Author Topic: साहित्यिक पत्रकारिता: अतीत र वर्तमान - डा. तुलसी भट्टराई  (Read 6940 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 734
नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित ‘साहित्यिक
पत्रकारिता’ विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र
साहित्यिक पत्रकारिता ः अतीत र वर्तमान

डा. तुलसी भट्टराई



पृष्ठभूमि
नेपालमा पत्रकारिताको प्रारम्भ साप्ताहिक पत्रिकाबाट भएको कुरा गोर्खापत्रको प्रकाशनबाट थाहा हुन्छ । वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री देव समशेरको सदासयताबाट प्रारम्भ भएको गोर्खापत्र २००७ सम्म करिव ४० वर्ष सम्म साप्ताहिक रुपमा प्रकाशित भएको थियो । २०१७ पछि मात्र गोर्खापत्र दैनिक रुपमा छापिन थालेको हो ।

त्यसबेला विशेष गरी २००७ छेउछाउका वर्षहरुमा करिब दर्जनजति साप्ताहिक प्रकाशित भएका थिए । दार्जीलिङ, देहरादून, वनारस आदि स्थानबाट प्रकाशित यस्ता साप्ताहिकहरुमा विशेष गरी निरङ्कुशतन्त्रका विरुद्ध आफ्ना अभिव्यक्तिहरु दिने गर्थे ।

२००७ को प्रजातन्त्रपछि यस्ता साप्ताहिक पत्रिकासँगै दैनिक पत्रपत्रिकाहरु पनि बृद्धि भए तर २०१७ काण्डपछि फेरि प्रतिबन्धित हुनुप¥यो । २०४६ पछि फेरि केही खुकुलो वातावरणसँगै दैनिक पत्रिकाहरुको सङ्ख्यामा बृद्धि भएपछि भने साप्ताहिक पत्रिका घटेका छन् । केही साप्ताहिक सक्रिय भए पनि प्रायः कुनै राजनीतिक नेता वा पार्टीका मुखपत्रका रुपमा रहेका छन् । स्वतन्त्र र निष्पक्ष साप्ताहिकको अभाव छ ।

यथार्थमा साप्ताहिक पत्रिकाहरु संस्थागत बनेर निष्पक्ष र स्वतन्त्र रुपमा रहन सक्ने अवस्था छैन । यस्ता साप्ताहिकहरु विशेषतः राजनीतिक र सामाजिक सुधारका संवाहक बनेर देखा परेका छन् तर पनि पत्रकारिताको विकासमा महŒवपूर्ण योगदान पुगेको छ । साथै साप्ताहिक पत्रिकामा प्रायः साहित्यिक कलम रहने गरेकाले साहित्यिक पत्रकारिताको विकासमा पनि योगदान पुग्दै आएको छ । यसरी मुलुकभरि दर्ता भएका समाचारमूलक पत्रपत्रिका २६०१ मध्ये प्रकाशित सङ्ख्या चाहिँ ७५८ वटा मात्रै देखिन्छ जसमध्ये दैनिक १३२, अर्धसाप्ताहिक ५, साप्ताहिक ५८३ र पाक्षिक ३८ वटा रहेका छन् । त्यसमा पनि छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली २०४९ को नियम ७ (२) मा तोकिएअनुसार अङ्क प्रकाशित गरेर नियमित प्रकाशित हुने पत्रपत्रिका भने ५५३ मात्र छन् ।

यसरी दर्ता भएका २६०१ मध्ये ५५३ पत्रपत्रिकामात्र नियमित रुपमा पाठकसामु आउने गरेको तथ्य प्रेस काउन्सिल नेपालको वार्षिक प्रतिवेदन २०६५ बाट थाहा हुन्छ ।

नेपाली र अङ्ग्रेजी बाहेक हिन्दी, मैथिली, भोजपुरी, लिम्बू, नेवारी, संस्कृत, थारू, तिब्बतीयन, तामाङ आदि भाषामा समेत पत्रपत्रिका प्रकाशित भएका छन् ।

२०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन एवं दशवर्षे जनयुद्धको संयुक्त परिणामस्वरुप “सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणमा सदनसँगै सम्पूर्ण जनजीवन लागेको छ । नयाँ संविधान निर्माण र शान्ति प्रक्रिया स्थापनासँगै लोकतान्त्रिक गणतन्त्रात्मक सरकार गठन नै आजको प्रमुख आवश्यकता हो ।

लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सम्पूर्ण प्रेस, सञ्चार जगत उत्साहित भएको छ । स्वतन्त्र अभिव्यक्तिसँगै मानव अधिकार संरक्षण हुने कुरामा प्रेस विश्वस्त भएको छ । आज हजारौँ पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन जस्ता सञ्चार माध्यमहरु सञ्चालित छन् । सरकारले ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’ भन्ने नारा अगाडि सारे पनि त्यस अनुसार योजना चाहिँ बनेको छैन ।

सञ्चार क्षेत्र अझै पनि सुरक्षित छैन । पत्रपत्रिकाको सङ्ख्या बढे पनि पत्रकारहरुको अवस्था दयनीय नै छ । त्यसमा पनि साहित्यिक पत्रकारिताको स्थिति झन् दयनीय छ ।
२०६५ सम्म दर्ता भएका पत्रपत्रिकाहरुको सङ्ख्या २६०१ छ । यी पत्रिकाहरु समाचारमूलक हुन् । जसमध्ये दैनिक ३८६, अर्धसाप्ताहिक २३, साप्ताहिक १८७१ र पाक्षिक ३२१ छन् । काठमाडौँ उपत्यकामा मात्र १२६० वटा पत्रपत्रिका (४८ प्रतिशत) दर्ता छन् भने बाँकी देशभरिमा १३४१ छन् । त्यसैगरी सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, जाजरकोट, दैलेख, मुगु र हुम्ला जिल्लामा कुनै पनि समाचारमुलक पत्रपत्रिका दर्ता भएका छैनन् ।

पाक्षिक, हिमाल, मासिक, कामना, दिशाबोध, नवयुवा, विमोचन, मूल्याङ्कन, सर्वोत्तम नारी, अन्तर्राष्ट्रिय मञ्च, सोपान, हाम्रो सम्पदा, उकाली, क्रसचेक, न्यू प्रोस्टिज नेवा, युग आस्था, हाम्रो जलजला, ललितकला, ताम्सालिङ, अपाङ्ग आवाज, थेमुङ, मनोहर, बुङबाखा, कलश, शब्दाङ्कुर, गुगुल्डी, छार गोङ्मा, चम्पक, मुजुरा, सहीबाटो, गौरी, अवसर, नारी उद्घोष, पूर्वाञ्चल दर्पण, सिन्धुयात्रा, हिमपात, मुन्धुम आदि पत्रिकाले विविध पारिवारिक, सामाजिक र मनोरञ्जनात्मक सामग्रीसँगै साहित्यिक पत्रकारिताको विकासमा समेत महŒवपूर्ण योगदान दिँदै आएका छन् ।

विधागत साहित्यिक पत्रिकामध्ये अभिव्यक्ति, उन्नयन, जनमत, नागार्जुन, रचना, शिवपुरी सन्देश, शब्दसंयोजन, नवज्योति, तेस्रो आयाम, कलश, शब्दाङ्कुर आदि नियमित र स्तरीय पत्रिकाको रुपमा प्रेस काउन्सिलको वार्षिक प्रतिवेदन २०६५ मा अङ्कित भएका छन् ।

प्रेस काउन्सिलको वार्षिक प्रतिवेदन २०६५ अनुसार ३६१ वटा रेडियो र २० वटा टेलिभिजन दर्ता भएका छन् भने ३० वटा अनलाइन सेवा सञ्चालनमा आएका छन् ।

दर्ता भएका २६१ एफएम रेडियो मध्ये दुई सय जति सञ्चालित छन् । त्यसैगरी २० वटा टेलिभिजन दर्ता भएकामा दसवटा सञ्चालनमा आएका छन्ः नेपाल टेलिभिजन, नेपाल टेलिभिजन प्लस, इमेज च्यानल, इमेज मेट्रो, च्यानल नेपाल, कान्तिपुर टेलिभिजन, एबिसि टेलिभिजन, नेशनल टेलिभिजन, एभिन्युज, न्युज २४ आदि ।

रेडियो, टेलिभिजन र अनलाइन सेवाजस्ता प्रसारण माध्यमबाट पनि साहित्यको प्रचारप्रसारमा निकै राम्रो योगदान पुगेको छ ।

साहित्य


 ** साहित्य हुनाको भाव, गुण, अवस्था÷साथ रहेको । कुनै देश वा जातिको व्यवहारिक वा भावनात्मक विषयहरुको सुरम्य लेख÷वाङ्मय ।

 ** जीवन र जगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रुप, गुण, भावुकता आदिका दृष्टिले सम्मिश्रण हुने वा रचिने हृदयस्पर्शी लेख÷ग्रन्थ ।

 ** साहित्यिक–साहित्यसँग सम्बन्धित वा साहित्यकार भन्ने बोधता ।

 ** साहित्य भनेको समाजको मूल्य, मान्यता र आकाङ्क्षाहरुको अभिलेख हो । त्यसैले साहित्य समाजको ऐना हो । साहित्य राष्ट्रको समसामयिक स्थितिको सूचक पनि हो । साहित्यले आफ्नो समाज कति विकसित छ भन्ने कुराको सङ्केत गर्छ । साहित्यले समाजका सम्पूर्ण विधि–व्यवहार र व्यक्तिका अकाङ्क्षाहरुको समेत आँकलन गरेको हुन्छ ।

 ** यसका साथै परम्परागत मूल्य, मान्यताहरुको समुचित संरक्षण गर्दै रष्ट्रियताको सम्बद्र्धन गर्नमा साहित्यकारहरुको विशेष योगदान रहेको हुन्छ ।
पत्रकारिता

 ** दैनिक, साप्ताहिक, पाक्षिक, मासिक आदिमा प्रकाशनका लागि समाचारहरुको सङ्कलन, चयन, सम्पादन, शीर्षक–निर्माण, प्रुफ–संशोधन, आवरण–पृष्ठसज्जा आदिका निम्ति गरिने कार्य पत्रकारिता हो ।

 ** प्रस्तुतीकरण, प्रकाशन र प्रसारणका लागि तात्कालिक रुचिको सामग्री सङ्कलन र सम्पादन गर्नु पत्रकारिता हो । पत्रपत्रिकाहको सञ्चालन लेखनकार्यका लागि गरिने व्यवसाय पत्रकरिता हो । पत्रकारिता सूचना र सञ्चार हो ।

 ** पत्रकारिता समाचारमा आधारित हुन्छ । टेलिभिजनको पर्दामा देखाइने विविध प्रकारका सचित्र खबरका साथ रेडियो र टेलिभिजनद्वारा प्रसारित गरिने, देखाइने सामग्री पनि पत्रकारितामै पर्दछन् ।

 ** आजको युग पत्रकारिताको युग हो । पत्रकारिता ज्यादै जटिल र गहन विषय हो ।
 


साहित्यिक पत्रकारिता

 ** साहित्यिक पत्रकारिता भन्नाले साहित्यिक जगत्मा चर्चित समाचारहरुको सङ्कलन, चयन, सम्पादन, शीर्षक छनौट र आवरण पृष्ठको साजसज्जा बुझिन्छ । साहित्यिक सामग्रीहरुको संयोजन र साहित्यिक गतिविधिमा केन्द्रित सामग्रीको प्रकाशन र प्रसारण गर्नु साहित्यिक पत्रकारिता हो ।
 ** वाङ्मयको अभिवृद्धिका दृष्टिले विभिन्न विधा (कविता, कथा, निबन्ध, एकाङ्की, यात्रासंस्मरण, समीक्षा आदि) का सामग्रीलाई राम्ररी सम्पादन गरी प्रकाशनमा ल्याइने काम साहित्यिक पत्रकारिताले गर्छ । यस्ता साहित्यिक पत्रपत्रिकालाई सम्पादन, संयोजन र प्रकाशन गर्ने व्यक्तिहरु साहित्यिक पत्रकार भनिन्छन् ।
 ** अर्थात् साहित्यिक रचनाहरुको सङ्कलन र चयनका साथै साहित्यिक पत्रिकाका निम्ति उपयुक्त हुने सामग्रीहरु सम्पादन गर्ने कार्य नै साहित्यिक पत्रकारिता हो । यस्तो कार्य गर्ने व्यक्ति साहित्यिक पत्रकार कहलाउँछ ।
 ** समाचार पत्रिकाको सम्पादन गर्नुभन्दा फरक हुन्छ । साहित्यिक पत्रिकाको सम्पादन गर्ने कार्य । साहित्यिक पत्रकारले समाचार पत्रकारभन्दा पनि विशिष्ट ज्ञान राख्नुका साथै तात्कालिक र सनसनीपूर्ण सामग्रीभन्दा दीर्घकालिक सामग्री तयार पार्नुपर्ने हुन्छ ।
 ** आफ्नो राष्ट्र र समाजका विभिन्न जातजाति, धर्म, परम्परा, रीतिरिवाज अर्थात् सम्पूर्ण सांस्कृतिक गतिविधिबारे अध्ययन–अनुसन्धान गरेर समयानुकूल सामग्री तयार पारेर प्रकाशन गर्नुपर्ने हुन्छ ।
 ** साहित्यिक पत्रकारमा भाषिक ज्ञान, समालोचकीय दृष्टि र जनअभिरुचि समेत बुझ्ने पारङ्गतता रहनु आवश्यक हुन्छ ।
 ** समाजमा चेतनामूलक साहित्यिक सामग्री फैलाउन आवश्यक साहित्यिक प्रवृत्ति र वातावरण तयार पार्नुपर्ने हुन्छ । विश्वमा देखापर्ने वा प्रचलित हुने गरेका नवीनतम मूल्य र मान्यताहरु÷धारणाहरु वाद र प्रवृत्तिहरुलाई समयसापेक्ष रुपमा आफ्ना पत्रिकाका माध्यमबाट पाठकसामु पु¥याउन सक्नुपर्छ ।
 ** अनि यसरी स्वदेशीय वा विदेशीय साहित्यले लिने गरेका नयाँ बाटाहरुलाई साहित्यिक पत्रिकाहरुले सामयिक लेख–रचना अथवा विशेषज्ञका अन्तर्वार्ता वा आफ्नै सम्पादकीय टिप्पणी आदिका माध्यमबाट प्रकाशनमा ल्याइरहनुपर्ने हुन्छ ।
 ** त्यसै गरी समाजमा पढ्ने अभिरुचिको विकास गर्न अथवा साहित्यप्रति सामाजिक रुचि निर्माण गर्ने कामको जिम्मा पनि साहित्यिक पत्रकारिताकै हो भने हुन्छ । त्यसकारण पनि साहित्यिक पत्रकारिता भनेको अति जटिल र गहन कार्य हो ।
 ** ‘मानिस सामाजिक प्राणी हो’ भनेर उल्लेख हुन थालेको कुरा सभ्यताको प्रारम्भिक चरणदेखि नै हो तर अझै पनि सामाजिकता सिकाइरहनुपरेको छ । माानिसलाई सामाजिकताको पाठ पढाइरहनुपरेको छ ।
 ** यसरी सामाजिक भाव जगाइदिने मध्ये साहित्यकार अग्रपङ्क्तिमा पर्ने हुँदा साहित्यिक पत्रकारिताकै माध्यमबाट समाजसम्म पुग्ने मार्गचित्र तयार पारिने हुँदा यस क्षेत्रको व्यापक र बृहत् दायित्व छ ।



sag

  • VIP
  • ******
  • Posts: 734
आधुनिकताको जग: साहित्यिक पत्रकारिता

 **   साहित्यिक रचनाहरुको सङ्कलन, चयन र सम्पादन कार्यसँग सम्बद्ध व्यक्तिलाई साहित्यिक पत्रकार भनिन्छ । साहित्यिक पत्रकारले समसामयिक वातावरणका सम्बन्धमा अध्ययन गर्छ, विभिन्न राष्ट्रका संस्कृति र साहित्यका बारेमा विशेष जानकारी लिन्छ । साहित्यिक पत्रकारले आफ्ना पत्रिकामा प्रकाशनार्थ आएका कृतिहरुको उचित मूल्याङ्कन गरी तिनलाई यथोचित रुपमा प्रस्तुत गर्छ ।
 **   समाजका साहित्यिक वातावरण तयार गरी समाजलाई चाहिने साहित्यिक प्रवृत्तिका विषयमा र साहित्यले लिएका मोडहरुका बारेमा साहित्यिक पत्रिकाहरुले समय–समयमा आफ्ना सम्पादकीय वा टिप्पणी तथा सामयिक विषयका लेखहरुका माध्यमबाट साहित्यिक वतावरणको निर्माण गर्दछ ।
 **   व्यक्तिमा पढ्ने बानीको विकास तथा सामाजिक रुचि निर्माणमा पनि साहित्यिक पत्रकारिताले योगदान पु¥याउँछ भन्ने कुरामा दुई मत हुने छैन ।
 **   नेपाली साहित्यको आधुनिककालीन इतिहास साहित्यिक पत्रकारितासँगै प्रारम्भ भएको हो । कविता, कथा, निबन्ध आदि प्रमुख विधाको आधुनिकीकरणमा वि.सं. १९९१ मा प्रकाशन प्रारम्भ भएको शारदा (साहित्यिक) पत्रिकाको महŒवपूर्ण योगदान रहेको कुरा सबैले सकारेका छन् ।
 **   त्यसो त विश्व साहित्यको अध्ययन गर्दा प्रायः साहित्यमा समसामयिक परिवर्तन अथवा नयाँ अध्यायको सूत्रपात गर्ने काम साहित्यिक पत्रिकाबाटै हुने गरेको पाइन्छ । साहित्यिक पत्रपत्रिकाकै मध्यमबाट साहित्यकारहरु माझिएका र खारिएका देखिन्छन् । नेपाली साहित्यको इतिहास निर्माणमा पनि साहित्यिक पत्रकारिताको हात रहेको छ । यसको प्रत्यक्ष उदाहरण शारदा अथवा पछिका पत्रिकाहरुको अध्ययन गर्दा प्रस्ट थाहा हुन्छ ।


स्रष्टाहरुको पाठशाला

 **   साहित्यिक पत्रिकाले साहित्यको संरक्षण र संवद्र्धनमा ठूलो योगदान पु¥यएको हुन्छ । साहित्य लेखन प्रत्येक लेखकको व्यक्तिगत अन्तःप्रेरणा हुन सक्छन् । एक्लै लेख्छ, पढ्छ, सच्याउँछ अनि फेरि पढ्छ र आनन्द लिन्छ ।
 **   कुनै पनि स्रष्टाका सिर्जना वा रचनाहरु पुस्तककारमा छापिएपछि पनि स्रष्टाले अफ्नो रचना वा कृतिको स्तर वा उपयोगिता थाहा पाउन निकै समय लाग्न सक्छ ।
 **   तर साहित्यिक पत्रिकामा एकैचोटि धेरै जनाको रचना छापिने हुँदा प्रत्येक स्रष्टाले परस्परका रचना पढेर तुलना गर्न पाउँछ । स्तर र शैली थाहा पाउँछ । यसकरण पनि पत्रिका भनेको स्रष्टाहरुको प्राथमिक साहित्यिक पाठशाला हो । जुन पाठशालाबाट पार भएपछि विश्वविद्यालयमा पुगिन्छ । यसरी साहित्यिक पत्रकारिता अर्थात् पत्रिका प्रकाशन हुनु भनेको स्रष्टाहरुको सामूहिक भावन, विचार र प्रतिभाको जागरण गराउनु हो ।


सूचना पत्रकारिताभन्दा पृथक्

 **   साहित्यिक पत्रकारिता यसकारण पनि निकै संवेदनशील र जटिल विषय हो । पत्रकारिता भनेकै संवेदनशील र जोखिम पेसा हो ।
 **   राज्यको चौथो अङ्ग घोषित पत्रकारिताजगत् विश्वकै महŒवपूर्ण र अनिवार्य बनेको छ । यद्यपि पत्रकारिता क्षेत्रमा कतिपय अवस्था र परिवेशअनुसार अर्धसत्य, भ्रामक, सनसनी फैलाउने र विवादित समाचार र विषयवस्तुको पनि स्थान रहेको हुन्छ । समाजलाई उद्वेलित र अन्योलम पारेर बििभनभ लक्ष्य साँध्नेहरु पनि सम्बद्ध हुने गर्दछन् पत्रकारितामा ।
 **   वस्तुतः साहित्यिक पत्रकारिता–समाचार पत्रकारिताभन्दा पृथक हुन्छ । यसमा क्षणिक र भ्रामक विषय राखिँदैन । साहित्यिक पत्रिका प्रायः मासिक, द्वैमासिक, त्रैमासिक वा चौमासिक हुने भएकाले यसप्रकारका क्षणिक र सनसनीपूर्ण विषयहरुको स्थान र प्रभाव एकप्रकार नगन्य रहन्छ ।
 **   साहित्यिक पाठकले यस्ता आवेश वा स्वार्थपूर्ण ढङ्गबाट प्रकाशित हुने सामग्रीप्रति ध्यान पनि दिँदैन ।
 **   हो–कतिपय अवसरमा साहित्यिक पत्रिकाहरुले पनि केही खोजखबरका, तात्कालिक प्रभावी सामग्री दिने गरेका छन् । कुनै–कुनै स्रष्टाहरुले कहिलेकाहीँ अरु स्रष्टाका रचना आहरण गरेर आफ्नो नाममा छपाएका कुराको सूचना साहित्यिक पत्रिकामा दिँदा निकै हल्लीखल्ली पनि मच्चिने गर्छ तर त्यस्तो कुरा कहिलेकाहीँ मात्र हुन्छ ।
 **   साहित्यिक पत्रकारिता भनेको सम्म–मैदानमा बग्ने नदीजस्तै हो । सधैँ एकनास । यसो भन्नुको आशय नदीजस्तै बगिरहने र सधैँ नयाँ–नयाँ विषय दिइरहने । नित्य नवीन हुन्छ–साहित्यिक पत्रकारिता ।


साहित्यिक पत्रिका र साहित्य
 **   मूलतः साहित्यिक पत्रिकाहरुको प्रकाशन उद्देश्य समाजमा साहित्यिक, सामाजिक, नैतिक, बौद्धिक एवम् आर्थिक चेतना जगाउनु रहेको देखिन्छ । जनसमुदायलाई भाषा–साहित्यबारे ज्ञान गराउनु, यस माध्यमबाट चेतना अभिवृद्धि गर्नु नैै साहित्यिक पत्रकारिताको मूल ध्येय रहेको पाइन्छ ।
 **   साहित्यमा पाठकहरुको रुचि बढाएर पढ्ने र पढाउने बानीको विकास गराउनु साहित्यिक पत्रिका प्रकाशनको प्रमुख उद्देश्य रहेको पाइन्छ । पत्रिकामा विविध विषय–कथा, कविता, निबन्ध, समालोचना एवम् मनोरञ्जनप्रधान सामग्रीहरु प्रकाशित गरिने हुँदा पाठकहरुले आफ्नो रुचिअनुसार पढ्न पाउँछन् । नैतिक, बौद्धिक खाले रचनाहरुले पाठकलाई आन्तरिक मस्तिष्कीय खुराक दिन्छ ।
 **   एकै ठाउँमा विभिन्न विषय प्रकाशित हुने भएकाले पुस्तकबाट भन्दा पनि यस्ता पत्रपत्रिकाबाट धेरै कुरा सिक्न पाइन्छ । त्यसकारण पनि साहित्यिक पत्रिकको योगदान अत्यधिक रहेको कुरा निसङ्कोच भन्न सकिन्छ ।
 **   साहित्यिक पत्रिकाले विशेषतः समकालीन वा नवोदित लेखकलाई ठूलो प्रोत्साहन दिन्छ । भर्खरैका सिकारु कलमलाई तिखार्दै लान योगदान दिन्छ । कुनै पनि नवलेखकको रचना छापिँदा उसले ‘पुत्रजन्मोत्सव’ जस्ता आनन्द पाउँछ ।
 **   प्रत्येक नवोदितले कृति तयार गर्नुअघि आफ्न रचनाहरु पत्रिकामा छपाउनु आवश्यक हुन्छ÷ठान्छ । पुस्तकका रुपमा आइसकेपछि सुधर गर्ने अवसर रहँदैन । तसर्थ एक दुईवटा रचना छापिएपछि तुरुन्तै आफ्नै रचना सुधार्ने अवसर पनि पत्रिकाले दिन्छ । साहित्यिक पत्रकारिताको सकारात्मक पक्ष हो यो ।

sag

  • VIP
  • ******
  • Posts: 734

नेपाली पत्रिकाको जन्म नेपालबाटै
 **   नेपाली पत्रपत्रिकाको इतिहासमा नेपाली पत्रिकाको जन्मकथा र विकास खोज्दा नेपालबाहिर आसाम, डुबर्स, दार्जीलिङ, देहरादून, बनारस आदि ठाउँहरुको यत्रा गर्नुपर्ने हुन्छ । यी ठाउँहरुमध्ये बनासरको प्रमुख स्थान रहेको थियो भन्ने बुझिन्छ । मोतीराम भट्टद्वारा हिन्दी भाषाबाट अनूदित गोर्खा भारत जीवन (वि.सं. १९४८ साउन) नै पहिलो नेपाली पत्रिका हो भनिँदै आएको छ । त्यसकारण मोतीरामले गोरखा भारत जीवन नामक नेपाली मासिक पत्रिका सम्पादित तथा प्रकाशित गरेका थिए भन्ने कुराको इतिहास बनिसकेको छ । विज्ञ अनुसन्धाताहरुले उक्त पत्रिकाको नमुना देख्न पढ्न नपाइएको कुरा लेखेको भए तापनि तत्कालीन समयमा प्रकाशित विज्ञापन र इतिहास चर्चाबाट उक्त पत्रिकाको अस्तित्व प्रमाणित भइसकेको छ ।
 **   यसैगरी मेतीरामले वि.सं. १९५० मा नेपालभित्रबाट अर्को पत्रिका निकालेका थिए भन्ने कुरा पनि जानकारीमा आइसकेको छ । सुधासागर (वि.सं. १९५५) दोस्रो नेपाली पत्रिका मानिएको छ तर यी दुई वटै पत्रिकालाई विवेचना गर्ने आधार फेला नपरेको हुँदा इतिहास निर्माताको रुपमा मात्र मान्दै आएका छन् ।
 **   नेपालभित्र प्रकाशित पत्रपत्रिकामध्ये वि.सं. १९५८ मा प्रकाशित गोर्खापत्र भने प्रमाणित प्रथम पत्रिका हो भन्ने कुराचाहिँ निश्चित छ । एक सय सात वर्षदेखि निरन्तरता दिएर नेपाली वाङमय क्षेत्रमा अद्वितीय बन्ने सौभाग्य पनि यसैले पाएको छ ।
 **   यसरी हेर्दा नेपाली पत्रिकाको जन्म नेपालभित्र भएको हो भनेर ठोकुवा गर्न सकिन्छ । गाोरखापत्र सुदृढ र व्यवस्थित भएको एक दशकपछि मात्र भारतीय नेपाली क्षेत्रबाट पत्रपत्रिका प्रकाशन हुन थालेको कुराका उदाहरण हुन्– सुन्दरी (वि.सं. १९६४), माधवी (वि.सं. १९६५), चन्द्र (वि.सं. १९७१), गोर्खाली (वि.सं. १९७२), उदय (वि.सं. १९९३) आदि पत्रिकाहरु ।
 **   वि.सं. १९९१ देखि ऋद्धिबहादुर मल्लद्वारा सम्पादित शारदा प्रकाशन हुन थालेपछि साहित्यिक पत्रकारिताको क्षेत्रमा नयाँ युगको थालनी भएको कुरा निर्विवाद छ । शारदाको प्रकाशनले साहित्यिक पत्रकारितामा मात्र होइन साहित्य क्षेत्रमा समेत नयाँ युग जन्माएको कुरा विज्ञहरुले सकारिसकेका छन् । शारदाले यस क्षेत्रमा बनाएको इतिहास सधैँ अमर रहनेछ ।
 **   त्यसपछि सूर्यभक्त जोशीद्वारा सम्पादित उद्योग (१९९५), हृदयचन्द्रसिंह प्रधानको साहित्यस्रोत (२००४), देवीप्रसाद रिमालको सम्पादनमा आँखा (२००५), शेषराज रेग्मीद्वारा सम्पादित पुरुषार्थ (२००६) श्यामप्रसाद शर्माको सम्पादनमा पर्साबाट प्रकाशित सेवा (२००८) आदि प्रकाशित भएर क्रमशः साहित्यिक पत्रकारिताको उर्वरभूमि तयार पार्ने क्रम विकसित हुँदै आजको यस अवस्थासम्म आइपुगेको हो ।


भारतमा नेपाली साहित्यिक पत्रकारिता

 **   नेपाली साहित्यिक पत्रकारिताको चर्चा गर्दा भारतीय विभिन्न प्रान्त र क्षेत्रका नेपालीहरुले यस क्षेत्रमा पु¥याएको योगदानबारे उल्लेख नगरी हुँदैन । २००७ भन्दा अघिको नेपाली भाषासाहित्यको विकास नेपालभित्रभन्दा बाहिरबाट नै बढी भएको थियो भन्न हिचकिचाइरहनु पर्नेछैन । यो यथार्थ हो ।
 **   २००७ सम्म नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अपहरण, छापाखानाको अभाव, शैक्षिक वातावरण शून्यता जस्ता विविध कारणले नेपाली युवाहरु शिक्षा आर्जन अथवा सम्पत्ति आर्जनका लागि भारतका विभिन्न क्षेत्रमा जाने गर्दथे । भारतमा पत्रपत्रिका एवम् पुस्तकको मुद्रण र शैक्षिक वातावरणबाट प्रभावित त्यस बेलाका नेपालीहरु नेपाली भषामा पनि केही गर्नुपर्ने अठोट राखेर पत्रपत्रिकाहरु प्रकाशनतर्फ लागे । यसरी साहित्यिक पत्रकारिता क्षेत्रमा त्यो बेला नेपाल र भारत दुवैतिरका तात्कालीन नेपाली युवाहरुले ठूलो योगदान पु¥याएका थिए ।
 **   भारतका विभिन्न ठाउँहरुमा विभिन्न थरिका पत्रपत्रिकाहरुको जन्म भयो । जुन कार्यमा नेपालबाट निर्वासित अथवा अध्ययन गर्न गएका व्यक्तिहरुका साथै भारतभित्रका नेपालीहरुको समेत ठूलो योगदान रह्यो ।

केही पत्रपत्रिकाको विवरण
 **   दार्जीलिङबाट गोर्खे खबर कागत (वि.सं. १९५८), चन्द्रिका (वि.सं. १९७४), आदर्श (वि.सं. १९८६), नेपाली साहित्य सम्मेलन पत्रिका (१९८८), पछि गएर दियालोको रुपमा प्रकाशित हुन थाल्यो । गोर्खाली (वि.सं. १९७२), नेबुला (वि.सं. १९९२), गाउँ सुधार पत्रिका (वि.सं. १९९६), खोजी (वि.सं. १९९७), गोर्खा (वि.सं. २००१), पुकार (वि.सं. २००५), भारती (वि.सं. २००६), साथी (वि.सं. २००६), हाम्रो कथा (वि.सं. २००६), शिक्षा (वि.सं. २००६), तेस्रो आयाम (२०१२) आदि ।
 **   पछिल्ला चरणमा हिमाललोक, पराग, सगुन, चियाबारी, बैँसालु, आदि उल्लेख्य छन् ।
- देहरादुनबाट गोर्खा खबर (वि.सं. १९७०), गोर्खा सन्सार (वि.सं. १९८३), तरूण गोर्खा (वि.सं. १९८५) आदि ।
- सिलाङबाट गोर्खासेवक (वि.सं. १९९२), फिलिङ्गो (सन् १९७५), आशा (सन् १९६४) आदि ।
- आसामबाट ब्रह्मपुत्र (सन् १९६४), विन्दु (सन् १९६१) आदि । मजफरपुरबाट क्रान्तिकारी (वि.सं. २००५), दिल्लीबाट गोर्खा समाचार (वि.सं. २००१), जवन (वि.सं. २००५) आदि ।
- पटनाबाट नेपाल पुकार (वि.सं. २००६) मुख्य रहेका छन् ।
- सिक्किमबाट अपतन साहित्यिक संस्थाद्वारा प्रकाशित अपतन पत्रिकाको यस क्षेत्रमा महŒवपूर्ण योगदान रहेको छ । अन्य पत्रिकाहरुमा कञ्चनजङ्घा (वि.सं. २०१४), सुनाखरी (२०१६), ध्रुवतारा, प्रगति, तीनधारा, लालुपाते, स्रष्टा, अर्चना, मुनाल, निर्माण, प्रतिबिम्ब, दुधेरी, बिनायो इत्यादि मुख्य हुन् ।

बनारसको योगदान

 **   नेपाली साहित्यको चिन्तन–मनन, सम्पादन, प्रकाशन, शिक्षण आदि कार्यमा बनारसको प्रमुख भूमिका रहेको कुरा प्रस्तुत आधारहरुबाट प्रष्ट हुन्छ । बनारसको साहित्यिक पत्रकारिताबारे यसरी छुट्टै शीर्षकमा व्याख्या गर्नु सान्दर्भिक छ । किनभने बनारसको नेपाली सहित्यिक गतिविधिको विकास नेपालभित्रकै प्रगति र उत्थानमा सहयोग पु¥याउने उद्देश्यले गरिएको थियो ।
 **   त्यस बेला उपन्यास तरङ्गिणी (वि.सं. १९५९) र सूक्ति सुधा (वि.सं. १९६१) नामक संस्कृत मासिक पत्रिकाको योगदान उल्लेखनीय भएझैँ राममणि आ.दि., देवीदत्त पराजुली र सोमनाथ सिग्देलहरुले निकालेको सुन्दरी (वि.सं. १९६४) र माधवी (वि.सं. १९६५) पत्रिकाको नेपाली साहित्यको इतिहासमा ठूलो योगदान रहेको छ । माधवप्रसादको सम्पादनमा निस्किएको चन्द्र (वि.सं. १९७१) साप्ताहिक । खरदार कृष्णप्रसाद् कोइराला र सुब्बा देवीप्रसाद सापकोटाको साप्ताहिक गोर्खाली (वि.सं. १९७३) र मासिक जन्मभूमि (वि.सं. १९७९) ले पनि यस क्षेत्रमा राम्रो इतिहास बनाएका थिए ।
 **   आशुकवि शम्भुप्रसादको साप्ताहिक पत्रिका राजभक्ति (वि.सं. १९८३), पनि उल्लेखनीय छ । काशीबहादुर श्रेष्ठको सम्पादनमा वि.सं. १९९३ देखि निस्किएको उदय मासिक पत्रिकाको छुट्टै अस्तित्व छ । उदयले त्यस बेला नेपाल र भारत दुवैतिर प्रसिद्धि पाएको थियो ।
 **   महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रधान सम्पादकत्वमा निस्किएको युगवाणी (वि.सं. २००४) साप्ताहिकको आफ्नै विशेषता छ । नारायणप्रसाद भट्टराईको सम्पादनमा निस्किएको दीपक पनि लोकप्रिय भएको थियो ।
 **   बनारसबाट २०३१ मा तीन महिने नौलो पाइलो (वि.सं. २०१२) को चार अङ्क प्रकाशित भएपछि २०१४ देखि नेपालबाट प्रकाशित भयो । तर यति मात्रले पनि नेपाली साहित्यमा झर्रोवादको प्रयोग तथा भाषासुधार र समाज सुधारका सन्दर्भमा यस पत्रिकाले साहसिलो पाइलो चलाएको हो ।
 **   काशी हिन्दू विश्वविद्यालयका नेपाली छात्र सङ्घको वार्षिक मुखपत्र छात्र, संस्कृत परिषद् वाराणसीको मुखपत्र छत्रदूत, अलिख बनारस नेपाली छात्र सङ्घको वार्षिक छत्रवाणी मुखपत्रले आफ्नो समयमा उल्लेखनीय काम गरे ।
 **   नेपाली समाज, संस्कृति, भाषा र साहित्यको इतिहासमा बनारसबाट प्रकाशित नेपाली पत्रपत्रिकाले महŒवपूर्ण योगदान पु¥याएको कुरा सर्वस्वीकृत छ । नेपाली सहित्यिक पत्रकारितासँगै लेखक, कविहरुमा ऊर्जा भर्ने काम पनि यी पत्रिकाहरुबाट भएको थियो ।

बनारसबाट वि.सं. १९४३ देखि यता प्रकाशित भएका केही मुख्य पत्रिकाहरुको विवरण यसप्रकार छ:
- साप्ताहिक: गोरखाली, राजभक्ति, युगवाणी, मानवजीवन (हिन्दी–नेपाली)
- पाक्षिक: जनयुग, नेपालपत्र ।
- मासिक: गोरखा भारत, जीवन, उपन्यास, तरङ्गिणी, सूक्तिसुधा (संस्कृत), माधवी, चन्द्र, जन्मभूमि, उदय, सर्वहितैषी पत्रिका, पुरुषार्थ, दीपक, आमा, विश्वसन्देश (नेपाली, हिन्दी, संस्कृत), तरूण आदि ।
- त्रैमासिक: नौलो पाइलो, रहर । अर्धवार्षिक ः सन्देश ।
- वार्षिक÷सामयिक: छात्र (नेपाली–अङ्ग्रेजी), छात्रदूत, छात्रवाणी, ज्योति, मुनो, उजेली, कोपिला, छात्रपथ, छात्रप्रभा, सन्देश, सुमन, नयाँ पाइलो, कोशीको लहर, कोशीको सुषमा, मुर्चुङ्गा, वाणी साधना, भानु, उदय, कल्याणी, बिहानीपख, समर्पण, मञ्जरी, अक्षर, विश्व नेपाली सङ्घको बुलेटिन, नेपाली साहित्य सम्पर्क समितिको ‘सँगालो’, एकता, प्रवास, गुञ्जन आदि । यी केही उदाहरण मात्र हुन् ।

sag

  • VIP
  • ******
  • Posts: 734
साहित्यिक पत्रकारिताको विकासमा २००७–०१७

 **   २००७ सम्म लेखक–कविहरु प्रायः आफ्ना रचनाहरु प्रकाशित गर्न सक्ने स्थितिमा थिएनन् । त्यस बेलाको शासनसत्ता प्रतिकूल भए तापनि त्यस बेलासम्म करिब एक दर्जनजति पत्रिकाहरु प्रकाशित भएका थिए । यिनै पत्रिकाहरुमा स्रष्टाहरुका केही रचनाहरु छापिने गर्थे । गोरखापत्र र शारदाले दर्जनौँ लेखकहरु जन्माएको कुरा इतिहास बनिसकेको छ । प्रजातन्त्र प्रप्तिपछि राजनीतिक स्वतन्त्रतासँगै सबै क्षेत्र खुला भयो । भाषा, साहित्य, कला, संस्कृतिको विविध पक्ष विस्तारै फैलिन थाले । तर पनि सात–सत्रको दशकले त्यति ठूलो साहित्यिक उपलब्धि भने दिन सकेको देखिँदैन ।
 **   यस दशकमा साहित्यिक पत्रकारिताभन्दा समाचार पत्रकारिता बढी ऊर्जावान् भएको देखिन्छ । त्यति बेला सबैलाई प्रजातन्त्र प्राप्तिको खुसियालीले तानेको हुन सक्छ । त्यसकारण प्रायः त्यस बेलाको बौद्धिक क्षेत्र राजनीतिक–प्रजातान्त्रिक अभ्यासमा बढी केन्द्रित भएको होला । त्यति बेला साहित्यिक पत्रकारिताको विकास भएको थिएन भन्ने कुराचाहिँ होइन । यो पक्ष पनि सक्रिय नै थियो तर खुला परिवेश जति हुनुपथ्र्यो त्यतिचाहिँ नभएकै हो । यस दशकभित्र प्रकाशित केही पत्रिकाहरुको विवरण–
ड्डइन्द्रधनु (२००८), महिला (२००८), जागृति (२०१०), विद्यार्थी (२०१०), प्रतिभा (२०१०), कोपिला (२०१०), प्रगति (२०१०) इन्द्रेणी (२०१३), धरती (२०१३), भृकुटी, शान्ति (२०१४), दीपशिखा (२०१५), सिर्जना (२०१७), दर्पण (२०१७), डाँफेचरी (२०१०), कोसेली (२०१०), जनसाहित्य (२०११), साहित्य (२०१६), छहारी (२०१५), कलाकार (२००९), आह्वान (२००९), प्रहरी (२०१६), नेपाली (२०१६), जुनेली (२०१५) आदि ।

साहित्यिक पत्रकारिताको उर्वरकाल
 **   २०१७ मा प्रजातन्त्र खोसिएपछि राजनीतिमुक्त–निरङ्कुश वातावरणमा पनि साहित्यकारहरुले आफ्नो काम गरिरहे । जुन कारणले गर्दा अभिव्यक्ति प्रकट गर्न अप्ठ्यारो बेला ०१७–०२७ को दशक विशेष गरी साहित्यिक पत्रिकाका निम्ति अत्यन्तै मलिलो समय रहेको कुरा विज्ञहरु बताउँछन् । राजनीतिक सक्रियता र अन्य स्वतन्त्र गतिविधि नभएका कारण पनि लेखक–बुद्धिजीवीहरु पत्रिकाका माध्यमबाट आफ्ना अभिव्यक्ति जनसमक्ष ल्याउन साहित्यतर्फ लागेको कुरा प्रस्ट हुन्छ ।
 
**   २०१७ पछि प्रकाशित पत्रिकाहरुमध्ये रुपरेखाको स्थान अग्रणी मानिन्छ । त्यसो त अन्य पत्रिकाहरुको पनि भूमिका प्रशस्तै रहेको छ । यस बेलाका केही पत्रिकाहरु ः कविता (२०१७), रुपरेखा (२०१७), इन्दु (२०१७), स्वास्नीमान्छे (२०१७), रत्नश्री (२०२०), कल्पना (२०२२), मुकुट (२०१९), पूर्णिमा (२०१९), हिमानी (२०१९), भानु (२०२०), बगैँचा (२०१८), रचना (२०१८), अरूणोदय (२०२०), कविता (२०२१), रमझम (२०२१), सगुन (२०२१), हाम्रो संस्कृति (२०२२), प्रवाह (२०२२), आकाङ्क्षा (२०२३), गुराँस (२०२३), प्राचीन नेपाल (२०२४), नेरावि (२०२४), प्रतीक्षा (२०२५), मधुपर्क (२०२५), विश्व (२०२६), रेवा (२०२६), सामग्री (२०२६), सुनगाभा (२०२७), प्रतीक (२०२७), सुस्केरा (२०२६), सञ्चय (२०२७), अभिव्यक्ति (२०२७), प्रज्ञा (२०२७), शिलान्यास (२०२७), आमा (२०२८), गुनकेसरी (२०२९), इन्दु, बिहान, तुवाँलो, पारिजात, सिउँडी, बान्की, विदेह (२०३०), सङ्कल्प, सन्दर्भ, सन्सार, बरगाछी आदि । यस अवधि अर्थात् चालीसको दशक प्रारम्भ हुने बेलासम्म एक सयभन्दा बढी साहित्यिक पत्रिकाहरु प्रकाशित भएका थिए । यसरी यो अवधिमा साहित्यिक पत्रकारिता निकै फस्टाएको देखिन्छ ।

 **   साहित्यिक पत्रकारिता जगत्को विकासमा विशेष येगदान दिँदै आएका अन्य केही पत्रपत्रिकाहरुको विवरण यसप्रकार छ ः
 **   जनमत, सुगन्ध, गरिमा, मिर्मिरे, प्रतिभा, रहर, आकाश, यद्यपि, दायित्व, साहित्य जगत्, प्रणव, चिचिला, साथी, आँधीखोला, मिथिला, हिमशिखर, विवेक, रत्नश्री, समुन्नयन, तन्नेरी, दोभान, नदी, साहित्य सागर, नवीनता, चड्कन, झङ्कार, श्रीजा, सारस्वत, समष्टि, नव माध्यम, गोलाद्र्ध, नेपाल, कल्पवृक्ष, सौरभ, घुयेँत्रो, उन्नयन, शिवपुरी सन्देश, प्रतिभा, नव कविता, बगर, समकालीन, सयपत्री, सगर, प्रलेस, साँग्रिला, प्रयोग, कलम, बन्दना, जुही, सालघारी, अनुराग, सम्प्रेष्पाण, विपुल, सासङ्क, वेदना, आरोहण, दीपशिखा, साहित्य सौगात, मनोभाव, मजबुन, प्रणयन, गुञ्जन, मन्जुषा, रश्मि, वनिता, लिब्जुभुम्जु, चान्द्रमसी, प्रज्ञा, शब्दपथ, परिमार्जन, सूर्योदय, जस्केलो, वनिता, दौँतरी, थुम्को, झरना, अक्षर, मातृभूमि, हाम्रो मझेरी, पुष्पाञ्जली, झरना, आगमन आदि ।

 **   यसैगरी युगान्तर, नागर्जुन, नवआकाङ्क्षा,, मुस्कान, साथी, पल्लव साहित्य सन्ध्या, दिनारम्भ, विश्वदीप, मालिका, शब्द–संयोजन, शब्दाङ्कुर, गुगुल्डि, कलम, फित्कौली, कल्पतरु, नेपाल–संस्कृति, हाम्रो सिर्जना, पल्लव, नवप्रज्ञापन, निर्झर, अन्तर्बोध, अन्यथा, क्षलोक, अंशु, कौशिकी, अभिनव, समकालीन नेपाली साहित्य, थौं कन्हें (नेपालभाषा), तादी, आकलकुसुम, हिमाली गुराँस, अविश्रान्त आदि ।

 **   तर यीमध्ये केही पत्रिकाहरु यति बेला प्रकाशनमा देखिन छाडेका छन्् ।

पारिवारिक मासिक पत्रिका
 **   पारिवारिक मासिक पत्रिकाहरुका माध्यमबाट पनि साहित्यका विविध विधाहरु– कथा, कविता, संस्मरण आदि प्रकाशित हुने गर्दछन् । साहित्यिक पत्रकारिताको विकासमा यस प्रकारका पत्रिकाहरुबाट पनि योगदान पुगेको हुन्छ । उदाहरणका लागि केही पत्रिकाहरुको नाम लिनु सान्दर्भिक हुनेछ ः
 **   विमोचन, सर्वोत्तम, तथ्यकथा, युवामञ्च, अप्सरा, अन्तर्राष्ट्रिय मञ्च, एक्काइसौँ शताब्दी, नवयुवा, कमना, सधना, सूर्य, समानता, विदुषी, गीताञ्जली, अभिसारिका, आराधना, सुखी संसार, स्पर्श, अस्मिता, काठमाडौँ टुडे आदि करिब तीन दर्जन यस्ता पत्रिकाहरु सक्रिय रहेका छन् । यस्ता पत्रिकाहरुमा पनि कथा, कविता अथवा अन्य साहित्यिक सामग्री दिने हुँदा मानिसहरुको पढ्ने बानीको विकास गर्नुका साथै साहित्यमा सघाउ पुगेको छ भन्न सकिन्छ ।
सामयिकी, वार्षिकी र उत्सवी पत्रिका
 **   राजधानी र नेपालभरिकै विभिन्न सङ्घ–संस्थाहरुबाट विभिन्न अवसरमा सयौँ पत्रपत्रिकाहरु प्रकाशित भएका छन् । शिक्षण संस्थाहरु विशेष रुपमा यस्ता पत्रिका प्रकाशनका निम्ति अग्रपङ्क्तिमा रहने गरेका छन् । केही त्रैमासिक, अर्धवार्षिक र अधिकांशरुपमा वार्षिक र सामयिक सङ्कलनका रुपमा प्रकाशित हुने गरेको यस्ता पत्रिकाहरुको विवरण देशभरिका हजारभन्दा बढी हुन सक्छन् । माध्यमिक विद्यालयीय किशोर प्रतिभाहरुदेखि क्याम्पस, विश्वविद्यालयस्तरसम्मका विशेष गरी माोफसलका युवा प्रतिभाहरुले आफ्ना प्रतिभा देखाउने अवसर यस्तै पत्रपत्रिकाका माध्यमबाट पाउने गर्दछन् । साथै यस प्रकारका पत्रपत्रिकाहरुले पनि साहित्यिक पत्रकारिताको विकासमा निकै ठूलो टेवा दिएका छन् । यस्ता पत्रिकाहरुको उल्लेख गर्न निकै धेरै समय र प्रयासबाट मात्र सम्भव छ ।
 **   विभिन्न सङ्घ सङ्गठन, संस्था र विविध क्षेत्रहरुबाट प्रकाशित हुने सामयिक सङ्कलन एवम् उत्सवी अर्थात् सङ्घ–संस्था, शिक्षण केन्द्र आदिका वार्षिकोत्सव, दशकोत्सव, रजत र स्वर्ण महोत्सव आदिमा प्रकाशित हुने पत्रिका र स्मारिकाहरुबाट साहित्यको विकासमा ठूलो योगदान पुगेको हुन्छ । नियमित प्रकाशित नहुने, आफ्नो अनुकूलअनसार समयसमयमा प्रकाशित हुने यस्ता पत्रपत्रिकाको क्षेत्र २०३० को दशकमा अत्यन्तै उर्वर भएको थियो । त्यस अवधिमा धेरैजसो पत्रपत्रिकाको दर्ता खारेज गरिएको र नयाँ पत्रिका दर्ता नगरिदिने हुँदा सामयिक सङ्कलनका रुपमा पत्रिक प्रकाशनको लहर नै चलेको थियो । यता आएर पनि यस्ता पत्रपत्रिका प्रशस्तै छापिने गरेका छन् ।
 **   त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, एवम् प्रवासी नेपालीसँग सम्बद्ध सङ्घ–संस्थाहरुबाट पनि पत्रपत्रिकाहरु प्रकाशित हुने गरेका छन् । यसबाट पनि साहित्यिक पत्रकारितालाई योगदान पुगेको छ । संस्था, प्रतिष्ठान, पुस्तकालय, दूताबास वा अन्यत्रबाट प्रकशित हुने मुखपत्र, सामयिक सङ्कलनहरु पनि निकै स्तरीय र सङ्ग्रहणीय हुने गर्दछन् । उल्लेख भएका सबैखाले पत्रिकाहरुले साहित्यिक पत्रकारिताको विकासमा कुनै न कुनै प्रकारले सहयोग पु¥याइरहेका हुन्छन् ।


गोजिका र हवाइपत्र
 **   २०२७ मा कवि हरिभक्त कटुवालले ‘गोजिका’ नामको सानो पत्रिका निकालेर नौलो प्रयोग सुरु गरेका थिए । पछि गएर थुप्रै गोजिकाहरु निस्किए । त्यस्तै २०३३ मा विनय कसजु र विजय सागरले पाल्पाबाट हवाइपत्रमा लघुकथा सङ्ग्रह प्रकाशन गरेर अर्को नयाँ अध्याय थपेका थिए ।
 **   पछि साहित्यिक हवाइपत्रहरु पनि थुप्रै प्रकाशित भए । यी दुवै खाले प्रयोगले नेपाली साहित्यिक पत्रकारितामा नयाँ आयामको कुरा सम्झनैपर्ने हुन्छ । पाठकलाई छोटो र चोटिला सामग्री दिनुपर्ने रहेछ भन्ने कुराको उदाहरण हुन्– यी दुवै प्रयोगहरु । अहिले यो प्रयोग प्रायः स्थगितझैँ देखिन्छ ।
 **   केही हवाइपत्र ः उत्प्रेरणा (गोर्खा), उद्यान (मकवानपुर), उब्जनी (काठमाडौँ), काँचुली (पाल्पा), कोपिला (काठमाडौँ), जिरीदीप (दोलाखा), जुनकीरी (मकवानपुर), तरङ्ग (तनहुँ), नव प्रज्ञान (बारा), नव सृजना (सिन्धुली), पाथीभरा (रौतहट), प्रवाह (भक्तपुर), प्रोत्साहन (उदयपुर), बाडुली (चितवन), शब्दसङ्ग्राम (काठमाडौँ, सञ्जीवनी (काठमाडौँ), सन्देश (काठमाडौँ), सुदामा (खोटाङ), सौगात (लमजुङ) आदि ।


पत्रिकासँगै कृतिको जन्म
 **   कतिपय साहित्यिक पत्रिकाका प्रकाशक÷सम्पादकले एकैचोटी पत्रिका र कृति तयार पारी प्रकाशित गर्ने गरेका छन् । यस्तो प्रक्रियाअन्तर्गत प्रेसमा एक हजार छापिएको सामग्रीलाई २०० जति पत्रिकाका रुपमा निकाल्ने र बाँँकीलाई कृतिका रुपमा प्रकाशन गरेर जनसमक्ष ल्याइने गरिन्छ । कविता विशेषाङ्क, लघुउपन्यास अथव लेखहरुको सङ्कलन, एउटै लेखकका एउटै विधाका रचना वा कथा, उपन्यास आदि पत्रिका विशेषाङ्क भनेर छापिने अनि पछि कृति पनि बनाउने गरिन्छ । पत्रिकाका रुपमा केही विज्ञापन उठ्छ र छपाइ खर्च चल्छ । त्यसैबाट पुस्तक पनि तयार हुन्छ ।
 **   यदि साहित्यिक पत्रकारिता क्षेत्रमा केही सुविधा मिल्ने हो भने सम्पादकले यसरी दोहोरो कष्ट झेल्नुपर्ने थिएन ।
 **   अनि यो परम्पराको थालनीचाहिँ नेपालको जेठो साहित्यिक पत्रिका सुधासागरबाटै भएको पाइन्छ । सुधासागरमा छापिएका १८ वटा कवितालाई कवितासङ्ग्रहका रुपमा वि.सं. १९५६ मा छापिएको थियो ।
 **   वि.सं. २०६७ सम्म पनि यो परम्परा केही पत्रिकाहरुले जीवितै राखेका छन् । साहित्यिक पत्रकारिताको यस बाध्यात्मक स्थितिमा परिवर्तन आउन नसके पनि साहित्य जगत्ले भने दोहोरो फाइदा (साहित्यिक पत्रकारिता र कृति) एकैचोटी पाउने गरेको छ ।

समाचारपत्रको साहित्यिकता
 **   साहित्यिका पत्रकारिताको विकासमा साप्ताहिक र दैनिक समाचार पत्रिकाको समेत महŒवपूर्ण भूमिका रहेको हुन्छ । यस निम्ति सबैभन्दा पहिले नेपालको जेठो समाचारपत्र गोरखापत्रलाई प्रमुख उदाहरणका रुपमा लिनुपर्छ । गोरखापत्रले आफ्नो एक सय सात वर्षको इतिहासमा सयौँ व्यक्तिलाई पत्रकारिता एवम् साहित्य लेखनको अभ्यास र शिक्षा दिँदै आएको छ । २००७ सम्म त प्रायः लेखक–कविहरुको प्रतिभा देखाउने साधन गोरखापत्र नै थियो ।
 **   राजा ‘जयपृथ्वीबहादुरले सञ्चालन गर्दाको (वि.सं. १९५९–१९७०) दश स्वर्ण दशक मानिन्छ– गोरखापत्र साहित्यिक प्रकाशनक लागि । त्यसपछि पनि गोरखापत्रमा साहित्यिक प्रकाशन भइरह्यो । विगत चार दशकदेखि गोरखापत्रले ‘शनिवासरीय विशेषाङ्क’ का रुपमा कथा , कविता, निबन्ध, समालोचना, यात्रासंस्मरण आदि प्रकाशन गरेर साहित्यिक पत्रकारिताको धर्म समेत थाम्दै आएको छ ।
 **   त्यसै गरी कान्तिपुरले पनि साहित्यिक स्तम्भका साथै शनिबारे साहित्यिक विशेष सामग्री समेत दिने गरेको छ । हिमालय टाइम्स र समाचारपत्रले पनि नियमित साहित्यिक स्तम्भ राखेका छन् । कतिपय साप्ताहिक पत्रिकाले पनि साहित्यिक स्तम्भ राखेर यस क्षेत्रमा टेवा पु¥याएका छन् । समाचारमूलक पत्रिकाहरुबाट साहित्य सेवामा जुन योगदान भएको छ, त्यो अझ बढ्दै गएमा साहित्यिक पत्रकारितालाई टेवा मिल्नेछ भन्ने कुरामा साहित्यिक पत्रकारहरुले विश्वस्त हुने ठाउँ पर्याप्त छ ।

sag

  • VIP
  • ******
  • Posts: 734
विद्युतीय–साहित्यिक पत्रकारिता
 **   प्रायः विद्युतीय सञ्चार माध्यम भन्नाले नेपालका रेडियो र टेलिभिजन नै मुख्य रुपमा नाम लिनुपर्ने क्षेत्र हुन् । यद्यपि श्रव्य र श्रव्यदृश्य– यी दुवै साधन सूचना–सञ्चारका मुख्य बाहक हुन् । समाचार र अन्य जनचेतनापरक सामग्री प्रवाह गर्नु यी दुवैको मुख्य उद्देश्य हो । त्यसो भए तापनि यी दुवै क्षेत्रबाट आ–आफ्नो प्रसारणकालदेखि नै केही मात्रामा भए पनि साहित्यिक सामग्रीहरु प्रसारित हुने गरेका छन् । तर रेडियोले महिनामा दुई घण्टा र टेलिभिजनले एक घण्टा समय मात्र साहित्यलाई दिने गरेको कुरा भने त्यति प्र्रशंसनीय मानिहाल्नु हुँदैन ।
 **   २०४७ पछि रेडियोका विभिन्न एफ.एम सेवा प्रारम्भ र सञ्चालन हुँदै आएका छन् । अहिलेसम्म ८१ ओटा एफ.एम. रेडियोले सञ्चालन अनुमति पाइसकेका छन् । त्यसै गरी आधा दर्जन टी.भी. च्यानल सञ्चालित छन् । प्रायः यी सबै सञ्चारमाध्यमबाट साहित्य–संस्कृतिबारे यदाकदा केही चर्चा–परिचर्चा हुने गरेको छ ।
 **   कम्प्युटरको विकाससँगै वेभसाइट, इन्टरनेट पत्रकारिता पनि फैलिएको छ । ‘साइबर साहित्य’ नामबाट पनि साहित्यको चर्चा हुन थालेको छ । त्यसो त मोबाइल फोनबाट प्रसारण हुने ‘एसएमएस साहित्य’ पनि यति बेला चर्चाको विषय भएको छ । यो क्षेत्र अनन्त छ । “ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ” –सम ।
 **   विद्युतीय सञ्चारमाध्यमको प्रसारणबारे सम्बन्धित निकायबाट नयाँ नीति र कार्यक्रम बनाएर उपयुक्त ढङ्गले व्यवस्थापन गर्ने हो भने विद्युतीय साहित्यिक पत्रकारितामा अझ व्यापकता आउन सक्छ । अनि मात्र एक्काइसौँ शताब्दी प्रवेशको ढोका फराकिलो भएर जानेछ ।

अन्य भाषामा साहित्यिक पत्रकारिता
साहित्यिक पत्रकारिता नेपाली भाषा बाहेक अन्य भाषाहरुमा पनि फस्टाउँदै आएको छ । विभिन्न मातृभाषामा साहित्यिक पत्रिका प्रकाशित हुँदै छन् । यी भाषामध्ये नेवारी भाषा मैथिली, थारु, राई, लिम्बू, तामाङ, मगर, गुरुङ आदि मुख्य छन् । नेपाली भाषामा थुप्रै साहित्यिक पत्रिकाहरु प्रकाशित हुन थालेका छन् । नेवारीका मचाक्यव, पुलुकिसी, थायभू, नःलि, नसंःचा, झीःनेपाः संस्कृति, थौ कन्हे मुख्य छन् । तामाङ भाषाका प्राङबोला छारहान, तामाङ डाजाङजस्ता पत्रिका मुख्य छन् । मगर भाषाको लाङ्घाली, बीम्लीक र लाफाको नाम अगाडि छ । अनि मैथिली भाषामा आँगन, नैमिकानन, आकृति, पल्लव, मिथिला वाणी आदि पत्रिकाको योगदान रहेको छ । यसैगरी डोट्यालीको गुगुल्डी उल्लेख्य छ । भोजपुरीमा मोजर, गमक, अजोरियाजस्ता पत्रिकाले ठाउँ बनाएको छ । त्यस्तै थारु भाषाको गोचाली, राई भाषाको बुङवाखा, कोङ्पी, लिब्जुभुम्जु अनि लिम्बू भाषाका तानछोपा, पालाम् आदि महŒवपूर्ण छन् । एकताका प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित सयपत्रीले विभिन्न भाषाका साहित्य, संस्कृतिलाई प्रकाशित गर्दै आएको थियो । यतिबेला गोरखापत्रले समावेशीताको नाममा विभिन्न भाषाका सामग्री प्रकाशित गरिरहेको छ । यस्ता सामग्रीमध्ये अधिकांश साहित्यिक रचना पाइन्छ ।

सय अङ्क पार गर्ने पत्रिका
 **   साहित्यिक पत्रिकाले सय अङ्क पार गर्नु÷गराउनु भनेको चानचुने कुरा होइन । यति धेरै समस्या र अप्ठ्याराहरु झेलेर पनि विभिन्न एक दर्जनभन्दा बढी पत्रिकाले सय अङ्क पार गरेका छन् । अझ केही पत्रिका त पाँच सय अङ्क नाघ्ने पनि भइसकेका छन् । साहित्यिक पत्रकारिता जगत्ले गौरव मान्नुपर्छ यस खुसीमा ।
 **   नेपालभित्रबाट ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा शारदाले वि.सं. १९९१–२०११ सम्म १८० अङ्क पु¥याएर आफ्नो समयको सबैभन्दा जेठो र बढी अङ्क प्रकाशन गर्ने प्रत्रिकामा स्थान बनाइसकेको हो । प्रकाशन बन्द भएको ५२ वर्षपछि फेरि प्रारम्भ भएर शारदा यति बेला आठ अङ्क पुगेको छ ।
 **   बनारसबाट काशीबहादुर श्रेष्ठको सम्पादकत्वमा वि.सं. १९९३ मा प्रकाशन प्रारम्भ गर्ने उदय पत्रिका प्रथम चरणमा चौरासी अङ्क पुगेर बन्द भए पन् िकेही वर्षदेखि पुनः प्रकाशित अङ्क समेत जोड्दा सय नाघिसकेको छ ।
 **   दार्जीलिङबाट पारसमणि प्रधानको सम्पादकत्वमा वि.सं. २००६–२०१५ सम्म प्रकाशित भारतीले १०८ अङ्क पु¥याएको थियो ।
 **   कैलाश भण्डारीको सुगन्धले २३८ अङ्क पार गरिसकेको छ ।
ड्ड रत्नश्री (मदनदेव–शान्तदेव भट्टराई) पनि १८४ अङ्कसम्म पुगेर यति बेला स्थगित भएको छ ।
 **   स्थापना–प्रकाशनकाल २०२७ देखि नै एकरसता र एकरुपतामा चल्दै आएको नगेन्द्रराज शर्माको अभिव्यक्तिलाई यति बेला १३८ औँ अङ्कको धावा छ ।
 **   त्यसो त रोचक घिमिरेको रचना पनि ९५ औँ अङ्कमा कुद्दै छ । नब्बेभन्दा माथिकालाई शतांङ्ककै पङ्क्तिमा लिन मिल्छ ।
 **   मोहन दुवालजीले बनेपा–कठमाडौँ, काठमाडौँ–बनेपाको अथक यात्रा गरेको गरेकै गरी जनमत साहित्यिकलाई १२३ औँ अङ्कमा पु¥याएका छन् ।
 **   प्राचीन संस्कृति, पुरातŒव, इतिहास आदि विषय समेटेर प्रकाशित हुने पूर्णिमाको १२६ अङ्क प्रकाशित भइसकेको छ । त्यसै गरी प्राचीन नेपाल २०० अङ्कतिर पुगिसकेको छ ।
ड्ड भानु भवानी घिमिरेको सत्प्रयासमा विभिन्न विशेषाङ्कसहित १३९ अङ्क प्रकाशित भइसकेको छ ।
 **   संस्थागत रुपमा प्रकाशित भएर साहित्यिक पत्रकारितमा विशिष्ट योगदान पु¥याउनेमध्ये गोरखापत्र संस्थानबाट प्रकााशित मधुपर्कले सम्पूर्ण साहित्यिक पत्रकारिता क्षेत्रमै अग्रिम स्थान बनाएको छ । मधुपर्कका २०६४ कार्तिकसम्ममा ४६१ अङ्क प्रकाशित भइसकेका छन् ।
 **   त्यसै गरी साझा प्रकाशनबाट प्रकाशित गरिमाले २९९ अङ्कमा पुगेर दोस्रो कीर्तिमानी बन्ने अवसर पाएको छ ।
 **   यसरी नै तेस्रो स्थान ओगटेको छ– राष्ट्र बैङ्कबाट प्रकाशित मिर्मिरेले । यति बेलासम्म यसका २६५ अङ्क पाठक सामु प्रकाशित भइसकेका छन् ।
 **   दार्जीलिङको नेपाली साहित्य सम्मेलनबाट प्रकाशित हुने दियालो पनि १५० अङ्क पार गर्नेमा पर्दछ ।
 **   शब्दाङ्कुर पूर्णाङ्क ११० प्रकाशित भएको छ ।
 **   मदन पुरस्कार गुठीको नेपाली १९२ अङ्कको तयारीमाा जुटेको छ ।
 **   तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा पत्रिकाको पनि शताङ्क पाठकसामु आइसकेको छ ।
पचास अङ्क माथिका केही पत्रिका
 **   पचास अङ्कबाट माथि चढेका अथवा पुग्दै गरेका केही साहित्यिक पत्रिकाहरुको विवरण दिनु उपयुक्त हुनेछ ः
 **   नकुल सिलवालद्वारा सम्पादित बगर विभिन्न वार्षिक विशेषाङ्कसँगै ८५ औँ अङ्कमा प्रवेश गर्दैछ ।
 **   रामप्रसाद पन्तको नेतृत्वमा दायित्वले ६० औँ अङ्कमा प्रवेश गरेको छ ।
 **   चूडामणि रेग्मीको जूहीले स्वयम् पूर्ण हुँदै साठी अङ्क पार गरिसकेको छ ।
 **   अच्युतरमण अधिकारीको उन्नयन र शेषराज शिवाकोटीको ज्ञानगुनका कुरा पचास नाघ्नेमा पर्दछन् ।
 **   अनि रघुजी पन्तको झिसमिसे, कुन्ता शर्माको सङ्कल्प, मातृका पोखरेल, नवराज पुडासैनी ‘ज्योत्स्ना’ को कल्पतरू बत्तीसौँ अङ्कमा छ । वेदना आदि पचास पुग्ने तयारीमा छन् ।
 **   त्यसो त कृषि विकास बैङ्कबाट प्रकाशित हुने गरेको समष्टिको पनि ५५ अङ्क आइसकेका छन् । समकालीन साहित्यले ६१ अङ्क नाघेको छ । त्यसै गरी कविता पनि पचास नाघ्नेमा पर्दछ । नव प्रज्ञापनको स्वर्ण अङ्क निस्किएको
छ । तम्घासको हाम्रो पुरूषार्थ पनि चालीसमा पुगेको छ । कौशिकीले पनि पाँच अङ्क पछि स्वर्ण अङ्क प्रकाशित गर्दैछ र स्वर्ण अङ्क विषयक भावी योजना पनि सार्वजनिक गरिसकेको छ ।


पत्रिका ः विगतको स्थिति
 **   “आज हाम्रो मातृभाषा जगत्मा आधार नपाई रूँदी छँदी घर र शरण माग्दै फिर्दैछिन् । त्राहि त्राहि भगवान्” उपन्यास तरङ्गिणी वि.सं. १९५७ आजभन्दा १०७ वर्षअघि निस्किएको पत्रिकाले ग्राहक र पाठक नपाउँदा गरेको गुनासो आज पनि उत्तिकै सान्दर्भिक छ ।
 **   “छपाइ र अन्य विभिन्न कारणले गर्दा निश्चित समयमा प्रकाशित गर्न नसकेको” गुनासो शारदाले पहिलो अङ्कदेखि नै गर्दै आएको कुरा पनि मननीय छ ।
 **   “जबसम्म भाषाको उन्नति हुँदैन, तबसम्म कुनै प्रकारको उन्नति हुँदैन । त्यसकारण हे नेपाली बन्धु हो, सहयोग गर्नुहोस्”– वि.सं. १९७३ पुसमा भारतको खर्साङबाट पारसमणि प्रधानको सम्पादनमा प्रकाशित चन्द्रिका मासिक पत्रिकाको भनाइ आज पनि उत्तिकै ताजै छ ।
 **   “नेपाली भाषाभाषीहरुका आर्थिक, नैतिक, सामाजिक अवस्थाको सुधारका निम्ति विशुद्ध नेपाली भाषामा लेखिएका उच्च दर्जाका साहित्यिक लेख, कविता प्रकाशन गरी जनतामा प्रचार गर्ने यो पत्रिकाको मुख्य उद्देश्य हो ।” – भारती, सं. पारसमणि प्रधान, सम्पादकीय, वर्ष १, अङ्क १
 **   वि.सं. २००७ भन्दा अघि नेपालको तुलनामा विदेशबाट बढी पत्रपत्रिका–विशेषतः साहित्यिक पत्रिकाहरु प्रकाशित हुन्थे । भारतीय– हिन्दी, बङ्गाली, अङ्ग्रेजी आदि भाषाभाषिहरुले नेपालीलाई भषिक उन्नति नभएका कारण हेप्ने गरेकाले पनि त्यस बेलाका नेपाली स्रष्टाहरु यसतर्फ प्रेरित भए । विदेश–भारतका विभिन्न ठाउँमा छरिएर बसेका नेपालीहरुलाई एकै सूत्रमा जोड्ने र भाषा साहित्यको विकास गर्न गराउन पत्रपत्रिकाका नै सहायक बन्न पुगे ।
 **   नेपालको निरङ्कुशतन्त्रबाट विरक्तिएका अथवा भारतका विभिन्न क्षेत्रमा अध्ययन वा गुजाराका निम्ति गएका युवाहरुले भारतलाई नै आफ्नो प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उपयुक्त थलो ठानेर पत्रपत्रिका प्रकाशनमा लागेका थिए ।
 **   त्यसकारण त्यस बेलाका पत्रपत्रिकाका गतिविधिबारे अध्ययन गर्दा नेपाल र विदेश भनी विभाजन गरेर पृथक् दृष्टिकोण राख्नु उपयुक्त देखिँदैन ।
 **   यद्यपि आज भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले भारतीय भाषाहरुमध्ये एक प्रान्तीय, राज्यस्तरीय भाषाका रुपमा मान्यता पाइसकेको छ । भारतीय विश्वविद्यालयहरुमा उतैका कवि एवम् साहित्यकारका कृतिहरुलाई प्राथमिकता दिन थालिसकेको हुँदा नेपालभित्र र नेपालबाहिरमा अन्तर देखा परिसकेको छ । तसर्थ यो प्रसङ्ग पनि उल्लेख्य नै छ ।

साहित्यिक पत्रकारिताका समस्या
1 राष्ट्रको विकास भनेको भौतिक उन्नति मात्र होइन । कुनै पनि राष्ट्र वा समाजको समग्र उन्नतिमा व्यक्तिका मानसिक एवम् चेतनामूलक विकासको आवश्यकता हुन्छ । राष्ट्रनिर्माणको आधारभूत संरचना तयार गर्न भौतिक निर्माणका साथै मानसिक र नैतिक विकासको पनि उत्तिकै आवश्यकता छ । सम्पूर्ण मानवीय विकास नभएसम्म समाज उन्नतिशील बन्न सक्तैन ।
2 यस्तो मानसिक र चेतनामूलक–बौद्धिक जागरणमा साहित्यको उल्लेख्य भूमिका रहँदै आएको छ । साहित्यिक पत्रपत्रिकाका माध्यमबाट मात्र यस्तो कार्य सम्भव छ ।
3 आजका साहित्यिक पत्रिका र तिनको सम्पादन कार्यमा संलग्न पत्रकारहरुका थुप्रै समस्या छन् । साहित्यिक पत्रकरिताको सबभन्दा ठूलो समस्या साहित्यिक पत्रकारहरुले पाठकहरुका आकांक्षाको पूर्ति गर्न नसक्नु नै हो ।
4 हाल हाम्रा बजारमा हिन्दी र अङ्ग्रेजी भाषाका निकै पत्रिकाहरु बिक्री हुन्छन् । नेपाली भाषाका केही पत्रिकालाई छाडेर प्रायः धेरै नेपाली पत्रिका तिनको दाँजोमा पुग्न सक्तैनन् भनेर पाठकहरु छटपटिने गरेको देखिन्छ । पत्रिकाका सामग्री र प्रस्तुतीकरण दुवै दृष्टिले हाम्रा साहित्यिक पत्रिकाहरु उत्कृष्ट छन् तापनि विदेशी पत्रिकासँग प्रतिस्पर्धा गर्न मुस्किल परिरहेको तथ्य अझसम्म टड्कारो छ ।
5 गुणस्तरीय सामग्री कम हुने र पाठकको रुचिअनुसार पाठ्यविषय थोरै मात्र हुने हुँदा साहित्यिक पत्रिका किन्ने ग्राहक आकर्षित नभएका हुन् भन्ने कुरा कहिलेकाहीँ चर्चामा आउने गर्छ तापनि आजको हाम्रो साहित्यिक पत्रकाारिता निकै माथि उठिसकेको कुरा सगर्व भन्न सकिन्छ ।
6 यति हुँदा पनि अनुसन्धानमूलक र विशेष प्रकारका सामग्री दिने पत्रिकाबाहेक बहुविधा सङ्कलन पत्रिककाहरुले विषयगत विविधताका बारेमा ध्यान नदिएको र प्रकाशित सामग्री पनि पाठकका रुचिअनुसार नभएको गुनासो कतिपय विज्ञ पाठकहरुबाट सुन्ने गरिन्छ । त्यसकारण पनि हिन्दी, अङ्ग्रेजी आदि भाषाका पत्रिकाहरुतर्फ आकर्षित हुनु स्वाभाविक हो भन्ने गरिन्छ ।
7 पाठकलाई आकर्षित पार्ने अर्को माध्यम पत्रिकाको कागज, छपाइ, चित्र, आवरण र अन्य साजसज्जा पनि हुन् । ‘आकर्षक साजसज्जाको आभावमा पत्रिकाहरुले व्यापकता प्राप्त गर्न सक्तैनन्’ भन्नेहरुको कुरो अर्कै हो ।
8 मुख्य कुरा हामीकहाँ पत्रिकाको वितरण अर्को ठूलो समस्या हो । नेपालको भौगोलिक जटिलताले गर्दा यहाँ साहित्यिक पत्रिकाहरु ज्यादै सीमित रुपमा वितरण हुन्छन् । कतिपय पत्रिकाहरु त ५०० सङ्ख्यामा मात्रै प्रकाशित हुन्छन् र ती त्यसै थुपारिन्छन्, वितरण व्यवस्था नमिलेकाले पाठकले समयमा पत्रिका पाउन सक्तैनन् । हामीमा पत्रिका किन्ने बानी पर्याप्त मात्रामा विकास भइनसकेको साथै सामान्य पाठकहरु अहिलेका सबै पत्रिका किन्न सक्ने अवस्थामा नभएको स्थितिले गर्दा पनि साहित्यिक पत्रिकाको प्रकाशन र प्रचार कम भएको भनेर चित्त बझाउने गरिन्छ । वास्तवमा पाठकसमक्ष पु¥याउन नसक्नाले पनि यस्तो स्थिति उत्पन्न भएको हो ।
9साहित्यिक पत्रिकासँग सम्बद्ध यस्ता समस्याका साथै पत्रकार स्वयम्का समस्याहरु पनि छन्् । धेरैजसो व्यक्तिगतरुपमा सञ्चालित पत्रिकाहरु सम्पादक वा प्रकाशकको लगानीबाट चलिरहेका छन् । ती पत्रिकाहरु सम्पादकको परिश्रम र त्यागले जेनतेन चलिरहेका हुन्छन् । एउटै व्यक्ति–सम्पादक, प्रकाशक, विज्ञापन सङ्कलक, लेखक, वितरकसमेत भएर पत्रिका चलाउनु असाधारण कुरा हो । निजी क्षेत्र भनेको प्रायः यस्तै नै हुने गरेको छ ।
 **   कुनै पनि सामग्री एक पटक प्रकाशित भएपछि समाजको विषय बन्दछ । त्यो बजारमा जाने हुनाले बिक्रीको वस्तु बन्दछ र त्यसले समाजमा ठाउँ पाउने हुँदा त्यसको मूल्याङ्कन पनि हुन्छ ।
** सय वर्ष नाघिसकेको र हजारौँ लेखक–कवि एवम् बुद्धिजीवीहरुको बौद्धिक भोजन बनेको साहित्यिक पत्रकारिता क्षेत्र भने अझै पनि उपेक्षित छ । समाज र राष्ट्रले यस क्षेत्रलाई उपयुक्त ठाउँ दिन सकेको छैन ।
** साहित्यिक पत्रकारिताले पेसागत रुप लिन सकेको छैन अनि अझसम्म कतैबाट पनि कुनै भरपर्दो प्रोत्साहन पाएको छैन ।
** अहिलेसम्म साहित्यिक पत्रिका र सम्पादक–पत्रकारलाई अनुत्पादक तŒवका रुपमा सरकार र समाज दुवैतिरबाट हेरिने गरिएको छ । साहित्यिक पत्रकार र पत्रकारिता पनि एउटा महŒवपूर्ण सामाजिक रुपान्तरणको अङ्ग हो, प्रमुख सांस्कृतिक पक्ष हो भन्ने कुरा राष्ट्रले स्वीकार गरेको छैन ।


साहित्यिक पत्रकारको यथार्थता


 **   नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा प्रारम्भदेखि नै साहित्यिक पत्रकारहरुले उल्लेखनीय भूमिका खेल्दै आएका छन् । समाजको मानसिक तथा भावनात्मक विकासमा साहित्यिक पत्रिकाले विशेष याोगदान पनि दिँदै आएको छ । यसका लागि नेपाली साहित्यिक पत्रकारहरुले आफ्नो जीवनको अत्यन्त महŒवपूर्ण समय आफ्नो श्रम र पूँजीसमेत पत्रिका सम्पादनमा लगाई नेपाली साहित्यको सम्बद्र्धनका क्षेत्रमा महŒवपूर्ण योगदान दिँदै आएका छन् ।
 **   साहित्यिक पत्रकारिताको क्षेत्रमा लाग्ने व्यक्ति निष्पृह र निष्काम, साधक एवम् योगी हुनुपर्ने यथार्थ साहित्यिक पत्रकारितको प्रारम्भदेखि नै जन्मिएको हो । पत्रिका छाप्न र चलाउन ठूलो धैर्य चाहिन्छ भन्ने कुरा पनि उहिल्यैबाट प्रमाणित हुँदै आएको छ ।
 **   “अरुले खिसी गर्लान् र इज्जत जाला तसर्थ ग्राहक बन्नुहोस्” भनी ‘सुधासागर’ले अनुरोध गरेको पनि सय वर्ष नाघेको छ ।
 **   ‘शारदा’ पत्रिकाका सम्पादकले सधैँभरि घाटा मात्र सहनुपरेको व्यथा धेरैतिर पोखिसकेको कुरा हो ।
 **   कमल दीक्षितले साहित्यिक पत्रिकाहरुलाई साविक रोगले थला पारेको कुरा धैरैतिर व्यक्त गरेका छन् ।
 **   “साहित्यिक पत्रिका छपाउनु, चलाउनु र यसलाई धान्नु सजिलो कुरा छैन । त्यसमा पनि मासिक साहित्यिक पत्रिका चलाएर निरन्तर धान्नु आठौँ आश्चार्य लाग्छ”, भन्ने जगदीश समसेरको भनाइ मननीय छ ।
 **   यसरी नेपाली साहित्यिक पत्रकारिताको समस्या सम्बन्धी प्राचीन इतिहासको यथार्थ आजका साहित्यिक पत्रिकाले पनि भोग्नुपरेको छ । एक्काइसौँ शताब्दीले पनि यस क्षेत्रलाई चाहिँ छुन सकेको छैन ।
 **   राजधानीभन्दा मोफसलमा झन् धेरै समस्या झेल्नुपर्छ । तापनि धेरै पत्रिकाहरु मोफसलबाट प्रकाशित हुने गरेका छन् । मोफसलबाट प्रकाशित हुने पत्रिकहरुले अँध्यारोमा लुकेका प्रतिभाहरुको उद्घाटन र उच्चस्तरीय रचनाको प्रकाशनसमेत गर्ने गरेका छन् ।
 **   प्रत्येक लेखकले आफ्नो रचना अरुकोभन्दा राम्रो ठान्छ, ठान्नु पनि पर्छ । प्रतिभाको विकस यसरी नै हुने गर्छ । त्यसकारण रचनागत विशिष्टताभन्दा छाप्न पाए पुग्यो भन्ने भावना प्रबल हुनु स्वाभाविक हो । समाजमा त्यसले कस्तो प्रभाव पार्दछ भन्ने कुरा हेरिँदैन । कहिलेकाहीँ त कतिपय सामग्रीले पाठकको मानसिक बलात्कार पनि गर्नेगर्छ ।
 **   लेखकहरुमा यस्तो मिचाहा प्रवृत्ति हुनुहुँदैन । यसो भनेर टिकाटिप्पणी गर्नेहरु पनि छन् । पत्रिकाको पृष्ठसङ्ख्या र छपाइका आधारको कुनै मापदण्ड छैन । बीस पेज…. सय–दुई सय पेज जति–जत्रो छापे पनि भयो । त्यसै गरी सम्पादक हुन कुनै पनि मापदण्ड छैन तर यी दुवै कुरामा एउटा निश्चित मापदण्ड हुनुपर्छ भन्नेहरु पनि भेटिएका छन् ।

साहित्यिक पत्रकारिता–जटिल कर्म
 **   साहित्यिक पत्रकारिता अत्यन्तै जटिल विषय हो । यस क्षेत्रमा लाग्ने व्यक्ति सुयोग्य हुनुपर्छ । सम्पादन कुशलता र भाषिक दक्षता प्रमुख पक्ष हो । शुद्ध र स्तरयुक्त सामग्रीले मात्र साहित्यिक पत्रिका शोभित हुन्छ ।
 **   नेपाली पत्रकारिताको इतिहास साहित्यिक पत्रकारिताबाट प्रारम्भ भए पनि यो पत्रकारिता अझसम्म उन्नत हुन सकेको छैन । राष्ट्रको समग्र उन्नति र विकास, उच्च चेतनशील समाजको. आधार– भाषा, साहित्य र संस्कृति हो भनिन्छ तर व्यवहारमा त्यस्तो हुने गर्दैन ।
 **   आज पनि सरकारी दृष्टिकोण यो क्षेत्र अनुत्पादक हो भननेमा अटल रहने गरेको छ ।
 **   साहित्यिक पत्रिकार पत्रकारले जनचेतना र सामजिक जागृतिका लागि, राष्ट्रियता सम्बद्र्धनका निम्ति जतिसुकै काम गरे पनि सत्तापक्ष वा समर्थ पक्षले चासो राखेको हुँदैन । ‘समाचारपत्र’हरुलाई सन्तुष्ट राख्न भने सरकार सधैँ प्रयत्नशील रहने गर्छ ।
 **   साहित्यकार समाचार लेखकजस्तो हानी–नोक्सानीका, जय–विजय वा स्तुतिगानका कुरा लेख्तैन । त्यसकारण पनि होला साहित्यिक पत्रकारलाई महŒव नदिइएको । साहित्यिक पत्रकारले प्रयोग र प्रवृत्तिका दुराचार, भ्रष्टाचार एवम् दमनका कुराहरु प्रतीक, उपमा र बिम्बका माध्यमबाट अभिव्यक्त गर्छ । दूरगामी प्रभाव पर्ने कुरा लेख्छ ।
 **   समाचारपत्रजस्तो सनसनी फैलाउने र तर्साउने कुरा लेख्दैन । समाज बदल्न सक्ने, राष्ट्रको उत्थान गर्न सक्ने स्थिर दूरगामी विषयहरुमा कलम चलाउँछ । भूत–वर्तमान–भविष्य अर्थात् त्रिकाल हितकारी कुरा लेख्छ । भर्खरै सिर्जनातिर लाग्न थालेकाहरुलाई नवोदित स्रष्टा बनाइदिन्छ । केही पुरानालाई खारिने र माझिने मौका दिन्छ । त्यसकारण साहित्यिक पत्रकारिता राज्यको कुनै अङ्गमा नपरे के भयो त । यसले आफ्नो कर्म गरिरहेकै हुन्छ ।


sag

  • VIP
  • ******
  • Posts: 734

व्यवसायिकताको चर्चा र चुनौती
 **   साहित्यिक पत्रिकालाई व्यवसायिकतातिर लाने चर्चा पनि कहिलेकाहीँ उठ्ने गर्छन् । पत्रिका राम्ररी चलाउनु, निरन्तरता दिनु र केही लाभ प्राप्त गर्नु– व्यवसायिकता हो । यसो हुने मुख्य कुरा हो– अर्थमा निर्भरता ।
 **   “पत्रिकामा राम्रो सामग्री दिनुप¥यो । प्रशस्त विज्ञापन उठाउनुप¥यो । ग्राहकको सङ्ख्या बढ्नुप¥यो र बिक्री प्रवद्र्धन राम्रो हुनुप¥यो । अर्थ आर्जन भइहाल्छ किन गुनासो गर्ने ?” यस्ता उपदेश शब्दहरु बर्साउने प्रशस्तै छन् । तर यस क्षेत्रको वास्तविकता कसैले बुझ्नै प्रयास गर्दैनन् ।
 **   साहित्यिक पत्रिकालाई व्यवसायिकताको कुरामा अल्झाउनु व्यर्थ लाग्छ । साहित्यिक पत्रिका त्यो पनि व्यवसायिक ? अन्तद्र्वन्द्वग्रस्त विषय हो–यस्तो कुरा भन्ने गर्छन् भुक्तभोगीहरु । अनि धेरै सङ्ख्यामा छापिने र केही विज्ञापन पनि पाउने संस्थागत भनिएका मधुपर्क र गरिमा जस्ता पत्रिका नै घाटामा चलेका छन् । निजी क्षेत्रका कुनै–कुनै पत्रिकका घाटानाफा बराबरीमा चलेका छन् र केही पत्रिकाका सम्पादकले सानोतिनो आर्जन गर्ने गरेको भए पनि त्यो सम्पादकको एक्लो प्रयास हो । त्यो व्यवसायिक विकास होइन ।
 **   व्यवसायिक विकासका लागि संस्थागत रुप तयार हुनुपर्छ । संस्थागत स्वरुप बनेपछि सम्पादक, प्रकाशक, लेखक, पत्रकर र सम्बन्धित पत्रिकासँग सम्बद्ध सबैले श्रमअनुसार पारिश्रमिक पाउन सक्छन् । पत्रिका सुदृढ हुन सके पारिश्रमिक दिने हो । भाषणले मात्र पुग्दैन । नत्र साहित्यिक पत्रकारिता रहर मात्रै हुन्छ ।
 **   साहित्यिक पत्रिकाले लेखकस्व दिँदैनन् भनेर लेखकहरु चित्त दुखाउने गर्दछन्् । सम्पादकको पनि बाध्यता छ । मधुपर्क, गरिमा, मिर्मिरे, मनोभाव, समष्टि, गुञ्जनजस्ता संस्थागत पत्रिकाले बाहेक अन्य केहीले चाहिँ स्रष्टासँँग मागेका विशेष प्रकारका रचनाका लागि पारिश्रमिक दिने गरेका छन् । सम्पादकले दिन नचाहेर होइन, नसकेर हो । पीरमर्का बुझिदिनुपर्छ । हाम्रा स्रष्टाहरु बुझ्ने छन् । त्यसकारण साहित्यिक पत्रिका चलाउने र पत्रकाारिता गर्नेले नाफा–आयआर्जन गर्ने व्यवसायिकताभन्दा स्तरीय रुपमा संस्थागत स्वरुपमा चल्ने व्यवसायिकताको चर्चा गर्नु श्रेयकर होला ।
 **   वास्तवमा साहित्यिक पत्रकारिता भनेकै चुनौतीपूर्ण क्षेत्र हो । यसमा लाग्नेले सधैँ चुनौतीको सामना गर्नुपर्छ । चुनौतीबाट नआत्तिई यस क्षेत्रको विकासमा निरन्तरता दिने हो भने राष्ट्र र समाजलाई सही दिशा दिन र जनतामा संस्कारयुक्त चेतना भर्नसक्ने सम्भावनाहरु पनि साहित्यिक पत्रकारिताभित्र रहेका छन् ।
 **   यसभित्रका चुनौतीहरुलाई समाधान गर्न सरकारी पक्ष वा अन्य निकायसमेतबाट कुनै प्रकारको सहयोगको अपेक्षा नगरे हुन्छ । यस क्षेत्रका समस्या र अप्ठ्याराहरु पत्रिका प्रकाशनमा लागेका सम्पादक–प्रशासकले आफैँ व्यहोर्नुपर्ने, सुल्झाउनुपर्ने र समेट्नुपर्ने कुरा पनि निर्विवाद छ ।
 **   साहित्यिक पत्रकारिता भनेको शुद्ध साहित्यिकता हो । उत्तेजक, नग्न र सस्ता सामग्री तथा अश्लीलप्रायः साजसज्जा साहित्यिक पत्रकारिता हुन सक्तैन । साहित्यिक पत्रकारको समर्पणभाव र एकाग्र संलग्नताले मात्र साहित्यिक खुराक दिएर बौद्धिक जगत्लाई सन्तुष्टि दिन सक्छ । यदि सम्पादक आफैँले गुनासो र असन्तुष्टि देखाउने ग¥यो भने पाठक एवम् बौद्धिक क्षेत्रले कोसँग गुनासो पोख्ने ? तसर्थ यस क्षेत्रमा लाग्ने वा लाग्न चाहने सम्पाादक÷प्रकाशकले गुनासो वा अनास्था प्रकट गरेर पाठकमन बिथोल्नु उपयुक्त नहुने हुँदा सधैँ दृढ र स्थिर रहनसक्ने हुनुपर्छ भन्ने कुरामा पनि सङ्घबाट निर्देशन प्राप्त हुने नै छ ।


साहित्यिक पत्रकारिता व्यवधान
 **   दुर्गम र मध्यसुगम क्षेत्रमा यातायातको असुविधा÷उच्च शिक्षित व्यक्तिहरुको कमी÷क्रयशक्तिको अभाव÷राजधानी र केही ठूला सहरबाहेक अन्यत्रका साहित्यिक पत्रिका र प्रतिभाहरुको उपेक्षा÷हुलाकको दुव्र्यवस्था र चर्को हुलाक महसुल÷पदासीन र सत्तासीनहरुद्वारा साहित्यिक पत्रकारिताप्रति अनास्था÷विज्ञापन नीतिको अभाव÷व्यक्तिमुखी प्रवृत्ति÷सबैभन्दा मुख्य–सरकारी यन्त्र र राजनीतिकहरुद्वारा यस क्षेत्रलाई अनुत्पादक–लाभहीन विषय सोचिनु आदि कुरा साहित्यिक पत्रकारिताका व्यवधानका विषय हुन् ।
 **   साहित्यिक पत्रकारिता फस्टाउन पत्रपत्रिकाको बिक्री–वितरणको विकास हुनुपर्छ । विज्ञापनको समुचित व्यवस्था आवश्यक छ । पुस्तकालयको कुरा गर्दा काठमाडौँ महानगरपालिकामा समेत गतिलो सार्वजनिक पुस्तकालय छैन भने अन्यत्रको के कुरा ? देशका ठूलाठूला सहर र जनघनत्वको क्षेत्रमा सर्वजनिक पुस्तकालयहरुको समुचित व्यवस्था साहित्यिक पत्रकारिताको सम्बद्र्धनका लागि आवश्यक कुरा हुन् । सरकारले पुस्तकालयको व्यवस्थापनप्रति जुन रुपमा चासो देखाउनुपथ्र्यो पटक्कै देखाएको छैन । राणातन्त्रदेखि प्रजातन्त्र अनि शाहतन्त्र फेरि प्रजातन्त्रदेखि लोकतन्त्रसम्मको यस लमो यात्रामा पनि सरकार र सरकारी नीतिमा खासै परिवर्तन आउन सकेको छैन ।
 **   अझै पनि हाम्रो समाजले सङ्क्रमणकाल नै भोग्नु परेको छ । पुस्तकालयहरु भनेका साहित्यिक पत्रपत्रिकाहरु खपत हुने ठूला स्रोत हुन् । तर स्रोत नै नफस्टाएका कारण साहित्यिक पत्रकारिताको विकासमा अवरोध उत्पन्न भएको छ ।
 **   बाह्य सांस्कृतिक अतिक्रमण र प्रदूषणबाट पनि पाठ्यसामग्री नराम्रोसँग प्रभावित भएका छन् । सस्ता, हल्का, उत्तेजक र अश्लील पत्रिकाहरुले बजार भरिएका छन् । यसलाई रोकथाम गर्न नसके पनि नियन्त्रण गर्न सरकारले कुनै कदम चालेको छैन । कुनै ठोस नीति बनाएको छैन । यसले पनि यो पत्रकारिता फस्टाउन बाधा पु¥याएको छ ।
केही भन्नुपर्दा
 **   साहित्यिक पत्रकारिताको उत्पादनका आधार भनेका साहित्यिक पत्रपत्रिका हुन् । साहित्यिक पत्रिका प्रकाशन र सम्पादनका लागि राष्ट्रिय स्तरमा नै एउटा गहन र दूरगामी नीति–नियमको तर्जुमा हुनुपर्छ । जसले साहित्यिक पत्रिकाहरुको मापदण्ड निर्धारण, तिनको समुचित विकास, प्रोत्साहन र सुविधा प्रदान गर्ने कुराका साथै जनस्तरको सहयोग र सरकारी अनुदानसमेत जुटाई भरपर्दो कोष स्थापना गर्न योगदान दिन सकोस् ।
 **   साहित्यिक पत्रकारिताको विकास र सम्बद्र्धनका लागि विगतमा पनि प्रेस काउन्सिल र अन्य केही संस्थाहरुबाट विभिन्न गोष्ठी र छलफल कार्यक्रम भएका थिए । कतिपय गोष्ठीहरुबाट सुझाव र आवश्यक सुधारका कुराहरु पनि पारित भएका थिए । तर कार्यान्वयन गर्ने र गराउने प्रयास हुन नसक्ता त्यत्तिकै सेलाएर गयो ।
 **   सरकारी, अर्धसरकारी र अन्य क्षेत्रबाट विज्ञापन सहयोग जुटाई साहित्यिक पत्रकारितालाई बचाउन एउटा छुट्टै नीति निर्माण हुनुपर्छ । साहित्यिक पत्रिकाको प्रकाशन र नियमितताका लागि समुचित रुपमा प्रदान गरिने यस्तो विज्ञापन बलियो आधार हो ।
 **   साहित्यि पत्रकारिताको विकासका लागि पाठकहरुमा पढ्ने बानीको विकास गराउनु आवश्यक छ । संस्थागत र व्यक्तिगत रुपमा पनि साहित्यिक पत्रिका किन्ने, बटुल्ने र पढ्ने प्रवृत्तिको विकास गर्न एउटा सामूहिक अभियान चलाउनु आवश्यक छ ।
 **   यस्तो सामूहिक अभियान सञ्चालनका लागि व्यक्तिगत प्रभाव, राजनीतिक प्रभाव वा अन्य कुनै प्रभावभन्दा माथि उठेर निष्पक्ष मूल्याङ्कन गर्ने बानीको विकास हुनु आवश्यक छ ।
 **   साहित्यिक पत्रकरितासम्बन्धी गोष्ठी–सेमिनार गर्न, साहित्यिक पत्रकारलाई देशदर्शन र समय–समयमा विदेश भ्रमणको व्यवस्था गर्न गराउन समेत एउटा दह्रो निकाय बन्नुपर्छ ।
 **   न्यायोचित ढङ्गबाट प्राप्त भएका सुविधाहरुद्वारा साहित्यिक पत्रकारिता जगत् सुदृढ भएर राष्ट्रको साहित्य, कला एवम् संस्कृति उत्थान गर्न समर्थ हुन सक्नेछ ।
प्रेस काउन्सिलको भूमिका
 **   पत्रकारिता सम्बन्धी आचारसंहिताको निर्माणका साथै त्यसको पालना भए नभएको छानबिन गरी पालना नगर्ने पक्षलाई सजाय गराई दण्डित समेत गर्ने कार्यका निम्ति २०२७ मा प्रेस काउन्सिलको स्थापना भएको थियो । उक्त प्रेस काउन्सिल ऐन–२०४८ अनुसार साहित्यिक–पत्रकारिताको क्षेत्रमा उल्लेखनीय येगदान दिएका एक जना व्यक्तिलाई सदस्यका रुपमा काउन्सिलमा प्रतिनिधित्व गराइँदै आएको छ ।
 **   “पत्रकारिताको पेशागत उच्चतम आचार कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास र सम्बद्र्धनका लागि स्थापना भई सञ्चालन हुँदै आएको प्रेस काउन्सिलले पत्रकारसम्बन्धी आचारसंहिता तयार गरी लागू गर्ने र पत्रकारको अभिलेख राख्ने जस्ता काम गर्दै आएको छ ।”
 **   पत्रकारहरुलाई यथासम्भव औषधोपचार सहयोग उपलब्ध गराउने, मोफसलका पत्रकारिताको संस्थागत विकासका लागि पत्रकारलाई सहयोग दिने, गोष्ठी आदि गर्ने काम पनि प्रेस काउन्सिलकै जिम्मा रहेका छन् । तर साहित्यिक पत्रकारका लागि भने त्यस्तो कुनै व्यवस्था भएको देखिँदैन । केही समयअघि काउन्सिलले मासिक, द्वैमासिक र त्रैमासिक साहित्यिक पत्रिकालाई पनि वर्गीकर गर्न सुरू गरेको छ ।
 **   काउन्सिलको विवरणअनुसार नेपालभित्र दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक र पाक्षिक गरी जम्मा २२५३ भन्दा बढी पत्रपत्रिकाहरु दर्ता भएको पाइन्छ तर काउन्सिलको विवरणअनुसार ५४ ओटा साहित्यिक पत्रिका मात्र नियमित प्रकाशित हुने भनेर राखिएको छ । काउन्सिलमाा प्राप्त भएका भनेर ११९ ओटा पत्रिकाको नाम दिइएको छ । त्यसै गरी मासिक र अन्य भनेर २२३ ओटा पत्रिकाहरुको उल्लेख छ । २० ओटा साहित्यिक हवाइपत्रका नाम छन् । यसै गरी साहित्यिक सङ्कलन भनेर १९ ओटा पत्रिकाको विवरण छ । (स्रोत ः प्रेस काउन्सिल नेपालको एकतीसौँ वार्षिक प्रतिवेदन–२०६३) (–अनुसन्धाता एवम् साहित्यिक पत्रकारिता विशेषज्ञ शिव रेग्मीका अनुसार देशभरिबाट प्रकाशित सबैखाले साहित्यिक पत्रिकाको सङ्ख्या करिब पाँच हजार पुगेको छ तर यसको वर्गीकरणसहित विवरण तयार भइसकेको छैन ।)
 **   “नेपाली साहित्यिक पत्रकरिता जगत्को विकास एवम् सम्बद्र्धन गर्न तथा यस जगत्ले भोग्नुपरेका समस्याहरुको समेत अनुसन्धान गरी समाधनको निकास पहिल्याउने उद्देश्यले ‘नेपाली साहित्यिक–पत्रकारिता उपसमिति’ गठन भएको हो । साहित्यिक–पत्रकारिताको क्षेत्रमा रहेका अवरोध तथा व्यवधान हटाई समस्या समाधान गर्ने…. । प्रेस काउन्सिलले आफ्नो सीमित स्रोत र साधनले भ्याएसम्म साहित्यिक–पत्रकारिताको अभिलेख राख्ने कामलाई केही मात्रामा भए पनि निरन्तरता दिँदै आएको छ ।” (प्रेस काउन्सिल वार्षिक प्रतिवेदन–२०५५)
 **   प्रेस काउन्सिलम ‘विधागत पत्रकारिता विकास उपसमिति’ भित्रको एउटा सानो प्रकरण मात्र हो– साहित्यिक पत्रकारिता । जस्तै– आर्थिक पत्रकारिता, खेलकुद पत्रकरिता, शिक्षा पत्रकारिता, व्यङ्ग्यचित्र पत्रकरिता, वातावरण पत्रकारिता, संसदीय पत्रकारिता, स्वास्थ्य पत्रकारिता, चलचित्र पत्रकारिता, फोटो पत्रकारिता अनि अन्त्यमा साहित्यिक पत्रकारिता ।
 **   यसरी प्रेस काउन्सिलले साहित्यिक पत्रकारिता क्षेत्रबाट एक जना सदस्य राख्ने व्यवस्था गरे तापनि यी उल्लेख भएका पत्रकरितासँगै ‘साहित्यिक पत्रकारिता’ लाई जोडेर झन् कमजोर र निरीह बनाएको आभास हुन्छ ।
 **   साहित्यिक पत्रकारिता क्षोत्र र सरकारका बीच राम्रो र बलियो सम्बन्धसूत्र मात्र होइन समग्र विकासका निम्ति आधारभूमि बनेर प्रेस काउन्सिल उभिएला भन्ने आशा पनि यस्तो विवरण देख्दा त्यत्तिकै सेलाउँदै जानु स्वाभाविक हो ।
 **   प्रेस काउन्सिलमा साहित्यिक पत्रकारिताबाट प्रतिनिधित्व गर्ने व्यक्तिले यसतर्फ विशेष सक्रिय ध्यान दिनु आवश्यक छ ।
 **   त्यसकारण अबका दिनमा यस क्षेत्रको समग्र विकासका निम्ति एउटा दूरगामी तर सक्रिय कार्यनीति तयार पारेर कार्यान्वयनतर्फ बढ्न विशेष पहल गर्नु आजको आवश्यकता हो ।



विश्रान्तितिर
 **   यस पटक ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’ को संयोजनमा यो विशेष गोष्ठी सम्पन्न भएको छ । विगतका यसखाले गोष्ठीहरुसमेतका विभिन्न अनुभवहरुलाई समेटेर आजको यस गोष्ठीले एउटा निश्चित आधार तयार गर्न सकेको खण्डमा निश्चय पनि फलदायी हुनेछ ।
 **   देशभरिका प्रतिष्ठित साहित्यिक पत्रकारहरुको यस असाधारणा भेलाको छलफल र सहमतिबाट एउटा दूरगामी, गहन, गम्भीर र व्यावहारिक सुझाव एवम् कार्यक्रम तयार पारी साहित्यिक पत्रकारितासम्बन्धी एउटा राष्ट्रिय नीति र योजना निर्धारित गर्न सकियोस् भने गोष्ठी सार्थक हुनेछ ।
 **   राष्ट्र र समाजको संस्कार निर्माणमा साहित्यिक पत्रकारिताले गर्न सक्ने र सम्पादक हुन चाहनेले आफूलाई सुयोग्य बनाउनु आवश्यक छ भन्ने कुरामा निश्चित मापदण्ड र आधारहरु तयार हुनु आवश्यक छ । साथै साहित्यिक पत्रकारिता–समाचार पत्रकारिताभन्दा जटिल र कठिन कार्य हो भन्ने तथ्यलाई प्रत्येक साहित्यिक सम्पादकले बुझ्नु आवश्यक भएको कुरामा पनि गोष्ठीले एउटा रुपरेखा तयार पारिदिनेछ ।
 **   निश्चय पनि नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित यस बृहत् भेलाबाट एउटा ठोस कार्यनीति तयार हुनेछ ।
 **   यस बृहत् भेलाबाट साहित्यिक पत्रिका र साहित्यिक पत्रकारहरुको निर्देशिका तयार गरी त्यसलाई अद्यावधिक बनाउँदै लैजान एउटा छुट्टै कार्यदल गठन गर्नु उपयुक्त हुनेछ ।
 **   साथै साहित्यिक पत्रकारहरुलाई साहित्यिक पत्रिकाको क्षेत्रमा लेखन, सम्पादन र प्रकाशन आदिका बारे परिचित गराउन नियमित रुपमा कार्यशालाहरुको व्यवस्था गर्नु आवश्यक देखिन्छ ।
 **   साहित्यिक पत्रकारहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका सम्मेलन, गोष्ठी, कार्यशाला र प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुने व्यवस्था मिलाउँदै जानु पर्नेछ ।
 **   साहित्यिक पत्रकारहरुलाई पनि समाचार पत्रकारहरुलाई जस्तै देशभित्र र देशबाहिरको यात्रामा सुविधा उपलब्ध गराउन आवश्यक कार्यबाही चलाउनुपर्नेछ ।
 **   साहित्यिक पत्रिका र साहित्यिक पत्रकारलाई प्रोत्साहन स्वरुप विभिन्न पुरस्कारको व्यवस्था गर्नुपर्नेछ ।
 **   साहित्यिक पत्रिकाको अभिवृद्धिका निम्ति साहित्यिक पत्रिकाहरुलाई सहुलियत दरमा ऋण, छाप्ने प्रेस र कागत आदि आवश्यक साधन उपलब्ध गराउने सम्बन्धित निकायसँगको सहकार्य गरी एउटा नीतिगत आधार तयार पार्नुपर्नेछ ।
 **   सरकारी वा संस्थानका विज्ञापनहरु समुचित रुपमा उपलब्ध गराउन पनि पहल गर्नुपर्नेछ ।
 **   साहित्यिक पत्रिकाहरुको वितरणको राम्रो व्यवस्था गर्न मन्त्रालय, दूतावास र संस्थाहरु तथा अन्य सरकारी कार्यालयले समेत नियमित रुपमा पत्रिका किन्ने व्यवस्था हुनुपर्नेछ । साथै मुलुकभरिका यातायात साधन र हुलाक दस्तुरमा पनि सहुलियत गराउन आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।
 **   यति बेला अर्थात् लोकतान्त्रिक अभियान चलेका बेला एउटा निर्दिष्ट मार्ग पहिचान गर्न सक्ने धेरै सम्भावनाहरु छन् । जसबाट साहित्यिक पत्रकारिता क्षेत्र इतिहासको दुरुह भोगाइबाट मुक्त भएर सक्षम र आत्मनिर्भर हुन सकोस् ।

 **   साहित्यिक पत्रकारिताको एक सय वर्षभन्दा लामो इतिहास र यस इतिहासका सम्पूर्ण पक्षलाई यस सनो आलेखमा आबद्ध गर्न सक्ने कुरा होइन । यो रेखाचित्र र सानो अवलोकन मात्र हो । केही प्रवृत्ति र अवधारणाको सङ्केत मात्र हो ।
 **   यथासम्भव नेपालभित्र र बाहिर नछुट्याइ दुवै क्षेत्रको ‘साहित्यिक पत्रकारिता’बारे सङ्क्षेप–विवरण प्रस्तुत गर्ने जमर्को भएको छ । यसमा धेरै पत्रिकाका नाम र कामहरु छुटेका छन् ।
 **   चार–पाँँच सय पृष्ठको सिङ्गो कृतिमा पनि समेट्न नसकिने यत्रो गहन विषय यो एउटा सानो आलेखमा सम्भव हुन सक्तैन । विज्ञ साहित्यिक पत्रकाहरुसमक्ष धेरै भनिरहनु पर्नेछैन ।
 **   साहित्यिक पत्रकारिता अतीतदेखि वर्तमानसम्म एकै प्रकारको समस्याबाट जेलिँदै–गुज्रिँदै आएको छ । समस्या, सुझाव, नीति, अवधारणा, अवस्था, व्यवस्था चिन्ता–चासो र सरोकार एउटै प्रकारको छ । यस क्षेत्रले नितान्त एक्लो पक्षका रुपमा सङ्घर्ष गर्दै आएको छ । साहित्यिक पत्रकारिताको क्षेत्र एउटा निरन्तर यात्रा हो । यात्रा भन्ने कुरा सधैँ जटिल र जोखिमपूर्ण हुने गर्छ भनेर चित्त बुझाउँदै आफ्नो यात्रालाई निरन्तरता दिनुको विकल्प छैन पनि ।

सन्दर्भ सामग्री
 **   नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ।
 **   नेपाली पत्रकारिताको विकासक्रम– प्रेस कउन्सिल, २०५५ ।
 **   प्रेस काउन्सिल नेपाल–चौँतीसौँ वार्षिक प्रतिवेदन, २०६५÷०६६ ।
 **   दियालो वाङ्मय विशेषाङ्क, सन् १९८४, दार्जीलिङ ।
 **   सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति मस्यौदा, २०५७ र २०६३ ।
 **   गोरखापत्र शतवार्षिकी विशेषाङ्क÷रुपरेखा वाङ्मय विशेषाङ्क÷स्रष्टा र साहित्य – उत्तम कुँवर ।
 **   कालो अक्षर– कमल दीक्षित ।
 **   मधुपर्कका विभिन्न विशेषाङ्कहरु÷राष्ट्रव्यापी साहित्यिक पत्रकार सम्मेलन २०४५ मा श्री भवानी घिमिरे÷ डा. चूडामणि बन्धु÷ डा. रामदयाल राकेशद्वारा प्रस्तुत कार्यपत्रहरु ।
 **   अनुसन्धाता एवम् पत्रिका सङ्कलक शिव रेग्मी र निजको पुस्तकालय ।
 **   पत्रकरितासँग सम्बद्ध विविध पत्रपत्रिका एवम् लेख र कृतिहरु ।

हेटौँडा, मकवानपुर
(प्रस्तुत कार्यपत्रको केही अंश लेखक स्वयम्ले पुनर्लेखन गर्नुभएको हो – सम्पादक)