Author Topic: Cigarette Alcohol Addiction Jokes (अम्मल जोक)  (Read 2859 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15864
एकजना जड्या बिहान उठेर पत्रिका पढ्न बसेछ ।
पत्रिका पढ्दै जादा पत्रिकाको एउटा लेखमा उस्को आँखा पर्यो त्यसमा लेखिएको थियो " रक्सी खादा हुने नराम्रो असर "
उसले त्यो लेख सबै पढेछ र एक्छिन पछि श्रीमतीलाई " ल अब भोली देखी बन्द ।"
यो सुनेर श्रीमतीले दङग परेर भनि " साचै हो र भोली देखी रक्सी बन्द नै हो त ??"
जड्याले भन्यो " रक्सी होइन यो पत्रीका ल्याउन चाँही बन्द भनेको ..

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15864
Re: Cigarette Alcohol Addiction Jokes (अम्मल जोक)
« Reply #1 on: June 30, 2015, 01:24:50 AM »
दुइजना पूजारीहरुको आफु भगवान भएको दाबी गर्दै थिए।
यत्तिकैमा एउटा जड्याहा आइपुग्यो।

पहिलो पूजारी: म हो भगवान।
दोश्रो पूजारी: म हो भगवान।
जड्याहा: हट् तिमीहरु दुबै जना होइन। भगवान त म हो।

दुबै पूजारी: कसरी?
जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु ।
जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो।

भट्टी साहु भित्रैबाट करायो, “हे भगवान, तँ फेरी आइस्?

जड्याहा: देखिस, मैले भन्या होइन

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Re: Cigarette Alcohol Addiction Jokes (अम्मल जोक)
« Reply #2 on: July 04, 2015, 01:27:26 AM »
Funny
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]