Author Topic: Pokhara fashion show - controversial Flag dress  (Read 14047 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #10 on: May 27, 2015, 11:25:13 PM »
राष्ट्रिय झण्डा अंकित 'फरिया' लगाएर नाचिन् इन्दिरा

    Posted: Tuesday, Mar 11, 2014


सुफल काफ्ले/उज्यालो । काठमाडौं, फागुन २७ - गायिका इन्दिरा जोशीको पछिल्लो पटक  सार्वजनिक ‘जाउ कि नजाउँ, पाउँदिन जवाफ, हातमा छ भिसा’ बोलको गीतमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ ।

इन्दिराको आफ्नै शब्द, संगीत र स्वर रहेको यो गीतको म्युजिक भिडियो मा पनि उनैले अभिनय गरेकी छिन् ।

गायनसँगै नृत्यमा पनि रुची राख्ने इन्दिराले यो म्युजिक भिडियोमा ‘कटेम्प्रोरी’ नृत्य गरेकी छिन् । इन्दिराले नृत्य गर्दा लगाएको लेहेंगामा भने राष्ट्रिय झण्डालाई प्रयोग गरिएको छ । (पुछारमा रहेको भिडियोको १ मिनेट २५ सेकेन्डपछिको दृष्य हेर्नुहोस ।)

भिडियोमा इन्दिरलाई मोडलिङमा पल साह र सुमन भट्टराईले साथ दिएका छन् । यो भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । राष्ट्रिय झण्डा राखेर उत्तम बनेपालीले यो लेहेंगा डिजाइन गरेका हुन् । कानुनत राष्ट्रिय झण्डालाई  शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री वा बाहिरी कपडामा प्रयोग गर्न पाइँदैन । राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ मा लेखिएको छ  ‘शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक/चित्र राख्न निषेध छ ।’

गीतको म्युजिक भिडियो निर्देशन गरेका चन्द र इन्दिराले लगाएको कपडा डिजाइन गर्ने बनेपाली दुवै जना अपमान हुने गरेर लेहेंगामा झण्डा नराखिएको दावी गर्छन् । निर्देशक चन्दले गीतको शब्द र मर्म अनुसार राष्ट्रिय झण्डा प्रयोग गरिएको बताए । आफूले भिडियोमा झण्डालाई लत्रिएको र खुट्टा छोएको अवस्थामा नदेखाएको भन्दै चन्दले नियम अनुसार झण्डालाई छातीमाथि नै राखेको बताए । म्युजिक भिडियो रिलिज भएलगत्तै केही साथीले झण्डाको प्रयोग बारे कुरा उठाएको सुनाउँदै चन्दले आफूले यसबारेमा कानुनका जानकार आफन्तसँग सल्लाह गरेको बताए । ‘उहाँहरु (कानुनका जानकार)ले झण्डा छातीमाथि भएकाले यसले दुरुपयोग भएको मानिँदैन, ठिक छ भन्नुभयो’ चन्दले भने ‘त्यसैले यसमा कसैको आपत्ति नहोला ।’

नेपालीहरुको विदेश जानु पर्ने पीडा, राष्ट्रियता र शान्तिलाई फ्युजन गराइएकोले राष्ट्रिय झण्डाको प्रयोग गरिएको बनेपालीको भनाई छ । ‘झण्डा लेहेंगामा बनाएको होइन’ डिजाइनर बनेपालीले भने ‘त्यो त छुट्टै कपडामा बनाइएको हो ।’ आफूले पहिल्यै गीत सुनेर त्यसैको मर्म अनुसार ड्रेस डिजाइन गरेको पनि उनले बताए ।

विभिन्न ड्रेस डिजाइन प्रतिस्पर्धाहरुमा निर्णायकको रुपमा समेत रहिसकेका बनेपालीले त्यस्ता प्रतिस्पर्धामा निर्णय गर्दा राष्ट्रिय झण्डा, देवी देवताका तस्बिरहरुको सही र गलत प्रयोगलाई आधार मान्ने गरेको बताए । ‘राष्ट्रिय झण्डा र देवी देवताको तस्बिरको अपमान गरेर कुनै पनि डिजाइन गरिनु हुन्न’ बनेपालीले भने ‘त्यसमा म एकदम सचेत छु ।’


video:


anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #11 on: May 27, 2015, 11:46:32 PM »
कार्यविधि विपरित मह जोडीले गरे राष्ट्रिय झण्डाको दुरुपयोग


काठमाडौँ ,२७ कार्तिक  ।
कलाकारीतामा मान सम्मान र प्रतिष्ठा कमाउने मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश जोडी पछिल्लो समयमा विबादमा तानीदै आएको छ । अमेरीकामा कार्यक्रममा रहेको यो जोडीले एक कार्यक्रममा जातियताका विषयमा बोल्दा माफी नै माग्नु परेको चर्चा सेलाउन नपाउँदै अहिले बजारमा उनीहरुले खेलेको विज्ञापनको पनि सुरु भएको छ । यहाँ उनीहरुले मुलुकको राष्टिय झण्डालाई न्याय गर्न नसकेको भन्ने आरोप सामाजिक संजाल र संचारमाध्यमहरुमा छरपष्ट देख्न सकिन्छ ।

बिभिन्न टेलिभिजनमा आउने बिज्ञापनमा राष्ट्रिय झण्डामा बेरिएको बिज्ञापनमा यि हस्तिहरु देखिएका छन् । मह जोडीले अम्बे स्टीलको बिज्ञापनमा अभिनय गर्दा चन्द्रसूर्य अंकित झण्डा शरीरमा बेरेर अभिनय गरेका छन् ।

राष्ट्रिय स्वाधिनताको प्रतिक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि पाउदैन। नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले “राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९” बनाएको छ । राष्ट्रिय झन्डाको कसरी प्रयोग गर्ने भन्ने अन्योलकै वीच २०६९ जेठ २२ गते तत्कालीन गृहसचिव सुशील जंगवहादुर राणाले राष्ट्रिय झन्डा र राष्ट्रिय गान कार्यविधी–२०६९ जारी गरे ।

गृहमन्त्रालयद्वारा जारी गरिएको कार्यविधीमा राष्ट्रिय झन्डाको आकार, रंग र झण्डाको प्रयोगका बारेमा स्पष्ट उल्लेख छ । सरकारले जारी गरेको राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ु विपरीत झण्डा शरीरमा लगाउन निशेध गरिएको छ । कार्यविधिको बुँदा (घ) मा व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने उल्लेख छ भने बुँदा (ङ) मा व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा , छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन निषेध गरिएको छ ।

तर मह जोडीले खेलेको स्टीलको विज्ञापनमा कार्यविधि विपरित कम्मरभन्दा केही तल र विज्ञापनका लागी राष्टिय झण्डाको दुरुपयोग गरिएको कार्यविधि आफैले स्पष्ट रुपमा बोलेको छ । महले कार्यविधिले निषेध गरेका ७ वटा मापदण्ड विपरित २ वटा बुँदालाई खुलेरै उलंघन गरेको देखिन्छ । source:medianp


anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #12 on: May 27, 2015, 11:51:50 PM »
राष्ट्रिय झण्डाको मान कि अपमान ?

2011/09/11

नेपालको राष्ट्रिय झण्डा कस्तो हुन्छ ? तीनकुने आकारको चन्द्र माथि र सूर्य तल। रातो पृष्ठभूमिमा सेतो चन्द्र सूर्य र किनारा निलो। यही हो हाम्रो राष्ट्रिय पहिचान। तर चन्द्र सूर्य नभई सूर्य माथि र चन्द्रमा तल हुने गरी कसैले उल्टो आकारमा झण्डा झुण्ड्यायो कुनै औपचारिक कार्यक्रममा भने त्यसलाई राष्ट्रिय झण्डाको मान भन्ने कि अपमान ? प्रश्न तपाईँ पाठकहरुलाई नै।

यो एउटा औपचारिक कार्यक्रमको फोटो हो। र छापिएको हो कान्तिपुरको अनलाइन इकान्तिपुरमा शनिबार। हङकङमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिको आठौँ अधिवेशन हुँदा केन्द्रीय सदस्य तथा सभासदहरु उपस्थित कार्यक्रमको फोटो हो यो।

अब एक चोटी पछाडि फर्किऔँ। गत माघमा ब‍ंगलादेशको ढाकामा भएको ११ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको झण्डा यस्तो गरी झुण्ड्याइएको थियो-

ह्यान्डबल प्रतिस्पर्धा भइरहेको रंगशालाको दर्शकदीर्घामा फरफराइरहेको नेपालको झन्डा उल्टो थियो। झन्डाको आकार त अनौठो थियो नै, माथि हुनुपर्ने चन्द्रमा पनि तल थियो र भुइँतिर घोप्टिएको थियो।

बंगलादेशमा यसरी राष्ट्रिय झण्डा उल्टो झुण्ड्याइँदा भने यो राष्ट्रिय मुद्दा बनेको थियो। संसदमा यसबारे आवाज उठेको थियो। माओवादीका चन्द्रप्रसाद गजुरेल, एमालेका रविन्द्र अधिकारीलगायतले मात्र हैन, माथि कार्यक्रम भएको पार्टी नेपाली कांग्रेसका लक्ष्मणप्रसाद घिमिरेले पनि यसबारे प्रश्न उठाएका थिए। उनीहरुले सोधेका थिए, ‘सागमा झण्डा उल्टो राखियो, सरकार छ कि छैन?’ त्यसपछि तत्कालीन खेलकुद मन्त्री गणेश तिवारी नेपालीले संसदमा राष्ट्रिय झण्डा उल्टो राखेको बारे छानबिन गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

त्यो अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएर यस्तो भएको, यो पार्टीको कार्यक्रम भएकोले भैगो, माफी दिउँ भन्ने ? कि यसको पनि बंगलादेशकै घटना जस्तो कहिले प्रतिवेदन सार्वजनिक नहुने छानबिन गर्ने प्रतिवद्धता पनि जनाउने ?




नेपाली जनसम्पर्क समिति हङकङको आठौं अधिवेशनका अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा सभासद। उनीहरु अहिले हङकङमा छन् । फोटो साभार: निर्मल श्रेष्ठ/ईकान्तिपुर

sag

  • VIP
  • ******
  • Posts: 734
Re: Pokhara fashion show - controversial Flag dress
« Reply #13 on: May 28, 2015, 11:43:53 AM »
Much ado about nothing ....