६ वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलमा आइतबार विहान मिनि ट्रकको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।
बा १ ख ९११२ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा ओखलढुंगा घर भइ हाल कपन सरस्वतीनगर बस्दै आएकी २१ वर्षीया बालकुमारी दाहालको मृत्यु भएको हो । पैदलयात्री दाहाललाई गोपीकृष्ण हल अगाडि ट्रकले ठक्कर दिएको थियो ।
उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पशुपति क्याम्पस चाबहिलकी छात्रा हुन् । क्याम्पस पढेर फर्किँदै गर्दा विहान सवा ९ बजे उनलाई ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केहीबेर अबरुद्ध भएको चाबहिल सडकखण्ड अहिले सुचारु भैसकेको छ ।