Author Topic: Shiva Pariyar.  (Read 5007 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 730
Shiva Pariyar.
« on: September 25, 2015, 09:30:29 PM »
मकृष्ण दाइहरू पनि पप गीततिर लागिसक्नुभएको रहेछ । ‘हेहेहे‘’ ले बजार पिट्न थालेको रहेछ । मैले क्लासिकल गीतबाट गाउन सुरु गरेको थिएँ, त्यो क्षेत्र डुबानमा परिसकेको रहेछ । पहिले थाहा भएन । नत्र त्यो ‘रिस्क’ लिन्नथेँ । रिमिक्स गाउन मेरो नैतिकताले दिएन, राम्रो गीत कसैले दिएन, सबै पैसा सकिइसकेको थियो । अहिले लाग्छ, बेकारमा रेकर्ड गरिएछ ।




०५१ मा सर्लाहीमा जिल्लास्तरीय बालगीत प्रतियोगिता आयोजना भयो । सबै स्कुललाई भाग लिन पत्राचार भएछ । हाम्रो स्कुललाई पनि । प्रतियोगितामा पठाउन सरहरूले प्रत्येक ‘क्लास’मा आवाज टेस्ट गर्नुभयो, गाउन सक्नेले गाए । हाम्रो कक्षाको पालो आयो । सरहरू हाम्रो कक्षामा आउनुभयो । म र अर्जुन कार्की एउटै बेन्चमा थियौँ । उसले मेरो हात च्याप्प समात्यो, उठायो र भन्यो, ‘सर, यसले गाउँछु भन्यो ।’ स्कुलमा ‘मार्क’ गरिएको विद्यार्थी थिइनँ म । सधैँ पछाडि बस्थेँ, ‘स्याडो’मा ।

अर्जुनले हात उचालिदिएपछि सरले भन्नुभयो, ‘ल शिव गा त’ । सर दुई हात बाँधेर डेस्कमा बस्नुभयो । मलाई आपत् पर्‍यो । त्यसअघि गीत गुनगुनाएको सम्म याद थिएन मलाई । अब कसरी गाउँमा ? त्यो पनि सरको अगाडि उभिएर ? पूरै ‘क्लास’का अगाडि ? तर, बाध्यता थियो । गीत नगाउँदा सरको डन्डा ममाथि बर्सने निश्चित थियो । थररर कामेँ र गाउन थालेँ– म त अब रिसाउँछु, बोल्दै बोल्दिनँ…. । त्यतिवेला त्यो गीत रेडियोमा खुब बज्थ्यो, मलाई त कण्ठै पो भइसकेको रहेछ । डरै–डरैले गाएँ, आफू छानिउँला भन्ने रत्तिभर सोचेको थिइनँ । स्कुलमा धेरैले गाएका थिए । तर, आश्चर्य  म छानिएँ । सरहरूले ‘मार्क’ गर्नुभएछ ।

दिलबहादुर धनामगर, स्व. डम्बरबहादुर थापा र डिल्लीबहादुर श्रेष्ठ सरहरू सांस्कृतिक फाँट हेर्नुहुन्थ्यो । मलाई दिलबहादुर सरले गाउन सिकाउन थाल्नुभयो । ‘यसले फस्र्ट हान्छ,’ दिलबहादुर सर धाप मार्नुहुन्थ्यो । दुई दिन सरकै घरमा तालीको तालमा गाउन सिकेँ, गीत कण्ठ पारेँ । र, स्टेजमा तबला र मादलमा ‘मेरो घर हजारे, हर्केको छोरो म’ गाएँ । कार्यक्रम मलंगवामा भएको थियो । जिल्लाभरिका ६२/६५ स्कुलबाट प्रतियोगितामा सहभागी थिए । हामीलाई उपाधि जितिएला भन्ने लागेन । मैले गाइसकेपछि हामी फर्कियौँ । भोलिपल्ट स्कुल पुगेपछि बल्ल थाहा भयो– म ‘फस्र्ट’ भएको रहेछु । म ‘फस्र्टटाइम स्टेज’ चढेको थिएँ, ‘फस्र्ट’ नै भएँ । मेरो जग त्यही हो ।

०००
स्कुले साथी बुद्ध लामा काठमाडौं बस्थे । हामीले एउटै प्रतियोगितामा पनि भाग लिन्थ्यौँ । म फस्र्ट हुन्थेँ, ऊ सेकेन्ड । ‘तैँले संगीत नै पढ्नुपर्छ,’ बुद्ध मलाई हौस्याइरहन्थे । त्यतिवेलासम्म दुईचोटि जिल्लास्तरीय प्रतियोगितामा फस्र्ट भइसकेको थिएँ, रंगमञ्चका धेरै कार्यक्रम गरिसकेको थिएँ । ‘संगीत नै पढ्छु,’ मन अन्त डुलाइनँ । तर, संगीत कहाँ पढाइन्छ भन्ने थाहा थिएन । बुद्ध र मैले खेज्न थाल्यौँ । त्यतिवेला हामी भैँसेपाटी बस्थ्यौँ । धेरै ठाउँ गयौँ । भोटाहिटीमा ललितकला क्याम्पसको बोर्ड देख्यौँ । बोर्डमा क्याम्पसको नाम मात्र थिएन, संगीत, गायन के–के लेखिएको थियो । हामी खुसी भयौँ । गेटबाट भित्र छिर्दा/नछिर्दै, हार्मोनियमको सुमधुर आवाज सुन्यौँ । त्यतिवेला शरीरको थकान सबै भाग्यो । हामीले संगीत कक्षाबारे बुझ्यौँ । पैसा पनि थोरै लाग्ने रहेछ, म भर्ना भएँ । ललितकला क्याम्पसमै रविन कोइराला, जीवन गुरुङहरू मूर्ति पढ्थे । उनीहरूले ‘परियार पढ्न आयो’ भनेर फूलमालासहित स्वागत गरे । झ्याम्म हार्मोनियम बजाएर स्वरसम्राट्का गीत गाउनेहरू थिए त्यहाँ । हार्मोनियमको पत्ताअनुसार मेरा आँखा यताउता घुम्थे । घरमा बाबुआमाको छत्रछायामा थिएँ, काठमाडौंमा फुकेको साँढेजस्तो भएँ । घरबाट खर्च मागेजति आउँथ्यो । दिउँसोभरि साथीहरूसँग बरालिन्थेँ । साँझ मन लागे कोठा, नत्र साथीहरूकहाँ नै जान्थेँ । अरू साथी पनि मसँगै त छन् भन्ने लाग्थ्यो । तर, उनीहरू ‘ट्युसन’ पनि लिँदा रहेछन् । मलाई थाहै भएन । परीक्षाफल प्रकाशित भएपछि बल्ल मैले बुझेँ । तर, ढिला भइसकेको थियो । मेरो ५९ प्रतिशत आएको थियो, तर अंग्रेजीमा फेल भएको थिएँ । क्याम्पस यात्रा त्यही एउटा विषयले रोक्यो । तर, म संगीत यात्रा नरोकियोस् भन्ने चाहन्थेँ । भारतबाट संगीतमा ‘ग्रयाजुएसन’ गर्नुभएका, गान्धर्व घरानामा संगीत पढ्नुभएका, इन्डियन क्लासिकल म्युजिकमा शास्त्रीय सारंगी वादन चार वर्ष अध्ययन र साधना गर्नुभएका चन्दनकुमार श्रेष्ठ करारमा पढाउनुहुँदो रहेछ त्यही कलेजमा । उहाँबारे थाहा पाएँ । र, उहाँको इन्स्टिच्युटमा संगीत सिक्न थालेँ । चन्दन सरसँगै सात वर्ष पढेँ । ‘फस्र्ट इयर’ सुरु हुँदा/नहुँदै उहाँसँग संगीत सिक्न थालेको थिएँ । शिव परियारको मुख्य गुरु र ‘डिजाइनर’ उहाँ नै हो । पछि इलाहाबादबाट ‘बिम्युज’ पनि गरेँ । भलै, मसँग ‘एकेडेमिक सर्टिफिकेट’ छैन, तर विश्वास छ ।

०००

गायक हुन्छु भनेर मैले संगीत पढेको होइन । गायक नबने पनि संगीतको राम्रो गुरु बन्छु भन्ने थियो । स्वामी प्रपन्नाचार्य मेरो गायन सुन्न ‘इन्स्टिच्युट’मै आउनुहुन्थ्यो । ‘ए चन्दन, परियारलाई निकाल त…’ आउनेबित्तिकै भन्नुहुन्थ्यो । बिहानै आउनुहुन्थ्यो र दुई बजे फर्कनुहुन्थ्यो । म परियारलाई सुन्न आएको भन्नुहुन्थ्यो । बिदाको दिन पनि प्रपन्नाचार्य गुरु आउनुभएको छ भनेर मलाई बोलाउँथे, मैले उहाँलाई राग सुनाउनैपथ्र्यो । क्लासिकल म्युजिक पढ्नुपर्छ, धुरन्धर उस्ताद बन्नुपर्छ, पर्फमेन्स गर्नुपर्छ र गुरु बन्नुपर्छ भनेर संगीत सिकेको तीन/चार वर्षमै किराँतेश्वर संगीत आश्रममा ‘पर्फम’ गर्न थालेँ ।

०००

आधुनिक गीतले ‘मार्केट’ लिएको थियो । ०५९ सालमा रेडियो नेपालले अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता आयोजना गर्‍यो । म शास्त्रीय गायकका रूपमा अगाडि बढ्दै थिएँ, आधुनिक गीत पनि गाऊँ न त भनेर सुरेश वाग्लेजीको गजल कम्पोज गरेँ । त्यसअघि मैले आधुनिक गीत गाएकै थिइनँ । भारी विधाबाट एकैचोटि हल्कामा आउन गाह्रो हुन्थ्यो । गजलमा भने ‘सेमी–क्लासिकल टच’ दिन सकिन्थ्यो, त्यसैले गजल छानेँ । ‘जति बिस्र्यो तिम्रो याद आउन खोज्छ किन होला मेरो दिलले तिम्रो गीत गाउन खोज्छ किन होला…’ शब्द त सुरेशजीले दिनुभयो, संगीत कोसँग माग्न जाने ? चिनेको कोही थिएन । आफैँलाई भनेँ, ‘जेजे सिकेको छस्, त्यसैलाई मिला र ठोक ।’ अनि गजल कम्पोज गरेँ । र, प्रतियोगितामा भाग लिएँ । कस्तो अचम्म † यसपटक पनि फ्याट्टै ‘फस्र्ट’ भएँ । रेडियोमा पनि टेकेकै दिन ‘फस्र्ट’ भएँ । त्यो खबरले मलाई सात दिनसम्म खाना रुचेन, खुसीको सीमा नै रहेन । पछि थाहा पाएँ, १५ हजारको आवेदन परेको थियो रे † तीमध्ये एक सय ११ जना छानिएका थिए । आधुनिक गायनमा ‘खतरा गायक/गायिका’ भनेर चिनिएका पनि प्रतियोगितामा थिए । त्यसअघि मैले औपचारिक रूपमा गाएको थिइनँ । स्वरसम्राट् नारायणगोपाल, भक्तराज आचार्यका गीतहरू सुनाउँथेँ साथीहरूलाई । ‘क्या गाइस्’ भन्थे उनीहरू ।

०००

गायकमा संगीतको पूर्ण ज्ञान हुनुपर्छ भन्ने मेरो मान्यता थियो । रेडियो नेपालले मेरो त्यही गीत ०६० वैशाख ४ गते रेकर्ड गर्‍यो । रेडियोको स्टुडियोमा गीत रेकर्ड गर्दा कम्तीमा दुई ‘टेक’ लिइन्छ । मेरो गाना एक ‘टेक’मै रेकर्डिङ भयो । दोस्रो ‘टेक’ आवश्यक ठानेनन् उनीहरूले । त्यो गीत रेडियोमा बज्न थाल्यो । ‘तेरो आवाज यस्तो, उस्तो’ भनेर रेस्पोन्सहरू आउन थाले । ‘फलाम तातेकै वेला घन ठोक्नुपर्छ, भैरे यतिवेलै ठोक’ भन्ने मनमा खेल्यो । आफूसँग भएको एक/डेढ लाख र सय कडा पाँचको दरले खोजेको दुई लाख ऋणले एल्बम निकालेँ । फस्र्ट भएको थिएँ, अरू कुराको कुनै मतलब गरिनँ । अहिले मिक्सिङ गर्दा पाँच हजारमा तीन/चार रात बसेर, दशचोटि करेक्सन गर्न पाइन्छ । त्यतिवेला बाँसुरी अलि कम सुनियो, बढाइदिनु न भन्दा पैसा माग्थे । एकचोटि फेड बढाउँदा एक हजार तिर्थेँ । एल्बम पूरै तयार गर्दा तीन लाख सकियो । बजार बुझ्न आवश्यक ठानिनँ । एकोहोरो लिडेढिपीले एल्बम तयार पारेँ । र, कम्पनी–कम्पनी धाउन थालेँ । ‘स्वर राम्रो छ, म लगानी गर्छु’ भन्ने आशा धेरैले सुनाए, तर कसैले गरेनन् । त्यतिवेला आधुनिक गीत सोत्तर भइसकेको रहेछ । रामकृष्ण दाइहरू पनि पप गीततिर लागिसक्नुभएको रहेछ । ‘हेहेहे…’ ले बजार पिट्न थालेको रहेछ । मैले क्लासिकल गीतबाट गाउन सुरु गरेको थिएँ, त्यो क्षेत्र डुबानमा परिसकेको रहेछ । पहिले थाहा भएन । नत्र त्यो ‘रिस्क’ लिन्नथेँ । रिमिक्स गाउन मेरो नैतिकताले दिएन, राम्रो गीत कसैले दिएन, सबै पैसा सकिइसकेको थियो । अहिले लाग्छ, बेकारमा रेकर्ड गरिएछ ।

०००

पहिलो एल्बमलाई कसैले पनि लगानी नगर्दा पप गीत गाइदिउँm कि भन्ने झोँक पनि चल्यो । तर, पप गायक र एरेन्जर नै भन्थे, ‘शिव भाइ तपाईंको स्वर राम्रो छ, यस्ता गीत नगाउनुस् तपाईं ।’ उनीहरूलाई के थाहा, मेरो मनको पीडा । दुइटा पप गीत रेकर्ड गर्न पाए एल्बम निकाल्दिन्थे कि भनेर जान्थेँ म । उनीहरूले सम्झाउँथे । अनि, निराश हुँदै रित्तै फर्किन्थेँ म । तैपनि, म कम्पनीहरू धाउन छाडिनँ । रिबेल क्रिएसनले ‘तिमीलाई म लगानी गर्छु, तिम्रो ऋण पनि तिरिदिन्छु, नाफा कम्पनी र तिमी आधा–आधा बाँडेर खाने’ भन्यो । मेरो दुई लाख अर्को सोमबार ‘डन’ भनेर गीत रेकर्डिङ पनि सुरु भयो । र, पहिले तयार भइसकेको एल्बममा केही नयाँ गीत थप्यो, एल्बम निस्कियो । ‘फेवातालमा साइँली…’ गीत चल्यो पनि । गीत चलेर के गर्नु ? ब्याजले ऋण आकासियो । झन्डै पाँच लाख पुग्यो । एल्बम बिकिहाल्छ, जाबो दुई लाख त तिरिदिउँला नि भनेर तीन महिनाको भाका राखेको थिएँ । तर, वर्षदिनसम्म पनि पैसा आएन । कम्पनीले पनि भाका मात्रै राख्यो । आदर्शवादी कुरा हुन्थे, व्यवहार ठीकविपरीत । रिबेलले वचन नदिएको भए ऋण बढ्ने थिएन । कम्पनीको नियत ठीक लागेन । छोडिदिएँ ।

०००

घरबाट पनि ‘शिव, पैसा आएन ?’ भनेर सोधिरहनुहुन्थ्यो । तनावले गाँज्न थाल्यो । यति तनाव हुन्थ्यो कि बिहानै बूढानीलकण्ठको डाँडातिर निस्कन्थेँ । एक्लै बस्थेँ । दिउँसो स्कुलमा संगीत पढाउँथेँ, साँझ रेस्टुरेन्टमा म्युजिसियनको काम गर्थेँ । जतिवेलै समय टेन्सन मात्रै हुन्थ्यो, काम गर्ने मुड हुन्थेन । तर, ऋण तिर्नैपर्ने थियो, अलि–अलि गर्दै घटाउँदै थिएँ । केही समयपछि रिबेलले फेरि प्रस्ताव गर्‍यो, ‘अब व्यावसायिक टर्ममा काम गरौँ ।’ ०६५ सालमा रिबेलकै लगानीमा दोस्रो एल्बम निकालेँ । एल्बममा मेरो एकल स्वर र संगीत थियो, त्यसका तीनवटा गीत हिट भए– अलिकति नजर तिम्रो…, तिम्रै निम्ति मखमली चोली लिई आउँला… र मेरोबारे उनले सोधे मरे भनिदिनू… । त्यसमा पनि उसले सिआरबिटीको आम्दानी बाँड्दिनँ भन्यो । फेरि रिबेल छाडिदिएँ । ‘अलिकति नजर तिम्रो…’ गीत टेलिभिजनमा एक नम्बरमा पुग्यो । तर, गीत बजाउन झ्याप्पै बन्द गरिदिए । मलाई ‘फ्रिज’ गर्न चाहेको रहेछ रिबेलले । उनीहरू म झुकेर फेरि उनीहरूसँगै काम गरोस् भन्ने चाहन्थे । तर, म झुकिनँ । बरु, दुई महिना नबित्दै म्युजिक नेपालबाट ‘कादम्बिनी’ एल्बम निकालेँ । शीतल कादम्बिनीको लगानीमा एल्बम निस्कियो । त्यसमा जगदीश समाल, अञ्जु पन्त, स्वरूपराज आचार्यको एक/एक र मेरो स्वरमा तीन गीत छन् । ‘कादम्बिनी’ एल्बमको ‘धेरैचोटि मरेँ म त…’ र ‘कहाँ थियौ तिमी रंगमञ्च…’ गीत म्युजिक नेपालले दिनको चारचोटि टेलिभिजनमा फ्यालिदियो । ‘कादम्बिनी’ सफल नहोस् भनेर रिबेलले ‘आइडिया’ लगाएछ, पहिले बन्द गरेको ‘अलिकति नजर तिम्रो…’ गीतको ‘प्रोमो’ ५/६ चोटि टेलिभिजनमा दियो । शिव परियारले शिव परियारलाई काट्छ त ? म्युजिक नेपाल र रिबेलबीच तीन महिना ‘कम्पिटिसन’ चल्दा म पूरै ‘बुस्टअप’ भएँ । बाँकी ऋण चुक्ता गरेँ ।

०००

‘वाहवाह, खतरनाक गायक, नेपाल खायो’ भन्नेहरू देखिए । तर, दु:खको कुरा मलाई कसैले पनि ‘कन्सर्ट’का लािग बोलाएनन् । गाउन पनि बोलाएनन् । ‘ब्याच नं. १६’ फिल्मको संगीतको काम भने आयो । त्यसको गीत सुन्दा आफ्नै आङसमेत जिरिङ–जिरिङ हुन्थ्यो । त्यसका गीत पनि हिट भए । तैपनि, कन्सर्टको अफर आएन । त्यसपछि मेरो मनमा खेल्न थाल्यो, अब फरक खालको गीत गाउनुपर्ला । संयोग † राजेन्द्र दाइले फोन गर्नुभो, ‘शिव, एउटा गाना छ, क्या दामी भो । तिमीले गाउने हो ?’ केही नयाँ गरौँ भन्ने थियो । चण्डीप्रसाद काफ्ले गुरुसँग बसेर गीतको फ्रेमिङ गरेँ । त्यो पनि दामी भो । एल्बम निकाल्ने भएँ । आठमध्ये तीनवटा गजल राखेँ । एल्बम तयार भयो, ‘क्या दामी भो’ । ‘अब तँ गइस् केटा, सक्किस्,’ सुन्नेले भने । तर, ०६७ सालमा आएको ‘क्या दामी भो’ यसरी चल्यो कि अहिलेसम्म पछाडि फर्किनुपरेको छैन । मेरा लागि कन्सर्टको आधार पनि त्यही गीतले बनायो । ‘क्या दामी भो…’ गीतले बल्ल शिव परियारलाई चिनायो । कन्सर्टका अफर बढ्न थाले । पहिले चार हजारमा कन्सर्ट गर्ने मलाई २० हजारका अफर आए ।

०००

शिव परियारका गीत पसल–पसलमा बज्न थाले । गायनमा मेरो मोह त बढेकै थियो, जीवनले पनि एउटा लय समाउन थाल्यो । मेरो लभ पर्‍यो । त्यो पनि फोनकै भरमा । ०६३ को माघमा पाथीभरा एफएमको वार्षिकोत्सव सकेर फर्किंदै थिएँ । चितवनमा मेरी ‘लभ’सँग भेट्न तारतम्य मिलाएँ । चितवन पुगेँ । मोबाइलमा ब्यालेन्स रहेनछ । ‘रिचार्ज कार्ड’ किन्न नजिकैको पसल गएँ । ‘तपाईं शिव परियार होइन, मैले तपाईंको गीत सुनेकी छु,’ रिचार्ज कार्ड दिँदै पसल्नीले भनिन्, ‘म सुनीता कौशल ।’ उनको कुरा सकिन पाएको थिएन, मेरो मनमा अर्कै ‘फिलिङ’ आइसकेको रहेछ । पाँच मिनेट पनि भएको थिएन कुरा भएको, मैले फोन नम्बर मागेँ । काठमाडौं फर्केपछि त सुनीतासँग बिहे गरिहालौँ भन्ने लाग्यो । जतिवेलै सुनीताकै झझल्को आइरह्यो । साथीभाइलाई पनि भनेँ । बिहे गर्छु भन्दा उनीहरू भन्थे, ‘अझै आठ/दश वर्ष बिहे नगर । तेरै अवस्था यस्तो छ, बिहे गरेपछि कसरी पाल्छस् श्रीमती ?’ तर, मेरो मन मानेन । सुनीतालाई बिहे गर्न पाए हुन्थ्यो भन्ने मात्र सोचिरहेँ । सुनीताले मेरो ‘केअर’ गर्छिन् भन्ने लाग्थ्यो । मैले अठोट गरिसकेको थिएँ । काठमाडौंबाट बुद्धलाई लिएर हिँडेँ, घरबाट बुबाहरूलाई बोलाएँ । सुनीताको घरमा कुरा भयो । ०६३ फागुन ७ गते मेरो सपना पूरा भयो । हामीले बिहे गर्‍यौँ । त्यसपछि मेरो जीवन फेरियो । गीतहरू हिट भए । मेरा गीतको पहिलो श्रोता सुनीता हुन् । उनले ‘आहा, कस्तो राम्रो’ भनेका गीत सबै हिट छन् । उनले ‘ठिकै छ’ मात्र भनिन् भने म बुझ्छु, त्यो गीत चल्दैन ।