Author Topic: Animal Jokes (जनावर जोक)  (Read 2977 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 981
Animal Jokes (जनावर जोक)
« on: June 29, 2015, 12:37:08 PM »
शेरेको घरमा एउटा बिरालो थियो
जो जतिखेर नि म्याउँ म्याउँ गरिराख्थ्यो
हैरान भएर शेरेले बिरालोलाई कतै छोडेर आयो
घर आउँदा त बिरालो शेरेभन्दा नि अगाडी पुगिसक्या छ
शेरेले फेरि बिरालोलाई टाढा छोडेर आयो
बिरालो फेरि शेरेभन्दा अगाडी नै फिर्ता आइहाल्यो ।
शेरेलाई साह्रै रिस उठ्यो
यसपाली बिरालोलाई घरबाट ए..कदम टाढा लगेर छोड्यो
त्यहाँबाट शेरेले आफ्नी बुढीलाई फोन गर्‍यो "बिरालो घर पुग्यो र ?"
बुढी: "अघि नै पुगिसक्यो !"
शेरे: त्यो सालेलाई भन् त छिटो आएर मलाई लगेर जा भनेर ... मैले याँ घर आउने बाटो बिर्सें

credit - Tundikhel (http://forum.xnepali.net/index.php?topic=1352.msg115239#msg115239)