Author Topic: SLC beauty contests  (Read 7417 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
SLC beauty contests
« on: July 06, 2015, 12:57:11 AM »
एसएलसी सुन्दरीको लहर सगुन, अधिराज र ओजश्वीलाई उपाधि

एसएलसीका विद्यार्थीहरुलाई लक्षित गरी हरेक वर्ष विभिन्न सौन्दर्य प्रतियोगिता हुने गरेका छन्। यो वर्ष नेपालभर करिब १ दर्जन यस्ता सौन्दर्य प्रतियोगिता हुने क्रममा छन्। केही प्रतियोगिता सम्पन्न भइसकेका छन् भने केही हुने क्रममा छन्। यसै क्रममा गत साता राजधानीमा भिन्दाभिन्दै यस्ता दुई प्रतियोगिता भएका छन्।
रिवन इन्टरटेनमेन्टको आयोजनामा मिस एलएलसी अफ द इयर र मिस्टर एसएलसी अफ द इयर २०१५ सम्पन्न भएको छ भने स्टार वन इन्टरटेनमेन्टले मिस टिन एसएलसी २०१५ आयोजना गरेको छ। बिहीबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न यसै वर्ष एसएलसी पार गरेका किशोरकिशोरीको सौन्दर्य प्रतियोगितामा सगुन अर्याल मिस एलएलसी अफ द इयर २०१५ र अधिराज मल्ल मिस्टर एसएलसी २०१५ को ताज र उपाधि चुम्न सफल भएका छन्। नायक रमेश उप्रेती, नायिका झरना थापा, हास्य अभिनेता शिवहरि पौडेल, चलचित्र निर्माता सुनीलकुमार थापा, चलचित्र निर्मात्री तथा फेसन डिजाइनर पुनम गौतम, शिक्षासेवी सुदन डोटेल र सञ्चारकर्मी सुमित प्रताप जबराको निर्णायक मण्डलले सगुन र अधिराजलाई मिस र मिस्टर एलएलसी अफ द इयर २०१५ चुनेको हो। त्यसै गरी बुधबार राति नाचघरमै सम्पन्न अर्को प्रतियोगितामा ओजश्वी कोइरालाले मिस टिन एसएलसी २०१५ को उपाधि चुमेकी छिन्। नायक सरोज खनाल र नायिका अनीता आचार्यका साथमा पूर्ण लामा, अनील शाही, पालदेन शेर्पा र सरोज प्याकुरेलको निर्णायक मण्डलको मूल्यांकनबाट उनी यो उपाधि विजेता भएकी हुन्।
गत वैशाख १२ गते गएको प्रलयकारी महाभूकम्पमा ज्यान गुमाउनेहरूप्रति कार्यक्रमका अतिथि, निर्णायकका साथ सहभागीहरुद्वारा मैनबत्ती बालेर १ भावपूर्ण मौनधारण गरी शुरु भएको मिस एलएलसी अफ द इयर २०१५ मा सगुनले शीर्ष उपाधिका साथ मिस ट्यालेन्ट र मस्ट पपुलरको उप–उपाधिलाई पनि आफ्नो बनाएकी छिन् भने ओजश्वी ढकाल फस्ट रनर्सअप र बेस्ट पर्सनालिटी, प्रतीक्षा खनाल सेकन्ड रनर्सअप र मस्ट क्रियटिभ, प्रियशा हमाल ठकुरी थर्ड रनर्सअप र मिस फेसन आइकन तथा प्रशंसा दाहाल फोर्थ रनर्सअप र मस्ट एक्टिभ घोषित भए। कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित सारा कपाली बेस्ट फिटनेस, डोल्मा तामाङ सोसली रेसपन्सिबल, जिना श्रेष्ठ मिस फोटोजेनिक, मौसमी खत्री मस्ट स्टालिइस, सुष्मा सिलवाल मस्ट डिसिप्लेन, इनु राई मिस कन्जिनियालिटी, बिनी महर्जन बेस्ट फिजिक भए। गीत–संगीत र विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा रोजी लामा बेस्ट हेयर, दीपा मानन्धर ब्युटी विथ पर्पस, सविना न्यौपाने बेस्ट स्किन, लक्ष्मी गुरुङ मस्ट फ्रेन्डली, अनु तामाङ मिस क्याटवक, स्वस्ती वैद्य बेस्ट स्माइल, स्वस्तिका शाक्य बेस्ट आर्टवर्क, पूजा परियार भ्युवर्स च्वाइस, प्रविना घले म्यानेजमेन्ट च्वाइस, तेन्जिङ डोल्मा तामाङ मस्ट चार्मिङ र दिव्या बर्देवा मिस ब्युटिफुल घोषित भए।
त्यसै गरी किशोरहरूतर्फको प्रतियोगिता मिस्टर एसएलसी २०१५ मा अधिराजले शीर्ष उपाधिका साथ बेस्ट फिजिक र फेसबुक च्वाइसको उप–उपाधि पनि उचाले भने दीपेन्द्र कार्की फस्ट रनर्सअपका साथमा बेस्ट फिटनेस र स्पिच, रोहित खड्गी सेकन्ड रनर्सअपका साथमा मिस्टर फोटोजेनिक भए। प्रतियोगितामा गगन फुयाँल मिस्टर क्याटवक, सन्देश न्यौपाने बेस्ट स्माइल, रिदम रिक रिमाल बेस्ट हेयर, सलिन शर्मा मिस्टर क्याटवक, विश्वास बुढाथोकी मिस्टर ≈यान्डसम, स्वस्तिक आचार्य मस्ट पपुलर र मिस्टर ट्यालेन्ट, करन थापा मोस्ट फ्रेन्डली, रिकि लामा बेस्ट पर्सनालिटी, विपीन राना मगर मस्ट डिसिप्लेन र रोचक लामा मोस्ट स्टाइलिस भए।
उता मिस टिन एसएलसी २०१५ मा ओजश्वी कोइरालाले प्रमुख उपाधिका साथ बेस्ट हेयर उप–उपाधिका साथ प्रमुख उपाधि जितिन्। प्रतियोगितामा रोजिता महर्जन फस्ट रनर्सअपका साथमा बेस्ट स्पिच, रिना तामाङ सेकेन्ड रनर्सअपका साथमा मोस्ट पपुलर, जेनिफर तामाङ थर्ड रनर्सअपका साथमा बेस्ट पर्सनालिटी, नमुना गिरी फोर्थ रनर्सअपका साथमा बेस्ट फिजिक चुनिएका छन्।
नायक सरोज खनाल र नायिका अनीता आचार्यका साथमा पूर्ण लामा, अनील शाही, पालदेन शेर्पा र सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगितामा अनुशा थापा मगर मस्ट फ्रेन्डली, अर्सुला सुवेदी ब्युटी विथ पर्पस, सुजता श्रेष्ठ मोस्ट डिसिप्लेन, जोसना महर्जन मिस क्याटवाक, जिम्मी महर्जन मोस्ट स्टाइलिस, रोनिभा थापा बेस्ट स्किन, सेविका कोइराला मिस ब्युटिफुल आइज, विनीता कार्की सोस्यली रेस्पोन्सिबल, रोजिना तामाङ मिस कन्जिनियालिटी, दिव्या थापा बेस्ट आर्टवर्क, आस्था कार्की बेस्ट स्माइल, मनिका श्रेष्ठ मिस ब्युटिफुल, विपना पुन बेस्ट फिटनेस, निमा तामाङ मोस्ट क्रियटिभ, यमुना खड्का फेसबुक च्वाइस, पलिस्था महर्जन मिस फोटोजेनिक र ओशिन राई मस्ट चार्मिङ चुनिएका छन्।
दुवै प्रतियोगिताको कोरियोग्राफी भारतीय कोरियोग्राफर कौशिक घोषका नेपाली चेला कोरियोग्राफर अश्विनी झाले गरेका थिए।


Published Date: July 5, 2015


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: SLC beauty contests
« Reply #1 on: July 06, 2015, 12:58:26 AM »
वर्षालाई 'साइपल मिस एसएसलसी'को उपाधि


बन्दना कला केन्द्र काठमार्डौले शनिवार आयोजना गरेको ‘साइपल मिस एसएलसी–२०१५’ को उपाधी वर्षा महर्जनले जितेकी छिन् । राष्ट्रिय नाचघरमा भएको निर्णायक प्रतिस्पधामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै वर्षाले मिस एसएलसीको उपाधी जितेकी हुन् ।
निर्णायक मण्डलका संयोजक प्राध्यापक हेमराज कार्कीको ‘यस पटकको भूकम्पबाट के शिक्षा पाउनु भयो ? भन्ने प्रश्नको आकर्षक जवाफ दिँदै वर्षाले उपाधी जितेकी हुन् । प्रतियोगितामा सान्त्वना राई फस्ट रनर्स अप, नयनतारा राई सेकेन्ड रनर्स अप, निष्ता सिग्लेल थर्ड रनर्स अप तथा एन्जिसा शाही फोर्थ रनर्स अप भए ।
प्रतियोगीहरुलाई उनीहरुको प्रस्तुतिका आधारित विभिन्न शीर्षकमा सम्मानित गरिएको थियो । जसमध्ये प्रमिला पौडेलले फ्रेन्डसिप, नयनतारा राईले बेस्ट स्किन, निष्ता सिग्देलले बेस्ट डिस्टिङसन, गरिमा थापा मगरले बेस्ट ड्रेस, बर्षा महर्जनले मिस पर्सनालिटी, सिसम लामाले  वेस्ट हेयर, सान्त्वना राईले मिस टयालेन्ट, जुजुना दाहालले मिस सोसल वर्कर, एन्जेश शाहीले मिस लिडरसिप, महिमा श्रेष्ठले मिस डिस्पिलिन, मुना पाठकले मिस पङचुआलिटी, अंकिता थापाले वेस्ट स्माइल, सगुन श्रेष्ठले भ्यअर्स च्वाइस, रेजा खड्गीले फोटोजेनिक तथा मुस्कान केसीले  मिस पपुलर एवार्ड जिते ।
निर्णायक प्रतिस्पर्धाको क्रममा गायक अनिल थुलुङ, गायिका सुष्मा राई आदिले गीत–संगीतमार्फत समारोहलाई संगीतमय बनाएका थिए । नेशनल तेक्वान्दो एकेडमी चावहिलका खेलाडीहरुको विशेष प्रदर्शन तथा हाँस्य कलाकार निरु खड्काको हाँस्य प्रहसनले कार्यक्रमलाई रमाइलो बनाएको थियो ।
प्रकाशित मिति: आइतबार, आषाढ २०, २०७२