सानै उमेरमा विवाह गरेपनि करियरमा असर परेको छैन: स्वस्तीमा

नायिका स्वस्तीमा खड्कासँग गरिएको कुराकानी :
सन्चै हुनुहुन्छ ?
सन्चै छु ।
होस्टेल रिटन्र्समा कसरी अवसर पाउनु भयो ?
त्यसबेला मेरो दोश्रो भिडियो सार्वजिक भएको थियो । होस्टेल रिटन्सको वर्कसप भैरहेको रहेछ । मेरो भिडियो चलचित्र निर्माता र निर्देशकले हेर्नु भएको रहेछ । म चलचित्र गर्ने सोचमा थिइन । उहाँहरुबाट प्रस्ताव आयो, कथावस्तु सबै मन परे पछि चलचित्र गरेको हो ।
चलचित्र क्षेत्रमा लाग्ने तपाईको बच्चा देखिकै रहर हो ?
म सानै छँदादेखि चलचित्रमा काम गर्न चाहन्थें । यो मेरो रुचिको क्षेत्र हो । म्युजिक भिडियोहरुमा काम गरिरहेको थिएँ । तर यति चाँडै चलचित्रमा काम गर्ने मौका पाउँछु जस्तो लागेको थिएन । छिट्टै प्रस्ताव पाएँ ।
नायिकाहरु विवाह पछि यो क्षेत्रमा कमै लागेको पाईन्छ ,तपाईले एउटा चलचित्र पनि गरिसक्नु भएको छ, विवाह पछि यो क्षेत्रमा लाग्न
कतिको सहज भएको छ ?
मेरो विवाह पनि फिल्म जस्तै गरि भएको हो । विवाह गर्छु भनेर कुनै पनि प्लान थिएन । विवाह गर्ने कुरा पक्का भएपछि हामीले हाम्रो लाईफ र कामको बारेमा धेरै छलफल गर्यौँ । विवाह भयो, चलचित्र क्षेत्रमा लाग्नको लागि मलाई कुनै पनि कुराले रोकेको छैन । म विवाह पछि झन् धेरै व्यस्त भएको छु ।
निश्चल वस्नेत संग काम गर्ने प्लान छ की छैन ?
विवाहपछि हामी दुई जनाको नाममा आएको धेरै प्रश्नहरु मध्य यो पनि एउटा प्रश्न हो । त्यस्तो काम गर्ने प्लान अहिले सम्म छैन ।
निश्चल र तपाईको लभ स्टोरी कसरी शुरु भयो ?
हाम्रो पहिले देखी नै चिनजान थियो । हाम्रो भेटघाट भइरहन्थ्यो । भेटेको बेला कामकै कुरा हुन्थ्यो । पछि भेटघाट बाक्लिदैं गयो । मैले उहाँलाई मनपराउन थालें । उहाँले मलाई मनपराउनु भयो । तर फरर्मल्ली एक अर्कालाई माया गर्छौं
भनेर भनेनौं । उहाँले विवाह गरौं भन्नुभयो, मैले उहाँको विवाह प्रस्ताव स्वीकारें । हाम्रो विवाह भयो । तर हाम्रो विवाहमा ठूलो भूमिका भने हाम्रो परिवारको छ ।
सानो छँदा कस्तो हुनुहुन्थ्यो ?
सानोमा धेरै बदमास अनि धेरै बोल्थें । स्कुलमा शिक्षकलाई धेरै प्रश्न गरेर दिक्क बनाउथें म ।
तपाईको अरु के–के कुरामा ईन्ट्रेस्ट छ ?
अभिनय गर्छु , अनि हेर्न पनि रुचाउँछु । गीत सुन्न मनपर्छ ।
नयाँ केही प्लान छ ?
आजको भोलि अनि भोलिको पर्सि के गर्ने भन्ने कुरामा प्लान बनाउन सक्छु । तर ५–१० वर्षको लामो प्लान म बनाउन सक्दिन । जे आउँछ हुँदै जान्छ ।
तपाईको हाईट कति हो?
५ फिट ४ ईन्च
कति किलो हुनुहुन्छ ?
४४ किलो ।
तपाईलाई मन पर्ने नायक ?
धिरेन शाक्य । सानै देखि मलाई धिरेन शाक्य मेरो मनपर्ने नायक हो ।
एउटै क्षेत्रको अनि आफु भन्दा १४ वर्ष जेठो मान्छेसंग विवाह गर्नु भएको छ समस्या हुन्न ?
उसको र मेरो ईच्छा फरक–फरक हुन्छ । उमेरको कारण पनि होला भन्नु हुन्छ । तर हामी खुशी छौं । त्यस्तो खासै समस्या छैन र हुन्न पनि होला । हामी दुबै जनाको भिजन क्लियर नै छ । निश्चललाई केटी साथी र मलाई केटा साथीहरुसंग काम गर्नुपर्ने हुन्छ । यहि कुरामा झगडा हुने हो भने हामी सँगै बस्न सक्दैन थियौ होला । तर त्यो त हाम्रो पेशा हो । मलाई कहिले पनि हामीमा धेरै उमेरको फरक छ जस्तो नै लाग्दैन ।
स्रोत – द हाईलाईट्स शो