Press meet:
http://xnepali.net/movies/resham-filili-production-team-meets-the-press/
‘पारी त्यो डाँडामा’मा बोलको गीत रातारात भाइरल बने पछि एकाएक चर्चाको चुलिमा पुगेको 'रेशम फिलिलि' फिल्म निर्माण पक्षले उक्त गीत हेर्न हलमा नै आउनुपर्ने बताएको छ। बिहिबार रोज फाउन्डेसनसँग मिलेर सामाजिक अभियानमा सहभागी हुन लागेको जानकारी दिन आयोजित कार्यक्रममा निर्माता माधव वाग्लेले उक्त कुरा बताएका हुन्। उनले भने, ‘हामीसँग अब समय पनि छैन, रिलिज संघारमै आइसकेको छ। त्यसैले यस गीतको भिडियोलाई रिलिज नगर्ने भएका छौं। तपाईहरुले गीतको भिडियो अब सिधै हलमा मात्र हेर्न पाउनुहुनेछ। सायद फिल्म रिलिजका लागि एक-डेढ महिनाको समय बाँकी रहेको भए गीत रिलिज गर्थौ।’
माधव वाग्ले यस्तो भने पनि गीत रिलिज नगर्दा नै व्यापारिक रुपले फिल्मलाई फाइदा हुने भएपछि गीत रिलिज नगरेको बताइन्छ। फिल्म समाविष्ट उक्त गीतको सामाजिक भिडियो संजाल यूट्यूबमा भ्यू काउन्ट रिलिज भएयता झण्डै बिस लाख पुगिसकेको छ। गीतसँगै फिल्म हेर्न चहानेको संख्या पनि बढेको छ।
कार्यक्रममा गरिब तथा असाह्य बालबालिकाका लागि शैक्षिक सहायता जुटाउन लागेको ‘रोज फाउन्डेसन’का लागि बनाइएको टिसर्ट सार्वजनिक गरियो। टिसर्ट विक्री तथा फिल्मको प्रिमियरबाट उठेको रकम उक्त सामाजिक कार्यका लागि खर्च गरिने जानकारी पनि कार्यक्रममा दिइयो।
‘रेशम फिलिलि’मा वैदेशिक रोजगारमा ठगिएका एवम् शहरमा हण्डर खाइरहेका दुई यिवा रेशम र हरियाको कथा रहेको हाँस्यप्रधान फिल्म हो। फिल्म वैशाख ११ मा रिलिज हुँदैछ।