Author Topic: Nepali is a funny language -- (East and West)  (Read 1016 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Nepali is a funny language -- (East and West)
« on: May 31, 2015, 08:27:47 AM »
Nepali words popular in West Nepal


सन्चरि - श्रिमति जोई,

सुपो - नाङलो

गन्जी = सख्हर खण्ड

मोलो : गुलियो

कर्चुलो : पनिउ

लोटनु - लड्नु

लार्किनु - चिप्लिनु

ढेल - नितम्ब

चन्नी - कन्चट

गरेल्यो - गर्यो

हर्यो - हरायो

घाम हुनु -  गर्मि हुनु

धौ हुनु - गाह्रो हुनु

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Nepali is a funny language -- (East and West)
« Reply #1 on: May 31, 2015, 08:34:28 AM »
पश्चिमी नेपालका शब्दहरू


होलो - खुकुलो

भस्मै - धेरै

खाल्नी - खाइ हाल्ने

गरेल्चु - गरिहाल्छु

अर्नी - खाजा

बोरी - मस्यौरा

पाप्रो - कर्कलो

प्याँलो - पहेंलो

हिंत्तिन - यहीं नेर

कन्नो - ढाड

मोलो - गुलियो

खिजाउनु - जिस्क्याउनु

घुइया - पिंडालु

कस्सोनाले - झन्डै

होरोलो - गन्जागोल

केरे - क्यारे

बेलौंती - अम्बा

आस्न - तल

तिउन - तरकारी

तादीन - उहिल्यै

अम्राड - आँप

 

anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Nepali is a funny language -- (East and West)
« Reply #2 on: June 15, 2015, 11:53:08 AM »
Evolution of Nepali Language
A brief history

(Translated from Ramro Rachana Mitho Nepali, Krishna Prasad Parajuli, 1966)

Thousands of languages actively exist in the world today and they are all divided into various families. Languages spoken in Nepal belong to Bharopeli (Indo-Aryan), Tibeto-Burman, Dravidian and Aagneli (not sure what it means) families. Nepali is a Bharopeli languange. A prime language-family in Indo-Iranian department, Bharopeli language is also called Aryan Language. Nepali, Hindi, Urdu, Bengali all belong to the family of Bharopeli languages. Besides Nepali; Maithili, Bhojpuri, Tharuwani, Awadhi, Raajbanshi, Danuwar, Darai, Kumaale, Maajhi, and Bote belong to Bharopeli family. Sataar and Santhaal are the languages under Aagneli family. Other important language family pertaining to languages spoken in Nepal is Sino-Tibetan. Tamang, Newar, Magar, Rai-Kiraanti, Limbu, Gurung, Sherpeli (Sherpa), Chepang, Dhaami, Dhimaal, Thakaali, Jireli, Meche, Sunwaar, Raaji and few more languages belong to Sino-Tibetan family.

                Vedic is the oldest form of Aryan Language. Sanskrit comes after Vedic and was widely spoken by general population as it was more natural. It branched into four categories.

Place of Origin

                To investigate the origin of Nepali Language, we need to acquaint ourselves with Far Western Nepal and people of Khass caste. The influence of Khass population is essential in the history of Kumaun and Gadhwaal (the cities in present day northwestern India that previously belonged to Nepal). Khass population was spread out around Kamaun, Gadhwaal and most part of far western Nepal. After their influence waned in that region, the Khass people started migrating east in 1093 AD. They primarily settled in  Sinja valley in Karnali region of present day Nepal. Though Khass people mainly spoke Shaurseni, their vernacular was still affected by their old language. The combination of those two engendered Khass langauge (kind of a creole). Nepali language is the result of gradual development in Khass Language.

                Nepal maintained a good camaraderie with its neighboring states occupied by Maithili, Bhojpuri and Bengali speakers. Thus, influence of those languages in Nepali was obvious. As Muslim emperors expanded their territory around northern India, most Indian natives migrated to Nepal. Their influence in the history of Nepali language is crucial. The nascent Nepali language received a new name - Parbatiya (meaning hilly), which still is an unofficial name for Nepali language. People of all castes, Brahmin, Chhetriya, Saarki, Kaami and Damaai gradually migrated to east spreading Nepali, which now is spoken by over 31 million people.

Thus, it can be concluded that Sijna Valley in present day Karnali region of Nepal is the place of origin of Khass/Nepali language, a branch of Sanskrit.


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Nepali is a funny language -- (East and West)
« Reply #3 on: June 15, 2015, 01:45:19 PM »
भाषामाथिको अत्याचार

कमर्शको विद्याथी भएको नाताले मलाई आफ्नो भाषागत ज्ञानमा शंका लागेका कारण एकजना रामै् नेपाली शिक्षक दाइकहाँ प्रिन्ट लिएर गएँ । उनलाई मैले पुस्तकको आधा हिस्सा जति प्रिन्ट लगेर शुद्धता हेर्न अनुरोध गरें । उनी नेपालीमा नाम कमाएका र एउटा राम्रै निजी विद्यालयमा पठाउने नेपाली शिक्षक हुन् । मैलै पुस्तक आफैँ नै टाइप गरेको हुँदा मसँग भएका भाषागत शुद्धाशुदिसम्बन्धि सकेसम्म भने भएको ज्ञानको प्रयोग गरेकै थिएँ ।

तीन दिन पश्चात उनले भने भाइ तिम्रो प्रुप त मैले हेरिसकेँ आएर लैजाऊ । ती शिक्षककहाँ गएर मैले प्रिन्ट लिएर आएँ । शिक्षक दाइलाई धन्यवाद पनि दिएँ । शुद्धाशुद्धि हेरेपछि त म आफैँ तीनछक परेँ, हरे भगवान! वरबादै भएछ । दाइले त मैले अलि अलि जानेको शुद्धाशुद्धि पनि चकनाचूर पारिदिएछन् । मसँग पनि अलि अलि विद्यालयस्तरमा पढेको र घरमा बुवाले सिकाएको भाषागत ज्ञानको सानो विरासत चाहीँ वाँकी नै थियो । ‘ब’ र ‘व’ को प्रयोग, मिलितकृया, ईय प्रत्यय लागेका शब्दको प्रयोग,  इक प्रत्यय लागेका शब्दका प्रयोग, अब्ययको लेखाइ, निपातको लेखाइ, विभक्तिको जोडाई, अन्य शब्दहरु, म जसलाई के हो भनेर नचिने पनि त्यसको लेखाइको शुद्धता भने म निकै ख्याल गर्ने गर्छु, ती शब्द पनि जथाभावी नै भएछ ।

शिक्षक मेरा हितैसी भएकाले उनलाई मैले फोन गरेर रिस पोखे, मेरो भएको शुद्धता पनि फेरि सच्याउनुपर्ने पो बनाइदिनुभएछ । उनले भने भाइ आजकाल यही नै सत्य हो र विद्यालयमा पनि यही पढाउने गरिन्छ । मैले त कानूनको ‘नू’ लाई पनि अन्याय भएछ भनेर जिद्दी गरेँ, दीर्घ लेख्ने गरेको थियो ह्रस्व भएछ भनेर । उनले भने ह्रस्व वा दीर्घ जे लेखे पनि ‘कानून’ त ‘कानुन’ नै हो नी भाइ । म नाजवाफ भएँ । भाषागत शुद्धताको बोझलाई पटक पटक सम्झाएर वालवालिकालाई पढाइबाट तिरस्कृत गर्नु भन्दा त जसरी भएपनि लेखे पढे त सहज हुने भो नि । वास्तवमा उनको तर्क पनि अत्यन्तै सही थियो । यसरी भाषागत शुद्धतालाई ख्याल नगरीकन लेख्ने हो भने त म पनि राम्रै ब्याकरण विद हुने थिएँहोला जस्तो लागेर आयो । कुरो सही हो विरालोको रंग सँग किन गलबद्दी गरिराख्नु आखिर मुसाको मृत्युसँग पो सम्वन्ध छ त । ह्रस्व वा दीर्घ वा शब्दको डिको (वलो) जोडिने वा नजोडिने कुरासँग किन दिमागलाई तातो बनाइराख्ने ? विनाकारण उच्च रक्तचाप र मधुमेयको रोग मात्र निम्त्याउन सक्छ । मलाई पनि उनको कुरामा धेरै नै सत्यता छ जस्तो लागेर आयो । शहीदको ‘स’ त जुन लेखे पनि त भयो किन टाउको दुखाइ ‘स’ त ‘स’ नै हो, तालब्य वा मुर्दन्य (स,श,ष) लेखे पनि । समयअनुसार सुधार त जरुरी नै हो नि ।

तथापि मलाइ चित्त चाहीँ बुझेको थिएन, ब्यवस्थापनको विद्यार्थी भएपनि मैले लेख्ने हरेक परीक्षामा म नेपाली भाषागत शाष्त्रीय शुद्धतालाई ख्याल गर्थेँ । वाँकी धेरै ख्याल गरेको रहेनछ । ती शिक्षक दाइले भर्खरै भाषागत कुरामा तालीम पनि लिएका रहेछन् । उनी नै भन्दै थिए के गर्नु अव विद्यालयमा नै यस्तै पढाउने कुरा भइसकेपछि त मैले र तिमीले मात्र सुधारेर त शाष्त्रीयता त कहाँ वाँकी रहन्छ र भाइ ? कुरा त सही हो तपाईँजस्तो नाम चलेको विद्यालयको नेपाली शिक्षकले नै यस्तै पढाएपछि त म मिथ्या हुन त केहीबेर नै लाग्दैन नि ।

म दिनभर सोच्न वाध्य भएँ । देवनागरी लिपिमा तीन तीन वटा ‘स’ किन बनाएको होला । के यसको प्रयोगमा कुनै अर्थ र भिन्नता छैन त ? मलाई धेरै चासोको विषय पनि भएन । आफ्नो काममा लागेँ । बल्ल पो म त ख्याल गर्न थालेँछु । केही पुस्तक पत्रपत्रिकाका पाना, टेलिभिजन च्यानलका फेदमा कुद्ने अक्षर त दाइले भनेजस्तै स्वरुपमा पो रहेछन् । अनि मैले हार स्वीकार गरेँ । हो रहेछ, मलाइ क, ख, पढाउने प्रेमप्रसाद निरौला, मेरो वुवा र मेरो दाजु समेत गलत रहेछन् । अनि ती दाइलाई फेरि फोन गरेर तपाई सही हुनुहँदो रहेछ दाइ धन्यवाद भने । अव पो उनी रिसाए । म हैन तिमी नै सही हो हुनलाई, तर ह्वीम चाही यस्तो छ, सत्य के हो भन्दा पनि समाज कसरी चल्दैछ समाजले के खोज्दैछ हेर्ने हो । त्यस अनुसार मैले सच्याएको हँु । तिम्रो शाष्त्रीय शुद्धताको गहिरो अर्थ र बैज्ञानिकता भएपनि त्यो अहिले वोझ भयो र सरलीकृत गर्न खोजिएको हो । अनि मैले भने त्यसो भए तपाईँको विद्यालयको एक विद्यार्थीले अंग्रेजी शब्द ‘न्यूमोनिया’ को अघिल्लो अक्षर ‘पी’ छुट्याएर लेख्यो भने अँक पाउँछ कि पाउँदैन त ? उनले भने त्यो त पाउँदैन । वस मलाइ जान्नु यत्ति थियो ।

मलाई यतिबेर हाम्रो सामाजिक ब्यवहार र सोच, विचार धारणा, र आधुनिकता सँग ठूलो गुनासो छ । हामी एउटा कुरा बोल्छौ र काम फरक गर्छौ । भाषागत जगेर्ना, जातीगत उत्थान, महिला शसक्तिकरण यी शब्दहरु जसरी बोलिएका छन् काम गराइ ठीक उल्टो छ । हाम्रो समाज त त्यही हो जहाँ, भाषागत शुद्धता कसरी गर्ने भन्ने सम्वन्धमा यस्ता चित्तै नबुझ्ने काम गरिन्छ । यही समाजबाट आएका मान्छे प्रशासक र राजनीतिज्ञ भएका छन् । हामीले सधै भाणणमा गर्ने गरेको आफ्नोपनाका कुरा र ब्यवहारमा गर्ने गरिएको कुरामा आकाश जमिनको भिन्नता छ ।

हामीलाई अँग्रजी भाषा अत्यन्तै शुद्ध चाहिन्छ र सधैँ शुद्ध लेख्ने कोशिस पनि गर्छौ । समाजले प्रतिनिधि मानेका आफ्नै भूगोलमा प्रशारण हुने टीभी र पत्रिकामा भने नेपाली भाषालाई जसरी पायो त्यसरी लेखिएको हुन्छ । विश्वव्यापीकरण नै यस्तो कुरा हो जस्ले लगाएको पछ्यौरीलाई सधै उडाउन खोज्छ । सूर्यको तापले होओस वा तीत्र्रवेगको वायुले होओस, हामीले लगाएको पछ्यौरी उडाउन खोज्नु र विश्वव्यापीकरणको सुगन्ध शरीरमा स्पर्ष गराउनु विश्वब्यापीकरणको आत्मिक धर्म, नियम र काम हो, तर हामीले पछ्यौरी समाएर बस्ने वा खुल्ला भएर हिड्ने निधो गर्ने अधिकार पाएका छौँ र त्यही अनुरुप हिँड्न सक्नु हाम्रो धर्म पनि हो । पछ्यौरी खुला छाडेर पनि वाँच्न सकिन्छ, वा पछ्यौरीले पुरा शरिर ढाकेर पनि बाँच्न सकिन्छ वा अर्को पातलो भोटो र कट्टु लाएर पनि हाम्रो अस्तित्व रक्षा गर्न भने सकिन्छ । त्यहाँ आफ्नो अस्तित्व बचाउने खुवी राख्नुलाई स्थानीयकरण (लोकलाइजेशन) भनिन्छ  । तर हामी चाँही पछ्यौरी च्याप्न पनि नचाहने र लाज र धकको नाममा खुला छाडेर पनि हिँड्न नसक्ने र आफ्नो भएको भोटो र कट्टु लगाएर हिड्न पनि नसक्ने अवस्थाका पुगेको रहेछौँ । भाषणमा नेपाली भाषाको जगेर्नाको कुरा गर्ने, भाषामा जातीय भाषाको सँरक्षणको कुरा गर्ने र अरुलाई गाली गर्ने, अनि आफ्ना छोराछोरी चाहीँ ती शिक्षकका विद्यालयमा लगेर भर्ना गर्ने ?

हामी ¥याम्पमा उत्रिएर क्याटवाक गर्दै अँग्रजी भाषामा बोल्ने युवतीलाई मोडल भन्ने सँस्कारलाई सहर्ष स्वीकार गर्छौ र भन्छौ नेपाली महिलाको सम्मान भएन । सम्मान गर्न नै क्याटवाक गर्नेलाई सिकाएपछि त के चाही गर्नु त ? वास्तविक नेपाली मोडल भनेको साँघुरो वाटो हुँदाहुँदै पनि कोटेश्वरदेखि रत्नपार्क सम्म टेम्पो चलाउने दोलखाको दुर्गमकी महिला हुन् भनेर पढाएको भए पो त उनको सम्मान गर्नु ? उनले बोलेको दरै भाषाको सम्मान गर्नु ? विजुलीको अभावमा थन्किएको ट्रलीवसको विकल्पमा सयौ यात्रुलाई कोटेश्वर–रत्नपार्क, रत्नपार्क–कोटेश्वर पु¥याएको गुनलाई पुजा गर्नु ? बाबु गाउँमा बसेर आफ्नो भाषाको जगेर्ना गर्नुप¥यो भनेर भाषण गर्छन, छोरालाई ब्रायन एडम्सको गीत सुन्दै रत्नपार्कमा अँग्रजी भाषा सिकाउन पठाइएको समाज छ, हाम्रो अनि बोल्ने र गर्ने फरक भएको समाजमा हाम्रो शाष्त्रीय भाषागत ज्ञान खोजेर कहाँ पाउनु नि ?

भाषा जसरी बोले पनि हुन्छ वा जसरी लेखे पनि हुन्छ भने ब्याकरणका नियम च्यातेर मिल्काए भइहाल्यो नि, किन ब्याकरणको ठेली पुजा गरेर राख्नु ? ब्याकरणको बैज्ञानिकता भए जगेर्ना गर्नै पर्छ, समाजका प्रबुद्ध भनिएका मिडिया तथा ब्यक्तिको कृतिमा भाषागत शुद्धता हुनै पर्छ । विश्वविद्यालयमा ब्याकरण र भाषा अध्ययन अध्यापन गर्ने गराउनेहरुले केही सोच्न जरुरी छ ।

 from - anupras-anuprash.blogspot.ca

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Nepali is a funny language -- (East and West)
« Reply #4 on: June 15, 2015, 01:55:52 PM »
कान्तिपुरबाट।
2006

"सञ्चारमा गलत प्रयोग"


डा माधवप्रसाद पोखरेल


अचेल नेपाली अखबारहरूमा 'पुनस्र्थापना', 'पुनपर््रयोग', 'अन्तक्रिर्या' र 'मनोकामना' जस्ता तथाकथित संस्कृत शब्दहरू प्रयोग भएका देखिन्छन् । तिनै शब्दका छेउछाउमा संस्कृत र हिन्दी रूपमिश्रण भएको 'पुनर्ताजगी' भन्ने शब्द पनि पर्छ । यी शब्दहरू संस्कृत विसर्ग सन्धिको नियमअनुसार अशुद्ध छन् । मैले थाहा पाएसम्म हरेक समाचारपत्रमा भनेजसो संस्कृत व्याकरण पढेर आउने पत्रकारहरूको कमी छैन । पत्रकारिता क्षेत्र भनेको भाषाको समसामयिक प्रयोग भइरहने र सबभन्दा बढी पाठकहरूले पटक-पटक देखिरहने -र सुनिरहने) फाँट हो, यसैले कक्षामा व्याकरणका गुरुजीले सिकाएको कुरोभन्दा सञ्चारमाध्यममा भएको बारम्बार प्रयोगबाट माथिल्लो तहका विद्यार्थी र प्रयोगकर्ताहरू बढी प्रभावित हुन्छन् । कहिलेकाहीं के हुँदोरहेछ भने, एउटा अखबारले नजानेरै गल्ती गर्‍यो भने पनि अरू अखबारले आकर्षक ठानेर त्यसैको सिको गर्दारहेछन् ।
संस्कृतमा विसर्ग पाँच किसिमले वाक्यमा अभिव्यक्त हुन्छ ः

-क) 'र' वर्णका रूपमा

-ख) 'स' वर्णका रूपमा

-ग) 'ओ' वर्णका रूपमा

-घ) लोपका रूपमा

-ङ) विसर्गका रूपमा

१. संस्कृत शब्दका अन्त्यमा नेपाली 'तास' र 'तार' जस्ता शब्दमा झैं रेफ -'र' ध्वनि) र सकार भेटिँदैन । त्यस्ता परिस्थितिमा रेफ र सकारका ठाउँमा विसर्ग हुन्छ, जस्तै ः नमः -नमस्), मनः -मनस्), तेजः -तेजस्), पुनः -पुनर्), प्रातः -प्रातर्), अन्तः -अन्तर्), पुरः -पुरस्), धनुः -धनुर्), ज्योतिः -ज्योतिर्), चतुः -चतुर्), बहिः -बहिर्), आयुः -आयुर्), आशीः -आशीर्), आदि -नियम ः खरवसानयोः विसर्जनीयः, पाणिनिसूत्र) ।

२. 'पुनर्', 'अन्तर्', 'प्रातर्', 'धनुर्', 'ज्योतिर्', 'चतुर्', 'बहिर्', 'आयुर्', 'आशीर्' जस्ता रेफ -'र' ध्वनि) मा टुङ्गो लाग्ने शब्दको 'र' ध्वनि पछाडि घोष ध्वनि -गजडदब, घरुढधभ, ङनम, यव, स्वर) भएमात्र जोगिन्छ, जस्तै ः अन्तर्गत, दुर्गति, दुर्गन्ध, बहिर्गमन, अन्तर्जातीय, निर्जलीयता, निर्जीव, पुनर्जन्म, निर्जन, अन्तर्देशीय, निर्देशन, निर्दोष, निर्धन, धनुर्धारी, निर्धारण, ज्योतिर्मय, निर्मल, निर्माण, निर्यात, दुर्योधन, दुर्लभ, निर्लज्ज, अन्तर्वार्ता, आशीर्वाद, पुनर्विवाह, निर्वाह, दुव्र्यवहार, निर्वस्त्र, निर्विकल्प, पुनरुक्ति, निरङ्कुश, निरुक्त, प्रातराश, चतुर्दिक्, चतुर्मास, बहिरङ्ग आदि ।

नेपाली सञ्चारमाध्यममा अचेल नबिराई आउने 'पुनर्' शब्द पछाडि अघोष ध्वनि -कचटतप, खछठथफ, शषस) भएकाले ती शब्द अशुद्ध हुन् ।

३. नेपाली 'घुर्रो', 'मुर्रो' र 'पर्रा' शब्दमा झैं संस्कृत शब्दमा 'र' वर्णको द्वित्व हुँदैन, त्यसैले 'अन्तर्राष्ट्रिय' नेपाली संस्कृत शब्द हो । संस्कृत व्याकरणअनुसार 'अन्ताराष्ट्रिय' शब्द बन्छ, 'अन्तर्राष्ट्रिय' शब्द बन्दैन । संस्कृत व्याकरणको नियमअनुसार वाक्यमा अघिल्लो शब्दका अन्त्यमा पनि त्यसपछि आउने शब्दका सुरुमा पनि 'र' वर्ण आयो भने अघिल्लो रेफको लोप हुन्छ र त्यस अगाडिको स्वरचाहिँ दीर्घ हुन्छ, जस्तै ः नीरस, नीराजन, नीरोग, नीरज, अन्ताराष्ट्रिय ।

४. अरू सबै भाषामा झैं संस्कृतमा पनि दुई किसिमको सन्धि हुन्छ । एउटा शब्द वा रूपभित्र मात्र सीमित हुने वर्ण परिवर्तनको नियमलाई आन्तरिक सन्धि र दुईवटा शब्दका बीचमा मात्र सीमित हुने वर्ण परिवर्तनको नियमलाई बाह्य सन्धि भन्ने चलन छ । संस्कृत भाषामा द्रविड भाषाको प्रभावमा परेर षकारको विकास पछाडि भएको देखिन्छ, त्यसैले दन्त्य स कहाँ-कहाँ लाग्छ भन्ने नियम नभएर पाणिनिले आफ्नो व्याकरणमा षत्वविधानचाहिँ दिएका छन् । त्यस नियमअनुसार अकार र आकारबाहेक अरू स्वर पछाडि दन्त्य स मूर्धन्य षमा बद्लिन्छ । यस नियमको अपवाद आन्तरिक सन्धिमा मात्र पाइन्छ, जस्तै ः विस्फोट, विस्फीति, विस्मय नत्र नियमअनुसार रसना, प्रशासन, चतुष्कोण, बहिष्कार, विष, भीषण, उषा, मूषक, ऋषि, घोषणा, ज्योतिष, औषधिजस्ता शब्द बन्छन् ।

५. अन्त्यमा रेफ अथवा सकार भएका रूप पछाडि सकारबाटै कुनै शब्द वा रूप सुरु हुन्छ भने, त्यो अघिल्तिरको रेफ पनि कि त्यसपछि आउने सकारको उच्चारणस्थानसँग समीभवन हुने -अथवा मेलखाने) सकारमा परिवर्तन भएर क्रमशः एकनासको सकार बन्छ कि अघिल्लो सकारचाहिँ विसर्गमा बद्लिन्छ, जस्तै ः प्रातस्स्नान -प्रातःस्नान), चतुश्शाला -चतुःशाला), चतुश्श्लोकी -चतुःश्लोकी), मनस्सन्तुष्टि -मनःसन्तुष्टि), पुनस्संस्कार -पुनःसंस्कार), दुस्साहस -दुःसाहस), दुस्साध्य -दुःसाध्य), दुस्स्वप्न दुःस्वप्न), दुस्साहस -दुःसाहस), दुश्शासन -दुःशासन), ज्योतिश्शास्त्र -ज्योतिःशास्त्र), निस्सन्देह -निःसन्देह), निस्सन्तान -निःसन्तान), निस्सार -निःसार), निस्स्पृह -निःस्पृह), निश्शब्द -निःशब्द), मनस्स्िथति -मनःस्थिति), अन्तश्शुल्क -अन्तःशुल्क), पुनस्स्थापना -पुनःस्थापना), प्रातस्स्मरण -प्रातःस्मरण), निश्शुल्क -निःशुल्क) -नियम ः विसर्जनीयस्य सः, पाणिनिसूत्र ८।३।३४) ।

६. अन्त्यमा रेफ अथवा सकार भएका रूप पछाडि क वर्ग र प वर्गका अघोष -कप, खफ) वर्ण भए, त्यो रेफ पनि कि सकार बन्छ कि सकारसमेत विसर्ग बन्छ । उपसर्ग भए, त्यहाँ अनिवार्य रूपमा सकार हुन्छ, तर दुई शब्दका बीचमा समास भए, विशेष नियममा बाहेक विसर्गमात्र हुन्छ, जस्तै ः -उपसर्गमा) ः दुष्कर्म, दुष्प्रभाव, निष्कपट, निष्कण्टक, निष्काम, निष्त्रिmय, निष्कर्ष, निष्पाप, दुष्परिणाम, निष्फल, निष्काशन, निष्पक्ष ।

-समासमा) ः मनःकामना, पुनःपरीक्षा, ज्योतिःपुञ्ज, प्रातःकाल, अन्तःकरण

-विशेष नियम) ः अन्तस्करण, नमस्कार, पुरस्कार -नियम ः नमस्पुरसोर्गत्योः, पाणिनिसूत्र ८।३।४०) ।

७. कुनै शब्दका अन्त्यमा अकार पछाडि विसर्ग छ र त्यसपछि घोष व्यञ्जन -गजडदब, घरुढधभ, नम, यरलवह) छ भने, त्यो विसर्ग समेतको अकारचाहिँ ओकारमा बद्लिन्छ, जस्तै ः अधोगति, मनोज, पुरोडाश, मनोदशा, मनोबल, पुरोधा, अधोभाग, मनोभाव, मनोनीत, मनोमालिन्य, मनोरञ्जन, मनोविज्ञान, मनोवाद, तेजोवध, मनोहर -नियम ः हशि च, पाणिनिसूत्र ६।१।११०) ।

अचेल नेपाली सञ्चार क्षेत्रमा धेरै प्रचलित 'मनोकाङ्क्षा, मनोकल्पना, मनोकामना' जस्ता शब्दमा विसर्ग पछाडि अघोष वर्ण 'क' भएकाले तिनीहरूको शुद्ध रूप 'मनःकाङ्क्षा, मनःकल्पना, मनःकामना' हुन्छ । माथिकै विश्लेषणका आधारमा 'पुनस्र्थापना, अन्तर्कलह' र 'पुनपर््रयोग' शब्दको शुद्ध रूप क्रमशः 'पुनःस्थापना' -अथवा 'पुनस्स्थापना'), 'अन्तःकलह' र 'पुनःप्रयोग' हुन्छ । 'अन्तक्रिर्या' शब्दको शुद्ध रूप दुइटा हुनसक्छ ः 'अन्तःक्रिया' अथवा 'अन्तरक्रिया' ।