साहित्यिक पत्रकारिताको विकासमा २००७–०१७
** २००७ सम्म लेखक–कविहरु प्रायः आफ्ना रचनाहरु प्रकाशित गर्न सक्ने स्थितिमा थिएनन् । त्यस बेलाको शासनसत्ता प्रतिकूल भए तापनि त्यस बेलासम्म करिब एक दर्जनजति पत्रिकाहरु प्रकाशित भएका थिए । यिनै पत्रिकाहरुमा स्रष्टाहरुका केही रचनाहरु छापिने गर्थे । गोरखापत्र र शारदाले दर्जनौँ लेखकहरु जन्माएको कुरा इतिहास बनिसकेको छ । प्रजातन्त्र प्रप्तिपछि राजनीतिक स्वतन्त्रतासँगै सबै क्षेत्र खुला भयो । भाषा, साहित्य, कला, संस्कृतिको विविध पक्ष विस्तारै फैलिन थाले । तर पनि सात–सत्रको दशकले त्यति ठूलो साहित्यिक उपलब्धि भने दिन सकेको देखिँदैन ।
** यस दशकमा साहित्यिक पत्रकारिताभन्दा समाचार पत्रकारिता बढी ऊर्जावान् भएको देखिन्छ । त्यति बेला सबैलाई प्रजातन्त्र प्राप्तिको खुसियालीले तानेको हुन सक्छ । त्यसकारण प्रायः त्यस बेलाको बौद्धिक क्षेत्र राजनीतिक–प्रजातान्त्रिक अभ्यासमा बढी केन्द्रित भएको होला । त्यति बेला साहित्यिक पत्रकारिताको विकास भएको थिएन भन्ने कुराचाहिँ होइन । यो पक्ष पनि सक्रिय नै थियो तर खुला परिवेश जति हुनुपथ्र्यो त्यतिचाहिँ नभएकै हो । यस दशकभित्र प्रकाशित केही पत्रिकाहरुको विवरण–
ड्डइन्द्रधनु (२००८), महिला (२००८), जागृति (२०१०), विद्यार्थी (२०१०), प्रतिभा (२०१०), कोपिला (२०१०), प्रगति (२०१०) इन्द्रेणी (२०१३), धरती (२०१३), भृकुटी, शान्ति (२०१४), दीपशिखा (२०१५), सिर्जना (२०१७), दर्पण (२०१७), डाँफेचरी (२०१०), कोसेली (२०१०), जनसाहित्य (२०११), साहित्य (२०१६), छहारी (२०१५), कलाकार (२००९), आह्वान (२००९), प्रहरी (२०१६), नेपाली (२०१६), जुनेली (२०१५) आदि ।
साहित्यिक पत्रकारिताको उर्वरकाल
** २०१७ मा प्रजातन्त्र खोसिएपछि राजनीतिमुक्त–निरङ्कुश वातावरणमा पनि साहित्यकारहरुले आफ्नो काम गरिरहे । जुन कारणले गर्दा अभिव्यक्ति प्रकट गर्न अप्ठ्यारो बेला ०१७–०२७ को दशक विशेष गरी साहित्यिक पत्रिकाका निम्ति अत्यन्तै मलिलो समय रहेको कुरा विज्ञहरु बताउँछन् । राजनीतिक सक्रियता र अन्य स्वतन्त्र गतिविधि नभएका कारण पनि लेखक–बुद्धिजीवीहरु पत्रिकाका माध्यमबाट आफ्ना अभिव्यक्ति जनसमक्ष ल्याउन साहित्यतर्फ लागेको कुरा प्रस्ट हुन्छ ।
** २०१७ पछि प्रकाशित पत्रिकाहरुमध्ये रुपरेखाको स्थान अग्रणी मानिन्छ । त्यसो त अन्य पत्रिकाहरुको पनि भूमिका प्रशस्तै रहेको छ । यस बेलाका केही पत्रिकाहरु ः कविता (२०१७), रुपरेखा (२०१७), इन्दु (२०१७), स्वास्नीमान्छे (२०१७), रत्नश्री (२०२०), कल्पना (२०२२), मुकुट (२०१९), पूर्णिमा (२०१९), हिमानी (२०१९), भानु (२०२०), बगैँचा (२०१८), रचना (२०१८), अरूणोदय (२०२०), कविता (२०२१), रमझम (२०२१), सगुन (२०२१), हाम्रो संस्कृति (२०२२), प्रवाह (२०२२), आकाङ्क्षा (२०२३), गुराँस (२०२३), प्राचीन नेपाल (२०२४), नेरावि (२०२४), प्रतीक्षा (२०२५), मधुपर्क (२०२५), विश्व (२०२६), रेवा (२०२६), सामग्री (२०२६), सुनगाभा (२०२७), प्रतीक (२०२७), सुस्केरा (२०२६), सञ्चय (२०२७), अभिव्यक्ति (२०२७), प्रज्ञा (२०२७), शिलान्यास (२०२७), आमा (२०२८), गुनकेसरी (२०२९), इन्दु, बिहान, तुवाँलो, पारिजात, सिउँडी, बान्की, विदेह (२०३०), सङ्कल्प, सन्दर्भ, सन्सार, बरगाछी आदि । यस अवधि अर्थात् चालीसको दशक प्रारम्भ हुने बेलासम्म एक सयभन्दा बढी साहित्यिक पत्रिकाहरु प्रकाशित भएका थिए । यसरी यो अवधिमा साहित्यिक पत्रकारिता निकै फस्टाएको देखिन्छ ।
** साहित्यिक पत्रकारिता जगत्को विकासमा विशेष येगदान दिँदै आएका अन्य केही पत्रपत्रिकाहरुको विवरण यसप्रकार छ ः
** जनमत, सुगन्ध, गरिमा, मिर्मिरे, प्रतिभा, रहर, आकाश, यद्यपि, दायित्व, साहित्य जगत्, प्रणव, चिचिला, साथी, आँधीखोला, मिथिला, हिमशिखर, विवेक, रत्नश्री, समुन्नयन, तन्नेरी, दोभान, नदी, साहित्य सागर, नवीनता, चड्कन, झङ्कार, श्रीजा, सारस्वत, समष्टि, नव माध्यम, गोलाद्र्ध, नेपाल, कल्पवृक्ष, सौरभ, घुयेँत्रो, उन्नयन, शिवपुरी सन्देश, प्रतिभा, नव कविता, बगर, समकालीन, सयपत्री, सगर, प्रलेस, साँग्रिला, प्रयोग, कलम, बन्दना, जुही, सालघारी, अनुराग, सम्प्रेष्पाण, विपुल, सासङ्क, वेदना, आरोहण, दीपशिखा, साहित्य सौगात, मनोभाव, मजबुन, प्रणयन, गुञ्जन, मन्जुषा, रश्मि, वनिता, लिब्जुभुम्जु, चान्द्रमसी, प्रज्ञा, शब्दपथ, परिमार्जन, सूर्योदय, जस्केलो, वनिता, दौँतरी, थुम्को, झरना, अक्षर, मातृभूमि, हाम्रो मझेरी, पुष्पाञ्जली, झरना, आगमन आदि ।
** यसैगरी युगान्तर, नागर्जुन, नवआकाङ्क्षा,, मुस्कान, साथी, पल्लव साहित्य सन्ध्या, दिनारम्भ, विश्वदीप, मालिका, शब्द–संयोजन, शब्दाङ्कुर, गुगुल्डि, कलम, फित्कौली, कल्पतरु, नेपाल–संस्कृति, हाम्रो सिर्जना, पल्लव, नवप्रज्ञापन, निर्झर, अन्तर्बोध, अन्यथा, क्षलोक, अंशु, कौशिकी, अभिनव, समकालीन नेपाली साहित्य, थौं कन्हें (नेपालभाषा), तादी, आकलकुसुम, हिमाली गुराँस, अविश्रान्त आदि ।
** तर यीमध्ये केही पत्रिकाहरु यति बेला प्रकाशनमा देखिन छाडेका छन्् ।
पारिवारिक मासिक पत्रिका
** पारिवारिक मासिक पत्रिकाहरुका माध्यमबाट पनि साहित्यका विविध विधाहरु– कथा, कविता, संस्मरण आदि प्रकाशित हुने गर्दछन् । साहित्यिक पत्रकारिताको विकासमा यस प्रकारका पत्रिकाहरुबाट पनि योगदान पुगेको हुन्छ । उदाहरणका लागि केही पत्रिकाहरुको नाम लिनु सान्दर्भिक हुनेछ ः
** विमोचन, सर्वोत्तम, तथ्यकथा, युवामञ्च, अप्सरा, अन्तर्राष्ट्रिय मञ्च, एक्काइसौँ शताब्दी, नवयुवा, कमना, सधना, सूर्य, समानता, विदुषी, गीताञ्जली, अभिसारिका, आराधना, सुखी संसार, स्पर्श, अस्मिता, काठमाडौँ टुडे आदि करिब तीन दर्जन यस्ता पत्रिकाहरु सक्रिय रहेका छन् । यस्ता पत्रिकाहरुमा पनि कथा, कविता अथवा अन्य साहित्यिक सामग्री दिने हुँदा मानिसहरुको पढ्ने बानीको विकास गर्नुका साथै साहित्यमा सघाउ पुगेको छ भन्न सकिन्छ ।
सामयिकी, वार्षिकी र उत्सवी पत्रिका
** राजधानी र नेपालभरिकै विभिन्न सङ्घ–संस्थाहरुबाट विभिन्न अवसरमा सयौँ पत्रपत्रिकाहरु प्रकाशित भएका छन् । शिक्षण संस्थाहरु विशेष रुपमा यस्ता पत्रिका प्रकाशनका निम्ति अग्रपङ्क्तिमा रहने गरेका छन् । केही त्रैमासिक, अर्धवार्षिक र अधिकांशरुपमा वार्षिक र सामयिक सङ्कलनका रुपमा प्रकाशित हुने गरेको यस्ता पत्रिकाहरुको विवरण देशभरिका हजारभन्दा बढी हुन सक्छन् । माध्यमिक विद्यालयीय किशोर प्रतिभाहरुदेखि क्याम्पस, विश्वविद्यालयस्तरसम्मका विशेष गरी माोफसलका युवा प्रतिभाहरुले आफ्ना प्रतिभा देखाउने अवसर यस्तै पत्रपत्रिकाका माध्यमबाट पाउने गर्दछन् । साथै यस प्रकारका पत्रपत्रिकाहरुले पनि साहित्यिक पत्रकारिताको विकासमा निकै ठूलो टेवा दिएका छन् । यस्ता पत्रिकाहरुको उल्लेख गर्न निकै धेरै समय र प्रयासबाट मात्र सम्भव छ ।
** विभिन्न सङ्घ सङ्गठन, संस्था र विविध क्षेत्रहरुबाट प्रकाशित हुने सामयिक सङ्कलन एवम् उत्सवी अर्थात् सङ्घ–संस्था, शिक्षण केन्द्र आदिका वार्षिकोत्सव, दशकोत्सव, रजत र स्वर्ण महोत्सव आदिमा प्रकाशित हुने पत्रिका र स्मारिकाहरुबाट साहित्यको विकासमा ठूलो योगदान पुगेको हुन्छ । नियमित प्रकाशित नहुने, आफ्नो अनुकूलअनसार समयसमयमा प्रकाशित हुने यस्ता पत्रपत्रिकाको क्षेत्र २०३० को दशकमा अत्यन्तै उर्वर भएको थियो । त्यस अवधिमा धेरैजसो पत्रपत्रिकाको दर्ता खारेज गरिएको र नयाँ पत्रिका दर्ता नगरिदिने हुँदा सामयिक सङ्कलनका रुपमा पत्रिक प्रकाशनको लहर नै चलेको थियो । यता आएर पनि यस्ता पत्रपत्रिका प्रशस्तै छापिने गरेका छन् ।
** त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, एवम् प्रवासी नेपालीसँग सम्बद्ध सङ्घ–संस्थाहरुबाट पनि पत्रपत्रिकाहरु प्रकाशित हुने गरेका छन् । यसबाट पनि साहित्यिक पत्रकारितालाई योगदान पुगेको छ । संस्था, प्रतिष्ठान, पुस्तकालय, दूताबास वा अन्यत्रबाट प्रकशित हुने मुखपत्र, सामयिक सङ्कलनहरु पनि निकै स्तरीय र सङ्ग्रहणीय हुने गर्दछन् । उल्लेख भएका सबैखाले पत्रिकाहरुले साहित्यिक पत्रकारिताको विकासमा कुनै न कुनै प्रकारले सहयोग पु¥याइरहेका हुन्छन् ।
गोजिका र हवाइपत्र
** २०२७ मा कवि हरिभक्त कटुवालले ‘गोजिका’ नामको सानो पत्रिका निकालेर नौलो प्रयोग सुरु गरेका थिए । पछि गएर थुप्रै गोजिकाहरु निस्किए । त्यस्तै २०३३ मा विनय कसजु र विजय सागरले पाल्पाबाट हवाइपत्रमा लघुकथा सङ्ग्रह प्रकाशन गरेर अर्को नयाँ अध्याय थपेका थिए ।
** पछि साहित्यिक हवाइपत्रहरु पनि थुप्रै प्रकाशित भए । यी दुवै खाले प्रयोगले नेपाली साहित्यिक पत्रकारितामा नयाँ आयामको कुरा सम्झनैपर्ने हुन्छ । पाठकलाई छोटो र चोटिला सामग्री दिनुपर्ने रहेछ भन्ने कुराको उदाहरण हुन्– यी दुवै प्रयोगहरु । अहिले यो प्रयोग प्रायः स्थगितझैँ देखिन्छ ।
** केही हवाइपत्र ः उत्प्रेरणा (गोर्खा), उद्यान (मकवानपुर), उब्जनी (काठमाडौँ), काँचुली (पाल्पा), कोपिला (काठमाडौँ), जिरीदीप (दोलाखा), जुनकीरी (मकवानपुर), तरङ्ग (तनहुँ), नव प्रज्ञान (बारा), नव सृजना (सिन्धुली), पाथीभरा (रौतहट), प्रवाह (भक्तपुर), प्रोत्साहन (उदयपुर), बाडुली (चितवन), शब्दसङ्ग्राम (काठमाडौँ, सञ्जीवनी (काठमाडौँ), सन्देश (काठमाडौँ), सुदामा (खोटाङ), सौगात (लमजुङ) आदि ।
पत्रिकासँगै कृतिको जन्म
** कतिपय साहित्यिक पत्रिकाका प्रकाशक÷सम्पादकले एकैचोटी पत्रिका र कृति तयार पारी प्रकाशित गर्ने गरेका छन् । यस्तो प्रक्रियाअन्तर्गत प्रेसमा एक हजार छापिएको सामग्रीलाई २०० जति पत्रिकाका रुपमा निकाल्ने र बाँँकीलाई कृतिका रुपमा प्रकाशन गरेर जनसमक्ष ल्याइने गरिन्छ । कविता विशेषाङ्क, लघुउपन्यास अथव लेखहरुको सङ्कलन, एउटै लेखकका एउटै विधाका रचना वा कथा, उपन्यास आदि पत्रिका विशेषाङ्क भनेर छापिने अनि पछि कृति पनि बनाउने गरिन्छ । पत्रिकाका रुपमा केही विज्ञापन उठ्छ र छपाइ खर्च चल्छ । त्यसैबाट पुस्तक पनि तयार हुन्छ ।
** यदि साहित्यिक पत्रकारिता क्षेत्रमा केही सुविधा मिल्ने हो भने सम्पादकले यसरी दोहोरो कष्ट झेल्नुपर्ने थिएन ।
** अनि यो परम्पराको थालनीचाहिँ नेपालको जेठो साहित्यिक पत्रिका सुधासागरबाटै भएको पाइन्छ । सुधासागरमा छापिएका १८ वटा कवितालाई कवितासङ्ग्रहका रुपमा वि.सं. १९५६ मा छापिएको थियो ।
** वि.सं. २०६७ सम्म पनि यो परम्परा केही पत्रिकाहरुले जीवितै राखेका छन् । साहित्यिक पत्रकारिताको यस बाध्यात्मक स्थितिमा परिवर्तन आउन नसके पनि साहित्य जगत्ले भने दोहोरो फाइदा (साहित्यिक पत्रकारिता र कृति) एकैचोटी पाउने गरेको छ ।
समाचारपत्रको साहित्यिकता
** साहित्यिका पत्रकारिताको विकासमा साप्ताहिक र दैनिक समाचार पत्रिकाको समेत महŒवपूर्ण भूमिका रहेको हुन्छ । यस निम्ति सबैभन्दा पहिले नेपालको जेठो समाचारपत्र गोरखापत्रलाई प्रमुख उदाहरणका रुपमा लिनुपर्छ । गोरखापत्रले आफ्नो एक सय सात वर्षको इतिहासमा सयौँ व्यक्तिलाई पत्रकारिता एवम् साहित्य लेखनको अभ्यास र शिक्षा दिँदै आएको छ । २००७ सम्म त प्रायः लेखक–कविहरुको प्रतिभा देखाउने साधन गोरखापत्र नै थियो ।
** राजा ‘जयपृथ्वीबहादुरले सञ्चालन गर्दाको (वि.सं. १९५९–१९७०) दश स्वर्ण दशक मानिन्छ– गोरखापत्र साहित्यिक प्रकाशनक लागि । त्यसपछि पनि गोरखापत्रमा साहित्यिक प्रकाशन भइरह्यो । विगत चार दशकदेखि गोरखापत्रले ‘शनिवासरीय विशेषाङ्क’ का रुपमा कथा , कविता, निबन्ध, समालोचना, यात्रासंस्मरण आदि प्रकाशन गरेर साहित्यिक पत्रकारिताको धर्म समेत थाम्दै आएको छ ।
** त्यसै गरी कान्तिपुरले पनि साहित्यिक स्तम्भका साथै शनिबारे साहित्यिक विशेष सामग्री समेत दिने गरेको छ । हिमालय टाइम्स र समाचारपत्रले पनि नियमित साहित्यिक स्तम्भ राखेका छन् । कतिपय साप्ताहिक पत्रिकाले पनि साहित्यिक स्तम्भ राखेर यस क्षेत्रमा टेवा पु¥याएका छन् । समाचारमूलक पत्रिकाहरुबाट साहित्य सेवामा जुन योगदान भएको छ, त्यो अझ बढ्दै गएमा साहित्यिक पत्रकारितालाई टेवा मिल्नेछ भन्ने कुरामा साहित्यिक पत्रकारहरुले विश्वस्त हुने ठाउँ पर्याप्त छ ।