Author Topic: Pokhara fashion show - controversial Flag dress  (Read 14032 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #1 on: May 22, 2015, 04:44:23 AM »



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #2 on: May 22, 2015, 04:45:00 AM »
४ जेठ | गत शुक्रबार पोखरामा भएको एक फेशन शो मा मोडलले लगाएको पहिरन विवादित भएपछि आयोजकले क्षमायाचना गरेको छ । फेशन डिजाईनिङ सम्बन्धि अध्यापन गराउँदै आएको संस्था आईएफसीले आयोजना गरेको फेशन शो मा मोडल सिमा पाण्डेले लगाएको पहिरन विवादमा तानिएको थियो । फेशन कलेजमै अध्ययनरत मोहन खड्काले सो पहिरनको डिजाईन गरेका थिए ।

देशभक्ति देखाउनका लागि नेपालको झण्डाको ‘थिम’मा तयार गरिएको पहिरन कानुन सम्मत नभएको भन्दै सामाजिक संजालहरुको चर्को विरोध भएको थियो । पहिरनको बारेमा चर्को विवाद परेसँगै त्यो पहिरन ‘नियोजित’ तरिकाले नबनाएको र भुलवश यस्तो डिजाईन बनेको कलेजले स्पष्टिकरण दिएको छ ।

‘हामी आफै पनि शो को लागि व्यस्त थियौँ, अन्तिम समयमा आएर मोहन खड्का भाईले बनाएको फाईनल डिजाईन हामीले हेर्न पाएनौँ ।’ आईएफसीका संचालक सरस्वती गुरुङले भनिन्–‘जे होस् उनी हाम्रो विद्यार्थी भएकोले यो सबैकुराको जिम्मेवारी हामी आफैँ लिएर, माफि माग्छौँ ।’ पहिरनकै कारणले झण्डाको अपमान भएको प्रति आफुहरु पनि निकै दुखि भएको उनले बताए ।

परिचय नाईट फेशन शोको कार्यक्रम संयोजक तथा कोरियोग्राफर नविन पाख्रिनले पनि भुलवश यस्तो पहिरन मोडलले पहिरिएको बताए । ‘खासगरि यो पहिरनले राष्ट्रियतामा आँच आउने खालको भन्दा पनि राष्ट्रियता झल्काउनलाई बनाईएको थियो ।’ उनले भने–‘तर हाम्रो डिजाईनिङ सिकिरहेको भाईले गल्ती गर्दा ठिक उल्टो भैदियो ।’ कलेजको तर्फबाबाट सम्पूर्ण नेपाली समक्ष आफुहरुले गल्ती स्विकार गरिसकेको उनले बताए ।

आईएफसीले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत वर्षेनी डिजाईनरहरुको डिजाईन प्रस्तुतीकरणको लागि फेशन शो गर्दै आएको छ । र, पछिल्लो पटक भएको फेशन शो पनि उसको वार्षिक कार्यक्रम अन्तरगत नै पर्छ । तर वैशाख १२ गते भएको भूकम्पका कारण १८ गते हुने भनिएको शो जेठ १ गतेको लागि सरेको थियो ।

mohan khadka copyमोहन खड्का / डिजाईनर

मोहन खड्का आईएफसीमा डिजाईनिङ अध्ययन गरिरहेको करिब १ वर्ष भयो । १८ वर्षका यी ठिटालाई फेशन शो मा मोडललाई राष्ट्रभक्ति थिममा पहिरन बनाउने जिम्मा दिईयो । र, उनी त्यसैको तयारीमा लागे । उनलाई राष्ट्रभाव देखाउनु थियो पहिरनमार्फत । र, उनले रोजे नेपालको झण्डा, बुद्धको आँखा, हिमाल, विभिन्न धार्मिक चिन्हहरु । ‘समग्रमा मैले मेरो पहिरनमा नेपाललाई देखाउन खोजेको थिएँ ।’ उनले भने–‘बैशाख १८ गते हुने भनिएको फेशन शो भूकम्पको कारण जेठ १ गतेको लागि सरेपछि अझै मैले पहिरनमा केहि थपथाप गरेको थिएँ ।’

देश, सँस्कार र सँस्कृति पहिरनबाट प्रस्तुत गर्छु भनेर तयार गरेपनि सबै चिन्हहरु ठिक–ठिक ठाऊँमा नपरेपछि आफ्नो गल्ती भएको स्विकार्छन् मोहन खड्का । देशव्यापी आलोचना भएपछि उनी यतिबेला निराश छन् । निराश मुद्रामा उनले भने–‘झन् देशको मान बढाउने काम गर्छु भनेको त अपमान हुने काम पो गरेछु ।’ मोहनले आफुलाई थाहा नभएर यस्तो खाले पहिरन बनाएकोले सबैलाई माफ गरिदिन आग्रह समेत गरेका छन् ।


सिमा पाण्डे / मोडल

उसो त पहिरनको सवालमा मोडललाई आक्षेप नआउनुपर्ने हो । डिजाईनरले जस्तो डिजाईनमा पहिरन तयार पारे मोडलले शो मा त्यहि लाएर हिँड्नुपर्ने हुन्छ । तर सामाजिक संजालमा मोडल सिमा पाण्डेकै फोटो भाईरल बन्यो । र, उनलाई धेरैले आलोचना गरे । सिमा भन्छिन्–‘म त ¥याम्पमा हिँड्दा जस्तो पहिरन बन्यो, त्यहि लाएर हिँड्ने हो । यसमा मेरो कुनै गल्ती छैन ।’ यद्यपी आफु पनि अन्जान भएकै कारणले यस्तो पहिरन लाएको र त्यसले राष्ट्रिय झण्डाको अपमान भएकोले माफि माग्ने कुरामा आफु नपन्छिने उनले बताईन् ।

सिमा पाण्डे यसअगाडि जंगल फेस्टिभलको फेशन शो मा पनि हिँडेकी थिईन् । मिस एसएलसीको फस्ट रनर अप विजेता सिमाले अहिलेसम्म करिब ५ वटा शो मा हिँडिसकेकी छन् ।

हुन त पहिरनको यस्तै खाले विवाद विगत मा पनि नआएका होईनन् । यसअघि जगदम्बा स्टिलको विज्ञापनमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले नेपालको झण्डाको पहिरन बनाएर लगाएको कुराले पनि विवाद निम्त्याएको थियो । जुन कुरा पछि आएर मिल्यो । यस्तै भारतमा पनि पछिल्लो समय नायिका मल्लिका शेरावतले फिल्म ‘डर्टी पोलिटिक्स’मा भारतीय झण्डाको पहिरन लगाएपछि त्यहाँ चर्को विरोध भएको थियो । त्यसपछि त्यो फिल्मको निर्माण यूनिटले फिल्मको पोस्टर नै परिवर्तन गर्नुपरेको थियो ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #3 on: May 22, 2015, 11:00:33 AM »


and such underwears can be purchased online

queenbee

  • 50x
  • ****
  • Posts: 598
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #4 on: May 23, 2015, 12:18:57 AM »
its in bad taste to use flag of any country for fashion design, it does not display any style or chic to fashion work. the designer is creating controversy for quick fame rather than of creativity.

sag

  • VIP
  • ******
  • Posts: 734
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #5 on: May 23, 2015, 03:22:25 PM »
its in bad taste to use flag of any country for fashion design, it does not display any style or chic to fashion work. the designer is creating controversy for quick fame rather than of creativity.

yes

controversy has started because there is restriction ...  if there is no restriction, no controversy.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #6 on: May 27, 2015, 03:40:47 AM »
its in bad taste to use flag of any country for fashion design, it does not display any style or chic to fashion work. the designer is creating controversy for quick fame rather than of creativity.

Yes ... a flag doesn't make a good fashion cloth... Specially nepali flag design doesn't serve any fashion sense
Rectangular Falgs are much better when designing things ... Two triangles don't make anything :D

yes

controversy has started because there is restriction ...  if there is no restriction, no controversy.


May be .... may be not.!!!

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #7 on: May 27, 2015, 11:15:14 PM »
देशको इज्ज़त यसो गर्दा कसको मन दुख्दैन र ?
फेशनको धन्दा उफ गन्ध !
-
onlinepatrika.com

ललितपुर, (अनलाइन पत्रिका) । समय-समयमा यो देशमा ‘जो होचो उसको मुखमा घोचो’ र ‘ठूलाबडा कानुनभन्दा माथि’ जस्ता प्रशस्त उखानहरू चरितार्थ हुन्छन् । सरकार आफ्नै कामकाजमा र ध्याउन्नमा व्यस्त छन् । गजबको देशमा अजबअजब दृश्यहरू आइरहन्छन् र गईरहन्छन् । दृश्यको प्रारम्भमा बुद्धलाई लिनुपर्दा केही समयमात्र भयो । अमेरिकी जुत्ता कम्पनीले जुत्तैमा भगवान बुद्धलाई राखेर जुत्ताको प्रचार गरेको थियो । यस्तै भारतीय नायिकाले समेत बुद्धको चित्र अंकित कुर्ता लगाएर देशको मजाक उडाए । यस्ता चित्रविचित्रहरू धेरै छन् ।

flag11

यस्तै सेरोफेरोमा एकपटक फेरि फेशनको दुनियामा थप विवादित घटना हुन पुगेको छ । भूकम्पपिडितको सहयोगार्थ नाम दिइएको फेशन शोका एक युवतीको पहिरनले विवाद देखिएको हो । फेशनको ¥यापमा हाँसेर हिडेकी ती मोडेलले देशको झण्डालाई पहिरन बनाएर इज्जत छोपेर क्याट वाक गरिन् । अहिले सामाजिक संजालमा यो घटनाको ठूलो बहस र विवाद चर्किएको छ । देशको सरकारले प्रकाशित गर्ने राजपत्रमा समेत नेपाली शान र मान झल्किने चन्द्रसूर्य अंकित झण्डाको प्रयोग गर्न पाइने/नपाइने स्पष्ट उल्लेख गरेको छ । (हेर्नुहोस् तस्वीर)

के भनिएको छ राजपत्रमा ?
राष्ट्रिय झण्डाको प्रयोगमा निषेध : राष्ट्रिय झण्डाको प्रयोगमा देहायको कार्यहरू गर्न निषेध गरिएको छ ।
(ख) राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न ।
(ङ) कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन ।
(च) शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनैपनि भित्री÷बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक/चित्र राख्न ।


anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #8 on: May 27, 2015, 11:19:23 PM »
 राष्ट्रिय झण्डाको प्रयोगवारे मैले वुझन नसकेको कुरा
–मनिष दुवाडी, धादिङ–

मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ । ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो । विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ ।

नेपाली विकिपिडियाको अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन । झन्डाको स्वरूप त अहिलेको जस्तै थियो । तर मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउथे । सरकारी कार्यालयमै पनि फरक–फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे । कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउथे त कसैले तल्लो भागको । लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन । कसैले चन्द्रमा एक ढाँचाको बनाउथे भने अर्कोले सूर्य अर्कै ढाँचाको । कतिसम्म भने चन्द्रमा र सूर्यको ठाउमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे । यत्तिकैमा २०१९ सालमा संविधान मस्यौदा समिति बन्यो । त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि राष्ट्रिय झण्डाको प्रयोगवारे यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जुन सुत्रअनुसार अहिलेको वर्तमान राष्ट्रिय झण्डा कायम रहेको छ ।

राष्ट्रिय स्वाधिनताको प्रतिक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि पाउदैन । पछिल्लो समय, अझ भनौ लोकतन्त्र आएपछि भने राष्ट्रिय झण्डाको दुरुपयोग वढ्न थाल्यो । जुनसुकै पार्टी पनि राष्ट्रिय झण्डाकै प्रयोग गरेर राजनिति गर्न थाले । नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले "राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९" वनायो । जुन २०६९ जेठ २२ गतेदेखि लागु गरियो तर कागजमा मात्र । त्यो कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्यहरु गर्न निषेध लगाइएको रहेछ । निषेध गरिएका कार्यहरु ससर्ती हेरे  (घ) नं मा यस्तो लेखिएको रहेछ ।

(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्येश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन ..................

अनि टि भि को एउटा विज्ञापन सम्झे 'मेरो देश मेरो जगदम्वा' । देशमा त्यो जगदम्वा सिमेन्ट कत्ति उत्पादन हुन्छ र कत्ति खपत हुन्छ त्यो चाही थाहा भएन मलाइ तर त्यो जगदम्वा सिमेन्टको तर विज्ञापन हेर्दा त यस्तो लाग्छ कि यो देश नै जगदम्वाले वनेको हो । त्यही विज्ञापनमा मेरो देश मेरो जगदम्वा भनेर २/४ जना हाम्रो राष्ट्रिय झण्डा वोकेर कुदेका छन । कार्यविधिमा चाही व्यापारिक प्रयोजनको लागी र विज्ञापनको उद्येश्यले राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने छैन भनेर भन्ने तर खुलेआम व्यापारिक प्रयोजनको लागी प्रयोग भइरहदा चाही कहि कतैवाट विरोधका आवाजहरु उठेका छैनन । एकजना वुद्धिजिविलाइ सोधे अनलाइनमा भेट हुदा, उहाँको उत्तर थियो खोइ त्यसरी विज्ञापनमा राख्न त नपाइने हो तर जगदम्वा सिमेन्टले अनुमती लिएर प्रयोग गरेको होला । अनुमती कसले दियो व्यापारिक प्रयोग गर्नलाइ ? जसले पनि अनुमती लिएर राष्ट्रिय झण्डाको प्रयोग गरि आफ्नो निश्चित स्वार्थ पुरा गर्ने हो भने किन वनाइरहन पर्या यो कार्यविधि ?

राष्ट्रकै प्रतिकको रुपमा रहेको झण्डाको दुरुपयोग गर्नु पनि हद हुन्छ नी, कतै पार्टीकै शिर्ष नेताहरु पार्टीको झण्डा शिरमा वाँधेर राष्ट्रिय झण्डामाथी थाल राखेर भोजभतेर खान्छन भने कतै अति देशभक्त पार्टी भनेर चिनाउन राजनैतिक सभामा पनि राष्ट्रिय झण्डाको प्रयोग गरिरहेकै छन तर कही कतैवाट पनि यसको विरोध भएको र दुरुपयोग गर्नेलाइ कारवाही भएको भनेको सुनेको छैन । यस्ता विज्ञापन र राजनैतिक पार्टीको कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग भएका उदाहरहरण त कत्ति छन कत्ति तर अहिलेसम्म यसलाइ रोक्ने तर्फ कसैको ध्यान गएको देखिदैन ।

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा सर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन भनेको छ तर दुरुपयोग गरे नगरेको कसले हेर्ने, र दुरुपयोग गर्नेलाइ के कस्तो कारवाही गर्न सकिने भन्ने कुरो चाहि ठ्याक्कै तोकेको रहेनछ । कार्यविधिको परिच्छेद ४ मा कुनैपनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्र भित्र राष्ट्रिय झण्डाको दुरुपयोग भए नभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाइ तोकेको रहेछ तर प्रमुख जिल्ला अधिकारीले के के को अनुगमन गर्न भ्याओस र ।

अनि मलाइ अर्को अचम्म र जिज्ञासा लागीरहेको कुरा पनि छ, पत्रकार रवि लामीछानेको विश्व किर्तिमानमा । उनले नेपाललाइ विश्वसामु चिनाउन र वुद्ध नेपालमा नै जन्मेका हुन भनेर चिनाउन लगातार ६२ घण्टा भन्दा बढी समय सम्म निरन्तर कार्यक्रम (टक सो) गरे । उनले त्यो अभियानको लोगोमा के चिन्ह राखेका हुन मैले वुझिन । सरसर्ती हेर्दा माथी चन्द्रमा र तल सुर्य अंकित चिन्ह छ, जुन हामीले नेपालको झण्डामा प्रयोग गर्दै आएको छौ । अनि अर्को माथी रातो कलर र तल निलो कलरको पताका पहराइएको छ ।

यदि विश्वलाइ नेपाल सामु चिनाउने भनेर गरेको त्यत्रो ठुलो कार्यक्रमको लोगोमा नेपालको वास्तविक झण्डा नै प्रयोग गरेको भए के विग्रन्थो । मैले त्यस लोगोका अर्थ नवुझेको पनि हुँला तर यदि त्यो लोगोमा राष्ट्रिय झण्डा नै राखिएको हो भने हाम्रो राष्ट्रिय झण्डाको छेकछन्द नै मिलेन । यदि झण्डा नै राख्न खोजिएको थियो भने रातो पृष्ठभुमिमा निलो किनार भएको झण्डा हुनपथ्र्यो । झट्ट हेर्दा चन्द्र सुर्य पनि छ अनि रातो र निलो कलर पनि छ तर वनावट हेर्दा चाही रातो र निलो रङलाइ तलमाथी प्रयोग गरिएको मात्र छ । घुमाउरोे पारामा हेर्दा मलाइ त्यहा पनि नेपालको झण्डाको दुरुपयोग भएको जस्तो लाग्यो । मैले रवि लामीछानेको कार्यक्रममको वारेमा यत्तिका गुनासाका कुरा गर्दै जाँदा उनको अभियान विरुद्ध लागेको चाही होइन, मात्र जिज्ञासा पोखेको हु आशा छ मेरो जिज्ञासाको समाधान यहि वाट आउनेछ ।


Another incident

from Nepal Sandesh (September 20, 2014)

गैर आवासीय नेपाली संघ (एनआरएन) जापानले टोकियोमा आयोजना गरेको नेपाल फेष्टिवल २०१४ मा नेपालको राष्ट्रिय झण्डाकै अपमान गरिएको छ ।

दुई दिने फेष्टिवलको पहिलो दिन अर्थात उद्घाटनको दिन शनिबार अतिथि स्वागतको लागि बनाइएको मूल प्रवेशद्वारमा राष्ट्रिय झण्डालाई चन्द्रमा तल र सूर्य माथि पट्टी फर्काएर अपमान पूर्वक राखेको पाइयो ।

विश्वव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गर्दै बढिरहेको एनआरएनको जापानमा आयोजित क्षेत्रीय ग्लोवल सम्मेलनको समापान गरेको भोलिपल्ट अर्थात शनिवार आयोजना गरेको नेपाली पहिचान झल्कने फेष्टिवलमा व्यवस्थापनको कमजोरीका कारण राष्ट्रिय झण्डाको लज्जास्पद अपमान गरिएको छ ।

विदेशीको आँखा झण्डातिर
विदेशमा आयोजना हुने गरेका नेपाली पहिचान झल्कने स–साना कार्यक्रमहरुको विदेशी माझ ठूलो महत्व रहने गरेको छ । विदेशी भूमिमा आयोजना हुने कार्यक्रमहरु विदेशीहरुलाई नै लक्षित गरेर आयोजना गरिएको हुनाले पनि उनीहरुको चाँसो हुनु स्वभाविकै हो । त्यसमा पनि पर्यटनको अथाह सम्भावना रहेको र विश्वमै फरक खालको दुई त्रिकोणात्मक झण्डा भएकाले सबैको ध्यान त्यतातर्फ मोडिएको हुनसक्छ ।

शनिबार जापानको मुटुको रुपमा रहेको उएनो पार्कमा आयोजना गरिएको नेपाल फेष्टिवलमा पनि जापानी तथा विदेशी नागरिकहरुको ध्यान पनि त्यही नेपाली झण्डा र नेपालको परिचायक वस्तुहरुमाथि केन्द्रीत भएको  देखिन्थ्यो । उसो त जापान र नेपालको मैत्रीपूर्ण सम्वन्ध पनि अन्य देशहरुको तुलनामा निकै उचाइमा छ ।

उएनो पार्कमा आयोजना गरिएको भव्य फेष्टिवल हेर्न पुगेका जापानी तथा विदेशीहरुले गेटमै भीड गरेर दुईथरी नेपाली झण्डालाई चाँख दिएर हेरिरहेका थिए भने केही दुई फरक झण्डाको फोटो आफ्नो क्यामेरा तथा मोवाइलमा कैद गर्न व्यस्त थिए । नेपालको राष्ट्रिय झण्डालाई नै अपमान गरिएको दृश्यले नेपालीलाई नै चाँही निकै असहज महसुस भएको थियो ।

शनिबार उएनोमा आयोजना गरिएको नेपाल फेष्टिवलमा नेपाल तथा विदेशमा लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । आयोजकले पनि धुमधामको साथ नौमति बाजाले अतिथिहरुलाई आसन ग्रहण गराएका थिए । फेष्टिवलमा जापानका लागि नेपाली राजदूत डा.मदनकुमार भट्टराई प्रमुख अतिथि थिए भने एनआरएनका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायत थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो ।

समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको सो फेष्टिवलमा राष्ट्रिय झण्डाको यस्तो हविगत हुनु कमजोरी मात्र होईन राष्ट्रिय झण्डाको कानुन त अपमान गरिएको छ ।

राष्ट्रिय झण्डाबारे कानुनमा के छ ?
नेपाल फेष्टिवलमा नेपाली राष्ट्रिय झण्डाको जुन हविगत देखियो, राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी कार्यविधि २०६९ अनुसार यो राष्ट्रिय झण्डाको अपमान हो । नेपालको राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धि कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा निम्न कार्यहरु गर्न निषेध छ :–

(क) राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन ।

(ख) राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न ।

(ग) राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न ।

(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न ।

(ङ) व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन ।

(च) शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री र बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न ।

(छ) फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओह्रालेर राख्दा बाहेक) अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न ।

झण्डाको अपमानबारे के भन्छन् कानुनविद् ?
राष्ट्रिय झण्डाको अपमान गर्नेलाई सार्वजनिक अपराध ऐन अनुसार पक्राउ गरेर मुद्दा चलाउन सकिने कानुनविदको भनाइ छ । राष्ट्रिय झण्डाको अपमानबारे सोधिएको प्रश्नमा अधिवक्ता एकराज भण्डारीले यो राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र स्वाभिमानमाथि नै आँच आउने कार्य भएको बताए ।

उनले यो राज्य विरुद्धको अपराध भएकोले सोही अनुसार कारबाही हुने समेत उल्लेख गरे । उनले भने, ‘यो विदेशीले गरेको भए कुटनीतिक सीमा उल्लंघन ठहरिने र आफ्नै नागरिकले गरेको भएपनि त्यो राज्यविरुद्धको अक्षम्य अपराध हो, यस्तो गर्नेलाई सजायको मात्रा जति नै भएपनि कारबाही हुन्छ ।’

यस्तै राष्ट्रिय झण्डाको दुरुपयोग गर्नेलाई कानुनमा कस्तो प्रावधान रहेको छ ? भन्ने नेपाल सन्देशको जिज्ञासामा अधिवक्ता स्वागत नेपाल भन्छन्, ‘राष्ट्रिय झण्डा दुरुपयोग गर्नेलाई गृह मन्त्रालयले प्रहरी लगाएर पक्राउ गर्न सक्छ । कसैले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको ठहरिए राष्ट्रिय झण्डा नीति २०४९ बमोजिमको पक्राउ गरी सार्वजनिक अपराध अनुसार कारवाही हुने व्यवस्था छ ।’
 

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #9 on: May 27, 2015, 11:22:55 PM »
भूँइमा लतारेर नेपाली राष्ट्रिय झण्डाको यसरी गरियो अपमान

काठमाडौँ : बेल्जियमका नेपालीहरुले आइतबार गरेको 'नेपाल मेला' का क्रममा नेपालको राष्ट्रिय झण्डा भूइँमा ओछ्याएर अपमान गरिएको छ। वालोन क्षेत्र अन्तर्गत सोफोन्टेनमा ब्रिटिस गोर्खा सेना अन्तर्गत विश्वयुद्धका क्रममा मारिएका नेपालीहरुको सम्झनामा आयोजित कार्यक्रममा सरकारले जारी गरेको 'राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९' विपरीत झण्डा जमिनमा छुने गरी ओछ्याइएको हो।
 
नेपालको राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन लागू गरिएको सो कार्यविधिको दफा ८ मा राष्ट्रिय झण्डा भूँइमा नलत्रने किसिमले राष्ट्रिय झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्नुपर्ने उल्लेख छ।
 
कार्यविधिको दफा ११ मा राष्ट्रिय झण्डाको प्रयोगमा निषेधका अवस्थाहरुको व्याख्या गरिएको छ। जसअनुसार फहराउने प्रकृतिको कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग निषेध गरिएको छ।
 
कुनै व्यक्तिप्रति सम्मान व्यक्त गर्न शवमा राष्ट्रिय झण्डा ओढाउँदा समेत नेपाल सरकारको निर्णय आवश्यक हुने र त्यस्तो अवस्थामा समेत भूँइमा नछुने गरी झण्डा ओढाउनु पर्ने व्यवस्था कार्यविधिले गरेको छ।
 
बेल्जियममा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा फहराउन नभई भूइँमा छुने गरी सिंढीमा राष्ट्रिय झण्डा लतारिएको छ। कार्यक्रमका सहभागीहरुले राष्ट्रिय झण्डा झण्डै कुल्चन लागेको फोटोहरुमा देखिन्छ। 
 
विदेशमा पनि पाइँदैन
विश्वका विभिन्न देशमा राष्ट्रिय झण्डालाई भूँइमा छुन दिन नहुने नियम छ। अमेरिकाको फ्ल्याग कोडमा राष्ट्रिय झण्डा भूँइमा छुवाउन नहुने उल्लेख छ। http://www.law.cornell.edu/uscode/text/4/7
 
बेलायतमा पनि झण्डा भूँइमा छुवाउन नहुने नियम छ। http://www.naco.uk.com/docs/presentations/flagprotocol.pdf
 
त्यस्तै, डेनमार्कमा पनि राष्ट्रिय झण्डालाई कहिल्यै भूँइमा छुवाउन नहुने परम्परा छ। बिग्रिएको झण्डा जलाउँदा समेत भूइँमा नछुवाई आगोको सबभन्दा माथि राख्नुपर्ने नियम त्यहाँ छ। http://www.danmarks-samfundet.dk/aspbite/categories/index.asp?intCatID=34
 
छिमेकी देश भारतमा पनि राष्ट्रिय झण्डालाई जानाजानी भूँइमा वा पानीमा छुवाउनुलाई झण्डाको अपमान गरेको मानिने नियम छ।  - http://en.wikisource.org/wiki/Flag_Code_of_India

Nepali --> http://www.dop.gov.np/downloadfile/Nation_1339478099.pdf

from - pahilopost.com