Author Topic: Singh Durbar (TV serial) गौरी मल्ल नेपालको पहिलो महिला प्रधानमन्त्री !  (Read 6272 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15840
Watch two episodes here:

http://serialsansar.net/singh-durbar-telefilm-with-english-sub-title-episode-2/


गौरी मल्ल नेपालको पहिलो महिला प्रधानमन्त्री !
November 6, 2015

काठमाडौं, नेपाली फिल्मकी अभिनेत्री गौरी मल्ल अब नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् ।

उनको फिल्म क्षेत्रमा आफ्नै छुट्टै पहिचान छ । नायिकादेखि चरित्र भूमिकामा पनि उत्तिकै दमदार रूपमा अभिनय गर्ने गौरी अब चाडै देशको प्रधानमन्त्री बन्ने भएकी छन् ।
राजनीतिक दलसँग नजोडिएरै उनी प्रथम महिला प्रधानमन्त्री बन्ने भएकी हुन् । उनी वास्तविक जीवनमा नभएर एउटा टेलिफिल्ममा प्रधानमन्त्रीको भूमिकामा देखिन लागेकी हुन् ।
निर्देशक छिरिङ रितार शेर्पाले निर्देशन गरिरहेको टेलिफिल्म ‘सिंहदरबार’मा उनी प्रधानमन्त्री बनेकी हुन् । सिरियलमा सुशासन, नेतृत्व र उत्तरदायित्वको कुरा उठाइएको छ ।

गौरीको भूमिकाबारे निर्देशकले भने– महिला प्रधानमन्त्री बन्दा हुने दुःख र उसले पाउने चुनौतीको कथालाई प्रस्तुत गरिएको छ ।’ यूएसएआइडीको सहयोगमा उक्त टेलिफिल्मको निर्माण गरिएको हो ।

यस संस्थाले सरसफाई, शिक्षा र समावेशी राज्यसहित अनेक विषयमा सिरियल बनाउँदै आएका उदाहरण छन् । यूएसएआइडीले बनाउने अधिकांश सिरियल मह संचारले अभिनय गर्दै आएकोमा अहिलेको सिंहदरबार टेलिफिल्ममा भने नयाँ अनुहारहरु देखिनेछन् ।

मंगलबार टेलिफिल्मको प्रिमियर गरिएको थियो । जसका कारण मह जोडीमा सिमित रहेको यूएसएआइडी अब बाहिर गएको चर्चा समेत हुन थालेको छ । छिरिङरिता शेर्पाको निर्देशनमा करिब ९ महिना लगाएर यो सिरियल तयार भएको छ ।

उक्त टेलिफिल्ममा करिब २ सय ५० जना नेपाली कलाकार तथा प्राविधिकले काम पाएको निर्देशक शेर्पा बताए ।सर्च फर कमन ग्राउन्डको नेतृत्वमा बनेको ‘सिंहदरबार’ यही २९ गतदेखि नेपाल टेलिभिजनबाट आइतबार राति ९ बजे प्रसारण हुँदैछ ।

यस अघि यही टिमले ‘हाम्रो टिम’ बनाएको थियो । उक्त सिरियलमा समावेशी राज्यको अवधारणा देखाउने प्रयास गरिएको थियो ।






jire

  • 50x
  • ****
  • Posts: 352