भूकम्पले नक्सांकन नै परिवर्तन
काठमाडौं वैशाख २४ - भूकम्पले मध्य, पूर्व र पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा राखिएका जग्गा नापजाँचका सन्तुलन बिन्दुहरू ध्वस्त हुँदा मुलुककै नक्सांकनको दिशा परिवर्तन हुने भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
विपत्तिपछि उपत्यकामा डेरा पाइएन
काठमाडौं, वैशाख २४ - वैशाख १२ मा आएको भूकम्पपछि राजधानीमा डेरा हाकाहार भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । भूकम्पले नचर्किएका घरमा भाडा शतप्रतिशतसम्म बढाइएको पाइएको छ । प्रहरीका अनुसार उपत्यकामा मात्र ३४ हजार ४१ वटा घर भत्किएका छन् । १ लाख ३६ हजार ५ सय ४५ विस्थापित भएका छन् ।
आफन्तको निधनले ज्ञानेन्द्र फर्कन ढिलो
काठमाडौं, वैशाख २४ - पूर्वरानी कोमल शाहको उपचारका क्रममा दिल्लीस्थित आरेक अस्पतालमा उनका लाजु सुरजशमशेर राणाको निधन भएपछि पूर्वराना ज्ञानेन्द्र शाहको स्वदेश आगमन केही दिन पर सकेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
किरण सिटौला मेरिल्याण्ड राज्यको उपमेयर
न्युयोर्क, वैशाख २४ - नेपाली मूलका किरण सिटौला अमेरिकाको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको उपमेयरमा विजयी भएका छन् । अमेरिकामा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा निर्वाचित भएको यो पहिलो घटना हो । कान्तिपुर दैनिकमा समाचार छ ।
१० दिनमा ३६ सय उडान
काठमाडौ, वैशाख २४ - धेरै वर्षदेखी भुकम्पविदले राजधानीमा विनासकारी भुकम्प आइहाले एक्लो अन्तराष्ट्रिय विमानस्थलको रन-वे चर्किने र नेपालको बाँकि विश्वबाट हवाई सम्र्पक विच्छेद हुने अनुमान गर्दै आइरहेका थिए । तीन वर्षयताका वर्खायाममा रन-वेको पिच भत्किन थालेपछी भुकम्पविदहरुको अनुमान यथार्थमा बदलिने अधिकाशंले सोचेका थिए । तर, दैवसंयोग यसपटकको महाभुकम्पमा नेपाललाई बाँकी विश्वसँग हवाई माध्यमबाट जोड्ने धावनमार्गमा धन्न केही भएन् । कान्तिपुर दैनिकमा समाचार छ
दिदी, दाजु र अामाकाे काजकिरियामा किशाेरी
गोकर्ण, वैशाख २४ - ‘म बिरामी भइराख्छु, नर्स बन्नुपर्छ, आमा भन्नुहुन्थ्यो’ गोकर्णस्थित मन्दिर परिसरमा किरिया बसेकी सुस्मिता पण्डितले आमाको भनाइलाई स्मरण गर्दै भनिन्, ‘दिदी बहिनी नर्सिङ अध्ययन गर्नेछौं ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
दाता-सरकार किचलो
काठामाडौं ,वैशाख २४ - दातृ निकायले सरकारी संयन्त्र अस्वीकार गरी सिधै आफू या निकटका अन्तर्राष्ट्रिय, राष्ट्रिय गैससबाट भूकम्प पीडित सहायता खर्च गर्ने रणनीति लिएपछि विवाद उत्पन्न भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिबद्धता ५ अर्ब, आयो २६ करोड
काठमाडौं, वैशाख २४ - भूकम्पपछिका १२ दिनमा दातृ निकायले झन्डै ५ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता जनाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भने २६ करोड १० लाख मात्रै जम्मा भएको छ । रकम दाखिला गर्ने मुलुक पनि नियमित र ठूला दाता होइनन् ।
घर बनाउन २ प्रतिशत ब्याजमै ऋण
काठमाडौं, वैशाख २४ - - भूकम्पबाट घर ध्वस्त–क्षतिग्रस्त भएकालाई नयाँ निर्माण गर्न २ प्रतिशत ब्याजमै बैंक–वित्तीय संस्थाबाट ऋण दिइने भएको छ । राष्ट्र बैंकको बुधबारको निर्णयअनुसार काठमाडौंभित्र २५ लाख रुपैयाँ र बाहिर १५ लाख रुपैयाँसम्म प्रति ध्वस्त–क्षतिग्रस्त घरलाई यस्तो ऋण दिइने भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
पुरिएका पशुको वास्तै छैन
काठमाडौं वैशाख २३ - महाभूकम्पमा ज्यान गुमाएका साढे सात हजारको शव उद्धारकर्मीले निकालिसकेका छन्। तीमध्ये अधिकांश शव आफन्तलाई जिम्मा लगाएर अन्त्येष्टिसमेत भइसक्यो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । महामारी र रोग निम्तिन सक्नेतर्फ ध्यान दिँदै भग्नावशेषमा पुरिएका बाँकीको खोजी तीव्र छ। भूकम्पमा मान्छेसँगै पुरिएका घरपालुवा जनावर तथा पशुपन्छीको उद्धार र व्यवस्थापन भने हुन सकेको छैन।
अर्काको आसमा मात्रै कति बस्नु
धादिङ वैशाख २३ - सन्तबहादुर तामाङ मंगलबार टन्टलापुर घाममा मकैबारी मासेर टहरा बनाउँदै थिए । परिवारका अन्य सदस्य भत्केको घरले पुरेका पुराना जस्ता बटुल्दै थिए । कान्तिपुर दैनिकमा समाचार छ । ‘भूकम्प गएलगत्तै सहयोग पाइएन । संस्थाले दिएको त्रिपालले अन्नसम्म छोप्न काम लाग्ला । मान्छे र पशुवस्तुले ओत लाग्नै पर्याे । अर्काको आसमा मात्रै कति बस्नु ?’, उनले भने, ‘त्यही भनेर हामी आफ्नो टहरा आफैं बनाउन जुट्यौं ।’
३४ मुलुकका उद्धार टोलीले 'फिल्ड' छाडे
काठमाडौं वैशाख २३ - महाभूकम्पपछि उद्धारका लागि आएका विभिन्न ३४ मुलुकका उद्धार टोलीले 'फिल्ड' छाडेका छन्। सरकारले 'सर्च एन्ड रेस्क्यु'को काम सकिएको भन्दै फर्किन आग्रह गरेपछि उनीहरूले काम छाडेका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
तातोपानी जोड्ने प्रयास जारी
सिन्धुपाल्चोक वैशाख २३ - सिन्धुपाल्चोक वैशाख २३ । महाभूकम्पले सडक, संचार अबरुद्ध गरेपछि बेखबर बनेको उत्तरी तातोपानी नाकासँग सम्पर्क जोड्न नेपाल र चीनका टोलीले काम थालेका छन् । नागरिक दैनिकमा समाचार छ । राजमार्ग नखुलाई शव उत्खनन्, क्षति संकलन, राहत वितरण जस्ता प्रकोपका आकस्मिक कार्य असम्भव भएपछि अत्याधुनिक मेशिनरी उपकरणसहित चीन र नेपालका प्राविधिक तथा सुरक्षाकर्मी दुई तिरबाट युद्धस्तरमा जुटिरहेका छन्।
'भारतीय जहाजबाट आजित भयौं'
गोरखा वैशाख २३ - भूकम्पको प्रभावबारे जानकारी लिन ११ दिनपछि गोरखा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भारतीय हेलिकोप्टरले गर्दा घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको गुनासो गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
राहत मिसन राख्ने कि पठाउने ?
काठमाडौं, वैशाख २३ - खोज तथा उद्धारपछिको राहत मिसन कसरी संचालन गर्ने भन्ने विषयलाई लिएर सरकार र सहयोग गर्न आएका विदेशी मुलुकबीच खिचातानी उत्पन्न भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
४ लाख त्रिपाल छ, पीडितले पाएनन्
काठमाडौं, वैशाख २३ - पश्चिम बंगालले पठाएको बाहेक नै भूकम्प आउनुअघि र पछि मुलुकभित्र ४ लाख त्रिपाल रहेपनि हजारौं पीडित परिवारले भने पाउन सकेका छैनन् । कान्तिपुर दैनिकमा समाचार छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षमा भुकम्प आउने अघिल्लो दिनसम्म १ लाख ५५ हजार त्रिपाल आयात भएको थियो ।
माया मारेको छोरो ज्युँदै भेटिँदा..
सिन्धुपाल्चोक, वैशाख २३ - अनुहारभरि पसिनै पसिना र काखमा नानी च्यापेकी ४० वर्षीया पदमकुमारी अधिकारी हर्षित देखिन्थिन । उनी आफ्ना कुरा सुनाउन आतुर थिईन । कान्तिपुर दैनिकमा समाचार छ । उनीसँग सुनाउनुपर्ने खास कुरो पनि थियाे
बेलायतले साढे दुई अर्ब सहयोग गर्ने
काठमाडाैं वैशाख २३ - नेपालका लागि बेलायतका कार्यबाहक राजदूत जोन रन्किनले भूकम्प पीडितहरुका लागि २ करोड २८ लाख पाउण्ड करिव दुई अर्व ५३ करोड रुपैयाँ सहयोग गर्ने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।