Author Topic: Sairila Shrestha - साइरिला श्रेष्ठ (मिस काभ्रे २०७१)  (Read 5076 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1204
साइरिला श्रेष्ठ (मिस काभ्रे २०७१)

सुन्दरी प्रतियोगिताले प्रतिभा देखाउने अवसर जुट्छ

पिता किशोरराज श्रेष्ठ र माता रिता श्रेष्ठको कोखबाट काभ्रेको चौकोटमा जन्मिएकी साइरिला श्रेष्ठ काभ्रे लेडिज ट्यालेन्ट शो २०७१ कि बिजेता हुन् । सानैदेखि नृत्य तथा गीत संगीतमा रुची राख्ने साइरिला तीक्ष्ण बुद्धि र उच्च मनोबल भएकी युवती हुन् । तन भन्दा मन सुन्दर हुनुपर्छ भन्ने सोचाइ राख्ने काभ्रे मिस लेडिज ट्यालेन्ट शो २०७१ कि विजेता साइरिला श्रेष्ठसँग काभ्रे टाइम्स साप्ताहिकको लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० मिस काभ्रेको उपाधि जितेपछि कस्तो महसुस भयो ?

मिस काभ्रेको उपाधि जित्नु मेरो बाल्यकालदेखिको सपना थियो । आफ्नो सपना पूरा हुँदा खुसी त लागिहाल्छ नि । मिस काभ्रेको उपाधि जितेपछि आफ्नो परिवार र मलाई सपोर्ट गर्ने व्यक्तिहरुको मुहारमा हाँसो देख्दा एकदमै खुसीको अनुभव गरेँ ।

० के तपाईंलाई मिस काभ्रेको उपाधि जित्छु जस्तो लागेको थियो ?

मिस काभ्रेको उपाधि जित्छु, जित्दिन मलाई थाहा थिएन । तर यति कुरा थाहा थियो कि मैले मिस काभ्रेको उपाधि जित्न लगनशीलताका साथ मिहेनत गरेकी थिएँ । हरेक कार्यमा आफ्नो प्रतिभा देखाएकी थिएँ । अन्त्यमा मेरो मिहेनतको फलस्वरुप मिस काभ्रे २०७१ को ताज जित्न सफल भएँ ।

० मिस काभ्रे हुनुअघि तपाईंले कुन कुन उपाधि जित्नुभएको थियो ?

सिंगल डान्स कम्पिटिशन स्टेज आइकन २०६९, मिस तीज २०७०, प्रतिभाको आँगन २०७१, मिस टिन आइडल २०७० फस्ट रनरअप र अन्त्यमा मिस काभ्रे २०७१ को उपाधि जितेँ ।

० मिस काभ्रेको उपाधि जित्नको लागि कुन कुरालाई बढी प्राथमिकता दिनुभयो ?

मिस काभ्रेको टे«निङको समयमा मैले धेरै कुराहरु सिक्ने मौका पाएँ । मैले आफ्नो कमजोर पक्षलाई सुधार्ने अवसर पाएँ । जुन कुराहरु टे«निङको समयमा सिकेँ । त्यही कुरालाई बढी महत्व दिएँ ।

० तपाईंको कुन प्रतिभाले तपाईंलाई मिस काभ्रेको उपाधि दिलायो ?

मेरो प्रस्तुतिकरण राम्रो थियो । आकर्षक नृत्य गरेको थिएँ । निर्णायकहरुले सोध्नुभएको प्रश्नमा स्वच्छ वातावरण नै अहिलेको आवश्यकता हो भन्ने जवाफ दिएको थिएँ । मैले मिस काभ्रेको उपाधि पाउनुको कारणहरु यिनै हुन् ।

० मिस काभ्रेको आयोजक र निर्णायकहरु को को हुन् ?

आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट हो भने निर्णायकहरुमा मोडल पल शाह, वर्षा शिवाकोटी, खुश्बु खड्का, साइमा श्रेष्ठ, शिवलाल श्रेष्ठ आदि हुनुहुन्थ्यो ।

० मिस काभ्रेको ताज समेत तपाईले अरु के के पुरस्कारहरु पाउनुभयो ?

रु. सात हजारको फोटोसुट तथा बीस हजारको साइडटेक इन्टरनेशनलको तर्फबाट एयर होस्टेजको तालिमको सुविधा पाएँ । तर यी सबै कुरा भन्दा ठूलो मैले दर्शकहरुको माया र साथ पाएँ ।

० महिला हत्या, हिंसा रोक्नको लागि तपाईं कस्तो भूमिका खेल्नुहुन्छ ?

मलाई के लाग्छ भने महिला र पुरुषबीचको भेदभाव र महिलालाई दिने सम्मानको कमीको कारण महिलामाथि यस्ता विभिन्न खालका हत्या हिंसाको जन्म भएको हो । त्यसैले महिलालाई दिने सम्मानकोबारे समाजमा जनचेतना फैलाउन चाहन्छु । महिलालाई गुणस्तरीय शिक्षा दिनुपर्छ । महिलाहरुमा हत्या हिंसाको बारेमा उचित शिक्षा दिने हो भने महिलाहरु पनि चेतनशील हुन्छन् । महिलाहरुले आफ्नो कमजोरी हटाएर आफ्नो आत्मबल बलियो बनाउनुपर्छ । म यही कुरामा बढी जोड दिन चाहन्छु ।

० दैनिक बढिरहेको महँगी र बेरोजगारीलाई कसरी कम गराउन सकिन्छ ?

मेरो विचारमा जनसंख्या बृद्धि एक यस्तो कारण हो जसले गर्दा महँगी र बेरोजगारी दुवै बढिरहेको छ । त्यसैले हामीले देशको जनसंख्या बृद्धिदर रोक्नुपर्छ । सबैमा शिक्षा हुनु जरुरी छ र सरकारले सीपमूलक आयआर्जन हुने काममा तालिम तथा प्रशिक्षण दिनुपर्छ । जसले गर्दा प्रत्येक नागरिकहरु आफ्नो खुट्टामा आफै उभिन सकून् ।

० बलात्कारका घटनाहरुलाई कम गर्न के गर्नुपर्ला ?

मलाई के लाग्छ भने हरेक घटनापछि सरकारलाई औंला ठड्याएर मात्र केही हुँदैन । सरकारले नियम त बनाउँछ नि तर त्यो कार्यान्वयन हुँदैन । आम नागरिकमा नैतिक शिक्षा दिनु जरुरी छ । यस्ता घटनाका अपराधीहरुलाई  कडा भन्दा कडा सजाय दिनुपर्छ जसको डरले अरुले फेरि यस्तो घटना दोहो¥याउन नसकोस् । समाज एकजुट हुनुपर्छ र महिलाहरुले परपुरुषमाथि धेरै विश्वास गर्नुहुन्न ।

० भविष्यको लक्ष्य नि ?

मेरो लक्ष्य पढाइको साथसाथै सफल मोडल भएर समाजमा चिनिनु हो ।

० सुन्दरी प्रतियोगिताहरु हुनु कत्तिको उचित छ ?

हरेक कुराको सकारात्मक तथा नकारात्मक पक्ष दुवै हुन्छ । सुन्दरी प्रतियोगिताका पनि सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । म यसलाई सकारात्मक रुपले लिने गर्छु । यस्ता प्रतियोगिताहरुले गर्दा महिलाहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाउँछन् । सम्मानका साथै अरुहरुमाझ चिनिने मौका पनि पाउँछन् । सुन्दरी प्रतियोगित हुनु भनेको महिलाहरुले आफूमा भएको प्रतिभा देखाउने अवसर पाउनु हो ।

० जलस्रोतको धनी देश भइकन पनि हाम्रो देशमा सधैं लोडसेडिङ भइरहन्छ । यो समस्याको अन्त्य कसरी होला ?

जबसम्म राजनीतिक क्षेत्रमा पार्टीहरु बीच झैझगडाको अन्त्य हुँदैन, जबसम्म नेताहरुबीच मेलमिलाप हुँदैन, जबसम्म नेपाल सरकारले नेपाली जनताको बारेमा सोच्न सक्दैन, तबसम्म लोडसेडिङको अन्त्य हुँदैन । जलस्रोतको धनी देश भइकन पनि लोडसेडिङको समस्या छ हाम्रो देशमा । किनकि हाम्रो देश सफा मन र बृद्धि भएका नेताहरु पाउनमा गरीब छ ।

० अहिलेको हाम्रो देश नेपालको राजनीतिक अवस्था कस्तो देखिरहनुभएको छ ?

हाम्रो देशको राजनीतिक अवस्था पूरै डामाडोल छ । अस्थिर सरकार छ । भत्ता पचाउने सभासद् छन् । संविधान छैन । आफ्नो व्यक्तिगत स्वार्थे हेर्ने नेता छन् । देशको लागि हेर्ने कोही छैन्न् । यहाँ देशभक्तहरु शालिक भएका छन् भने भ्र्रष्टाचारीहरु यो देशका मालिक भएका छन् ।

० तपाईं अहिले के गर्दै हुनुहुन्छ ?

म अहिले विज्ञान विषयमा +२ को परीक्षा दिएर बसेकी छु । रामभक्त मेमोरियल स्कुलमा डान्स सिकाउँछु । फुर्सदमा नयाँ कुराहरु सिक्न चाहन्छु । उपन्यासहरु पढ्छु ।

० तपाईं मोडलिङ क्षेत्रमा लाग्न चाहनुहुन्छ । नयाँ आउने मोडलहरुलाई निर्माता तथा निर्देशकहरुले शोषण गर्छन् भन्ने कुरा सुनिन्छ । यो विषयमा तपाईं के भन्नुहुन्छ ?

शोषण हुने, नहुने कुरा त्यो आफूमा भर पर्छ । अहिले म्युजिक भिडियोमा अभिनय गर्ने मोडेलहरु पनि सम्मानका साथ बाँचिरहेका छन् । एक दुईजना गलत भए भन्दैमा पूरै मोडलिङ क्षेत्रलाई कमजोर भन्न मिल्दैन ।

० म्युजिक भिडियोको प्रस्ताव आयो भने तपाईं सर्वप्रथम कुन पक्षलाई हेर्नुहुन्छ ?

म्युजिक भिडियोको प्रस्ताव आयो भने म निर्माता, निर्देशक तथा गीतको भाव कस्तो छ त्यो हेर्छु । म्युजिक भिडियो निर्माण गर्ने टिमले पहिला कस्ता खालका म्युजिक भिडियो निर्माण गरेका छन् त्यो हेर्छु र अन्त्यमा कस्ता दृश्यहरु खिचिने हो त्यो विषयको बारेमा जानकारी लिन्छु ।

० म्युजिक भिडियोमा अभिनय गर्ने मोडलहरुको अन्तिम लक्ष्य फिल्ममा अभिनय गर्नु हो । तपाईंको विचारमा अहिले नेपाली चलचित्र क्षेत्रको स्तर कस्तो देखिरहनुभएको छ ?

नेपाली चलचित्र क्षेत्र अहिले धेरै विकसित भएके छ । यो क्षेत्रलाई आफ्नो पेशा बनाउने हजारौं कलाकारहरु छन् । दर्शकहरुको माया र साथ पाइरहेका छन् । एक वर्षमा १४० वटा भन्दा बढी फिल्म निर्माण भएक छन् । सुविधा सम्पन्न हलहरु निर्माण भएका छन् । तालिमप्राप्त प्राविधिकहरु छन् । यो विकसित रुप हो नि, होइन र ?

० तपाईंको नजरमा अहिले विश्वभरि फैलिएको समस्या के होला ?

वातावरण प्रदूषण नै अहिलेको सबैभन्दा ठूलो समस्या हो । यसले नै ठूल्ठूला रोगहरु निम्त्याइरहेको छ । यदि यो विषयमा सबैले गम्भीर भएर नसोच्ने हो भने भोलि विश्वले ठूलो दुर्घटना र महाप्रलयको सामना गर्नुपर्ने हुन्छ ।

० तपाईंलाई एक दिनको लागि प्रधानमन्त्री बनाइदियो भने सर्वप्रथम के गर्नुहुन्छ ?

वास्वतमा भन्ने हो भने एक दिनमा त केही गर्न सकिँदैन । तर पनि मैले मौका पाएँ भने स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिन्छु । स्वस्थ शरीर अमूल्य धन हो भन्ने शिक्षाले मानिसलाई चेतनशील बनाउँछ ।

० भगवान्प्रति कत्तिको विश्वास लाग्छ ?

मेरो लागि कर्म नै भगवान् हो । भगवान् पाउन मन्दिर नै धाउनुपर्छ जस्तो मलाई लाग्दैन ।

० होली कसरी मनाउनुभयो त ?

मलाई होली खेल्न मन लाग्दैन । तर पनि यो हाम्रो प्रमुख चाड हो । मनाउनुपर्छ पनि । तर होलीको नाममा महिलाहरुमाथि दुव्र्यवहार गर्नु राम्रो होइन ।

० प्रेम के हो ?

सम्पूर्ण प्राणीहरुको बाँच्ने आधार हो । प्रेमविनाको परिवार समाज तथा देशको कल्पना पनि गर्न सकिँदैन ।

० आजकालका युवायुवतीको प्रेमलाई तपाईं के भन्नुहुन्छ ?

अहिले प्रेम गर्नु फेशन जस्तो भइसक्यो । हुनसक्छ कोहीकोही साँचो माया पनि गर्छन् होला ।  तर यस्तो मायालु जोडी पाउन गाह्रो छ । अहिले एउटै केटाको चार पाँच गर्लफ्रेण्ड र एउटै केटीको आठ दशजना ब्वाइफ्रेण्ड हुन्छन् । यस्तो अवस्थामा उनीहरु आफूलाई ठूलो मान्छे भएको सोच्ने गर्छन् होला । तर यो गलत हो ।

० तपाईंले कुनै केटासँग प्रेम गर्नुभएको छ ?

साथी सोचेर धेरैलाई माया गरेकी छु । तर ब्वाइफ्रेण्ड सोचेर कसैलाई माया गरेको छैन । यो मेरो क्यारिअर बनाउने उमेर हो । केटा साथी बनाउने उमेर होइन ।

० तपाईं आफ्नो जीवनसाथी कस्तो होस् भन्ने चाहनुहुन्छ ?

तनलाई होइन मनलाई माया गर्ने साथी चाहन्छु । रुप त सधैं एकनासको हुँदैन । मेरो भावना बुझ्ने, हरेक काममा साथ दिने तथा महिलाहरुलाई सम्मान गर्ने व्यक्ति जीवनसाथी होस् भन्न चाहन्छु ।

० आफ्नो परिवारबाट कत्तिको सहयोग पाउनुभएको छ ?

मलाई परिवारको पूरा साथ र समर्थन छ । म आफ्नो आमाबाबुप्रति गर्व गर्छु । उहाँहरुलाई पूरा विश्वास छ कि म त्यस्तो कुनै काम गर्दिन जसले मेरो परिवारको इज्जत गुमोस् ।

० अन्त्यमा काभ्रे टाइम्स मार्फत तपाईं के भन्न चाहनुहुन्छ ?

मलाई मिस काभ्रेको उपाधि दिलाउन सहयोग पु¥याउनुहुने परिवारका सदस्य, समाज, टे«निङ दिनुहुने सर मिसहरु साथै सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मैले त्यस्तो कुनै अवसरहरु पाएँ भने म सामाजिक कामहरुमा सहभागी हुनेछु । म मिडिया क्षेत्रमा लागेर काभ्रेको नाम राख्न चाहन्छु । मिडिया क्षेत्र खराब छैन । यो पनि एउटा उद्योग हो र यसमा हजारौंले रोजगारी पाइरहेका छन् । हामी सबै मिलेर नेपाली कला र संस्कृतिको संरक्षण गरौं । नेपाल रहेमात्र हामी नेपाली रहनेछौं । त्यसैले सबैले निस्वार्थ रुपले देशको सेवा गरौं ।

(प्रस्तुती ः रामेश्वर आचार्य सागर)