Author Topic: गलेश्वरधाम - महत्वपूर्ण धार्मिक तिर्थस्थल  (Read 721 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 945
नेपालको पश्चिमोत्तर धवलागिरी अन्नपूर्ण हिमालको काखमा रहुनदी र कष्णागण्डकीको संगमस्थल मुक्तिनाथ, दामेदरकुण्ड प्रवेशद्वारले चिनिने म्याग्दी घतान ६ शालिग्रामी कृष्णगण्डकीबाट उठेर ८० हजार स्क्वाएर फिट ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चक्रशिलामाथि व्रहमा विष्णु महेश्वर तथा हरिहर स्वरुप स्वयम प्रकट ज्योतिर्लिङ्गेश्वर श्रीमहादेव तिर्थस्थल गलेंश्वरधाम हो । पूर्वमा कृष्णगण्डकी पश्चिममा पुलाश्रम कलान्जरबन, उत्तर मुक्तिनाथ, दामोदरकुण्ड हिमालय श्रृंखला र दक्षिण जयन्ति मंगलाकाली र पौराणिक शहर बेनी पर्दछ ।

म्याग्दी सदरमुकामबाट पैदल ३० मिनेट गाडिमा ५ मिनेटमा र  पोखराबाट  २–३  घण्टाको बसयात्रामा गलेश्वरधाम पुगिन्छ । स्कन्दपुराण अनुसार यसै ठाउँमा सतीदेविको गला पतन भै ज्योतिर्लिङ्गेश्वर महादेव कट हुनुभयो र गालबऋषिले तपस्या गरेकाले गलेश्वरधाम रहन गएको हो । गलेश्वरधाममा भएको ज्योतिर्लिङ्ग, शालिग्राम, शंखचक्तहरु मानवर्निर्मित नभै नित्य सनातन हरिहर स्वरुप भएकोले यसलाई कुनै कालखण्डमा सीमित गर्न मिल्दैन । यो अनादि र अनन्त हो । ऋषिभदेवका जेष्ठ पुत्र राजा भरत मोक्षप्राप्तिका लागि विश्वकै पवित्र तिर्थस्थल खोज्दै गर्दा यही धाममाआई तपस्यारत भए । उनको दोस्रो मृगरुपि जन्म र तेस्रो जडभरतरुपी जन्ममा पनि यसैधाममा तपस्या गरी मोक्षपद्वीमा पुगवेको शास्त्रमा उल्लेखीत छ । सृष्टिको प्रारम्भकालदेखि नै ब्रम्हाजीका मानसपुत्र पुलस्त्य पुलह, वशिष्ठ गालवऋषि, राजर्षिरहुगण, कपिलमुनी, गलेश्वर बाबा जस्ता कयौं सिद्ध महात्माहरुको तपस्थली रहेको यस भूभागथमा पलुहश्रम, आनन्दश्रम, कपिलश्रम, गलेश्वर बाबा आश्रम, सिद्धाश्रम, जडभरत तपस्थली आदि अनेक ज्ञात अज्ञात आश्रम र गुफाहरु रहेका छन् । शालीग्राम गर्भमा र्लिर बग्ने कृष्णागण्डकी सप्तऋषिको तपोभूमिबाट बगेकी रहुनदिको पवित्र संगमस्थल यस धाममा सकाम र निस्काम कर्म धर्म यज्ञ यज्ञादी गर्ने जनुसुकै भक्तले पनि अशुतषेष भगवान शिवबाट संसारिक सुख भोग र परामार्थिक मोक्ष लाभ प्राप्त गर्दछन् । यसै विश्वासले नेपाल, भारतथ र अन्य मुलुकहरुबाट भक्तजनहरु पितृकार्य तर्पणश्राद्ध, रुद्वाभिषेक, यज्ञयज्ञादी पुराणहरु एवं पुजन दर्शन् सत्संगत जस्ता ब्रम्हयज्ञ गर्न गराउन र मठमन्दिर धर्मशाला बाटोघाटो निर्माण गरी पुण्य प्राप्त गर्न उल्लेख्य मात्रामा आइरहेका छन् । गया, काशी र बद्रीनाथमा गरिने दर्शन पितृ यज्ञ भन्दा कृष्णगण्डकीको तट यसैधाममा गरिने यज्ञ यज्ञादीले मोक्ष्य प्राप्त हुनेहुँदा माता पिताको मुख हेर्न पर्वमा भक्तहरुको भिड लाग्दछ ।

श्री गणेश दर्शन

गण्डकी स्नान पछि वैदिक पद्धति अनुसार सर्वप्रथम गणेश भगवानको दर्शन पुजन गरिन्छ र ज्योतिर्लिङ्गेश्वर महादेव परिक्रमा गर्दै राधाकृष्ण मन्दिर एवं चक्रशिलामा स्वय उत्पन्न शिवलिङ्गहरु शालीग्राम, शंकचक्र नागमणीहरुको दर्श गर्दै यज्ञमण्डव भित्र सरस्वती दुर्गाभवानी, सीताराम, राधाकृष्ण, श्रीस्वास्थानी परमेश्वरी एवं लक्ष्मीनारायणको पुन गरिन्छ ।

जल बराहकुण्ड

चक्रशीलाको उच्च भागमा पातलमा पुगेकी पृथ्वीलाई जलमध्येबाट विष्णुले बराह अवतार र्लिर उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डमा पानीको ोत नभएर पनि जस्तै सुख्खा याममा नसुक्नु दैवी चमत्कारको रुपमा लिइन्छ । यो मानव निर्मित नभएको कुण्डको जल अभिषेक गर्दै दर्शन पुजन व्यभेटी चढाउँदा समस्त पाप, ताप नास भै मनोकांक्षा पुरा गर्दछन् । त्यस्तै चक्रशिला माथि भएका शेषनागको दर्शन गरी सर्प आदि विषैला प्राणीहरुको भयबाट मुक्त हुने गर्दछन् ।

श्री १०८ शिवलिङ्ग

चक्रशीलामाथि नै पन्चायन देवता लगायत १०८ शिवलिङ्ग

चक्रशीलामाथि नै पन्चायन देवता लगायत १०८ शिवलिङ्गहरुको आराधाना गर्नाले जन्म जन्मान्तरको पाप नाश भै शिव सान्निध्यमा बस्न पाउने जनविश्वासले शिवलिङ्गहरुमा सुनचाँदी द्रव्य लगायतका बेलपत्र आदि चढाएमा मनोरथ पुरा हुने हुँदा श्रावण सोमबारमा विशेष पुजन दर्शन गरिन्छ ।
ज्योतिर्लिङ्गेश्वर महादेव दर्शन


चक्रशीला परिक्रमा तथा देवीदेवताको दर्शन पश्चात मुलमन्दिरभित्र बैदिक विधिबाट स्वयम् प्रकट ज्योतिर्लिङ्गेश्वर महादेवलाई असर्फि, द्रब्य, बेलपत्र पुजा सामाग्री चढाई नित्य निरन्तर पुजन दर्शन गरिन्छ । सुन चाँदी तामाको बसाह तथा रोट चढाई पुजन गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वासले सधैभरी दर्शनार्थिको घुँइचो लाग्दछ । कुनै कालखण्ड विशेषमा प्रतिष्ठा गरिएका जगन्नाथ, बद्रीनाथ मुक्तिनाथ, पशुपतिनाथ जस्ता आराध्य देवीदेवताहरुको जसरी विश्वप्रसिद्ध छ । तयसैगरी स्वयम प्रकट भएका हरिहर ज्योतिर्लिङ्गेस्वर महादेवको महत्व अझै बढी छ । विश्वमा शालिग्राम निर्माण गर्ने एकमात्र कृष्णागण्डकीले अभिषेक गर्दै बगिरहने हुँदा यो तिर्थ करोडौं पाप नाशक धामको रुपमा मानिन्छ ।
हवनकुण्ड

ज्योर्तिलिङ्गेश्वर महादेव दर्शन पश्चात हवनकुण्डमा पूर्णहुत गरि पवनपुत्र हनुमानजिको पुजन पछि देवदर्शनको सम्पूर्ण कार्य समाप्त भएको मानिन्छ ।

जडभरत तपस्थली
शिलालयदेखि दक्षिण पुर्विकोणबाट कृष्ण गण्डकी स्नान गरि राजा भरत मृगपुत्र भरत र ब्रहमणपुत्र जडभरतको तपस्थलिमा दर्शन पुजन गरिन्छ ।

धार्मिक मान्यता

गलेश्वर देखि पश्चिमत्तोर पुलहश्रम मुक्तिनाथ, दामोदरकुण्ड, रिखार र हिमालय क्षेत्रलाई मुक्तिक्षेत्र भनिन्छ ।
मुक्तिनाथ र दामोदरकुण्ड दर्शन गर्नुअघि गलेश्वरधाम दर्शन गर्नुपर्ने र फर्कने क्रममा गलेश्वरधाममा पूर्णाहुति गरेमा मात्र मुक्तिक्षेत्रको तिर्थयात्रा पूर्ण भै मुक्ति होइने शास्त्रीय मान्यता छ । यस धाममा संस्कृत विद्यालय पनि संचालित भै रहेको छ ।

बाबा इश्वरानन्द गायत्री धामः

गलेश्वरधामको पूर्वउत्तर क्षेत्रमा ब्रह्मलीन गुरु १००८ स्वामी इश्वरानन्दको तपोभूमि छ । गुरु ईश्वरानन्द ब्रम्हचारीले गलेश्वरधाममा दुर्य दशकसमम तपस्या गरी जीवनको अन्तिम अवस्थामा देवघाटधाममा ब्रम्हलिन हुनुअघि आफूलाई गलेश्वरबाबाको नामाकरण गर्नुभयो त्यसैले देवघाटधामको नाम गलेश्वरबाबा आश्रम रहन गयो । कसै कसैले देवघाटलाई गलैश्वर र गलेश्वरधाम भन्ने गरेको पाइन्छ । तर त्यो भनाईमा कुनै सत्यता छैन । देवघाटधाम गलेश्वरबाबा आश्रम हो । गलेश्वर धाम होइन ।

श्री राम मन्दिर

गलेश्वर धामको पुर्वतर्फ कालीगण्डकी किनारको मन्दिरमा भगवान राम र शालिग्रामको पुजन हुन्छ । यो राममन्दिरबाट दक्ष्णि पश्चिम हुँदै पुन गलेश्वरधामको परिक्रमा हुन्छ । यसरी रहुगंगा कालिगण्डकीको संगमस्थल हरिहर क्षेत्रका शिवालय, देवालय, गायत्री, राममन्दिर, पुलहाश्रम, लगायत देविदेवताहरुको संगमलाई दवात्मा परब्रह्मा, परमात्माको बासस्थानलाई गलेश्वरधाम भनिएको हो ।
पुलस्व्य पुहाश्रम

गलेश्वरधाम देखि पश्चिम उच्च चुचुरोमा पौराणिक कालमा पुलस्त्य पुलह ऋषिले देवाधिदेव महादेवको तपस्या गरेको स्थानलाई पुस्त्य पुलहाश्रम पुण्यभूमि भनिन्छ । पुलहाश्रममा गलेश्वरधामबाट २–३ घण्टा पैदल र गाडिमा ३० मिनेटमा पुग्न सकिन्छ । यस पुण्यभूमिको बारेमा श्रीमद्भागवतमहापुरण, रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरुमा स्पष्ट उल्लेख भएकोले पुलहाश्रम संसारकै अत्यन्त पवित्र मोक्षभुमी मानिन्छ । यही हरिहर क्षेत्रमा जडभरतबाट रहुगंण राजाले दिव्य उपदेश पाउनु भएकोले गलेश्वरधाम र पुलस्त्य पुलहाश्रमको दर्शन पुजन एकैसाथ गर्दा बढि पुण्यलाभ हुने शास्त्रीय मान्यता छ ।
अन्नदान क्षेत्र

यस धाममा गलेश्वर पुलस्त्य पुलह अन्नक्षेत्र स्थायीरुपमा संचालित भएको छ । अन्नक्षेत्रमा दाता महानुभावहरुद्वारा गरिएको तुलदान नगदी, जिन्सी र अन्य सहयोगबाट संकलित श्रोतबाट साधु सन्त, असहाय, अपाङ्ग, असक्त, वृद्धाहरु र तिर्थयात्रीहरुलाई निःशुल्क भोजन एवं बसोबासको व्यवस्था गरिएको छ । अन्नक्षेत्रमा सक्नेले सहयोग गर्छन नसक्नेले निःशुल्क गासबास पाउँछन् ।
जेष्ठनागरिक एवं वृद्धा आश्रम

गलेश्वरधाममा विभिन्न ठाउँबाट जेष्ठ नागरिक, असक्त, अनाथ, अपाङ्ग, एकल महिला, साधु सन्त आई बस्नेको संख्या दिनानुदिन बढ्दो छ । उनीहरुलाई गासबासको व्यवस्था गर्न कोषमा साधन श्रोतको कमीका कारण कहिले खुल्ला आकास मुनि रात विताउनु परेको छ । राज्य , स्थानिय निकाय, संघ संस्था स्वदेशी विदेशी दाता महानुभावहरुसँग गाँस, बास, कपासको लागि सहयोगकाो आशा राख्दछन् ।
प्रवन्ध समितिको कार्यक्रम

गलेश्वरधामको गुरुयोजना निर्माण गरिएको छ र गुरुयोजना अनुसारका निर्माण कार्य गर्न इच्चुक महानुभावहरुबाट रु ५००१।– (पाँचहजार एक रुपैया) भन्दा माथि आर्थिक जिन्सी एवं निर्माण कार्य गर्ने दाताको नाम शिलालेखमा राखी कोषको सदस्यता प्रदान गरिन्छ । शिवालय क्षेत्रमा हालसमम भए गरेका संरचना निर्माण कार्य व्यक्तिगत दाताहरुको सहयोगमा सम्पन्न भएका छन् । र यो क्रम जारी छ । धर्मकर्म भनेको धार्मिक पुजापाठ, देविदेवताको मन्त्रोच्चारण, यज्ञयज्ञादीमा सिमित नभएर दीन, दुःखी, अनाथ, अशक्त, अपाङ्ग, वृद्धा रोगीहरुको सेवा गर्नु बाटोघाटो, पानी पँधेरो, शिक्षालय देवालय, मठमन्दिर निर्माण तथा जिर्णोद्वार गरी पुण्य आर्जनका साथै पुस्तौ पुस्ता सम्म किर्ती राख्नुपनि महानपुण्य कार्य मानिन्छ ।
दैनिक एवं नित्य पूजा

गलेश्वरधाममा प्रत्येक दिन शिवज्योतिर्लिङ्ग एवं अन्य देविदेवताको रुद्राभिषेक, आरति, पुष्पाञ्जली, अभिषेक पुजन एवं प्रसाद वितरणका साथै श्रावण महिनाको प्रत्येक सोमबार, बालाचर्तुदशी, महाशिवरात्री र अन्य महिनाको हरेक सोमबार र शनिबार विशेष पुजन दशृन हुन्छ । त्यसैले जीवनमा जसले एकपटक भएपनि गलेश्वर ज्योतिर्लिङ्गेश्वर महादेवको पुजा दर्शन गर्छ उसले अवश्य पुण्य प्राप्त गरेको विश्वास पाइन्छ । साथै अन्नक्षेत्रमा दैनिक ३०० जना साधु, सन्त, यात्रु विद्यार्थीहरुलाई सशुल्क, निशुल्क बस्ने खाने व्यवस्था शान्ति सुरक्षाको प्रवन्ध, पार्किङ्ग, शौचालय स्नानघरको व्यवस्था र मनोहर जंगल एवं बगैंचाको व्यवस्था छ ।
पर्यटन पथ मार्ग

गलेश्वरधाम स्वदेशी विदेशी पर्यटकहरुको मुख्य प्रवेशद्वारको रुपमा अवस्थित छ यसै धाम हुँदै म्याग्दी मुस्ताङ्गका विभिन्न पर्यटन स्थल र धार्मिक तिर्थस्थलहरु दर्शन गर्ने पर्यटकहरुको आवागमन हुन्छ । यहाँ स्तरीय होटल लज रेष्टुरेण्टको सुविधा छ । र गलेश्वरधामबाट पुलाश्रम, ढाल्ठान जगन्नाथ हुँदै टोड्के मालिका तर्फको नयाा पदमार्गबाट धेरै हिमालय श्रृंखला पहाड झरना अलौकिक तिर्थस्थलहरुको दर्शन गर्न पाइन्छ । यसमार्गलाई पर्यटन क्षेत्र घोषणा हुन जरुरी छ ।