Author Topic: Jitu Nepal (मुन्द्रे) को हनिमून  (Read 4227 times)

0 Members and 1 Guest are viewing this topic.

testo

  • 50x
  • ****
  • Posts: 436
‘मुन्द्रे ब्रो’ को हनिमून बिहे भएको २ बर्षपछि

काठमाडौँ । हास्यकलाकार जितु नेपाल मुन्द्रेले २०५९ फागुनमा मागी विवाह गरेका हुन् । तर,विवाह लगत्तै हनिमुन मनाउन जाने उनको सपना भए पनि उनी हनिमुन मनाउन जान पाएनन् ।

भन्छन्,‘पहिलो कुरा त संघर्षका दिन थियो । आर्थिक अवस्था राम्रो थिएन । अलिअलि जम्मा गरेको पैसामा थपेर बिहे गरेँ । त्यत्रो बिहे त गरियो । साथीहरुसँग मागेर हनिमुन मनाउन सकिन्थ्यो । तर,त्यही बेला फिल्म ‘दुई किनारा’को छायांकन परेकाले हनिमुन मनाउन सकिएन ।’ विवाहलगत्तै हनिमुन मनाउने चाहना भए पनि उनलाई २ वर्षपछि मात्रै हनिमुन मनाउने अवसर जुर्यो ।

‘विवाह भएको दुई वर्षपछि हामी घुम्न गयौं । हाम्रो पहिलो भ्रमण थियो,गोरखा र मनकामना’ मुन्द्रेले पहिलो हनिमुनबारे कुराकानी गर्दै भनेका छन् । विवाहको २ वर्षपछि हनिमुन मनाएका मुन्द्रेलाई जीवनसाथीसँग अनुकूल र परिस्थितिअनुसार जीवनभर हनिमुन मनाउनुपर्छ भन्ने लाग्छ । उनको ७० वर्षमा पनि हनिमुन मनाउने सोच छ । ‘सकियो भने ७० वर्षमा पनि हनिमुन मनाउन पाइयोस्,’ उनी भन्छन्,‘जीवनभरि हनिमुनजस्तै रमाइलो गरेर मनाउन पाइयो भने जीवन सुखी हुने हो ।’ 

अन्नपूर्ण पोष्ट