Author Topic: Pratap Subba (प्रताप सुब्बा)  (Read 5694 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1203
Pratap Subba (प्रताप सुब्बा)
« on: October 09, 2015, 01:48:07 AM »
Filmofnepal profile --> http://filmsofnepal.com/pratap-subba-director/

काम भन्दा नि कमाउने सोचले फिल्म बिग्रिए : प्रताप सुब्बा

भोजराज श्रेष्ठ धरान, जेठ २६


'परालको आगो'को निर्देशक प्रताप सुब्बा नेपाली नेपाली फिल्ममा आफ्नै छाप छ। प्रवासमै रहेर पनि नेपाली फिल्मको विकाशका लागि खट्ने फिल्मकर्मी भित्र उनको नाम उँचो छ। कलात्मक फिल्मको जग बसाल्ने श्रेयका निर्विवाद रुपमा उनलाई जान्छ । हाल चर्चामा गरिदैं आइएको अलगधारको व्याख्याभित्र प्रताप सुब्बा पर्छन यध्यपी उनी त्यसमै मात्र आफूलाई सिमित राखेनन।
नेपाली फिल्मको विकासको लागि उल्लेख्य मानिएको तीसको दशकमा सुब्बाले 'परालको आगो'बाट फिल्म निर्देशकका रुपमा उदाए। गुरुप्रसाद मैनालीको नासो कथा संग्रहमा रहेको सोही नामको कथामा २०३५ सालमा बनेको फिल्म प्रवासबाट बनेको पहिलो नेपाली फिल्म हो । सफल चलचित्रसमेत बनेपछि उनी नेपाली भाषी माझ मात्रै हैन, नेपाली दर्शकसामू पनि राम्रै छाप छाडे ।
रंगमंचमा खारिएका टंक शर्मा, बसुन्धरा भुषाल, विश्वमणि हिङमाङ, मेनुका प्रधान, आइ के प्रधान आदिले अभिनय गरेको 'परालको आगो' नेपाली फिल्म जगतको एक स्मरणीय फिल्म हो । फिल्मले तात्कालिन नेपाली समाजको चरित्र र कथालाई पर्दामा उतारेको थियो। सोही फिल्मबाट नेपाली फिल्मले पहिलो पटक शान्ति ठटाललाई महिला संगीतकार रुपमा पाएको थियो। नेपालमा पनि उनको कामका लागि उनी प्रशंसित भए, नेपाली दर्शकको माया पाए।

'परालको आगो'को गीत रेकर्डिङका क्रममा सुब्बा र गायिका अरूणा लामा । फोटो: कामना
त्यही नेपालीको मायाले उनलाई नेपालसम्म डोर्‍यायो । उनको अर्को फिल्म 'कहीँ अध्यारो, कहीँ उज्यालो' उनलाई नेपाल ल्याउने गाडी बन्यो । त्यतिबेला उनी यो फिल्म दार्जिलिङमा चलाउन कोशिस गर्दै थिए तर, गोर्खाल्याण्ड आन्दोलनका कारण फिल्म अघोषितरुपमा एकखालको प्रतिबन्धमा पर्‍यो । उनको सो फिल्मलाई गोर्खाविरुद्धको कम्युनिष्ट फिल्मका रुपमा हेरियो । कारण थियो सो फिल्म निर्माणका लाग बंगालमा शासन गरिरहेको कम्युनिष्ट सरकारबाट प्राप्त अनुदान। त्यो फिल्मका गीतकार, नायकदेखि फिल्मसम्मलाई सरकारको अनुदानका कारण कम्युनिष्टको बिल्ला भिराइयो ।
त्यही बिल्लाले उनलाई नेपाल तर्फ घचेट्यो । उनी चालिस सालमा नेपाल आए । नेपालको फिल्मकर्ममा उनी सफलता हात पारे। आएको केही वर्षमै उनले सर्वश्रेष्ठ निर्देशकको अवार्डसम्म जिते । कलात्मक फिल्म बनाउने निर्देशक सुब्बा व्यवसायिक फिल्ममा समेत सफल बने । तर, दर्शक र पाठकहरुबाट भने आलोचना खेपे । उनीहरुले ‘प्रताप सुब्बा पनि पैसामा बिक्न थालेछ, नैतिकता गुमाएछ' भने ।
कलात्मक फिल्ममा सबैभन्दा अगाडी उनले ‘बन्द पर्दा भित्र' फिल्म पर्छ जुन भिडियोमा फर्म्याटमा बनाइएको थियो । त्यो उनको पहिलो फिल्म थियो । नयाँ अनुभव र नयाँ सिकाईले राम्रै दर्शक पाएँ । त्यतिबेला पनि अस्तित्वका लागि संघर्षरत: अलगधारका फिल्मलाई सम्बोधन गर्न नीर शाहले भृकुटी मण्डपमा फिल्म देखाउने ताँजोपाँजो मिलाएका थिए। सुब्बाको सो फिल्मलाई नीर शाहको सहयोगमा भृकुटि मण्डपमा देखाइयो जसबाट उनले वाही वाही बटुले ।
कलाकार अर्जुन श्रेष्ठ, नविना श्रेष्ठ र पुरन जोसीलाई लिएर फिल्म बनाए । त्यो फिल्मले सर्वोकृष्ट अवार्डको भागिदार बनायो । फिल्सँगै उनको योगदान नेपाल टेलिभिजनमा पनि रह्‍यो। नेपाल टेलिभिजनको लागि उनले 'काँचको चुरा', 'सपना कतिपय', 'सपना शक्ति', 'स्वार्थ त्याग' जस्ता कलात्मक भिडियो फिल्म निर्देशन गरे । त्यसले उनको चर्चा थप चुल्यायो । तर, व्यवसायिक फिल्ममा उनको दख्खल त्यो बेलासम्म थिएन् । धेरै निर्माताहरु उनीसँग ‘व्यवसायिक बनाउँदा बनाउँदै कलात्मक थपिदेला भनेर ' डराउँथे।

उनले पहिलो व्यवसायिक फिल्म 'चट्याग' निर्देशन गरे । राजेश हमाल, गौरी मल्ल, रुपा राना, दिनेश शर्मा तथा टिका पाहारी आदिको मुख्य भूमिका रहेको फिल्म सर्वाधिक हिट भयो । त्यस लगत्तै उनले दिदी, भिष्मप्रतिज्ञा लगायतका फिल्महरु निर्देशन गरे जसलाई दर्शकहरुले रूचाए ।
उनले थुप्रै नयाँ कलाकारहरु जन्माए । उनले खोलेको डायमण्ड विएम प्रशिक्षण केन्द्रका कलाकारले नयाँ कलाकारहरु जन्माउने काम गर्‍यो। अर्जुन श्रेष्ठ, निर साह, सुनिल थापा, हिउवाला गौतम, अशोक शर्मा, दिनेश शर्मा, सौजन्य सुब्बा यसका केही प्रतिनिधि नामहरु हुन्। नेपाली फिल्मलाई एउटा फरक दिशा दिने काम गरेका सुब्बाले बलिउडमा आफ्नौ छुट्टै पहिवान स्थापित गरेका डेनीलाई लिएर 'मशाल' फिल्म पनि बनाए ।
नेपाली फिल्ममा रहेको हिन्दी फिल्मको प्रभावले नेपाली फिल्ममा नेपाली माटो झल्काउने कलात्मकता हराएको उनको ठहर छ । सुब्बाका विचारमा फिल्ममा नागिंने होड चलेको छ । फिल्म मनोरञ्जनको दृष्टिले मात्रै बनिरहेका छन्। । उनले भने, ‘पहिला हामी दुःख मेहनत गरेर फिल्म बनाउथ्यौं । फिल्म राम्रो बनाउनु पर्छ भन्ने सोच थियो । अहिले त्यो भावना छैन् । अहिले पैसा मात्रै छ।'  सुब्बा नेपाली फिल्म बिग्रनुको दोष नेपाली फिल्मकर्मीहरुलाई नै दिन्छन् । फिल्मकर्मीहरुले नै नेपाली फिल्मको कलात्मकता र सिर्जनशीलतालाई मार्ने काम गरिरहेका छन्। उनीहरूले दर्शकको भावना र मर्मलाई बुझ्न सकेका छैनन् । अर्काको अनुकरण गरेर आफ्नो संस्कृति, भाषा, धर्म र सम्प्रभुता पूर्ण रपमा ओझेलमा पार्ने काम भएको छ। नेपाली फिल्मको अहिलेको अवस्था त्यसैको उपज हो।
नेपालसँगै दार्जिलिङ् पनि प्रताप सुब्बाको छुट्टै पहिचान छ । नेपाली भाषी फिल्म र त्यहाँको कल्चर समेट्दै फिल्म निर्माण गर्न खप्पिस निर्देशक सुब्बाले पहिलो पटक नीर शाहलाई लिएर ‘सहिस केटो' नामको वृतचित्र निर्माण गरेका थिए । उक्त वृत्तचित्रमा दार्जिलिङ् आउने पर्यटकहरुको संस्कृति बारे देखाइएको थियो ।
करिव दुई दशकसम्म काठमाडौंमा बसेर नेपाललाई कर्मथलो बनाएका सुब्बा २०५८ सालमा असार तिर पुनः दार्जिलिग फर्किए । अहिले राजवाडी १९, भिक्टोरिया रोडमा बसिरहेका छन् । जीवनको यो क्षणमा दार्जिलिङ्मा बसिरँहदा पनि उनको जवानीमा सल्केको 'गोर्खाल्यान्ड'को आन्दोलनको हेरिरहेका छन्।
लामोसमयदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन पैसाकै कारणले तुहिदै गरेको उनको अनुभव छ । भन्छन् ‘गोर्खाल्याण्ड जहाँसम्म लाग्छ दिदैंनन् पनि र हुँदैन पनि । पैसाको कारणले गोर्खाल्याण्ड आन्दोलन तुहिदैछ ।’ राजनीतिले दार्जिलिङका कलाकारहरु निमिट्यान्न भएको उनको ठम्याइ छ।
यतिखेर भुइचालोले देशलाई थिलथिलो भएको देशले भुइचालोलबाट नै नयाँ सोच, नयाँ बिचारलाई जन्म दिन सकेको खण्डमा नेपाली फिल्मले नि नयाँ बिचार भित्रयाउला भन्ने उनको अपेक्षा छ । माटो सुहाउँदो, भाषा संस्कृतिलाई फैलाउने खाल्को विचार नयाँ पुस्तामा आएमा नेपाली फिल्मले केही फड्को मार्छ भन्ने विश्वासमा उनी छन्। गोर्खाल्याण्ड आन्दोलनलाई नजिकबाट नियालेका उनले नेपालको पूर्वमा चलेको लिम्बुवानी आन्दोलनलाई भने बुझ्न पाएका छैनन् । त्यसका बारेमा उनले यति मात्र भने, ‘माग गर्नु सबैको अधिकारको कुरा हो । तर, देश भित्रै स्टेट बनिनुपर्छ ।'
 
 
 
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०७२

सेतोपाटी