Author Topic: Dilip Rayamajhi (दिलिप रायमाझी)  (Read 6317 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Dilip Rayamajhi (दिलिप रायमाझी)
« on: July 27, 2015, 05:03:39 AM »
http://xnepali.net/movies/tag/dilip-rayamajhi/

पलायन हुने गरी अमेरिका जान लागेको होइन। आउनेजाने क्रम चलिरहन्छ: दिलीप रायमाझी ।

 July 11, 2015

नेपाली चलचित्रमा सशक्त अभिनय गर्न माहिर मानिने अभिनेता दिलीप रायमाझी फेरि एकपटक चर्चामा छन्।  यसपटक उनी अभिनय, चलचित्रको सफलता वा चलचित्र प्रदर्शनका कारण चर्चामा आएका भने होइनन्।  अमेरिकाको ग्रिनकार्ड पाएर सपरिवार त्यतै जाने तयारीका कारण उनी चर्चामा आएका हुन्

‘भानुभक्त’, ‘दर्पणछायाँ’, ‘लहना’, ‘मिस यु’, ‘भनिदेऊ न माया गर्छु’, ‘सुपरस्टार’, ‘आफ्नो मान्छे’लगायत विभिन्न चलचित्रमा अभिनय गरेका उनी अमेरिका गएर के गर्छन् त ? कीर्तन अधिकारी र रायमाझीबीच भएको कुराकानी :

कहिले उड्दै हुनुहुन्छ अमेरिका ?       
यही दिन भन्ने तय भइसकेको छैन तर चाँडै जाने तयारीमा छु।

अब उतै पलायन हुने होला होइन ?
होइन, बिल्कुल होइन। म नेपाली चलचित्र क्षेत्रमा स्थापित भइसकेको मान्छे। अब पनि चलचित्र क्षेत्रमै काम गर्छु।
अहिले डीभी परेर, भुटानी शरणार्थी, अध्ययन र अन्य कामको सिलसिलामा धेरै नेपालीभाषी अमेरिका पुगेका छन्।
त्यहाँ नेपाली चलचित्रको बजार ठूलो छ । त्यसैले त्यता जान लागेको हुँ।

चलचित्रको बजार खोज्न ग्रिन कार्ड चाहिन्छ र ?
म निर्माता पनि हुँ, निर्माता भइसकेपछि चलचित्रको बजार पनि खोज्नुपर्ने हुन्छ।
ग्रिनकार्ड भएपछि चलचित्रको बजार खोज्न र त्यहाँ जानआउन, त्यहाँको परिवेशसमेत समावेश गरेर चलचित्र बनाउन सजिलो हुन्छ।

सपरिवार जाँदै हुनुहुन्छ, त्यहाँ पुगेर के गर्ने योजना छ ?
सपरिवार जानुको अर्थ उहीँ पलायन हुने भन्ने होइन। छोरीको पढाइ र करिअर बनाउने उमेर छ।
उनी त्यहाँ पढेर भविष्य बनाउन चाहन्छिन् । त्यसैले सपरिवार जान लागेका हौं।


अमेरिका पुगेपछि पहिलो काम के हुन्छ त ?       
त्यहाँ पुगेलगत्तै चलचित्रकै कामका लागि अस्ट्रेलिया जान्छु। त्यहाँ चलचित्र ‘अनुराग’को छायांकन हुँदैछ।
त्यसपछि अरू केही चलचित्रको काम गर्ने पनि पक्का भएको छ।


तपाईंको अभिनयमा ‘दर्पणछायाँ’को सिक्वेल बन्ने कुरा भइरहेको छ, तपाईं अमेरिका गएपछि के हुन्छ ?
बन्छ, म अभिनय गर्छु । मैले अघि नै भनिसकेँ, पलायन हुने गरी अमेरिका जान लागेको होइन। आउनेजाने क्रम चलिरहन्छ।
त्यही क्रममा ‘दर्पणछायाँ २’ मा पनि अभिनय गर्छु। अरू चलचित्रमा पनि काम गर्छु। नेपाली चलचित्रलाई विदेशमा पुर्‍याउने प्रयास पनि गर्नेछु ।


प्रस्तुत अन्र्तवार्ता annapurnapost बाट साभार गरिएको हो ।




anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Dilip Rayamajhi (दिलिप रायमाझी)
« Reply #1 on: July 28, 2015, 02:23:47 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Dilip Rayamajhi (दिलिप रायमाझी)
« Reply #2 on: October 06, 2015, 02:19:21 AM »