Author Topic: Happy Mothers Day -- आमाको सम्झनामा  (Read 801 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
संसारमा पैसाले किन्ने नसकिने आमाको माया हो ।


Happy Mothers Day

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Happy Mothers Day -- आमाको सम्झनामा
« Reply #1 on: April 19, 2015, 06:52:33 AM »
आज आमाको मुख हेर्ने दिन । हरेक बर्ष बैशाख कृष्णपक्षको औंसीलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । आजको दिनमा सन्तानले आफ्नो आमालाई गच्छे अनुसार उपहार दिने र उनको आवश्यकता पूर्ति गर्ने गर्छन् । आमासँग भेट गर्न सम्भव भएकाहरुले यो दिन आमालाई भेटेर उपहारको रुपमा फलफूल, मिठाई, कपडा दिने गर्छन् । आमाबाट टाढा रहेकाहरुले पनि आजको दिन फोन वा अन्य कुनै प्रविधिमार्फत आमालाई सम्भिmने गरेका छन् । यहाँ आमाबारे लेखिएका केही गीतहरु राखिएका छन् । जसमा आमाको महत्व र महिमा वर्णन छन् ।

जति जन्म लिनु परे नि तिम्रो काखमा आउनेछु















tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Happy Mothers Day -- आमाको सम्झनामा
« Reply #2 on: May 22, 2015, 10:57:04 AM »
Copied from twitter

आमा तिमि कहिले माओबादीले छोरो लैजाला भन्ने चिन्ताले सुतेनौ,कहिले छोरो बाकसमा फर्किन्छ कि भन्ने त्रासले सुतेनौ,अहिले यो भूकम्पले। सुत्दैनौ ?

पहिला बिरामिहुदा आमाले कस्तोछ बावु भनेर टाउकोमा हात राख्दा आधा रोगनिको हुन्थ्यो अहिले दिनमै ४-५ वटा औसधि खादानि निको हुन्न.
#आमा र म टाडा छौ

द्वन्दकालमा आमा भन्थिन"ए मोरा घर बाहिर न जा कर्फु लाछ" आज विपत्तिकालमा आमा भन्छिन"ए बाबू कहाँ छ्स?घर बाहिर निस्केर बस है अहिले भुकम्प जान्छ"
#भूकम्प

सबैभन्दा ठुलो पुस्तक आमा,जस्ले शिक्षा,संस्कार,सभ्यताको सिकाउछिन ।

आमा तिमी बुढी हुदै गयौ, हाम्लाइ हुर्काउन घाँसदाउरा र पर्मले तिम्रो हड्डी खिइयो, आज तिमीलाइ स्याहार्ने बेला बिदेशाँ छु, मलाइ माफ गर आमा !

खाने बेला झर्केर मलाई मन नपर्ने तरकारी भनेर कराउँदा मुसुक्क हाँसेर आज त खा भन्थ्यौ आमा, तिम्रो मन पर्ने तरकारी के भनेर कहिल्यै सोधिन मैले

म साँझ बिहान बाहिर निस्किँदा र ढिला घर आइपुग्दा मलाई नख्वाई तिमी भात खाँदैनथ्यौ। भोक त तिमीलाई नि लाग्थ्यो होला नि आमा

आमा मैले ऐया पेट दुख्यो भन्दा राती बिराती ओखती मुलो लिन दुकुर्दा, रातो माटोमा चिप्लेर खुटटो नै मर्किदा नि ऐया भनिनौ है आमा

आफ्नो भैसीले दुध नदिने बेला पनि गाँउलेको भैसिलाई घाँस काटेर दुध ल्याईदिन्थ्यौ आमा, १० धारा मात्रै हैन धैरै धाराको भाखा बाँकी छ।


मुखमा गास हाल्नै लाग्दा, मैले मुखमा हेर्दा, खान्छस ला भनेर मेरो मुखमा हाल्दिन्थ्यौ, मुखैको गास दिदाँ तिम्रो पेट पनि भोकै रह्यो होला आमा

हाफछुट्टीमा मिठाई किन्न ५० पैसा माग्दा बुवाले देख्नुहोला भनेर खुसुक्क पटुकीको छेउको पोको फुकाएर ५० पैसा दिन्थ्यौ आमा, मलाई ५० लाख पाए झै

बर्खामा खेत रोप्न जाँदा, नआइज भन्दा पनी पछी लाएर जान्थे, पानी पर्थो, आफुले ओड्न ल्याएको स्याखु ओड्न दिन्थ्यौ आमा आफु रुझ्दै खेत रोपेर,

हाम्लाई दुध खुवानका लागी चिसो बिहानमा हाम्लाई सिरक ओढाएर, राती चार बजे उठेर गोठधन्दा गर्थ्यौ आमा.. जाडो तिम्लाई नि हुन्थ्यो होला नि आमा

घाँस दाउरा गर्न बन जाँदा, ऐँसेलु टिपी पातमा पोको पारी ल्याएर खान दिन्थ्यौ, ऐँसेलु टिप्दा तिम्लाइ नी काँडाले घोचो होला नी है आमा।

मकैका डाइना डाइना आफुले खाएर फुल फुल खान दिन्थ्यौ, डाइना चपाउदाँ दाँत त तिम्रो पनी त दुख्थ्यो होला नी है।

हजुरीले था'पाए कपाल लुच्छिन भन्ने जान्दा जान्दै पनी घिउ पार्न राखेको नौनी चोरी जाडोले फुटेका खुट्टामा दलिदिन्थ्यौ आमा, सम्झीदा भक्कानिन्छ मन

मुख धोईदिएर सारीको फुर्कोले मुख पुछिदिन्थ्यौ आमा, मेरो मुखको चिसो पुछ्न तिमी आफ्नै सारी भिजाउथ्यौ, चिसो त तिम्लाई पनि लाग्थ्यो होला नि आमा।


uxwall

  • 10X
  • ***
  • Posts: 49
Re: Happy Mothers Day -- आमाको सम्झनामा
« Reply #3 on: July 02, 2018, 08:17:42 AM »
happy mothers day