Author Topic: चर्चामा आउन हिरोइनका स्क्यान्डल  (Read 8244 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
चर्चामा आउन हिरोइनका स्क्यान्डल

 nayapatrika  December 28, 2015


चर्चामा आउनु र चर्चित हुनु फरक कुरा हुन् । तैपनि, आफूलाई दर्शकको नजरमा पार्न हलिउड, बलिउडमा मात्र होइन, नेपालमा पनि कलाकर्मीले चर्चाका लागि समय–समयमा ‘स्टन्ट’ गर्छन् ।
नेपालमा सस्तो प्रचारबाजीले क्षणिक चर्चा पाएका अभिनेताभन्दा अभिनेत्रीको संख्या बढी छ । करिब दुई दशकअघि नै भुवन केसीले आफूलाई एचआइभी लागेको छ भनेर अन्तर्वार्ता दिएर क्षणिक चर्चा बटुले । पछि, होइन भनेर सच्याउँदै हिँडे । राजेश हमालले शरीरमा आएका गाँठाको चेकअप गराउने भन्दै नग्न फोटो खिचाएर बदनाम कमाए । श्रीमतीसँगको सम्बन्धविच्छेदको तोडमा शिव श्रेष्ठले फिल्म अभिनयबाट सन्न्यास लिएको घोषणै गरे । जसले गर्दा उनको अन्तिम भनिएको फिल्म ‘ठुल्दाइ’ सुपरहिट भयो । तर, सन्न्यास घोषणाको केही समयपछि नै उनले कान्छी पत्नी भित्र्याएनन्, मात्र ‘मालती’ फिल्ममा अभिनय गरेर असफलताको नमिठो स्वादसमेत पचाए । त्यस्तै, नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीको हर्कत अझ बेजोड छन् । केही प्रतिनिधि हिरोइनका स्क्यान्डलबारे नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले तयार पारेको सामग्री:


रेखा थापा
रेखा थापालाई त ‘हर्कत क्विन’ भन्दा पनि फरक पर्दैन । उनी चर्चामा आउन छोटा लुगा लगाउनेदेखि राउटेका बच्चा पाल्न पनि पछि परिनन् । तर लाग्छ, पछिल्लो समय उनी सस्तो प्रचारबाजीलाई बढावा दिन छाडेकी छिन् । पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि रकम सहयोग गर्नेदेखि लिएर भूकम्पपीडितलाई सहयोग गर्न पनि उनले हात बढाएकी छिन् ।
समय–समयमा विवादमा आउन उनलाई मन लाग्छ क्यारे । केही समयअघि मात्रै उनले कार्यक्रम आयोजकलाई धोका दिएको भन्ने समाचार आयो । खोटाङमा आयोजना हुने प्रोग्राममा भाग लिन जान्छु भनेर रकम लिएर पनि उनी सम्पर्कमा नआएको भन्दै आयोजकले मुद्दा हालेका थिए । तर पछि, आयोजकले नै आफूहरूबाट गल्ती भएको भन्दै माफी मागे ।
छविराज ओझासँगको डिभोर्स र व्यावसायिक टक्करका कारण पनि उनले चर्चा पाइरहन्छिन् । कहिले एमाओवादीबाट सभासद्मा उठ्न लागेकी त कहिले भोटर लिस्टमै नाम नभएका कारणले पनि उनले आलोचना खेप्नुपरेको छ । सुटिङ हुँदाहुँदै आफ्नो फिल्म ‘हिम्मतवाली’बाट तत्कालीन निर्देशक श्याम भट्टराईलाई हटाएर आफैँले ‘एक्सन कट’ गरेको कुराले पनि राम्रै हल्लीखल्ली मच्चाएको थियो । हिम्मतवालीका अभिनेता सुदर्शन गौतमसँगको अफेयरका कारण पनि उनले केही समय चर्चा कमाइन् ।


नम्रता श्रेष्ठ
नम्रता पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण चर्चामा आइरहन्छिन् । कहिले डिजे तान्त्रिक, कहिले रमनदास श्रेष्ठ, प्रेम घले त पछिल्लो समय पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण उनको चर्चा सेलाउन पाएको छैन । नम्रता र दावा अचेल सार्वजनिक कार्यक्रममा प्राय: सँगै देखिन्छन् ।
फिल्म, म्युजिक भिडियो अभिनयका कारणभन्दा बढी नम्रता विविध स्क्यान्डलका कारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्री मात्र होइनन् उनी । उनले ‘सोल सिस्टर’ नामक फिल्म पनि निर्माण गरेकी थिइन् । तर, फ्लप भयो । त्यसपछि उनले दोस्रो फिल्म निर्माण गरेकी छैनन् । उनी अभिनीत ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्बर रेन’ सफल फिल्ममा गनिन्छन् ।


प्रियंका कार्की
प्रियंका अभिनीत निकै कम फिल्म मात्र सफल भएका छन् । सफलभन्दा असफल फिल्म धेरै दिएकी प्रियंकाको आलोचना त्यतिवेला ह्वात्तै बढ्यो, जतिवेला उनको भित्री बस्त्र नलगाएको फोटो सार्वजनिक भयो । ‘नाइँ नभन्नु ल–२’ फिल्मको ‘सक्सेस प्रोग्राम’मा केही अनलाइन फोटोग्राफरले उनको बस्त्रविहीन देखिने फोटो कैद गर्न भ्याए । यद्यपि, प्रियंकाले आफूले ‘स्किन कलर’को भित्री बस्त्र लगाएको दाबी गर्दै एकजना अनलाइन पत्रकारविरुद्ध उजुरी पनि दिइन् ।
बाल कलाकारका रूपमा फिल्म अभिनयमा प्रवेश गरेर पछि मिस टिन उपाधिसमेत जितेकी प्रियंकाले बिहे र सम्बन्धविच्छेदका कारण पनि उनले केही समय मिडियामा राम्रै स्थान पाइन् । पति र अमेरिका छोडेर नेपाली फिल्म अभिनयमा निरन्तर लागेकाले यदाकता उनको कदमको तारिफ पनि हुने गरेको छ ।


शुभेच्छा थापा
निर्मात्री, अभिनेत्री शुभेच्छा थापा केही समयअघिसम्म ‘माछावाली’को उपनामले कहलिएकी थिइन् । आफूले निर्माण गरेको ‘मिस नेपाल’ फिल्मको प्रमोसनका लागि आफ्ना स्तन माछाले छोपेर फोटो खिचाउनाले उनको दुर्नाम फैलियो ।
अंग प्रदर्शनका मामलामा समेत उदार मानिएकी शुभेच्छालाई माछा काण्डले फाइदा भने पटक्कै दिएन । उनको मिस नेपाल फ्लप भयो । तैपनि, उनले फिल्म हिट भएको भन्दै वितरक करण श्रेष्ठ क्रेजीलाई ‘किस’ दिइन् । मिस नेपालको सक्सेस पार्टी पनि आयोजना गरिन् । आफूले फिल्म चलाउँदा लगाएको रकम फिर्ता नपाएको भन्दै करण शुभेच्छाविरुद्ध मुद्दा–मामिलामा उत्रन लागेका छन् । वेला–वेलामा उनीहरूबीच फेसबुकमा ‘वार’ पनि हुने गरेको देखिन्छ ।


पूजना प्रधान
पूजनाचाहिँ कहिले जय संगत भन्दै हिँड्छिन् त, कहिले आफूले निर्माण गरेको फिल्म हेर्न दर्शक नआएकोमा उप्रान्त फेसबुक नै चलाउँदिनँ भनेर घुर्की देखाउँछिन् । पहिला–पहिला एक्सपोजको मामलामा खुला रूपमा प्रस्तुत हुने गरेकी उनी अचेल भने सेलाएकी छिन् । फरक–फरक पुरुषसँगको प्रेमप्रसंगका कारण पनि उनको चर्चा हुने गरेको छ । पछिल्लो समय उनी म्युजिक भिडियो मोडल तथा निर्देशक शिवम पोखरेलसँगको अफेयरका कारण चर्चामा छिन् । शिवम आफू र पूजनाबीच कानुनी रूपमै बिहे भइसकेको दाबी गर्छन् भने पूजना यो कुरा स्वीकार्न अन्कनाउँछिन् ।
अनाथ बालबालिकाका लागि भवन बनाउने योजनाका कारण पूजनाको सकारात्मक चर्चा हुने गरेको भए पनि उनले निर्माण गरेको ‘चकलेट’ फिल्म असफल भएकाले मानिसले पत्याउन छाडेका छन् ।

बिनिता बराल
बिनिता बराल केही समयदेखि अमेरिकामा छिन् । हिरोइन बन्नका लागि वर्षाँै संघर्ष गरेकी उनलाई निर्देशक सबिर श्रेष्ठले ‘के म तिम्रो साथी बन्न सक्छु’ फिल्मबाट ‘आउट’ गरेपछि हंगामा मच्चियो । कारण, बिनिताले ‘मेरो बेइज्जत भयो, म आत्महत्या गर्छु,’ भनिन् । फिल्मबाट निकालिएको तोडमा चिन्तित बनेकी उनलाई अर्जुन कुमार र दीपेन्द्र के खनालले साथ दिए । उनीहरूले बिनितालाई ‘चपली हाइट’ फिल्ममा प्रमुख भूमिका दिए ।

आफू चर्चामा आउनका लागि बिनिताले विविध प्रपञ्च रचिन् । उनले नग्न प्राय: लाग्ने फोटोसुट मात्र गरिनन्, निर्माताले आफूलाई त्यसखाले फोटो खिच्न दबाब दिएको तथा फोटोसपको दुरुपयोग गरेको भन्दै पत्रकार सम्मेलनसमेत गरिन् । यौन मनोविज्ञानको कथामा निर्माण गरिएको सो फिल्ममा बिनिताले खुलेरै एक्सपोज गरेकी छिन् । चपली हाइट हिट भयो । बिनिताको चर्चा पनि भयो । तर, हत्तपत्त अर्काे फिल्म हात पार्न मुस्किल पर्‍यो । निर्देशक कमलकृष्णले उनलाई ‘फुलस्टप’ फिल्ममा लिए । फुलस्टप फ्लप भयो । त्यसपछि भने बिनिता तरकारीखेतीमा लागिन् । पछि, ‘जुइनो’ नामक उपन्यास लेख्दै छु भनेर पनि मिडियामा छाइन् । उनले अभिनय गरेका ‘सुपरहिट’ र ‘उमंग’ दुई फिल्म रिलिज हुन बाँकी छन् ।


सुष्मा कार्की
हिरोइनभन्दा बढी ‘आइटम गर्ल’का रूपमा चिनिने सुष्मा कार्की फरक–फरक प्रेमीका कारण चर्चामा आइरहन्छिन् । त्यसका साथै ‘एक्सपोज’का कारण पनि उनको नाम लिने गरिएको छ । स्वदेशका मात्र होइन, विदेशमा हुने गरेका ‘स्टेज सो’मा समेत खुला रूपमा प्रस्तुत हुने गरेकाले उनले आलोचनायुक्त चर्चा पाउने गरेकी छिन् ।
पहिला निर्देशक सुदर्शन थापासँगको सम्बन्धका कारण उनले चर्चा पाइन् । सुदर्शनसँग ‘ब्रेकअप’ भएपछि अनुप्रस्थ ब्यान्डका गायक नरेन शाहीसँग उनको प्रेम भयो । उनीबीच सार्वजनिकस्थलमै कुटाकुट भएको खबरले पनि उनलाई केही समय ‘ख्याति’ मिल्यो । तर, पछिल्लो समय उनको नयाँ प्रेमप्रसंग सुन्न पाइएको छैन । उनी ‘बिन्दास’ फिल्मको फस्र्ट लुकका कारण पनि विवादित बनेकी थिइन् ।


बेनिशा हमाल
प्रियंका कार्कीझैँ बेनिशा हमाल पनि सार्वजनिक कार्यक्रममा भित्री बस्त्र नलगाई गएको तस्बिर सार्वजनिक भएपछि एकाएक आलोचनामा आएकी थिइन् । उनले पनि आफूले भित्री बस्त्र लगाएको दाबी गरिन् । मोडल तथा अभिनेत्रीका रूपमा खासै चर्चा कमाउन नसके पनि बेनिशाले उक्त फोटोका कारण भने केही समय राम्रै हल्ला पाएकी थिइन् । त्यसबाहेक उनका लागि एक पुरुषले बिग मुभिजको एउटा हल नै बुकिङ गरेर फिल्म हेराएको खबरले पनि राम्रै ‘माइलेज’ पायो ।


निशा अधिकारी
सगरमाथा आरोही अभिनेत्री निशा अधिकारीका फिल्मले अधिक सफलता भने पाएका छैनन् । अफेयरकै कारण उनको चर्चा बढी हुने गरेको छ । पछिल्लो केही वर्षयता उनी क्रिकेटर शरद भेषवाकरसँग प्रेममा छिन् । कहिले पत्रकारसँग झगडा गर्ने त, कहिले केश मुण्डन गरेर ‘न्यु गेटअप’ दिनाले पनि उनको चर्चा सेलाउन पाउँदैन । उनी अभिनीत ‘फस्र्ट लभ’, ‘नैनारेशम’लगायतका फिल्म सफल छन् । ‘पद्मिनी’, ‘मेरो भ्यालेन्टाइन’, ‘सुनगाभा’लगायतका फिल्मले उनको करिअरमा घाटा नै लगाए । मिडियासँग त्यति सुमधुर सम्बन्ध स्थापित गर्न नसक्नाले उनले गरेका राम्रा कामले पनि पर्याप्त सकारात्मक चर्चा भने कमाउन नसकेको देखिन्छ । पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा लागेकी छिन् ।


पूजा लामा
गायिका, मोडल तथा नायिका पूजा लामाका स्क्यान्डल पनि निकै चर्चित छन् । कहिले प्रेमीले धोका दियो भन्दै अत्यधिक मात्रामा ‘स्लिपिङ ट्याब्लेट’ खाएर आत्महत्या प्रयास गरिन् त, कहिले पूर्वपतिसँगको सम्बन्धविच्छेदका कारण समाचार बनिन् । विवादास्पद भिडियो सार्वजनिक भएपछि त्यसको तनाव मत्थर गर्न उनीहरूले तत्कालै बिहे गरे । तर, बिहे केही महिना पनि टिकेन । त्यसपछि पूजाले बौद्ध धर्म छाडी मुस्लिम धर्म अपनाइन् । अचेल उनी फिल्मवृत्तमा सक्रिय छैनन् ।