xNepali Forum > Nepali Movies - News, reviews and discussion

Resham Filili (रेशम फिलिली) release April 24 - Reviews

(1/3) > >>

tundikhel:
Profile of Resham Filili in FON

http://filmsofnepal.com/nepali-film-resham-filili-2015/



रेशम फिलिली: गीत जस्तो छैन
Anushil

अनुशील
शुक्रबार , ११ वैशाख २०७२


पहिल्यै ‘हिट’ गीतका कारण चर्चा कमाएको ‘रेशम फिलिली’ ले दर्शकको अपेक्षा पूरा गर्दैन ।

filili2
‘यु ट्युब’ मार्फत ‘भाइरल’ ‘पिरतीको छाता ओढाउन… (जालमा)’ गीतबाट प्रदर्शनअघि नै चर्चामा रहेको फिल्म ‘रेशम फिलिली’ गीत जस्तो दमदार छैन ।

अढाइ घण्टाको फिल्मको सुरुआतको करीब ४५ मिनेट गज्जब लाग्छ । विनय श्रेष्ठ (रेशम) र कामेश्वर चौरसिया (हरिया) को पहाडे–मधेशी केमेष्ट्रीमा घुसाइएको कमेडीले एकोहोरो हँसाउँछ ।

गाउँबाट अनेक सपना सँगालेर राजधानी छिरेका युवाले भोग्नु परेको समस्या, वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनीबाट हुने ठगीको यथार्थपरक चित्रणले मन छुन्छ । तर, कमजोर पटकथामा जब्बर्जस्त थोपरिएका दृश्यको श्रृंखलाले फिल्म प्रत्येक गाँसमा ढुंगा लाग्छ ।

कालीप्रसाद बाँस्कोटा, सोमिया बराइलीले गाएको गीत जस्तै अपेक्षा गरेर हल छिर्ने दर्शक त्यही गीतको गतिलो फिल्मांकन नदेख्दा निराश हुन्छन् ।

गीतमा केटाले केटीलाई घुमाउन लगेको सुनिए पनि फिल्ममा नायकको हालत केटी घुमाउने छैन । गीत ‘लिप्सिङ’ विना नै बजिरहन्छ । केटा र केटी डाँडा–पाखामा घुमेको दृश्य मात्र देखिन्छ ।

कमेडी फिल्म भनिएको फिल्म संवाद, हाउभाउ र अभिनयको बलमा हँसाउन असफल छ । हँसाउनै भनेर राखिएका कतिपय दृश्यसमेत अपच लाग्छ । यहींनेर निर्देशक प्रणव जोशी चिप्लिएका छन् ।

हिन्दी कार्टून सिरियल ‘मोटु पत्लु’ को दृश्य झैं फिल्ममा बजारमा मान्छे पक्रन लखेटिरहेको पात्र बाटोमा मःमको वास्नाले मुग्ध हुन्छ र मःम खान पसलमा पस्छ । फिल्मका खलनायक शिशिर बाङ्देल (दोर्जे) जो ‘टायर डन’ का रुपमा चिनिन्छन् ।

उनी थोत्रा टायरको ब्यापार गर्छन् । ग्राहक भने आन्दोलनकारी राजनीतिक पार्टी हुन् जसले आन्दोलनमा बाल्न टायर माग गरिरहेका हुन्छन् ।

नपच्ने अर्को दृश्य, मोटरसाइकल मेकानिक्सकी छोरी मेनुका प्रधान (सुनिता) ‘अचेल हाम्रोबाट टायर किन मगाउन छाडेको ?’ भनी डनसँग सोध्छिन् । डन भन्छ, ‘आन्दोलन कम भएकाले टायरको माग घटेको छ ।’

गुण्डाले रेशम र हरियालाई लखेटेको दृश्य अनावश्यक लम्ब्याइएको छ । उनीहरू भाग्दा भाग्दै गल्ली, सडक, घरको छत त कहिले यौनकर्मीको बेडरुमसम्म पुग्छन् ।

फिल्मभित्रको फिल्म छायांकनका क्रममा भएको द्वन्द्वको दृश्य पनि उस्तै कमजोर छ, भाग पुर्‍याउन राखे जस्तो । ‘क्लाइमेक्स’ झनै अस्वाभाविक लाग्छ ।

म्यानपावर कम्पनीले युवाहरूलाई कतार भनेर चितवनतिरको जंगल पुर्‍याएको अपत्यारिलो दृश्यमा दर्शकलाई झोंक चल्छ । युवा ठगिएका छन् तर निर्देशकले सोचेजति बुद्धू छैनन् ।

संवादमा कतिपय अश्लील शब्द त छँदैछन्, ‘बोलीचालीका शब्द’ बनेर आत्मसात् गर्न सकिन्छ तर, बाख्रो करणी गरेको दृश्य हेर्नुपर्दा दर्शकलाई समेत लाज लाग्छ ।

त्यस्तो दृश्यलाई कलात्मक तरीकाले संयोजन गर्न सकिन्थ्यो, तर निर्देशक जसरी भए पनि हँसाउनु आफ्नो सफलता मान्ने ध्याउन्नमा देखिएका छन् ।

filili3अभिनयमा विनय र मेनुका औसत लाग्छन् । फिल्मभित्रको फिल्मका नायक ब्रायन (कर्म) लाई भूमिका पटक्कै सुहाएको छैन । हरियाको भूमिकामा देखिएका कामेश्वर चौरसियाको उम्दा अभिनयले भने दर्शक लोभिन्छन् ।

हेर्नका लागि कामेश्वरको अभिनय र सुन्नका लागि कालीप्रसादको संगीतबाहेक फिल्ममा अर्थोक नयाँ केही पाइँदैन । किनभने आमाको दुःख, वैदेशिक रोजगार र गाउँबाट शहर छिरेका युवाका समस्याबारेका कथा यसअघि नै धेरै फिल्ममा आइसकेका छन् ।

ड्रोन मार्फत खिचिएका ‘एरियल सट’ गुणस्तरीय छैनन् । लूट र कबड्डी जस्ता फिल्मको अपेक्षा गर्ने दर्शकले निराशा सिवाय केही पाउँदैनन् ।

फिल्मको पोस्टरमै ‘२०७२ साल, प्रोड्युसर मालामाल’ लेखिनुले पनि निर्माताद्वय अभिनेता विनय र माधव वाग्लेको धुन फिल्म राम्रो बनाउनुभन्दा पैसातिरै भएको देखाएको छ ।

गीतका कारण दर्शक हलसम्म पुग्लान्, पैसा पनि उठ्ला, तर नेपाली चलचित्र उद्योगमा थप एउटा फिल्म बन्यो भन्नुबाहेक अर्को उपलब्धि देखिंदैन ।


Himalkhabar

tundikhel:
यस्तो छ ‘रेशम फिलिली'(समिक्षा)


onlinekhabar

‘पारी त्यो डाँडा’ माथि बोलको गीत यूट्युबमा भाइरल बनेपछि नेपालमा मात्र होइन, विदेशमा पनि चलचित्र ‘रेशम फिलिली’माथि आशा एकाएक उम्लिएको थियो । गीत नै यती राम्रो छ, यसको दृश्य कस्तो होला, चलचित्र कस्तो होला, वैशाख ११ यसकारण प्रतिक्षामा रहन पुग्यो ।

यही प्रतिक्षाको घडीलाई समाप्त गर्दै आज शुक्रबारबाट देशभर यो चलचित्र प्रदर्शनमा आएको छ । कमै मात्र चलचित्र दर्शकका लागि यसरी प्रतिक्षित बन्छन्, जसले दर्शकलाई हलसम्म जान वाध्य बनाउँछन् । आखिर, सर्वाधिक चर्चा बटुलेको बर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र कस्तो बनेको छ त, आउनुहोस् एकैछिन चर्चा गरौं ।

कथावस्तु

गाउँबाट आमाको सपना र बहिनी सुन्तलीको बिहे धुमधामसँग गराइदिने चाहना बोकेर कतार उड्न काठमाण्डौ आएको एक यूवा विनय श्रेष्ठ (रेशम) । तर, दलालले ठगिदिएपछि उसको जीवनमा पनि अन्धकारको बादल मडारिन्छ । जाने र खाने बाटो केही हुँदैन ।

यसैविच दलालले उनीहरुलाई जंगलमा लगेर छाडिदिन्छन् । जंगलमा नै भेट हुन्छ एक पात्र, कामेश्वर चौरासिया (हरिनारयण मण्डल) । उसैको साथमा दिनचर्या गुजार्नका लागि विभिन्न खालका उपाय अपनाउँछ रेशम । हरिनारायणको सपना छ, चलचित्रमा खेल्ने । उसैको सपनाको पछि लाग्दा लाग्दै रेशम शिशिर वाङ्देल (दोर्जे डन )को फेला पर्छ ।

उसको लगाएको काम विगारेपछि तिनुपर्ने २५ लाखले फेरि रेशम र हरिनारायणलाई सताउँछ । यसैले उनीहरु चलचित्रको काम गर्न लागिपर्छन् । चलचित्रमा एक सुपरस्टार छन्, कर्मा (ब्रायन) । जो बलेबाट ब्रायन बन्दै चलचित्रमा हिट भएको हुन्छ । त्यही ब्रायनलाई फसाएर चलचित्र बनाउन हरिनारयण र रेशमले भेट्छन्, अरुण रेग्मी (खरानी प्रसाद) । चलचित्रको कथावस्तु यही नै हो । कथावस्तुबाट दर्शकले ठूलो अपेक्षा नगर्दा पनि हुन्छ ।

सबल पक्ष

चलचित्रलाई विभिन्न खालका परिभाषा दिइन्छ । चलचित्र शिक्षाका लागि कि मनोरञ्जनका लागि । चलचित्र ‘रेशम फिलिली’ मनोरञ्जन दिने एउटा राम्रो खुराक हो । चलचित्रमा कथावस्तु केही पनि छैन । यसअघि पनि यस्ता कथावस्तुमा चलचित्र नबनेका होइनन् ।

तर, पनि अरु भन्दा धेरै नै विशेष छ, ‘रेशम फिलिली’ । चलचित्रको सवैभन्दा सबल पक्ष यसको संवाद हो । कमेडी मन पराउने दर्शकका लागि यो चलचित्र उत्कृष्ट खुराक हो । यसको अर्को सबल पक्ष यसको अडियो गीत हो । जसले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । यसका संगीतकार कालिप्रसाद बाँस्कोटा नदेखिएका नायक हुन्, चलचित्रका लागि ।

चलचित्रको मुख्य कथा थुप्रै नेपालीले भोगेको पीडा हो । बाबु आमाको सपना पुरा गर्न विदेश हिडेका र दलालका कारण फसेका नेपालीको संख्या पनि कम छैन । जसका कारण दर्शकले रेशम पात्र भित्र आफूलाई नै देख्न सक्छन् ।

निर्देशक प्रणव जोशीले चलचित्रको सुरुवातमा नै ‘झुटो कथामा आधारित’ लेखिदिएर आफूले जे गल्ती गर्दा नि छुट छ भनेर बठ्याई गरिदिएका छन् । चलचित्रमा ड्रोनको प्रयोग सुखद छ, तर प्रयोग फितलो छ । चलचित्रमा रेशमका केही संवाद र दृश्यले दर्शकलाई भावूक बनाउँछ । कमेडीमा रमाइरहेका दर्शक एकाएक एकहोरो हुन्छन् र  टोलाउँछन् ।

कमजोर पक्ष

चलचित्रलाई मनोरञ्जनको साधन मात्र होइन भन्ने हो भने, यसका कमजोर पक्ष थुप्रै छन् । चलचित्रमा कथाको अभाव छ । थुप्रै क्यामेरा प्रयोग गर्दा कतिपय दृश्य फितलो छन् । चलचित्रको अर्को कमजोर पक्ष यसको सम्पादन हो ।

    चलचित्रको चर्चित गीत ‘पारी त्यो डाँडामाथि’ खुबै चर्चित छ । यो गीतकै कारण हलसम्म पुग्ने दर्शकलाई भने यसको दृश्यले निराश बनाउँछ । युट्यूबमा भेटिएका थुप्रै दृश्य भन्दा चलचित्रका लागि बनाइएको मुख्य दृश्य फितलो र कमजोर छ ।

चलचित्र भित्र केही यस्ता दृश्य छन्, जुन दृश्यलाई नराखिदिएको भए के हुन्थ्यो भन्ने लाग्छ । अनावश्यक दृश्य केही धेरै हुँदा दर्शकलाई केही ठाउँमा बोर लाग्न सक्छ । चलचित्र एउटै पात्रमा अडिएको छ । कामेश्वर चौरासियालाई हटाएर हेर्ने हो भने, ‘रेशम फिलिली’ खोक्रो छ । यसैले, निर्देशक प्रणव जोशीले कुनै न कुनै तबरले उनलाई पर्दामा सुरुवातदेखि अन्त्यसम्म अटाएका छन् ।

चलचित्रको चर्चित गीत ‘पारी त्यो डाँडामाथि’ खुबै चर्चित छ । यो गीतकै कारण हलसम्म पुग्ने दर्शकलाई भने यसको दृश्यले निराश बनाउँछ । युट्यूबमा भेटिएका थुप्रै दृश्य भन्दा चलचित्रका लागि बनाइएको मुख्य दृश्य फितलो र कमजोर छ ।

चलचित्रमा जर्क दृश्यहरु पनि प्रशस्त भेटिन्छन् । चलचित्रका कतिपय शब्दहरु सामान्य नेपाली नागरिक अझ विशेषगरी महिला दर्शकलाई पच्दैन । यसैले, यो चलचित्र सिंगल भन्दा पनि मल्टिप्लेक्समा बढी चल्न सक्छ ।

चलचित्रको दोश्रो भागमा देखाइएको नेपाली चलचित्रको भित्री कुरा र चलचित्र बनाउने कथावस्तु आवश्यक थिएन । चलचित्रकर्मीका लागि यो कथा रोचक भएपनि दर्शकका लागि खासै रुचीकर नहुन पनि सक्छ । चलचित्र बनाउने बिषयमा मोडिएपछि ‘रेशम फिलिली’ चिप्लिएको छ ।

चलचित्रकै बारेमा रेशमले दिएको लामो भाषण पनि दर्शकलाई नपच्न सक्छ, चलचित्रकर्मीलाई रमाइलो लाग्न सक्छ । चलचित्र गन्तव्यबिहिन छ । यसैले, निर्देशकले चलचित्रलाई कहाँ पुर्‍याउने भन्दा पनि कसरी लामो बनाउने भन्ने बारेमा सोचेका छन् ।

कतिपय प्लटहरु अनावश्यक भएर पनि थोपारिएको छ । प्रहरीले निर्माता बन्नका लागि अगाडि सरेका दलाललाई समातेपछि पैसा बाड्ने भन्दै भेला भएका चलचित्रका मुख्य पात्रहरुको दृश्य सडक नाटक जस्तो छ ।

कलाकारको अभिनय

चलचित्रमा एक मात्र कलाकार छन्, कामेश्वर चौरासिया । सुरुदेखि अन्त्यसम्म उनले गरेको बेजोड र जिवन्त अभिनयले दर्शकलाई दिक्क लाग्न दिँदैन । पर्दाबाट जब उनी हटे, अल्छी लाग्न सक्छ । एउटा कलाकारको आडमा चलचित्रले थुप्रै ठाउँमा ताली पाउनु उसको सफलता हो ।kameswor

चलचित्रको शीर्ष भूमिकामा देखिएका मुख्य कलाकार विनय श्रेष्ठ सामान्य छन् । चलचित्र भित्र नायक बनेका कर्मामा त्यस्तो फरकपन भेटिँदैन । नायिका मेनुका प्रधानले दिइएको भूमिका गरेकी छिन् । तर, कामेश्वरको अगाडि सबैजना ओझेलिएका छन् ।

के चलचित्र हेर्दा हुन्छ ?

तपाई चलचित्र मनोरञ्जनका लागि हो र यसबाट कुनै प्रकारको शिक्षा लिने होइन भन्ने मान्नुहुन्छ भने यो चलचित्र हेर्नुहोस् ।

तर, चलचित्र पनि वास्तविक जिवनसँग केही न केही तबरले मेल खानुपर्छ भन्ने ठान्नुहुन्छ भने एक पटक हेर्नु अगाडि सोच्दा राम्रो हुन्छ । उडन्ते गफ, जसरी भएपनि हसाँउने खालका संवादकै आँडमा ‘रेशम फिलिली’ कुदेको छ ।

चलचित्रले सुरुवाती व्यापार आक्रामक गर्नेमा कुनै शंका छैन । यसपछि, यसलाई दर्शकले नै चलाउने हुन् । ‘रेशम फिलिली’ लामो समयसम्म कुद्यो भने अनौठो नमान्दा हुन्छ । तर, चलचित्र हेर्न जानु अघि ठूलो आशा नलिनुहोला, तपाइले सोचेजस्तै पाउनुहुनेछ ।

tundikhel:
ससुकुल प्रिमियर रे

http://xnepali.net/movies/sukul-premier-of-resham-filili-kameshwor-role-appreciated/

tundikhel:
कसरी बन्यो ‘रेशम फिलिली’?


    23 Apr 2015 | 08:49am
    बिहीबार १० बैशाख, २०७२
    नागरिक


‘भिजागर्ल' फिल्म रिलिजपछि सिक्किम घुम्न गएका थिए निर्माता तथा अभिनेता विनय श्रेष्ठ। त्यतिबेला सिक्किमकै साथी चेतन श्रेष्ठको कथामाथि विनयको नजर पर्योे। उक्त कथामा नेपाली लोकगीत ‘रेशम फिरिरी'सँग जोडिएका काल्पनिक प्रसंगहरु थिए।

विनयलाई कथा निकै मन पर्योो। नेपालमा फर्केर उनले त्यसमाथि फिल्म नै बनाउने निर्णय गरे। तर, कथासंग्रह प्रकाशित नभइसकेकोले उनलाई फिल्म बनाउने अनुमति दिइएन।
त्यसपछि विनयले काठमाडौंमा सात–आठवटा कथा संकलन गरेर तीमध्येको उत्कृष्ट कथामा ‘रेशम फिलिली' बनाए। निर्देशनको जिम्मेवारी पहिलेदेखि नै म्युजिक भिडियोमा सहकार्य गरिसकेका साथी प्रणव जोशीलाई दिए। ‘हाम्रो सोचाइ र व्यवहार मिल्ने भएकोले फिल्ममा पनि सहकार्य गरेका हौं,' विनयले भने।
म्युजिक भिडियोपछि फिल्म निर्देशन गर्ने लहड नै चलेको छ। तर, सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका प्रणव आफूलाई लहडी मान्दैनन्। ‘लहडमै लागेको भए मैले पहिले नै फिल्म बनाइसक्थेँ नि,' उनले भने, ‘राम्रो टिम र चित्तबु‰दो स्त्रि्कप्ट बनेपछि बल्ल मैले फिल्म निर्देशनमा हात हालेका हौं।'
म्युजिक भिडियो बनाउनेले राम्रै फिल्म बनाउँछ भन्ने ग्यारेन्टी नभएको पनि प्रणव स्विकार्छन्। फिल्म र म्युजिक भिडियो फरक विधा भएको र दुवैमा फरक खुबी चाहिने उनी बताउँछन्। त्यहीभएर आफूले धेरै मिहेनत र तयारी गरेको उनको भनाइ छ।
आफ्नो लगानीमा तयार भएको पहिलो फिल्म ‘भिजागर्ल'ले घाटा खाएपछि विनयले केही समय धैर्यता अपनाए। फिल्म निर्माणमा उनको अटुट लगाव छ। त्यसैले पहिलो पाइलामा ठेस लाग्दैमा उनले हरेश खाएनन्। दोस्रो फिल्म ‘रेशम फिलिली'लाई सकेसम्म दर्शकको रुचिअनुसार बनाइएको उनी र प्रणव एक स्वरमा बताउँछन्।
‘दर्शकलाई बाँधिरहने र मनोरञ्जक फिल्म बनाएका छौं, त्यसैले फिल्मले राम्रै व्यापार गर्नेछ भन्ने आशा छ,' दुवैले भने, ‘रेशम भन्ने पात्रलाई अरु पात्रले फिलिली घुमाइरहने कथा फिल्ममा छ, त्यसलाई विभिन्न उपकथाहरुले जोडेका छौं।' मेनुका प्रधान, कामेश्वर चौरसिया, कर्मा, अरुण रेग्मी, शिशिर बाङ्देल लगायतले अभिनय गरेको फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत छ। फिल्म निर्माणमा विनयलाई ‘लुट'का माधव वाग्लेले पनि सघाएका छन्।
रिलिजअघि नै डायस्पोरामा बिकेकोले ‘रेशम फिलिली'को लगानी सुरक्षित भइसकेको छ। नेपालका हलमा आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्मको भाइरल गीत ‘जालमा'बारे मुख खोलेनन्। गीत र फिल्म हलमै हेर्न उनीहरुले अनुरोध गरे।

tundikhel:
ओपनिड्ड कारोबार सुखद्

८० पर्दामा रेशम फिलिली

देशकै ठूलो उद्योग चौधरी ग्रुपसँग सहकार्य गरेर फस्टलभ नायक विनय श्रेष्ठले भिसा गर्ल बनाएका थिए । चलचित्र भिसा गर्ल दर्शकको जीवन भन्दा बाहिर पुग्दा असफल भयो । यो असफलताको पिडाबाट उन्मुक्ति पाउन विनय श्रेष्ठले यो बेला रेशम फिलिली चलचित्र पूर्ण रुपमा तयार पारी प्रदर्शनमा ल्याएका छन् । विनयलाई साथ दिएका छन् फस्टलभ, छड्केका निर्माता माधव वाग्लेले ।
माधव वाग्लेले निर्माण मात्र हैन रेशम फिलिलिको वितरणको सम्पूर्ण अभिभारा पनि जिम्मेवारी लिएका छन् । पप्कर्न पिक्चर्स प्रा.लिको वितरणमा शुक्रबार देखि अल नेपाल ८० पर्दामा र विदेश जापान सहित ४ वटा मुलुकमा यो चलचित्रको एकै पटक रिलिजमा ल्याएको बताइन्छ । चलचित्रले भि.सी.डी. अडियो र विदेश राइट बिक्री गरेर ६० लाख अगाडि नै रकम सुरक्षित गरेको दाबी गरेको छ । तर रेशम फिलिलीको यो दाबीलाई अन्य चलचित्रकर्मीले हाँसोको रुपमा पनि उडाएका छन् । यो वर्षको आरम्भमा अल नेपाल प्रदर्शनमा आउने रेशम फिलिलीको पारी त्यो डाँडैमा... नामक गीतले सांगीतिक बजार उग्र रुपले तताएको छ । यो सुपर डुपर हिट गीतको बाबजुद पनि चलचित्र भयंकर चल्ने अनुमान गरिएको छ ।

रेशम फिलिलीले बजार ताइरहेको बेला कृष्ण धाराबासीको सत्य कथामा आधारित सति प्रथाको झोला चलचित्रले वैशाख ११ मा नै पुन रिलिज प्रदर्शन आरम्भ गरेको छ । पहिलो चरण गुड एभरेज सफलताको व्यापार गरेको झोलाले पुनः राम्रो कारोबार गर्ने विश्वास वितरक गोपालकाजी कायस्थले राजधानी र एफ.डी कम्पनीले मोफसलमा झोलाको रिपिट प्रदर्शन गरेका हुन् । आज शुक्रबारको ओपनिङ कारोबार सबै हलमा प्रायः सुखद् नै छ भोलि शनिबार यो भन्दा डबलको टिकट बिक्री वितरण हुने अपेक्षा सबैले बक्स अफिसमा गरेका छन् ।

Navigation

[0] Message Index

[#] Next page

Go to full version