नेपाली चलचित्र क्षेत्र : रेखा,शिल्पाको अफयर देखि प्रियंकाको भित्रि बस्त्र सम्मको स्क्यान्डल
13 April 2015 17:50
नेपाली चलचित्र क्षेत्रमा २०७१ साल त्यस्तो बर्ष बन्यो जसमा लागेको घाउ मेटिन अरु कुनै बर्षले सक्दैन |चलचित्रको व्यापार आफ्नो ठाउमा छ तर त्यो भन्दा बढी चर्चा यहाँ नायक नायिकाको भएको छ |चलचित्र सफल भए नभएपनि केहि नायक नायिका भने बर्ष भरि ई व्यस्त र चर्चित बने |
selfie-time-shree-and-shweta-khadka
७१ सालमै बिवाह बन्धनमा बाधिएका नेपाली चलचित्रका कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको साउनमा निधन भयो |उनले निर्माण गरेको चलचित्र कोहिनुर रिलिज हुने बित्तिकै उनको निधन भएको थियो |बिवाह गरेको एक महिनामा भएको असामयिक निधनले समग्रह नेपाली चलचित्र क्षेत्र स्तब्ध बन्यो भने उनि अभिनित अन्तिम चलचित्र कोहिनुरले ब्यबसायिक रुपमा एउटा इतिहास नै कायम गरेको छ |नेपाली चलचित्रमा त्यो इतिहास तोड्न अहिले कसैले आट गर्न सक्ने अवस्था छैन |श्रीको निधन पछि विव्हल बनेकी उनकी पत्नी एबम नायिका श्वेता खड्काले आफ्नो श्रीमानको सम्झनामा लेखेको फेसबुक स्टाटसले पनि बर्षभरि नै चर्चा पायो |
aaryan namrata
बर्षको सुरुवातमा रिलिज भएको चलचित्र नोभेम्बर रेनले राम्रो व्यापार गर्यो |नायिका नम्रता र आर्यनको असफल हुने गरेको छापलाई यसले जोगायो |नम्रताको अरु चलचित्र ताण्डव र सम्बोधनले उनलाई केहि गर्न सकेन उनि जहाको त्यहि रहिन भने आर्यन सिग्देले खेलेको लज्जाले उनलाई थप उचाइ दियो अरु चलचित्रमा उनले सोचेजस्तो सफलता हात पर्न सकेनन |बर्षको सुरुवातमै बिवाह बाँधमा बाधिएका आर्यन सुरुवातमै चर्चित बने |
तुलनात्मक रुपमा प्रियंका कार्कीको चलचित्र धेरै नै रिलिज भए तर उनलाई नाइँ नभन्नु ल २ ले मात्र अलिकति राहत दिएको थियो भने नाइँ नभन्नु ल ३ ले पनि राम्रै सुरुवात गरेको छ |तर उनि यस बर्षकी चर्चित नायिका बनिन |उनका विभिन्न स्क्यान्डल र आफैले दिएका अभिव्यक्तिले उनलाई निकै चर्चित बनायो भने उनले लगाएको भित्रि बस्त्र देखिएको भनि मिडियामा आएको खबरले पनि उनलाई थप चर्चित बनायो |यो भन्दा पनि म्युजिक भिडियो र स्टेज कार्यक्रमले पनि यो बर्ष थप व्यस्त बनिन |‘मेरो बेष्ट फ्रेन्ड’, ‘आवरण’, ‘पुन्टे परेड’(विशेष भूमिका), श्री ५ अम्बरे(आइटम गीत), मिसन पैसा २ (आइटम गीत), ‘सुन्तली’, ‘माला’, ‘षडङ्ग’ चलचित्र असफल बने ।तर पनि उनको माग नेपाली चलचित्रमा कायमै छ |उनको अभिनयको पनि उत्तिकै चर्चा हुने गरेको छ |
rekha-thapa-and-sudarshan-gautam
नेपाली चलचित्रमा हिम्मतवाली नायिकाको रुपमा चिनिएकी नायिका रेखा थापा यो बर्ष पनि अरु बर्षहरुझैँ चर्चित बनिन |यो बर्ष उनको ३ ओटा चलचित्र प्रदर्शनमा आए |सबैमा उनको दमदार रुप देखिएको थियो तर हिम्मत्वाली चलचित्र भन्दा अरु चलचित्रले उनलाई खासै चिनाउन सफल भएन |चलचित्र सफल नभएपनि उनको चर्चा भने भैरह्यो |हिम्मत्वालीमा दुवै हात नभएका सुदर्शन थापालाई नायक बनाएकी उनले उनै संग नाम पनि जोडियो |सुदर्शनले पनि मन मिले बिवाह गर्न कुनै आपत्ति नभएको प्रतिक्रिया दिएपछि सम्बन्ध झन् चर्चित बन्यो र बिस्तारै हराउदै पनि गयो |बर्षको अन्तिम तिर भारतमा एउटा बिशेष कार्यक्रममा उनलाई नेपाली महानायिका भनि प्रचार गरिएको थियो |यसले पनि उनलाई थप चर्चित बनायो भने विभिन्न कार्यक्रम र भेटघाटले पनि उनलाई यो बर्ष व्यस्त बनायो |अहिले उनि चलचित्र राम्प्यारिमा व्यस्त छिन |
shilpa n chhabi
नायिका रेखा थापा संग सम्बन्ध बिच्छेद भएपछी एक्लै बस्दै आएका निर्माता छविराज ओझा र लज्जाबाट चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा पोख्रेलको सम्बन्धले पनि चर्चा पायो |छबिराजलाई आफ्नो बुबा सरह मान्ने शिल्पा र शिल्पाले प्रपोज गरे नाइँ भन्न नसक्ने अविब्यक्ति दिएका ओझा बिचको सम्बन्धले पनि चलचित्र खुबै तात्यो |नेपाली चलचित्रमा रेखा थापालाइ टक्कर दिने नायिका कोहि छ भने त्यो शिल्पाई हो भनि ओझाले अब रेखाको ठाउ शिल्पाले लिने बताउदै आएका छन |तर शिल्पाले यसलाई सिरियस रुपमा नलिएको बताएकी छन |
नायिका निता ढुंगाना पनि यो बर्षको अन्तिममा आएर चर्चित बनिन |उनले अभिनय गरेको एउटा मात्र चलचित्र भुल भुलैयाले उनलाई चर्चित बनाउदैछ |आफ्नो प्रेमीको नाम पनि उनले यसै बर्ष सार्बजनिक गरिन |दुइ बर्ष देखिको गुपचुप प्रेमलाई उनले फेसबुक मार्फत सार्बजनिक गरिन |अदालतमा गएर बिहे गरेको हल्ला आएपनि उनले कागजी बिहे नगरेको प्रतिक्रिया दिएकी छन |नेपाली चलचित्रमा आसलाग्दी नायिकाको रुपमा चिनिएकी उनि म्युजिक भिडियो र अन्य कार्यक्रमको शिलशिलामा ब्यस्त नै रहिन |
sahana-bajracharya-and-suraj-giri
यो बर्षको अर्को चर्चित अर्को घटना सुरज गिरि र साहना बज्राचार्यको घटना हो उनीहरुको प्रेमले पनि यो बर्ष खुबै चर्चा पायो |अस्लिल क्रियाकलाप गरिरहेको अवस्थामा सार्वजनिक ठाउ बाट पक्राउ परेका उनीहरुले एक व्यवसायीलाई दिएको धम्कीले पनि चर्चा पायो |आफुहरु प्रेममा परेको भन्दै खुलेआम हिड्दै आएका उनीहरुको अस्लिल हर्कतले कान्तिपुर टेलिभिजनको जागिरबाट पनि निस्काशित हुनुपरेको थियो |
नेपाली चलचित्रमा नायिका निशा अधिकारीको चर्चा कम हुने गरेपनि यो बर्ष उनि सरद भेषवाकरसंगको सम्बन्धको कारण चर्चित बनिन |चलचित्रबाट खासै सफल हुन नसकेकी उनि सरद संगको प्रेममा भने सफल भएकी छन |सार्बजनिक ठाउमा पनि संगै हुने गरेका उनीहरु अहिले आफुहरु बीच प्रेम रहेको खुलेआम बताउन थालेका छन |नायिका निशाले सरद्को प्रेम यसै बर्ष स्वीकार गरेकी हुन् |यो भन्दा पहिला मिडियामा आएको हल्ला बेकार भएको भन्दै यो बाट आफु टाडा रहेको बताउदै आएकी थिईन |
नायिका सुष्मा कार्की नेपाली चलचित्रमा अश्लील हर्कत देखाएकै कारण ओझेलमा परि भने आफ्नो प्रेमी नरेन संगको सम्बन्ध बिच्छेदले पनि चर्चित बनिन |सार्बजनिक स्थलमै आफ्नो प्रेमीले आफुलाई कुटेको र जथाभाबी भनेको भन्दै एक बर्ष सम्म संगै बसेका उनीहरु अन्तत छुट्टिएका हुन् |सुष्माले आफ्नो प्रेमी आफ्नो लागि सधै भरिको लागि मरेको भन्दै उनको नाममा खोपको टाटु पनि हटाएकी छन |नरेनकै कारण आफु चलचित्रबाट ओझेलिएको भन्दै अब फेरी धमिलो भएको आफ्नो छविलाई संग्लो बनाउने प्रयासमा छिन |उनले अश्लील दृश्य दिनु आफ्नो गल्ति भएको भन्दै गल्तिको प्रयास्चित पनि गरेकी छन |यो बाहेक लोक गीतको म्युजिक भिडियो बाट पनि उनले राम्रै चर्चा पाएकी छन |
keki2
नेपाली चलचित्रमा केकी अधिकारी सोचेर र बुझेर बोल्ने क्षमता भएकी नायिका मानिन्छ |म्युजिक भिडियोमा राम्रै सग जमेकी उनले चलचित्रमा भने त्यति धुम मच्चाउन सकेकी छैनन् |त्यस्तो कुनै बिबादमा नपरेपनि उनले फेस्नुक्मा लेख्ने स्टाटस र उनको सकारात्मक अभिव्यक्तिको कारण चर्चित बनिन भने चलचित्र बाट खासै सफल हुन सकिनन् |उनले आस गरेको र आफुले सबै भन्दा न्याय गरेर भूमिका निर्वाह गरेको चलचित्र श्री ५ अम्बरेले उनलाई सफल बनाएन बहने पुनर्जन्मले केहि राहत दियो |यो बर्ष उनले आफ्नो बाबुले बैंकबाट लिएको ऋण समयमा तिर्न नसकेको भनि मिडियामा आएको प्रतिक्रियाका कारण भने केहि तनाबको सामना गर्न पर्यो |नेपाली संगीतका चर्चित गायक राजेश पायल राइ संग आफ्नो नाम जोडिएर आएको भन्दै उनले आफुले राजेश दिलाई तिहारमा टिका लगाइदिने अबिब्यक्ति दिदै फेसबुकबाट स्पस्टिकरण दिएकी थिईन |
केहि समय हराएकी नायिका नम्रता श्रेष्ठपनि यो बर्षको सुरुवातमै चर्चित बनिन नोभेम्बर रेनले उनलाई चर्चित बनायो |त्यसपछि सम्बोधन र ताण्डवले उनलाई असफल बनायो |प्रेममा पनि उनको सफल असफल भएको खबरहरि आइरह्यो |प्रेमी प्रेम घले सग छुटेको र मिलेको अनि आशिस लाउरे संग प्रेममा परेको खबरले पनि उनि चर्चित बनिन |तर जे भएपनि उनले चलचित्रबाट भने सोचे जस्तो सफलता पाउन सकिनन् |
नेपाली चलचित्रका महानायक राजेश हमाल यस बर्ष बिवाह बन्धनमा बाधिए |आफ्नो ९ बर्ष देखिको प्रेमलाई उनले यसै बर्ष विवाहमा परिणत गरे |बिहेकै कारण उनि चर्चित बने भने चलचित्रको कारण उनि चर्चित बन्न सकेनन |स्वदेश तथा बिदेशमा हुने कार्यक्रमले पनि उनि यस बर्ष व्यस्त बने |सधै भरि पुरानै शैलीमा ड्रेसअप गर्ने उनि बिहे पछि केहि आधुनिक जस्ता देखिए जसले उनलाई चर्चित बनायो |
anmol kc
नेपाली चलचित्रमा आर्यन सिग्देल ,जीवन लुइँटेल ,अनमोल केसी ,दयाहंग राइ ,गजित बिष्ट ,किशोर खतिवडा ,सबिन श्रेष्ठ ,सुबाश थापा ,संयम पुरी ,रेखा थापा,प्रियंका कार्की,,गरिमा पन्त ,केकी अधिकारी ,निता ढुंगाना ,नम्रता श्रेष्ठ ,जस्ता नायक नायिकाहरुको बलियो उपश्थिति रह्यो भने शिल्पा पोख्रेल ,अकेसा बिष्ट ,आना शर्मा ,जस्ता नायिकाको आगमन पनि भएको छ |बालकलाकार अनुभब रेग्मी र सुज्ञानी भट्टराईको अभिनयले पनि यो बर्ष चर्चा पायो |
jhola-film-poster
चलचित्र धेरै रिलिज भएपनि तुलनात्मक रुपमा एक दर्जन चलचित्र मात्र सफल रहेका छन |नोभेम्बर रेन , कोहिनुर ,हिम्मतवाली,लज्जा ,कबड्डी ,नाइँ नभन्नु ल २ ,पुनर्जन्म ,झोले लगायत केहि चलचित्र मात्र सफल हुन सके |नेपाली समाजको वास्तविक चित्र बोकेको चलचित्र झोलाले चलचित्रबाट राम्रो ब्यापारको आस गरेपनि सफल हुन सकेको थिएन |१०० बर्ष अघिको जिउदो समाजको चित्रण यसमा देख्न पाइनेछ्न |यसै चलचित्रबाट अभिनेत्री गरिमा पन्तले सार्कको उत्कृष्ट नायिकाको अवार्ड समेत पाइन् तर नेपालमा यो चलचित्रले औसत व्यापार पनि गर्न सकेन र बैशाख ११ गरे बाट फेरी प्रदर्शनको तयारी गरेको छ |
विभिन्न चर्चा र नायक नायिकाको अबिब्यक्ति र निर्माता निर्देशकको बनाइ र दर्शकको टिप्पणीलाई हेर्ने हो बाहे यो बर्ष नेपाली चलचित्रले गएको बर्षहरुकै असफलतालाइ आत्मसाथ गरेको देखिन्छ |रिलिज भएको चलचित्र मध्ये जम्मा ५ प्रतिसत मात्र चलचित्रले ब्यापारिक सफलता हात पार्ने गएको बर्षहरुको कार्यलाई यो बर्षले पनि निरन्तरता दियो भने उपलब्धिमुलक काम केहि गर्न सकेन बरु आठ बर्षीय बालक सौगात बिष्टले सानै उमेरमा चलचित्र निर्माण गरेको भनि लभ यु बाबा बाट गिनिज बुकमा नाम लेखाए तर चलचित्र भने सफल हुन सकेन |उनको कामको प्रसंसा भयो तर दर्शकले उनलाई पत्याएनन |
saugat best
२०७१ साल नेपाली चलचित्र जे जस्तो भएपनि ७२ सालमा केहि राम्रो हुने आस गरौ |नेपाली भएर नेपाली चलचित्र हेर्ने बानी बसाल्नुपर्छ |नेपाली चलचित्र कमजोर छ भनेर टिका टिप्पणी मात्र हैन के गर्दा राम्रो हुन्छ भनेर सुझाब दिने गर्नुपर्छ |हलिउड र बलिउड सग नेपाली सिनेमालाइ तुलना गर्नु मात्र बुद्धमानी हैन |के कमजोरी छ हामी कहाँ चुक्यौ भन्ने कुराको पनि हेक्का राख्नुपर्छ |नेपाली चलचित्र असफल हुनुमा नायक नायिका ,निर्माता निर्देशक मात्र हैन हामी दर्शकपनि दोषी छौ |चलचित्र नै नहेरी नेपाली चलचित्र राम्रो हुन्न भन्ने बनि हामीले पनि हटाउनुपर्छ |सबै चलचित्र नराम्रा छैनन् र राम्रा पनि हुदैनन तर राम्रोलाई राम्रो र नराम्रोलाई यहाँ कमजोर छ भनेर औल्याउन सक्नुपर्छ |