Author Topic: Sabita Lamichhane - Mrs. Nepal International 2015  (Read 7795 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 734
Sabita Lamichhane - Mrs. Nepal International 2015
« on: November 28, 2015, 09:55:03 AM »
सविता लामिछाने, मिसेस नेपाल इन्टरनेसनल २०१५



म र श्रीमान् (महेन्द्र खनाल) एउटै गाउँका हौं। सधैं एकअर्कालाई देखिरहेकाले कुनै विशेष भेटघाटले हाम्रो प्रेम झांगिएको होइन । एकअर्काबीच मनमा माया बस्दै गएको दुई वर्षपछि मात्र प्रकट गर्‍‍यौ।
 
सामान्य भेटघाट र गफ सधैं भइरहन्थ्यो। दुवैजना आफ्नो पढाइ र करियरमा ध्यान दिइरहेका थियौं । एउटै समाजमा बस्ने भएकाले घरपरिवार र समाजको डरले पनि माया प्रकट गर्न सकिएन।

 
प्रेमसम्बन्ध गाँसिएको चार वर्षपछि विवाह गर्‍यौ। आफूले चाहेको व्यक्तिसँग जीवन बिताउन पाउनु खुसीको कुरा हो तर पनि विवाहपछि धेरै व्यावहारिक जिम्मेवारी सम्हाल्नुपर्छ।
 
प्रेम सम्बन्धमा हुँदा साथीजस्तो व्यवहार गरे पुग्छ। वैवाहिक जीवनका जिम्मेवारीको बारेमा त्यति धेरै ध्यान हुँदैन। यस विषयमा जीवनसाथीबाट सोचेजस्तो व्यवहार नपाउँदा विवाहपछि सम्बन्धमा समस्या आउन थाल्छ तर मैले जस्तो सोचेकी थिएँ, उहाँलाई त्यस्तै पाएँ। धेरै सहयोगी भावनाको हुनुहुन्छ। यही बानीबाट प्रभावित भएर मन पराएकी थिएँ।
 
हाम्रो विवाह पाँचथरमा भएको हो। विवाहको केही समयपछि हनिमुनका लागि पोखरा गयौं। पोखरामा बिताएका हरेक पल विशेष थिए । त्यो जीवनको सुन्दर समय थियो।
 
आफूले चाहेको व्यक्तिसँग हुँदा जुन ठाउँ पनि रमाइलो लाग्छ। त्यसमाथि पोखरा त प्राकृतिक रूपमै सुन्दर ठाउँ। वातावरणले नै रोमाञ्चक अनुभव गराउँछ । कामको तनावबाट टाढा सुन्दर शान्त ठाउँमा समय बिताउन पाउँदाको क्षण यसै पनि स्मरणीय हुन्छ।
 
हामी दुवैलाई चिकन फ्लेवरका खाना मनपर्छ। दुवैको एउटै रोजाइ। पोसाकमा पनि त्यस्तै। दुवैलाई क्याजुअल मन पर्ने। विवाह सामाजिक रूपमा जोडिएको सम्बन्ध हो।
 
मानसिकसँगै शारीरिक निकटताले सम्बन्धलाई झनै सुमधर बनाइदिन्छ। यो प्राकृतिक प्रक्रिया पनि हो। जुन सम्बन्धमा माया, सम्मान, सद्भाव हुन्छ त्यसले दुईजनाबीच निकटता र विश्वास बढाउँछ। त्यो अनुभूतिलाई शब्दमा व्यक्त गर्न सकिँदैन।
परिवारका साथमा रहेर बुझ्न नसकिने कतिपय व्यक्तिगत कुराहरू हनिमुनका समयमा बुझ्न सकिन्छ । दाम्पत्य जीवनमा एकअर्कालाई जति धेरै बुझ्यो जीवन त्यति सजिलो हुन्छ।
हनिमुन पाश्चात्य संस्कृति भए पनि हाम्रो समाजमा अहिले व्यापक बनेको छ। नवविवाहित जोडीले परिवार, आफन्तभन्दा टाढा गएर व्यक्तिगत समय बिताउने परम्परा नै हनिमुन हो।
 
यसरी समय बिताउँदा एकअर्काको बारेमा राम्रोसँग बुझ्न सकिन्छ। नजिक हुने मौका पाइन्छ। परिवारका साथमा रहेर बुझ्न नसकेका कतिपय व्यक्तिगत कुराहरू हनिमुनका समयमा बुझ्न सकिन्छ।
 
दाम्पत्य जीवनमा एकअर्कालाई जति धेरै बुझ्यो जीवन त्यति सजिलो हुन्छ। व्यावहारिक जिम्मेवारी सँगसँगै पूरा गर्न एकअर्कालाई बुझ्न जरुरी हुन्छ। हनिमुनले श्रीमान् श्रीमतीलाई भावनात्मक र शारीरिक रूपमा पनि नजिक बनाउँछ।

from -  annapurnapost