फिल्ममा कथाले मागे भन्दा बढी निर्माता निर्देशकहरु नंग्याउछन् : दिपाशा
April 4, 2015
अहिले नेपाली रंग क्षेत्रका म्युजिक भिडियो र नयाँ फिल्महरुमा अभिनय गरीरहेकी मोडल तथा अभिनेत्री दिपाशा विसी निकै व्यस्त छिन् । सुर्खेतबाट काठमाण्डौँ आउदा कलंकी झर्दा नै संघर्षको दूनियामा एक्ला एक्लै भिड्दै आएकी भन्ने दिपाशा विसी पछिल्लो समय नेपालकै चर्चित र नम्बर १ अभिनेत्री बन्ने होडमा छिन् ।
सुखमा हजार साथी भएपनि दुखको बेला आशु पुछ्ने कोही हुदैन भन्ने यतार्थलाई राम्रोसंग भोगेकी र त्यसलाई पछयाइरहेकी दिपाशामा आफुमा भएको प्रतिभालाई प्रस्तुत गर्ने क्षमता अब्बल छ । उनीद्धारा अभिनित झन्डै सयौँको हाराहारीमा रहेका म्युजिक भिडियो सर्ट फिल्म, थेयटर पछि चलचित्र चाल यही जेठमा रिलिजको तयारीमा छ । चलचित्रको छायांकन सकेर हाल डविङ भइरहेको बेला सुन्दरी र अभिनयमा पोख्त अभिनेत्री दिपाशासंग एक्टर नेपालका लागी विष्णु विवेक ले गर्नुभएको कुराकानी :
कत्तिको व्यस्तता छ पछिल्लो समय ?
व्यस्त छु । म्युजिक भिडियो, फिल्मको शुटिङ्मा निकै व्यस्त छु । त्यसअलबा विभिन्न महोत्सव, कार्यक्रमहरुमा जानुपर्ने । अहिले त झन समय निकाल्नै गा्रहो भइरहेको छ ।
यो क्षेत्रमा प्रवेश गर्दाको क्षणलाई सम्झिदा ?
शुरुमा निकै गाह्रो भो । अभिनय, त्यसलाई सबैमाझ देखाउछु भन्दा धेरै पटक लडनुपरेको छ । शुरुमा सुर्खेतबाट काठमाण्डौँ आउदा कलंकीमा झर्दा नै अलपत्र परे । २÷३ घण्टा रोए । सुखमा हजार मान्छे हुन्छन् तर दुख पर्दा आशु पुछ्ने कोही हुदैन् । यो मैले धेरैपटक रियलाइज गरेकी छु । अहिले पनि आफुलाई कलंकीमा बसबाट झर्दाखेरीको त्यो क्षणलाई मिस गरीरहन्छु ।dipasha bc 3
त्यतिबेला यो ठाउँसम्म आइपुग्छु जस्तो लागेको थियो ?
हो । एक्चुल्ली । मैले त्यतिबेला आज यो ठाउँमा हुन्छु भनेर त सोचिन् । तर त्यतिबेला मेलै आफनो सपनालाई निकै कडा मेहनतका रुपमा लिए । तर विस्तारै संघर्ष गर्दै जादा पुगिन्छ भन्ने लागेको थियो । आज त्यो भइरहेको छ । त्यसैले सोचेजस्तो नभएपनि सपना सजाउदा एक दिन पुरा हुन्छ । मलाई त्यो विश्वास छ । विश्वासले नै आज यहासम्म ल्याएको छ ।
त्यतिबेला र अहिलेको अभिनय कत्तिको संघर्षपूर्ण छ ?
निकै संघर्षपूर्ण छ । पहिले थोरै कलाकार, थोरै फिल्म, थोरै दुख । तर अहिले धेरै भीड छ । ठुलो जमात छ । अहिले सुन्दरता भएर मात्र पुग्दैन सबै चाहिन्छ । अभिनयमा त पोख्त हुनैप¥यो त्योसंगै आर्थिक सामाजिक पक्षसंग पनि संघर्ष भर पर्छ । त्यसैलाई पहिलेको तुलनामा पछिल्लो समयका कलाकारहरु बढी सघर्ष गरिरहेका छन् ।
अहिलेको अभिनेत्रीहरुमा रेखा थापा र करिश्मा मानन्धर एकदमै हाइटमा छन् । कुनै दिन त्यो हाइट पाउछु जस्तो लाग्छ ?
त्यो संघर्षमा भर पर्छ । म भोली रेखा र करिश्मा बन्छु त भन्दिन । यदि नेपाली फिल्मका ब्राण्डेड फिल्ममा अभिनय गर्ने अवसर आयो भने सायद विस्तारै त्यो हाइटमा लम्किन्छु होला जस्तो होला । तर म त्यो भन्दा पनि सदाबहार अभिनेत्री बनेर नेपाली फिल्म क्षेत्रमा रमाउन चाहन्छु ।
अहिले फिल्ममा अभिनेत्रीलाई उनीहरुसंग कम्प्रोमाइज गरेर मात्रै लिइन्छ भनिन्छ, हो ?
हो । अहिले नेपाली फिल्म तथा मनोरञ्जन क्षेत्रमा सजिलो छ्रैन् । यहाँ बाहिरबाट हेर्दा निकै रोचक, रमाइलो, सपनाको शहर जस्तो लागेपनि त्यो भित्र छैन् । यहाँ कथा र परिस्थिती भन्दा पनि अनावश्यक कम्प्रोमाइज ले गर्दा विग्रेको छ । काममा त अभिनेत्री मात्र होइन सबैले कम्प्रोमाइज गर्छन । पैसामा पनि कम्प्रोमाइज गरिन्छ । तर , तर मा आएर सबै कुरा अड्किन्छ । भन्छन् यहाँ कम्प्रोमाइज नगरेर केही पनि पाइदैन् ।
dipasha bc 1 कस्तो कम्प्रोमाइज ?
कम्प्रोमाइज भन्नाले यहाँ अहिलेका नयाँ निर्माता निर्देशकहरुलाई कथा, स्क्रिप्टले मागेको सिन होइन । उनीहरुले जवर्जस्ती नंग्याउछन् । उनीहरुका लागी भएपनि अधिकांश अभिनेत्रीहरु नागिंनुपर्छ । यो नेपाली फिल्म इन्डस्ट्रीमा विकृतिको रुपमा रहेको के छ भने यहाँ नायिकाहरुलाई नंग्याएर फिल्म चल्छ भन्ने छ, सेक्सी, हट अवतार देखाएर, बेड सिन दिएर । वास्तवमा त्यो होइन । कस्तो र कतिसम्म दिएर फिल्म चल्ने कथा, अवस्था, परिस्थिती अनि समसामयिक अभिनयले हो । त्यो गर्न जरुरी छ । ता की कम्प्रोमाइजका नाममा आफ्नो स्वार्थ र फिल्मी इन्टस्ट्री नै धरापमा पार्ने नहोस ।
अन्य व्यस्तता के छ नयाँ नौलो ?
नयाँ भनेको म चाडै म एउटा गीतलाई बजारमा ल्याउदैछु । खोज्यौ धेरै रुवाउनलाई तर पनि हासिदिन्छु, चाहिदैन झुटो माया अब एक्लेै बाचिदिन्छु । प्रमोद खरेल र अन्जु पन्तको आवाजमा नयाँ बर्षको अवसर पारेर मेरो लिरिक्समा रहेको यो गीत बजारमा आउदैछ । यसलाई हरि बिष्ट दाईले संगीत दिनुभएको छ । आशा छ यसले केही नयाँ आयाम दिनेछ ।
तपाई यहाँसम्म आउदा फेमली सर्पोट कत्तिको पाउनु भयो ?
मलाई ड्याडीले त त्यति सर्पोट गर्नुृभएन । त्यतिबेलाको पिरियड नै त्यस्तै थियो । तर मम्मीले निकै सर्पोट गर्नुभयो । म कुनै कार्यक्रममा नृत्य गर्न जादा, सिक्न जादा खाना पनि लुकाई लुकाई दिनुहुन्थ्यो । सायद उहाँको त्यो साथले आज म यहासम्म आएको हूँ ।
अहिलेको समयमा आफुलाई फिट र मेन्टेन गरिरहेको नेपाली नायक ?
राजेश हमाल । उहाँको क्रेज अझै पनि घटेको छैन् । हामी कलाकारमा त्यो हुनैपर्छ ।
तपाईको नजरमा पछिल्लो समय व्यस्त र चल्तीको नायिका को हुन् ?
प्रियंका कार्की । उहाँ सबै कुरामा फिट हुनुहुन्छ ।
अनि चल्तीको व्यस्त नायक ?
चल्तीको नायक आर्यन सिग्देल । आर्यन दाई प्राय सबै फिल्ममा वेस्ट हुनुहुन्छ ।
सुर्खेतलाई कसरी सम्झिनुहुन्छ ?
हा्…हा….हा… । हो सुर्खेत मैले धेरै संघष गरेको ठाउँ हो । अहिले पनि कतिपय सुर्खेती अग्रजले गर्दा म यहाँसम्म छु । विशेषगरी बागीना समूह, न्यृत्य निर्देशक सर कुलमान नेपाली, चन्द्र मन्दिर लगायत लाई सम्झिन चाहन्छु । अनि सप्तरंगी आर्टस प्रोडक्सन लाई पनि सम्झिन्छु । मलाई सुर्खेतका सबैले सुर्खेती चेली भनेर माया गर्छन । धेरै खुशी लाग्छ ।
dipasha bc2
अनि अहिले यो क्षेत्रमा आउनेहरुको भीड निकै ठूलो छ ? उहाहरुलाई सुझाव के तपाईको ?
हो । अहिले दैनिक काठमाण्डौ बसर्पाकमा आउनेहरुमध्ये ५ सय जति त म नेपालको टप कलाकार, मोडेल, सेलिब्रेटी बनेर आउछन् । तर वास्तवमा तपाईले सोचेजस्तो सजिलो छ्रैन् । तपाईको सपना यहाँ क्षणभरमै टुक्रिन सक्छ । चुडिन सक्छ । त्यसैलै पहिले त तपाई वास्तविक लक्ष्य के हो ? कत्तिको आत्म विश्वास छ । त्यसलाई क्लियर गरेर मात्रै आउनुस । कसैले भनेकै भरमा रहर लागेको भरमा नआउनुस । भोली फेरी कोही विचैमा छाडेर विदेश, कोही कता कोही कता । त्यसैले सबै कुरा राम्रो छ भने मात्रै आउनुस भन्छु ।
सपना के छ अबको ?
सपना । एउटा काठमाण्डौमा सानो घर बनाउने छ । अनि एउटा कार चढ्ने छ । आशा छ अबको १० बर्षमा यी दुई वटै सपनालाई पाइसक्छु, जस्तो लाग्छ ।
अहिलेसम्म कतिवटा जति गीतहरुमा मोडलिङ् गर्नु भयो ?
अहिलेसम्म लगभग ८० क्रस भयो । झन्डै सय पूग्न थाल्यो होला । मैले बढी लोकदोहोरी गीतहरुमा मोडलिङ गरे । त्यत्तिकै मात्रामा आधुनिक तीज गीत लगायतपनि अभिनय गरे ।
सन्तुष्ट हुनुहुन्छ ?
छु । एकदमै हिजो एकठाउमा थिए । आज यति ठुलो नाम पाएकी छु । खुसी नै छु ।
चालमा विशेष के छ……..?
चालमा विशेष त एउटा नारीको अवस्थालाई चित्रण गरिएको छ । हरेक कुरामा पछाडी भन्दा पनि उनीहरु भित्रको क्षमतालाई उजागर गर्न विष्फोट गराउने चालको उदेश्य हो ।
कस्तो छ अपेक्षा फिल्मबाट ?
राम्रो छ । मलाई विश्वास छ चालले मेरो अभिनय क्षमतालाई पनि केही चलायमान बनाउने छ । जेठमा रिलिज हुदैछ । समग्रमा म आत्मविश्वासी छु । फिल्मप्रति ।
अन्त्यमा ?
अन्तिममा, मैले पछिल्लो समय ठुलो मेहनतका साथ अभिनय गरेको फिल्म आउदैछ । सबैले हेरिदिनुहोला । म विशेष गरी यतिबेला मम्मीलाई सम्झिन चाहन्छु । उहाले गर्दा आज म यहाँ छु । अनि मध्यपश्चिमका हरेक कलाकारहरुलाई सर्पोट गर्ने हरि बिष्ट दाईलाई पनि सम्झिन चाहन्छु । अनि आजसम्म सहयोग, सर्पोट साथ दिने सबैलाई सम्झिन चाहन्छु ।