चितवनमा नारायणी पुस्तकालय, नारायणी कला मन्दिर, वीरेन्द्र इन्टर कलेज, चितवन हाइस्कुलहरुका स्थापना हुँदै गए र प्रेसहरुको स्थापना पनि हुँदै गए । चितवनको चिनो राष्ट्रिय प्रेस, बीरगञ्जमा र रात्री प्रकाश(२०२६), साक्षात्कार प्रेस, नारायणगढमा मुद्रित हुनुले यही कुरालाई पुष्टी गरेको छ ।
आज चितवनबाट प्रकाशित पत्रपत्रिका र स्मारिकाहरुको सञ्ख्या २५० पुगिसकेको छ । २०३९ सालदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएका पत्रपत्रिकाहरुको सञ्ख्या १०९ रहेको छ । दर्ता नभएका मुखपत्र लगायतका पत्रपत्रिकाहरुको सञ्ख्या ९० को हाराहारीमा रहेको छ । यस्तैगरी केही हवाइपत्र र गोजिकाहरु पनि छन् र ५० को हाराहारीमा स्मारिकाहरु रहेका छन् । साहित्यिक कृतिहरुको प्रकाशन पनि ठूलै सञ्ख्या छ । आजसम्म विभिन्न विधाका २७५ वटा पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन् । साहित्यिक कार्यक्रमहरु लगायत पुस्तक पत्रपत्रिकाको प्रकाशन गर्ने साहित्यिक संस्था पनि ५० वटा जति छन् । यिनमा साहित्यिक संस्थाहरु, एफ.एम. हरु पर्दछन् । चितवनका ६ वटा एफ.एम.हरु मार्फत विद्युतीय माध्यमको साहित्यिक पत्रकारिता पनि बढिरहेको छ । चितवनको ६ वटा एफ.एम. मार्फत विद्युतीय माध्यमको साहित्यिक पत्रकारिता पनि बढिरहेको छ । चितवनको एकमात्र टेलिभिजन बेसो च्यानलले पनि साहित्यिक कार्यक्रमहरुलाई ठाउँ दिइरहेको छ । चितवनमा स्थापित भएका ३० वटा पुस्तकालयहरुमध्ये हाल क्रियाशील १० वटा सार्वजनिक÷सामुदायिक पुस्तकालयहरु र क्याम्पस, स्कुलको पुस्तकालयहरुले पनि चितवनको साहित्यको विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यसैगरी वीरेन्द्र बहुमुखी क्याम्पसको स्नातकोत्तर तह र कन्या क्याम्पस लगायत केही क्याम्पसहरुमा पत्रकारिता विषय पढाइ हुन थालेको र साहित्यका विभिन्न विधामा १०० जति शोधकार्य गराइएको पाइन्छ । यसबाट चितवनको साहित्य विकासमा महŒवपूर्ण भूमिका निर्वाह हुने गरेको छ ।
२. चितवनबाट प्रकाशित पत्रपत्रिकाहरु र तिनको विकासक्रमः
आफू प्रकट हुने र सामाजिकतालाई औल्याउने अभिप्रायले अनुप्राणित भएर चितवन हाइस्कुलका विद्यार्थीहरुको सङ्कलनको रुपमा चितवनको चिनो (२०२१,पौष) मा प्रकाशित भयो र यो नै चितवनको पहिलो साहित्यिक पत्रिका बन्यो । यसपछि वीरेन्द्र इन्टर कलेजका प्राचार्य आनन्देव भट्टको प्रेरणा र ९ जना सम्पादक प्रकाशकहरुको संयुक्त प्रयास दोभान (२०२५) साहित्य सङ्कलन प्रकाशित भयो । सामुहिक स्तरमा निस्किएको जनस्तरको पहिलो पत्रिका बन्ने मौका यसले प्राप्त ग¥यो । यसपछि क्रमश संस्थागत पत्रिकाहर प्रकाश पुञ्ज(२०२५), वेणी(२०२५), रात्री प्रकाश(२०२६) प्रकाशित भए । ‘दोभान’ कै विकसित रुप बनेर निजी क्षेत्रबाट ‘नौलो राँको’(२०२६) प्रगतिवादी साहित्यिक धाराको अग्रणि साहित्यिक पत्रिका बनेर देखा प¥यो । यस्तैगरी ‘नयाँ गोरेटो’(२०२७) पनि ‘नौलो राँको’ कै सहयात्री भएर निस्कियो ।
चितवनको चिनो’ देखि हालसम्म ४२ वटा पत्रिकाहरु र थप ७ वटा हवाइ पत्रिका गरी ४९ साहित्यिक पत्रिकाहरु प्रकाशित भएका छन् । मितिक्रममा हेर्ने हो भने चितवनको चिनो(२०२१), दोभान(२०२५), प्रकाशकुञ्ज(२०२५), वेणी(२०२६), नौलो राँको(२०२६), रात्री प्रकाश(२०२६), नयाँ गोरेटो(२०२७), छहरो(२०२७), तिर्सना(२०२७), पारुखी(२०२८), नयाँ जोश(२०३०), भृकुटी(२०३४), जाँगर(२०३६), इन्द्रकमल(२०३७), नौलो समाज(२०३७), आरन(२०३७), ऋचा(२०३८), गोधुली(२०४०), सेरोफेरो(२०४४), वागीश्वरी(२०४७), सम्प्रेषण(२०४७), जनसाहित्य(२०४७), पाइला र प्रवाह(२०४८), प्रेरणा(२०५०), मधुलिका(२०५१), पल्लव(२०५२÷२०६०), समाज दर्पण(२०५२), सम्मुन्नत(२०५२), हाम्रो मझेरी(२०५७), पल्लवी सन्देश(२०५९), अभिव्यञ्जना(२०५९), हाम्रो सिर्जना(२०६१), स्रष्टा(२०६१), सरोजिनी(२०६२), सिराइचुली(२०६३), सञ्जीवनी(२०६४), प्रलेस चितवन(२०६४), गणतान्त्रिक कविता(२०६५), मध्य क्षितिज(२०६५), आदि साहित्यिक पत्रिकाहरु प्रकाशित भएको पाउँछौँ । यस्तैगरी हवाइपत्रहरुमा सुसेली(२०५०) अनुप्रस्था(२०५३), सौदामिनी(२०५४), प्रस्फुटन(२०६५), सेवा(२०६५), लगायत ‘उपहार’ र ‘नवपाञ्जली’ पनि प्रकाशित भएका छन् ।
यी ४५ वटा मध्ये केही निरन्तरता पाएका र क्रियाशील रहेका दर्ता गरिएका पत्रिकाहरुमा ‘सम्प्रेषण’, ‘मधुलिका’, ‘हाम्रो मझेरी’, ‘पल्लवी सन्देश’, ‘अभिञ्जना’, ‘पल्लव’, ‘हाम्रो सिर्जना’, ‘स्रष्टा’, र ‘सञ्जिवनी’ हुन् । दर्ता नभए पनि आजसम्म संस्थागत रुपमै सक्रिय रहेका पत्रिकाहरुमा वागीश्वरी, वेणी, मारुनी, नौलो राँको, चितवनको चिनो छहरो आदि हुन् । प्रगतिशील लेखक सङ्घको मुखपत्र ‘प्रलेस चितवन’ पनि यसै क्रममा देखिएको छ ।
यी ४५ वटा पत्रिकामध्ये केही पत्रिका भने बन्द भइसकेका छन् । आरन, प्रेरणा, पाइला र प्रवाह, जनसाहित्य आदि दर्ता भएका पत्रिकाहरु दोभान, प्रकाशपुञ्ज, रात्रीप्रकाश, नयाँ गोरेटो, तिर्सना, नयाँ जोश, बालकुमारी, कीर्ति, भृकुटी, जाँगर, इन्द्रकमल, नौलो समाज, ऋचा, गोधुली, सेरोफेरो आदि दर्ता नभएका लगायत पत्रिकाहरु बन्द भइसकेका छन् । अहिले त हवाइ पत्रिकाहरु पनि क्रियाशिल देखिदैनन् ।