौं फागुन २० - होली पर्वमा उपत्यकालाई दुर्घटनारहित बनाउन महानगरीय ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक सुरक्षा योजना बनाएको छ। होली सुरक्षाका लागि उपत्यकालाई विभिन्न चारवटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा डिएसपीको नेतृत्वमा विशेष सुरक्षा टोली परिचालन गर्न लागेको हो।
(नागरिक दैनिक)


कर्णाली नदी खोलिएन, उद्धारका लागि हेलिकोप्टर जान सकेन
मुगु फागुन २० - हुम्ला जिल्लाको लिमि गाबिसबाट बग्ने लिम नदी भारी हिमपातका कारण लिमको हल्जिमा थुनिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ।
(अन्नपूर्ण पाेस्ट दैनिक)


यसकारण प्रचण्ड भारत गएनन्
काठमाडौ, फागुन २० - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारत जान मन हुँदाहुँदै यस पटक गएनन् । पार्टीनिकट अखिल भारत नेपाली एकता मञ्चको सम्मेलनमा उनी र वरिष्ठ नेता बाबुराम भट्टराई दुवैलाई निम्ता थियो । तर, दाहालले आफू नगई भट्टराई र महासचिव कृष्णबहादुर महरालाई पठाए ।
(कान्तिपुर दैनिक)
« Last Edit: March 04, 2015, 10:35:02 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #6 on: March 05, 2015, 04:34:09 AM »
Aajako exchange rate

Will add the news in a while ...


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #7 on: March 06, 2015, 04:19:18 AM »
फागुन २१, २०७१
March 5, 2015


 टर्किस एयरलाइन्सका यात्रुहरु जहाजको आपतकालीन द्वारबाट बाहिर निसक्दै गरेको भिडियो (http://xnepali.net/np/1620 बाट):



यसरी भयाे टर्किस जहाज दुर्घटना ?
काठमाडाै‌ फागुन २१ - नागरिक दैनिक लेख्छ त्रिभुवन विमानस्थल स्रोतका अनुसार टर्किस जहाज दुर्घटना पर्नुको कारण ‘प्रतिकूल मौसम' हो। अवतरण गर्ने बेला धावनमार्गको ‘भिजिबिलिटी' (जहाजको ककपिटबाट पाइलटले सिधा देख्नसक्ने दुरी) पर्याप्त भए पनि पांग्राले धावनमार्ग छुने समयमै हुस्सु आउँदा यो दुर्घटना भएको स्रोत बताउँछ।



सचिवहरूको सरुवा र पदस्थापना
काठमाडौं फागुन २१ - सरकारले सचिवहरूको सरुवा र पदस्थापना गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन साताअघि बढुवा भएका सचिवलाई पदस्थापना गर्दै आधा दर्जन मन्त्रालय र कार्यालयमा सचिव हेरफेर गरेको छ।



अन्तर्राष्ट्रिय उडान ३३ घन्टा अवरुद्ध
काठमाडौं फागुन २१ - बुधबार बिहान ७:१२ बजे। टर्कीको इस्तानबुलबाट काठमाडौं आइरहेको टर्किस एयरलायन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कोटेश्वरमाथि आइपुगिसकेको थियो। यात्रुहरू सिटबेल्ट बाँधेर तम्तयार थिए।
(नागरिक दैनिक)




१५ लाखमा किनेर बिहे गरेको रहेछ
काठमाडौं फागुन २१ - अघिल्ला तीन दिनझैं त्यस दिन पनि चिनियाँ युवकले उनलाई जबर्जस्ती गर्न खोज्यो। उनले मानिनन्। चिनियाँ नागरिकसँग ‘कोर्ट म्यारिज' गरी चीनकै एक विकट गाउँमा पुगेकी ती नेपाली युवतीले संकल्प गरेकी थिइन्, ‘बरु मर्छु, शरीर सुम्पिन्नँ।' घटना यही २०७१ माघ २४ गते रातको हो। जबर्जस्ती गर्न खोज्ने व्यक्ति अरू होइन, आफ्नै लोग्ने थिए, कागजी हिसाबले। व्यवहारमा भने उनीहरुबीच यसअघि पति–पत्नीको कुनै सम्बन्ध गाँसिएको थिएन।
(नागरिक दैनिक)


नेपाली युवतीसँग बिहे गर्न आएको थिएँ
काठमाडाैं फागुन २१ - म नेपाली युवतीसँग विवाह गर्न उत्साहित हुँदै जर्मनीबाट नेपाल आएको थिएँ। ५६ वर्षे यो उमेरमा आइपुग्दा म गोरखाकी नेपाली युवतीसँग घरजम गर्ने टुंगोमा पुगेको हुँ। म जीवनभर विवाह गर्ने मुडमा थिइनँ। तर नेपाल आउँदाजाँदा उनीसँग नजिकिएँ र मेरो मन बदलियो।
(विमान दुर्घटनामा घाइते भएका जर्मन नागरिक डेट्रिचसँग अन्नपूर्णकी दीपा दाहालले गरेको कुराकानी)


न उठी सुख न बसी सुख - दाहाल
पोखरा फागुन २१ - एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'उठी सुख न बसी सुखको' अवस्था झेलिरहेको बताएका छन्। उनले संविधान लेखनका लागि सहमति वा आन्दोलनको जुनसुकै बाटो लिँदा पनि सुख पाउने अवस्था नरहेको सुनाए। (नागरिक दैनिक)



वैदेशिक रोजगारका ७ निलम्बित
काठमाडौ, फागुन २१ - कोरिया जान नक्कली कागजातको आधारमा श्रम स्वीकृत दिन सहयोग पुर्‍याएको आरोपमा श्रम तथा रोजगार मन्त्रालयले मंगलवार वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित काठमाडौं कार्यालयका दुई शाखा अधिकृत सहित ८ कर्मचारीलाई निलम्बन गरेको छ ।
(कान्तिपुर दैनिक)



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #8 on: March 06, 2015, 02:01:11 PM »
होलि मनाएको पनि समाचार नै हो ...


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Today's News from Nepal (आजको समाचार)
« Reply #9 on: March 07, 2015, 07:36:02 AM »
विमानस्थल खुल्ने अनिश्‍चित
काठमाडौं फागुन २३ - दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज हटाउन बिहीबार बेलुकादेखि निरन्तर प्रयास गरिरहेको भारतीय सेना र प्राविधिक जनशक्तिसहितको जहाज रिकभरी टोलीले शुक्रबार बेलुका काम रोकेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।




डेढ महिनापछि आज वार्ता
काठमाडौं फागुन २३ - संविधानसभामा सुरु भएको संविधान निर्माण प्रक्रियाको विरोधमा आन्दोलनरत एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले डेढ महिनापछि सत्तापक्षसँग औपचारिक वार्ता गर्ने भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

     


पूर्वराजाको सहमतिबारे नेताहरू मौन
काठमाडौं फागुन २३ - पूर्वराजा ज्ञानेन्द्र शाहले दाबी गरेअनुसार दलहरूसँग भएको उनको सहमतिबारे जानकारी दिन नेकपा मालेका अध्यक्ष सीपी मैनालीले प्रमुख दलका शीर्ष नेताहरूसँग आग्रह गरे पनि यसबारे कसैले एकै शब्द बोलेनन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

     


युवती तस्करीमा प्रशासनकाे मिलेमताे
काठमाडौं फागुन २३ - नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले विवाहको नकावमा लाखौं रुपैयाँ उठाई युवतीलाई चीन र दक्षिण कोरिया पठाउने गिरोहलाई जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीको सहयोग रहेको जनाएको छ। ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा भेटिएका केही शंकास्पद कागजातको अनुसन्धान भईरहेको छ। नागरिक दैनिकमा समाचार छ ।

     


निगमको विमानको पाङ्ग्रा पन्चर
काठमाडौं फागुन २३ - नेपाल वायुसेवा निगमको चिनियाँ विमान वाई १२ ई त्रिभुवन विमानस्थलमा शुक्रबार अवतरण गर्दा वायाँ पाङ्ग्रा पन्चर भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

     


कागजमै थन्कियो निजगढ विमानस्थल
काठमाडौं फागुन २३ - दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नहुदाँ मुलुककले ३ दिनदेखि बाहिरी संसारसँग हवाई सम्र्पक राख्न सकेको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।

     


राष्ट्रपति चैतको दोस्रो साता चीन भ्रमणमा जाने निश्चित
काठमाडौं, फागुन २३ - राष्ट्रपति रामवरण यादव चैतको दोस्रो साता चीन भ्रमणमा जाने निश्चित भएको छ । उनी दक्षिण चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा चैतको १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुँदैछन् । कान्तिपुर दैनिकमा समाचार छ ।

     


चालक भागेपछि बस खस्यो, ६ को मृत्यु
पोखरा, फागुन २३ - क्षमताभन्दा बढी यात्रु बोकेको बस नियन्त्रणबाहिर गएपछि चालकले छाडेर भाग्दा सडकबाट खस्न पुगी ६ जनाको ज्यान गएको छ । बसका ५७ यात्रु घाइते भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । कास्कीकोटको गुन्टेचौरबाट पोखरा आइरहेको ग१ख ४८४९ नम्बरको बस सराङकोटको मगरटोल गोठादीधारा पँधेरीमा अगाडिको टायर माटोमा धस्सिएर अनियन्त्रित भएपछि चालक खिलबहादुर आलेमगर सिट छाडेर भागेका थिए । लगत्तै बस सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

     


ललितपुरमा पनि स्वाइन फ्लुबाट एकको मृत्यु
काठमाडौं फागुन २३ - स्वाइन फ्लु संक्रमणबाट राजधानीको मोडेल अस्पतालमा एक महिलाको मृत्यु भएको एक साता नबित्दै ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलजेमा पनि स्वाइन फ्लुबाट ४० वर्षीय पुरुषको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।