Author Topic: सोह्र खुट्टेको खुट्टा खै ?  (Read 1345 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 734
सोह्र खुट्टेको खुट्टा खै ?
=================
ऐतिहासिक सोह्रखुट्टेको अस्तित्व मेटिएको छ | एक औपचारिक कार्यक्रममा भेटिएका काठमाडौँका स्थानीय विकास अधिकारी सँगको अनौपचारिक कुराकानीमा ...सोह्रखुट्टे संरक्षणको जिम्मा कसलाई छ भनेर सोध्दा ..यो मेरो सरोकारको क्षेत्र पर्दैन भने | एउटा जिर्ण पाटी नै किन नहोस् एतिहासिक महत्व बोकेको सोह्र खुट्टेले त्यस क्षेत्रको पहिचान बोकेको थियो | मैले भनेर हुन्छ भने सोह्र खुट्टेको सोर्है खुट्टा फेरी उभियोस् | यो देशमा अंशुब्रह्माको बहुचर्चित कैलाशकुट दरबार समेत हराएको इतिहास छ |
(Ishwor Devkota)

Photos and information about Shora Khutte --> http://xnepali.net/movies/16-pillar-rest-house-shorha-khutte-pati/





sag

  • VIP
  • ******
  • Posts: 734
Re: सोह्र खुट्टेको खुट्टा खै ?
« Reply #1 on: April 03, 2015, 10:02:49 AM »
Shora Khutta

anand

  • Administrator
  • *******
  • Posts: 974
Re: सोह्र खुट्टेको खुट्टा खै ?
« Reply #2 on: April 07, 2015, 12:52:00 AM »
यो पाटीको लागि कस्ले आन्दोलन गर्दिने ... ??

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15904
Re: सोह्र खुट्टेको खुट्टा खै ?
« Reply #3 on: April 23, 2015, 12:13:05 AM »
कोरौं कैलाशकूट


मिलन बगाले

चीनको ‘ग्रेट हल अफ दी पिपुल’ को अडिटोरियममा १० हजार मान्छे अट्छन्। चिनियाँ तीर्थयात्रीको नेपाल वृत्तान्तले हाम्रो कैलाशकूटको माथिल्लो तलामा पनि त्यति मान्छे अटाउँथे भन्छ।

छानो उधारिएको सोह्रखुट्टे पाटीका सोह्रै खम्बा उखेलियो चैत तेस्रो साता। लगत्तै बुल्डोजर लगाएर त्यसको जग र पेटी पनि हटाइयो। कत्रो जाँगर!
छानो उधारिएको सोह्रखुट्टे पाटी।

२०७ वर्षअघि भोटु पाँडेले बनाएको त्यो पाटीलाई अन्यत्र स्थानान्तरण गर्ने चर्चा छ। भत्काइँदा निस्केका खम्बा, दलिन, ढुंगा आदि प्रयोग गरेरै नयाँ पाटी बनाइयो भने त्यसको ऐतिहासिक मूल्य रहला, नत्र तारे होटलभित्र बनाइएको जस्ता एकथान पाटी मात्रै बन्छ।

सम्पदाको स्थानान्तरण त्यसै पनि यताको पानपसल उता सारे जस्तो होइन। पहिलो कुरा त स्थानान्तरण आफैंमा गलत हो। अबको चिन्ता भनेको सडकले निलिसकेको पाटी त्यतै कतै स्थानान्तरण होस् र पुरानै सामग्रीबाट उही आकार–शैलीको बनोस् भन्ने मात्र हो।

नेपाली वास्तुकलामा ध्वंसयुग चलिरहेको यो समयमा लिच्छविकालीन कैलाशकूटको चर्चा भने आफैंमा आनन्ददायी छ।

कैलाशकूटको कथा
लिच्छविकालका तीनवटा भवन चर्चित छन्– इन्द्रगृह, मानगृह र कैलाशकूट। ती तीनमध्ये कैलाशकूट भव्य थियो।

अहिलेको हाँडीगाउँमा कैलाशकूट दरबार थियो भन्नेमा अधिकांश इतिहासकार एकमत छन्। अंशुवर्माले राजमुकुट धारण नगर्दै कैलाशकूट दरबार बनाएको इतिहासकार बाबुराम आचार्यको मत छ। कैलाशकूटबारे अंशुवर्माले शिलामा लेखाएका छन्– ‘कौतुकवश मानिसहरू आफ्ना आँखालाई झिमिक्क पनि नगरी यस भवनलाई छक्क परेर हेरिरहन्छन्।’

कैलाशकूटबारे राजा नरेन्द्रदेवले पनि शिलालेखमा खोपाएका छन्― ‘चन्द्रमाको चाँदनीले टल्किएका हिमालका शुभ्र शिखरहरू जस्तै झलमल्ल गर्ने, कैलाश पर्वतको शिखर जस्तै उज्ज्वल, आँखाहरूलाई आनन्द दिने, राम्रो तथा संसारमै प्रसिद्ध।’

कैलाशकूटको नक्शै कोर्न मिल्ने गरी वस्तुगत वर्णनचाहिं चिनियाँ तीर्थयात्री ‘वाङ् हुएन्―त्से’ ले गरेका छन्। सो वर्णनलाई बाबुराम आचार्यले यसरी राखिदिएका छन्― ‘नेपाल राज्यको राजधानीमा एउटा भव्य राजभवन रहेको पाइन्छ। यो २०० ‘चो’ तथा ८० ‘पो’ मा विस्तारित छ। यसको माथिल्लो तलामा दश हजार जनासम्म अटाउन सक्दछन्। यो भवन तीन खण्डमा विभक्त भएर रहेको छ र यसका तीनवटै खण्ड भव्य छन्। भवनका विभिन्न कक्षहरू बहुमूल्य रत्नद्वारा सिंगारिएका छन्। भवनको बीच भागमा तामाका झिंगटी भएको सात तले बुर्जा छ। यस भवनका चारै कुनामा तामाका लामा नलीहरू तथा तल जमीनमा सुनका सुन्दर गोहीहरू राखिएका छन्। बुर्जामाथिबाट नलीहरूद्वारा घुमाउरो बाटो गरी झ्रेका पानीका फोहोराहरूले गर्दा गोहीका मुखहरूबाट झ्रिरहेका पहाडी र्झ्नाहरूको अपूर्व सौन्दर्य यस राजभवनमा देख्न पाइन्छ।’

डा. जगदीशचन्द्र रेग्मीको संयोजनमा २०५७ सालमा छापिएको ‘हाँडीगाउँ सांस्कृतिक सम्पदा अध्ययनको संक्षिप्त प्रतिवेदन’ मा छापिएको चिनियाँ तीर्थयात्रीको वर्णनमा ‘यस किसिमको कलापूर्ण महल अन्यत्र कहीं छैन’ भनिएको छ।

त्यो वर्णन पढ्दा मनमा एउटा भव्य महलको चित्र तयार हुन्छ र प्रश्न पनि जन्मन्छन्– कसरी बनाए होलान् त्यतिका मान्छे अट्ने सुन्दर भवन? धुरी, खाँबा, छाना, टुँडाल कस्ता र कत्रा बनाए होलान्? कति मान्छे खटिए होलान्? त्यति भव्य भवन कहिले र कसरी लोप भयो? आगोले खायो कि, भुईंचालोले ढाल्यो? मर्मतसम्भार वा पुनर्निर्माणको प्रयास किन भएन?

१२८ वर्षसम्म रहेको कैलाशकूटको अस्तित्व विशालनगरको पतन हुँदा मानगृह नष्ट भए जस्तै लोप भएको डा. रेग्मीको मत छ।

कैलाशकूटको नक्शा!
संवत् २९, जेठतिर बनेको भवनको डिजाइनको वर्णन २०७२ मा गर्दा त्यसको भव्यता आश्चर्यजनक लाग्छ। प्रविधिले फड्को मारेको आजको युगमा पनि त्यो जमानाको नेपाली वास्तुशिल्प असाध्यै उन्नत रहेको छनक पाइन्छ।

लिच्छविकालीन पुस्ताले संसार छक्क पार्ने कैलाशकूट बनाए, वर्णन र शिलालेख मार्फत भव्यताको छनक दिए। इतिहासकार बाबुराम आचार्य, धनबज्र बज्राचार्य, ज्ञानमणि नेपाल, डा. सुदर्शनराज तिवारीहरूले त्यसलाई किताबमा लिपिबद्ध गरे। अब इतिहासको त्यो निर्माण शैली र सामग्री पढेर स्वीकार्य नक्शा बनाउनु हाम्रो पुस्ताको जिम्मेवारी हो।

कैलाशकूट भवन बनाउनु अहिलेको प्राथमिकता अवश्य होइन। बनाउनुपर्ने अर्थोक धेरै छन्, नेपालमा। प्रबुद्ध इतिहासकार, संस्कृतिविद् र वास्तुविद्हरूको विद्वत्ताको सदुपयोग गर्दै कैलाशकूटको नक्शा भने मजाले बनाउन सकिन्छ।

यस्तो गहकिलो काम गरेर पुराना शिलालेख झैं जतनसाथ राखिदिन पाए भोलिको पुस्ताले हाँडीगाउँमै दश हजार मान्छे अट्ने कैलाशकूट फेरि बनाउन सक्नेछ। इतिहासको वैभव बचाउन रहर गर्नेको जय होस्!


Photo -- छानो उधारिएको सोह्रखुट्टे पाटी।

from himalkhabar

anand

  • Administrator
  • *******
  • Posts: 974
यो पोस्ट
"ऐतिहासिक सोह्रखुट्टेको अस्तित्व मेटिएको छ | ..." भनेर शुरु भएको थियो ... भूकम्प आउनु अघि

अब बैशाख १२ गतेको भूकम्प पछि, येस्ता सप्पै एतिहासिक महत्वका भबन, मन्दिर हरूको अस्तित्व मेटिएका छन .......... अब त गुनासो गर्ने ठाउँ पनि रहेनन ...

बिबशताको पराकाष्ठा भनेको यही होला !!!