Author Topic: VERY Good - उनलाई चोकमा देखेँ  (Read 2148 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 945
By - Badal Suresh


उनलाई चोकमा देखेँ

Published on April 25 2015

जब उनलाई पहिलोचोटि
चोकमा देखेँ,
त्यसपछि त कस्सम
हरेक थोकमा देखेँ।
उनी खित्का छोडेर हाँसिदिँदा
जोकमा देखेँ,
उनी आँसु बगाई रोइदिँदा
शोकमा देखेँ।

जब उनलाई पहिलोचोटि
चोकमा देखेँ,
कसिएको उनको
'फिगर'लाई हेर्दाहेर्दै
उनलाई त स्प्राइट र कोकमा देखेँ।
खै के झोकमा देखेँ
सायद पिरतीको भोकमा देखेँ।

भन्नेले त भन्लान्
के देखिस् र त्यसमा?
मैले कस्सम
स्वर्गकि परी
यसै लोकमा देखेँ,
जब पहिलोचोटि उनलाई
चोकमा देखेँ!