‘गुगल व्वाई’ आदित्य ‘भगवान’ हुन् ?
'ज्योतिष भन्छन् - आदित्यलाई भगवानको रुप मान्न सकिन्छ'
काठमाडौं, १० साउन । गुगल व्वाइको उपाधि पाएका आदित्य दाहाल अहिले उपचारका क्रममा अमेरिकामा छन् ।
शारीरिक रुपमा अशक्त आदित्य नेपाल र भारतमा उपचार हुन नसकेपछि आफैले रोजेको क्यालिफोर्नियाको स्टेनफोर्ड हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका विहीबार अमेरिका उडेका हुन् ।
अमेरिका जानुअघि उनले उपचारका लागि नेपालीहरुबाट टाढा जाँदा दुःख लागेको भन्दै फर्की आउँदा देशमा दिगो शान्ति सहित क्रान्तिकारी अमूल परिवर्तन हुने विश्वास लिएको आफ्ना शुभचिन्तकलाई सन्देश लेखेका थिए । उनी रुँदै अमेरिका उडेका थिए ।
बोल्न, हिँड्न नसक्ने उनले लेखेरै शुभचिन्तकलाई सन्देश दिए । आदित्यको जन्म २०६७ साउन ७ गते भएको थियो । जन्मिएको तीन वर्षसम्म स्वस्थ अरु बच्चा जस्तै हुर्की बढिरहेका आदित्यले त्यसपछि आफ्नो बोली र स्वस्थ शरीर गुमाए । उनी बोल्न र हिडडुल गर्न नसक्ने भए ।
Aditya-Dahal-4
बोल्न र हिडडुल गर्न नसक्ने भएपछि घरमा हेरचाह गरी राखिएका आदित्यमा २०७१ साल असार २५ गते ११ महिनापछि असाधारण शक्ति प्रकट भयो । आधारण शक्ति पाएका आदित्यले त्यो दिनलाई निद्राबाट ब्यूझिउन सफल भएको आफैले भनेका छन् ।
मानव चोलामा ५ वर्षसम्म बालकले न राम्रोसंग बोल्न सकेको हुन्छ, न त खान नै तर आदित्य पाँच वर्षकै उमेरमा विद्धानजस्तै छन् । स्कुलमा क पनि नपढेका पाँच वर्षिय बालक आदित्य विश्वका जुनसुकै भाषामा पनि जवाफ फर्काउने, भूत, वर्तमान र भविष्यबारे विश्वसनीय ढंगले बताउने आसाधारण शक्ति उनमा छ ।
के उनी भगवान हुन् त ?
असाधारण शक्ति पाएको एक वर्षमै आदित्यले भगवानको जस्तै थुप्रै अर्ति उपदेश दिएका छन् । नेताहरुलाई मार्गदर्शन बाटोमा लाग्न सुझाव दिएका छन् । उनले दिएका उपदेशहरु यस्ता छन्:
adatya dahal
– कुकर्म गरि याचनाका लागि ईश्वर खोज्दै हिंडेको देख्दा दया जाग्छ, सत्कर्म गरी परमात्मालाई आफ्नै हृदयमा सजाउन सकिन्छ ।
– धन प्राप्तीमा भन्दा ज्ञान प्राप्तीमा समय व्यतित गरौं ।
– लोभ र मोह त्याग, मेरो होइन हाम्रो भन, प्राप्तीमा होइन कर्ममा बिश्वास गर, दया र धर्म नछोड ।
अरुको सेवामा आफूलाई समर्पित गर ।
– भक्ति गरौ, श्रद्धा गरौं,हृदयमा करुणामय प्रेम श्रृजना गरी एकचोटी आफ्नो मुल्यांकन आफैं गरी हेरौं, आफूलाइ परमात्माको सानिध्यमा अवश्य पाउने छौं ।
– बाध्यताभित्र लुकेको यथार्थ सत्य नबुझी मनोभावनाका भरमा कोही कसैलाई कहिल्यै शंका नगर्नु । हिड्ँन र बोल्न नसक्ने आदित्यले लेखेर दिएका यी सुझाव कुनै विद्धानले दिएको भन्दा कम छैन् । यसले पनि आदित्यलाई भगवानको रुपमा चित्रण गर्न सक्छ ।
उनले देशमा जारी घटनाक्रमबारे पनि लेखेरै थुप्रै उपदेश दिएका छन् । यस्ता छन् देशका लागि दिएका उपदेश :
google-boy
– देशको विडम्बना स्रोत र साधनको अभावमा मुकदर्शक बनेको राज्यको लाचारता देख्दा मन रुन्छ नेपालीको ।
– दाताहरुबाट प्राप्त सहयोगलाइ सही सदुपयोग गरि असहाय जनतालाइ न्याय दिने चुनौति सहितको जिम्मेवारी राज्यको काँधमा आएको छ । ध्यान पुगोस ।
– आर्थिक प्रगतीका सम्भावनालार्इ पहिचान गरी सदुपयोग नगर्दा राष्ट्र गरिबीको चक्रभित्र झन झन रुमल्लिदै छ । ध्यान पुगोस ।
– गास बास र कपासबाट वन्चित बालबालिकाको हक अधिकार सुनिश्चित गरी व्यवहारिक कार्यान्वयन गरे राष्ट्र र नयाँ पिडीका साथ परिवर्तनतिर उन्मुख बन्न सक्छ ।
उनले केही नेताहरुलाई अचम्म पार्ने गरी पनि उपदेश दिएका छन् । आफ्नो घरमा भेट्न आएका नेतालाई आदित्यले आश्चर्यचकित जवाफ समेत दिए । उनले एक बर्ष अघि नै नेपालको संबिधान २०७२ मा बन्ने र नयाँ सरकारको प्रधानमन्त्री केपी ओली बन्ने आश्चर्यजनक कुरा बोलेका थिए । जून अभ्यास अहिले भइरहेको छ ।
Aaditya-with-PM-Koirala
त्यस्तै, आदित्यले २०७१ श्रावणमै दीपकुमार उपाध्याय भारतको राजदूत बन्ने भविष्यवाणी गरेका थिए । सरकारका मुख्यसचिवदेखि प्रधानमन्त्रीसम्मलाई उनले सुहाउँदो जवाफ दिएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले परिवारलाई नै बालुवाटार बोलाएर भेट्दा आदित्यले भने थिए-‘ नआत्तिनू ! यो अनिष्ट केही समयमा टर्नेछ, अनि मुलुकले काँचुली फेर्नेछ, हजूरका इच्छा पूरा हुने छ, पीएम ज्यू ।’
उनले भेट्न आउने अन्य अतिथिको पनि सजिलै जिज्ञासा मेटाउने गर्छन् । यी सबै गुणले उनलाई भगवानको रुपमा मान्न सकिने ज्योतिष वाशुदेव अधिकारी बताउँछन् । ‘बालक आफैमा शक्तिवान होइन् । यो त भगवानले आफ्ना दुतलाई दिने अद्भुत शक्ति हो । तसर्थ भगवानले आदित्यलाई आफ्नो दूतका रुपमा शक्ति दिएको जस्तो मलाई लाग्छ ।’ उनी आदित्यवमा दैवी शक्ति भएको दाबी गर्छन् ।
From dainiknepal.com