Author Topic: युट्युबमा नेपाली पोर्न फिल्म ....  (Read 7511 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
अश्लिलमा आकर्षण

 
इन्टरनेटमा युट्यबबाट फिल्म तथा गीतको म्युजिक भिडियो हेर्ने प्रायः सबैको बानी हुन थालेको छ । युवायुवतीदेखि बूढाबूढी तथा बालबच्चासम्म अहिले युट्युबमा भारतीय सी र डी ग्रेडका अश्लिल फिल्म हेर्न थालेका छन् । युट्युब खोल्नासाथ अग्रपंक्तिमा ती अश्लिल फिल्म नै बढी हाइलाइट गरेर राख्ने भएकाले जो–कोही पनि आकर्षित बन्ने गरेको छ । मनको तिर्सना मेटाउन त्यस्ता फिल्म खुलेआम नैै हेर्ने गरेको पाइएको छ ।

पहिला अश्लिल फिल्म हेर्न अनेक तौरतरिकाबाट सर्च गरेर पत्ता लगाउनुपर्ने तथा कतिपय त्यस्ता फिल्म हेर्न अनलाइन पैसा तिर्नुपर्ने बाध्यता हुने गरे तापनि त्यस्ता बाध्यता हाल युट्युबले अन्त्य गरिदिएको बज्र क्रियशनका प्रोप्राइटर शैलेश डंगोल गुनासो गर्छन् । खुलेआम निःशुल्क हेर्न पाइने त्यस्ता भारतीय तथा अंग्रेजी अश्लिल फिल्मका कारण नेपाली युवाहरुको मन बिथोलिन थालेको डंगोल भन्छन् ।

अर्कोतर्फ एन्जोय नेपाल नामक अश्लिल फिल्म प्रदायक नेपाली कम्पनीले नेपाली अश्लिल फिल्म पनि युट्युबमा पैसा कमाउने लोभले डाउनलोड गरिदिएका छन् । हिजोका दिनमा भारतीय तथा भारतीय प्रान्तीय अश्लिल फिल्म हेरेर रमाउने नेपाली युवा जमात अचेल नेपाली अश्लिल फिल्म हेरेर रमाउन थालेको पाइएको छ । यसले गर्दा विशेषतः स्कुल तथा कलेज पढ्ने टीनएजर केटाकेटीमा नकारात्मक असर पर्न थालेको र सानै उमेरदेखि यौन क्रियाकलापका लागि यस्ता वर्ग बढी आकर्षित हुन थालेको सामाजिक अभियन्ता मन्जु रानाको धारणा रहेको छ ।

विनारोकटोक इन्टरनेटको माध्यमबाट संसारभर फैलिएको यस सञ्जालमा तन्नेरी पुस्ता मात्र नभई वयस्क पनि रमाउने गरेका छन् । यौनलाई पहिलाजस्तो कुनै पनि हालतले छिपाउन गाह्रो भैसकेको नेपाली मानवशास्त्री राकेश थापा दाबी गर्छन् । मानव विकास क्रम यौन अपरिहार्य वस्तु भए तापनि परम्परागत नेपाली समाजले यसलाई अश्लिलताको उपमा दिएर बढी छिपाउने प्रयास भएको मानवशास्त्री थापा भन्छन् । यसप्रकारको कार्यले यसलाई उजागर गर्ने कार्यमा सबैको प्रयास हुने गरेको छ । लुकाउँदा त्यसभित्र के रहेछ भन्ने मानव जिज्ञासाले धेरैको मन बिथोल्ने गरेको राय व्यक्त गरेका मानवशास्त्री थापाले त्यसलाई अब लुकाउन नहुने र उचित यौन शिक्षाको जरुरी रहेको औंल्याउँछन् ।

युट्युबको क्षणिक उत्तेजना बढाउने फिल्मका कारण धेरैको मन भड्किने गरेको छ । त्यो भड्किएको मनले समाजमा बलात्कारका धेरै घटना बढाउने गरेको छ । जिम्मेवारी कसको भन्ने प्रश्नमा कोही पनि जिम्मेवार बन्न नसक्ने समय नै जिम्मेवार रहेको मानवअधिकारकर्मी टीका दाहाल औल्याउँछिन् । यसबाट कोही पनि निरपेक्ष बन्न नसक्ने वर्तमान अवस्थामा आफ्ना केटाकेटीलाई अभिभावक तथा शिक्षकहरुले उचित ज्ञान तथा सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ ।

नेपाली पोर्न फिल्म निर्माणमा वृद्धि
नेपालीहरुले निर्माण गरेको र नेपालीले नै अभिनय गरेका नेपाली पोर्नफिल्मको संख्या दिनानुदिन वृद्धि भैरहेको छ । युट्युबमा निःशुल्क अपलोड गरेर भियोर्सका आधारमा पैसा कमाउन सकिने विश्वासमा यस्ता फिल्म निर्माण गर्नमा नेपालीहरु पनि हाल निकै सक्रिय देखिएका छन् । नाम चलेका कतिपय कम्पनीसमेत यस कार्यमा घुँडा धसेरै लागि परिरहेका छन् ।

नेपालीले बनाएको नेपाली पोर्नफिल्मको डिमाण्ड देश तथा विदेश सर्वत्र भएकाले यस्ता फिल्म निर्माण गरेर युट्युबमा अपलोड गर्नेहरुलाई प्रोत्साहन मिलेको गुनासो म्युजिक भिडियो निर्देशक नवीन के श्रेष्ठको रहेको छ । निर्देशक श्रेष्ठ त्यसप्रकारका नेपाली पोर्नफिल्म निर्माण गर्नेलाई केही हदसम्म फाइदा भए तापनि त्यस्ता फिल्ममा अभिनय गर्ने नेपाली कलाकारहरुको भविष्य भने बर्बाद नै बन्ने जिकिर रहेको छ । उनीहरु सामाजिक रुपमा नै बदनाम तथा अपमान हुने व्यापक सम्भावना रहने श्रेष्ठको भनाइ रहेको छ । अर्का भिडियो निर्देशक सन्दीप श्रेष्ठ पनि त्यसप्रकारका फिल्महरु बन्नु नेपालीका लागि राम्रो संकेत नभएको बताउँछन् । श्रेष्ठ यस्ता भिडियो निर्माण हुनुलाई युवाहरुमा आएको विकृत मानसिकता भन्न रुचाउँछन् । हिजोआज नेपाली युवादेखि वृद्धसम्म नेपाली पोर्नफिल्म हेरेर मज्जा मान्ने गरेको र ती फिल्ममा नेपालीमा बोलेका छाडा संवाद सुन्न लालायित बन्ने गरेको र ती फिल्मकै भियोर्समा आश्चर्यजनक तवरले वृद्धि हुनुले पनि नेपालीहरुको युट्युबमा नेपाली पोर्न फिल्मकै डिमाण्ड रहेको प्रतीत हुन थालेको छ ।

त्यस्तै, विदेशमा बसेका नेपाली युवती र स्वदेशमा बसेका नेपाली युवाको छाडा फोनवार्ता पनि युट्युबमा राखिएको छ । सचित्रभन्दा संवाद अझ छाडा सुनिएको पाइएको छ । चित्रले भन्दा छाडा बोली सुनेर धेरै युवा–युवती उत्तेजित हुने गरेको छ । प्रविधिको विकासले आफूसँग भएको अत्याधुनिक मोबाइलबाट पनि त्यसप्रकारका भिडियो जुनसुकै बेला बनाउन सकिने भएकाले दिनानुदिन त्यस्तो विकृति बढिरहेको छ ।

युट्युबमा नेपाली पोर्न फिल्मको डिमाण्ड
चितवन, गैंडाकोडका केही केटाकेटीहरुले खोलामा गएर गरेको चुम्बन प्रतियोगिता युट्युबमा निकै लोकप्रिय बन्यो । त्यस भिडियोमा चार जोडी केटाकेटीहरुले पालैपालो लामो समय टङ किस गरेको देखिन्छ । १६ वर्षभन्दा मुनिका ती किशोर–किशोरीहरुको टङकिस प्रतियोगिता देखाएर एकान्त पाउनासाथ त्यसप्रकारका कार्य गर्न उक्त भिडियोले उक्साएको देखिन्छ । जुन निन्दनीय भएको सामाजिक अगुवा सुनिता कायस्थले भनेकी छन् ।

त्यसैगरी झापाको सीमसारक्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्बमा अपलोड गरिएको छ । २ जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शब्दहरु पचाउन धेरै गाह्रो पर्दछ । युट्युबबाहेक केही नेपाली भाषाका ब्लगहरुमा कलेज ड्रेसमै सेक्सक दृश्य अनगिन्ती इन्टरनेटमा अपलोड गरिएका छन् । यस्ता विभिन्न प्रसंग र कथालाई तोडमोड तथा जोडजाड गरेर नेपाली सेक्स फिल्म बनाएर युट्युबमा अपलोड गरिएका धेरै पाइन्छन् ।

नेपालमा अश्लिल चलचित्र निर्माणको इतिहास नेपालमा २०४२ सालबाट नै भएको मानिएको छ । पूर्वी नेपालको धरानमा व्यावसायिक रुपमा नै नीलो चलचित्र बनाएर विदेश निर्यात गर्न सक्रिय एक गिरोहले बनाएको नै पहिलो नेपाली पोर्न मुभी भएको जानिफकारहरु बताउँछन् । त्यसपछि विदेशमा रहेका नेपालीहरुले रमाइलोका लागि खिचिएका गोप्य क्रियाकलाप सिडीबाट सबैतिर भाइरल बने ।

इन्टरनेटको सहज पहुँचपछि नेपालीहरुका लागि यस्ता फिल्म हेर्न र बनाउन धेरै कसरत गर्नु नै परेन । स्मार्ट फोनबाटै सेक्स फिल्म हेरेर आनन्द मान्नेहरुको बेग्लै जमात नै बनेको र त्यसमध्ये आफू पनि एक पारखी भएको चितवनका कपडा व्यापारी भरत खरेल सुनाउँछन् । व्यवसायी खरेल त्यस्ता फिल्म हेरेर दिनभरको थकान मेटाउने आफ्नो हबीमा नै परिणत भैसकेको बताउँछन् ।

कतिपय नेपालको पोर्न मुभी भारतीयबाट प्रभावित मानिन्छ । सन् ८० को दशकदेखि फैलिएको भारतीय ब्लू फिल्मको इन्टरनेट पोर्टलमार्फत विश्वभरि नै फैलिएपछि त्यसको नक्कल गर्दै नेपालमा पनि ब्लू फिल्म बनेको अनुमान गरिएको छ । नेपालमा अहिलेसम्म कति ब्लू फिल्म बने भन्ने तथ्यांक प्रहरीसँग छैन । यद्यपि, १ हजारभन्दा बढी नेपाली ब्लू फिल्म निर्माण भैसकेको आँकलन प्रहरीको रहेको छ ।

– श्याम स्मृत