कृष्टि र राजेशबीच हिमचिम
'भाग्यरेखा'मा अनुबन्ध भएलगत्तै कृष्टि मैनाली नायिकाबाट निकालिएको घोषणा गरे निर्देशक दीपक रायमाझीले ।
कृष्टि र राजेश हमाललाई 'ब्रेक' दिन तयार रायमाझीले काम सुरु नहुँदै कृष्टि र राजेशबीच हिमचिम बढेको थाहा पाएर दुवै नायक-नायिकालाई पन्छाए भनियो ।
पछि सो फिल्ममा कृष्टिको ठाउँमा मौसमीलाई अभिनय गराइयो । सिनेमा बजार उकालो लाग्दै गर्दा बढी चर्चा पाएको सम्भवतः यो नै पहिलो 'गसिप' थियो ।
चालीसको दशकमा रजतपटमा उदाएकामध्ये सापेक्षिक कम स्क्यान्डलमा पर्ने हिरोइनको रूपमा चिनिन्छिन् कृष्टि । सुटिङका क्रममा भएका ठोलाबाजी र प्रेमप्रसंगबाहेकका विवादमा यिनको नाम आएन ।
मौसमी मल्ल स्क्यान्डल
कृष्टिकै समकालीन नायिका मौसमी मल्ल स्क्यान्डलको हिसाबले अलि अगाडि थिइन् । उनै मौसमी अहिले २००९मा निर्मात्रीको रूपमा १२ वर्षपछि फेरि रजतपटमा आएकी हुन ।सिनेमाका प्रसंगभन्दा पनि व्यक्तिगत सवालमा बढी चर्चा भयो मौसमीको ।
चलचित्रमा सक्रिय हुँदाहुँदै श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि उनि पलायन भएकी थिइन् उनी । पारिवारिक किचलोका बारेमा बढी चर्चा गरिएकी मौसमीको समकालीन हिरोहरूसँग नाम भने जोडिएन । उनि चार बर्ष बेल्जियम पलायन भएर ब्युटिसियनको काम गरेर बसिन ।
रूपा राना
मौसमीपछि सबैभन्दा बढी चर्चा पाउने हिरोइन भइन् रूपा राना । नायक धीरेन शाक्यसँग बास बस्ने गरी घुम्न गएको भन्ने खबरले सिनेबजार तताउनु ततायो ।
सुटिङ नभएको वेला शाक्यको गाडीमा कहिले नारायणघाट त कहिले पोखरामा देखिने गरेकी रूपाले चलचित्र 'चोट'मा दिएको बेडसिनले पनि त्यत्तिकै चर्चा पायो ।
६ वर्षभन्दा बढी समय विदेश बसेर फेरि चलचित्रमै काम सुरु गरेकी रूपा अहिले गुमनामजस्तै छिन् ।
विना बुढाथोकी
सिरियलमा अभिनय गरेर राम्रै जस आर्जन गरेकी विना बुढाथोकी पनि एकताका खुवै चर्चामा थिइन् ।
दीपक रायमाझी निर्देशित चलचित्र 'कसम'को एउटा गीतमा 'प्यान्टी' नै देखिएपछि उनको अभिनयभन्दा धेरै चर्चा भएको थियो अंग-प्रदर्शनको ।
'त्यो एउटा हल्लाजस्तै भयो । खास दम थिएन त्यो स्क्यान्डलमा,' निर्देशक रायमाझी भन्छन्, 'अहिले त त्यस्ता कुरा सामान्य भइसके ।'
करिश्मा मानन्धर
पहिलो फिल्म 'सन्तान'मा काम गर्दा स्पटमै धुरुधुरु रोएर चर्चामा आएकी करिश्मा मानन्धर फिल्मी करिअरभरि नै कुनै न कुनै प्रपोगान्डामा मुछिइरहिन् । सबैभन्दा बढी त फिल्म 'महादेवी'को सुटिङका क्रममा सुनियो उनको चर्चा । अभिनेता भुवन केसीसँगको चुम्बनको दृश्यदेखि भुवनले फ्रक उचालिदिएको प्रसंगलाई फिल्मी पत्रपत्रिकाले पर्याप्त स्थान दिए ।
चुम्बनकै दृश्यमा नायक केसीसँग करिश्माको विवाद भएपछि यसलाई सल्टाउन करिश्माका पति तथा निर्माता विनोद मानन्धर हेलिकोप्टर चढेर पोखरा पुगेका थिए । उनले केसीलाई भन्दा बढी निर्देशक नारायण पुरीलाई थर्काए भन्ने सुनियो । उनले निर्देशक पुरीलाई त्यसवेला धम्कीको भाषामा भनेका थिए रे, 'सभ्य ढंगमा काम गर्नुस्, म रिसाएँ भने राम्रो हुँदैन ।'
जतिवेला करिश्मा र राजेश हमालको फिल्मी जोडी जमेको थियो त्यतिवेला हमालसँगको सामीप्यता पनि धेरैका लागि गफ गर्ने विषय बन्यो । दर्जनभन्दा बढी चलचित्रमा राजेशकी हिरोइन बनेकी करिश्मालाई एकताका राजेशकी पार्टनर नै भनेर टिप्पणीसमेत गरियो ।
यो चर्चाबारे हमालले एउटा अन्तर्वार्तामा भनेका छन्, 'करिश्मा र म कुनै वेला मिल्ने साथीजस्ता थियौँ तर बाहिर हल्ला भएजस्तो भने होइन ।'
आँफुले बनाएको फिल्म "बाबुसाहेब" असफल भए पछि अमेरिका पलाएन भएपछि नायिका करिश्माले भनेकी थिइन्, 'सिनेमा हल्लैहल्लाको क्षेत्र हो भने अमेरिका जस्तो काम गरे पनि सम्मान पाइने देश ।'
अमेरिकामा ग्रिनकार्ड लिए पछि नेपाल फर्केकि करिश्मा अहिले सन २०१५ मा फिल्ममा स्ट्रगल गर्दैछिन ।
गौरी मल्ल
करिश्माकै समकालमा जमेकी अर्की नायिका गौरी मल्ल भने करिअरको 'पिकआवर'मा त्यति विवादित बनिनन् ।
केही वर्ष पहिला उनी 'अब सिनेमा खेलेर खान पुग्दैन' भन्दै जापानतिर लागेकी थिइन् । ठीक त्यति नै वेला उनी र उनका पतिको सम्बन्धबारे पनि नेपाली मिडियामा 'गसिपहरू' देखा परे ।
भनियो, 'श्रीमान् उज्ज्वल भण्डारीसँग गौरीको सम्बन्ध रहेन अब ।'
डेढ दशक अभिनय गर्दा जति चर्चा भयो त्यसको तुलनामा सम्बन्धविच्छेदको चर्चा बढी भयो नायिका गौरीका बारेमा ।
जापानमा क्यान्सरको उपचार गरेर स्वस्थ भएकि गौरि अमेरिका गइन । तर लामो समय अमेरिका बस्दा पनि त्यहाँको ग्रिन कार्ड प्राप्त गर्न नसकेपछि हालै उनि नेपाल् फर्केकि छिन ।