Author Topic: Mahima Silwal (महिमा सिलवाल)  (Read 8195 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Mahima Silwal (महिमा सिलवाल)
« on: September 23, 2015, 07:47:51 AM »
महिनामा ४० हजारको खान्छु, नखाने कुरा केहि छैन
२०७२ असोज ५

महिमा सिलवाल



एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् महिमा सिलवालले । केही म्युजिक भिडियोमा समेत देखिएकी महिमा अहिले सुटिङको क्रममा बुटवलमा छिन् । महिमासँग अनलाइनखबरले हरेक मंगलवार प्रकाशन हुने ‘सेलीब्रेटी र खाना’ स्तम्भ अन्तर्गत गरिएको कुराकानीः

बिहान र बेलुका के खानुहुन्छ ?
बिहान उठ्ने बित्तिकै ‘हटलेमन वीथ हनी’ खान्छु । बे्रकफास्ट हल्का खालको लिन्छु । प्राय ब्रेड, अण्डा हुन्छ ब्रेकफास्टमा । दिउसोको एक-दुई बजेतीर लञ्च खान्छु । बेलुका प्रायः भात खान्न । दुईटा सुख्खा रोटी खान्छु, दाल वा चिकन ग्रेभीसँग ।

मिठो लाग्ने र नलाग्ने खाने कुरा ?
चिकेन ग्रेभी, तन्दुरी र साग मन पर्छ । मटनको सेन्ट मन पर्दैन । प्रायः मटन खान्न पनि ।

अरु के-केको मासु खानुहुन्छ ?
बफ दुई-तीन महिनामा एकचोटी खान्छु । माछा पनि ठिकै खान्छु ।

डाइटिङ गर्नुहुन्छ ?
अहँ, म कहिल्यै डाइटिङ गर्दिन । मिलाएर खान्छु, बस ।

विदेश गएको बेला के बढी खानुहुन्छ ?
कुन देश गएको हो त्यसमा भर पर्छ । कतिपय देशमा आफुलाई मन पर्ने खाना सजिलै पाईदैन । त्यस्तो अवस्थामा फ्रुट्समा मात्रै पनि ध्यान दिनुपर्छ ।

लामो समयसम्म भोकै बसेको याद छ ?
म भोक खप्न सक्ने खालको मान्छे हैन । त्यस कारण लामो समय भोको बसेको प्रसंग मेरो दिमागमा छैन ।

तपाईलाई के पकाउन आउँछ ?
मलाई लगभग सबैथोक पकाउन आउछ । दाल, भात, तरकारी, चिकेन ग्रेभी निकै मिठो बनाउछु । एउटै चिज आउदैन, ढिंडो ओडाल्न ।

विदेश जाँदा खान नजानेर अप्ठयारो भएको छ ?
खान नजानेर होइन, खान नपाएर चाँही अप्ठेरो भएको छ । पहिलोपटक थाइल्याण्ड जाँदा आफ्नो स्वाद अनुसारको खाना नपाएर निकै गार्‍हो भयो । थाइफुडको सेन्ट मलाई पटक्कै पन पर्दैन । तीन दिनसम्म गतिलो चिज खानै पाइएन ।

कसले पकाएको मिठो लाग्छ ?
मलाई मेरी बहिनीले पकाएको सबैभन्दा मिठो लाग्छ ।

खाना वा खाजाका लागि कुन ठाँउ धेरै जानुहुन्छ ?
प्रायः हटब्रेड जाने गरेकी छु ।

कसैले झुक्याएर तपाईले नखाने कुरा खुवाएका छन् ?
मैले नखाने कुरा केही छैन । त्यसकारण जसले जे खुवाए पनि झुक्याउन सक्दैन ।

खानामा मासिक खर्च कति हुन्छ ?
हुन्छ होला ४० हजार जति ।

खाना खान कति समय लगाउनुहुन्छ ?
म सबैभन्दा छिटो खाने मान्छे । चार मिनेटदेखि आठ मिनेटमा खाईसक्छु ।

तपाईले हरेक दिन नछुटाई खाने कुरा के के हुन् ?
हरियो साग, चिकेन ग्रेभी र गोलभेडाको अचार ।



samir211

  • 50x
  • ****
  • Posts: 781
Re: Mahima Silwal (महिमा सिलवाल)
« Reply #1 on: December 14, 2017, 07:54:54 AM »




samir211

  • 50x
  • ****
  • Posts: 781
Re: Mahima Silwal (महिमा सिलवाल)
« Reply #2 on: December 14, 2017, 08:10:47 AM »
 :o

samir211

  • 50x
  • ****
  • Posts: 781
Re: Mahima Silwal (महिमा सिलवाल)
« Reply #3 on: February 13, 2020, 08:09:56 PM »
Rip Mahima.jpg  :-[ :-X
« Last Edit: February 13, 2020, 08:40:59 PM by samir211 »

anand

  • Administrator
  • *******
  • Posts: 1202
Re: Mahima Silwal (महिमा सिलवाल)
« Reply #4 on: February 18, 2020, 02:25:41 AM »

samir211

  • 50x
  • ****
  • Posts: 781
Re: Mahima Silwal (महिमा सिलवाल)
« Reply #5 on: February 22, 2020, 05:03:11 AM »

महिमालाई १० प्रश्न : प्रेम गर्ने आँट कसैले देखाउन सकेनन्
3
 
 
3
 
 
0
 

काठमाडौँ । एक समयकी हट अभिनेत्री हुन् महिमा सिलवाल । ग्ल्यामरमा उदार उनको पहिरनको चर्चा खुबै हुन्थ्यो पहिले । अहिले भने ‘कुल’ भएकी छन् उनी । पछिल्लो समय उनलाई हट पहिरनमा बिरलै देख्न पाइन्छ । जिगोलो, अप्रिल फुल, दानवलगायत दर्जनभन्दा बढी चलचित्रकी यी नायिका व्यावसायिक फड्को मार्नमा भने पछि नै छिन् । सायद त्यसैले होला उनी अचेल ‘चुजी’ भएकी छन् । अर्थात् छानेर मात्र चलचित्र अभिनय गर्न थालेकी छन् । निर्र्माता रिझाएर चलचित्र पाउँछिन् भन्ने हाल्ला पनि चलेको थियो, उनको बारेमा । ती हल्ला गलत भएको बताउँदै अहिलेसम्म डेटिङ अनुभव नभएको सुनाउँछिन् । प्रेमभन्दा पनि करियरलाई अहिले महत्वका साथ हेरेको बताउने उनीसँग कुबेर गिरीले राखेका दस प्रश्न ।

कत्तिको नक्कल पार्नुहुन्छ ?
खासै नक्कली छुइनँ है । अभिनयबाहेक अन्य समयमा पनि मलाई मेकअपमा बस्न मन लाग्दैन । कुनै पनि कार्यक्रम वा सभा समारोहमा जानुपर्यो भने हल्ला गर्नै पर्यो । १० देखि १५ मिनेटभित्रमा मेकअप सिध्याउँछु । मस्कारा, कोल्ड क्रिम, लिपस्टिक सधैँ लगाउने गरेकी छु ।

फेसनमा कति ध्यान दिनुहुन्छ ?
चलेका फेसन लगाउन रुचाउने केटी हुँ म । त्यसैले समयअनुसार जे पहिरन बजारमा चलेको छ, त्यो किनिहाल्छु । मलाई प्रायः गाउन र वान पिस लगाउन मनपर्छ ।

फिटनेसबारे ?
फिटनेसमा त्यति रुचि छैन भन्दा पनि हुन्छ । बिहान घरमा हल्का जुम्बा गर्छु । त्यसपछि साइक्लिङ गर्ने बानी छ ।

तपाईं कति रुनु हुन्छ ?
चलचित्रको अभिनय छाडेर भन्ने हो भने रियल लाइफमा नरुने केटी म । किन किन मलाई सितिमिति रुनै आउँदैन । आजभन्दा चार वर्ष अगाडि हजुरआमा बित्नुभएको थियो । त्यो बेला धेरै रोएकी थिएँ ।

रिसाहा केटी भन्छन् नि ?
हो, यो कुरो सही हो । मलाई धेरै रिस उठ्छ । किन किन म यसलाई मेन्टेन गर्न नै सक्दिन । तर लामो समयका लागि रिस उठ्दैन । छोटो समयका लागि सानोसानो कुराले रिस उठिरहेको हुन्छ । यो समयमा म जे पनि गर्न सक्छु ।

केही पहिले प्रेमको हल्ला चलेको थियो नि, सही हो ?
यो नचाहिँदो हल्ला हो । म अहिलेसम्म प्रेममा छैन । यसमा अल्झिने समय होइन मेरो । पहिले करियर बनाउँछु । अनि प्रेम, रोमान्स गरौँला । अर्काे कुरा अहिलेसम्म प्रेम गर्ने आँट पनि कसैले देखाएका छैनन् ।

कस्तो ठाउँमा डेटिङ जाने रहर छ ?
मलाई हल्का लाइट म्युजिक, डिम लाइट डिनरको साथमा रोमान्टिक डेटिङ नै मनपर्छ । म चलचित्र क्षेत्रको मानिस भएर होला यस्तो मन परेको सायद ।

रोजेको व्याक्तिसँग डेटिङको अवसर मिल्यो भने ?
अहिलेसम्म कसैले पनि दिएका छैनन् यस्तो अफर । दिए पनि नेपालमा मैले त्यस्तो कसैसँग सोचेकी छैन । नेपाली सबै मलाई दाजुभाइ जस्तो लाग्छ । बलिउडको कुरा गर्ने हो भने बच्चैदेखि सलमान खान मनपर्छ । सायद उनीसँगै जान चाहन्छु ।

बिर्सनै नसक्ने घटना कुनै छ ?
झमेला भन्ने चलचित्रको सुटिङमा टुचिनमा झुन्डिनुपर्ने सिन थियो । तल सेती खोला । मिस्टेकले म त्यहाँबाट खस्ने दृश्य दिनुपर्ने । मलाई टुचिनमा झुन्ड्याइयो । तर तल केही सेफ्टी प्रयोग नगरिएको देखेर मेरो त प्राण नै निस्केला जस्तो भयो । डराई डराई मैले त्यो अभिनय सकेँ । त्यो सिन सम्झेर अहिले पनि डर लाग्छ ।

झगडालु हुनुहुन्छ रे नि ?
नचाहिँदो कुरा । कसले भन्यो यस्तो । म झगाडादेखि सधैँ टाढा बस्ने केटी । अहिलेसम्म ठूलो झगडा कसैसँग भएको छैन । सानोतिनो भयो होला । ठूलो झगडा भयो भने एक किकमा झगडा गर्न आउनेलाई ढाल्दिन्छु ।
@-ratopati.com

anand

  • Administrator
  • *******
  • Posts: 1202
Re: Mahima Silwal (महिमा सिलवाल)
« Reply #6 on: February 23, 2020, 01:09:39 AM »

samir211

  • 50x
  • ****
  • Posts: 781
Re: Mahima Silwal (महिमा सिलवाल)
« Reply #7 on: February 23, 2020, 08:57:13 AM »
From Facebook :( :o :-[