Author Topic: RIP Sushil Koirala  (Read 6066 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
RIP Sushil Koirala
« on: February 09, 2016, 03:26:44 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: RIP Sushil Koirala
« Reply #1 on: February 09, 2016, 04:14:59 PM »
परिवन्दले राजनीतिमा आएका सफल प्रधानमन्त्री


माघ २६, २०७२- सुशील कोइरालाको आफ्नै सपना राजनीति थिएन । बाबु बोधप्रसाद उनलाई सरकारी जागिर खुवाउन चाहन्थे । उनको आफ्नो सपना भने हिरो बन्ने थियो, त्यो पनि हलिउडको । कोइराला परिवारसँग लामो संगत गरेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार राजा महेन्द्रले ०१७ साल पुस १ गतेको निरंकुश कदम नचालेको भए ‘सुशील दा’ अमेरिका हानिइसक्थे ।



‘त्यसका लागि तारतम्य सबै मिलिसकेको थियो,’ बस्नेत थप्छन्, ‘हिरोका लागि अभिनय तालिम लिन भनेर अमेरिका जाने सबै तयारी भइरहेकै बेला राजा महेन्द्रको कदमले रोकियो ।’

हलिउड सपनामा पूर्णविराम लागे पनि नेपाली राजनीतिमा भने उनी हिरो बनेका थिए । दोस्रो संविधानको निर्वाचनपछि दुई तिहाई मतका साथ प्रधानमन्त्री निर्वाचित हुँदा अविवाहित कोइरालाको अनुहार खुशीको भन्दा चिन्ताको मात्रा बढी देखिन्थ्यो । पार्टीको आन्तरिक व्यवस्थापन गर्नेदेखि राजनीतिमा जेलिएका मुद्दाहरुलाई ठीक ढंगले सम्बोधन गरी एक बर्षभित्र संविधान जारी गर्ने दायित्व लिएर कोइराला सिंहदरबार पुगेका थिए ।

अवसर पाएर पनि राजकाजमा अनुभव नलिई सिधै प्रधानमन्त्री बनेका कोइराला सोचेजस्तै सफल भए । सबै राजनीतिक दललाई समन्वय गरेर अन्तत: कोइराला नेतृत्वमै असोज ३ मा संविधान जारी भयो र कोइरालाको उचाई बढ्यो । 

कांग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाईमा कोइरालाको छवि प्रजातान्त्रिक आन्दोलन र सघर्षका प्रतिनिधिको रुपमा छ । ‘उहाँ भद्र, सन्त र निष्ठावान नेता हो,’ पौडेलले भने, ‘थोरै बोल्ने, लामो बक्तव्यबाजीमा विश्वास नगर्ने उहाँको पहिल्यैदेखिको बानी हो ।’   

कांग्रेस पार्टीमा नै उनले आफ्नो जीवन विताए । निरन्तर पार्टीमा नै सक्रिय भए । समकालीन नेतामा लोभ, मोह नभएका नेतामा उनी पर्छन् । उनको जीवनशैली सामान्य छ । घर/सम्पति छैन । पार्टी सभापति हुनुअघि उनी भान्जाको घरमा बस्थे । १२ औं महाधिवेशनबाट सभापति चुनिएपछि उनी भान्जाको डेराबाट महाराजगञ्ज सरे । प्रधानमन्त्री भएपछि बालुवाटार प्रवेश गरे । बालुवाटार छाडेपछि उनी भतिजा संशाक कोइरालाको महाराजगन्जस्थित निवासमा बस्दै आएका थिए ।

सुशील निकट नेता आनन्द ढुंगानाका अनुसार दाजुभाई छुट्टाभिन्न हुँदा पाएको नेपालगंजको ४ विघा सम्पति पनि बिक्री गरेर सकिसकेकाले अहिले उनीसँग सम्पति केही छैन ।
 
वीपीको समाजवादी धारणाबाट प्रभावित सुशील २०१० सालतिरै राजनीतिमा थिए । ०१७ साल पुस १ गते प्रजातन्त्रको अपहरणपछि उनी १६ बर्षसम्म भारत प्रवासमा बसे । प्रवासमा बस्दा कांग्रेसको मुखपत्र तरुणको सम्पादन पनि गरे । नेपालमा करिब पाँच बर्षबन्दी जीवन बिताए । २०३० सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको कमाण्डमा भएको विमान अपहरण कान्डमा संलग्न भएका कारण उनी तीन बर्ष भारतमा जेल परेका थिए ।

राजनीतिक संघर्षमा उनको ठूलो योगदान छ । तर, नेपाली समाजका बहुआयामीक पक्ष र खुला राजनीतिसँग भने उनी घुलमिल थिएन । त्यसैले ०३६ सालसम्म कांग्रेसको संगठनमा उनको परिचय सामान्य थियो । ०४६  सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद सँगै बालुवाटार प्रवेश गरेपछि नै उनको राजनीतिक हैसियत बढेको हो । गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा उनको सहयोगीको रुपमा सुशील वालुवाटारमा थिए ।  गिरिजाप्रसादकै आडमा उनले सत्ता र पार्टीभित्र विस्तारै आफ्नो पकड जमाउन थाले । तर, मन्त्री हुने पटक–पटकको अवसर उनले लिएनन् ।

आम कार्यकर्ताको गुनासो सुन्ने र अवसर दिने शक्ति केन्द्रको रुपमा उनी उदाएका हुन् । ०४६ सालपछि पार्टीभित्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछि नेतात्रय भनेर ‘आरएसएस’ अर्थात् रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यलाई दोस्रो पुस्ताका नेता मानिन्थ्यो । तर, सुशीलले सबैलाई पछि पार्दै पार्टी र सरकारको नेतृत्व लिन सफल भएका थिए ।   

०४५ सालमा कोइराला पहिलोपटक पार्टीका केन्द्रीय सदस्य बनेका हुन् । उनलाई त्यतिबेला मध्यपश्चिमको पार्टी संगठन हेर्ने जिम्मा दिइएको थियो । सुशिल सँगै शेरबहादुर देउवालाई सुदरपश्चिम, रामचन्द्र पौडेललाई पश्चिमाञ्चल र शैलजा आचार्यलाई पूर्वाञ्चलको जिम्मा दिईएको थियो । आचार्यको यसअघि नै निधन भईसकेको छ ।

सुशील ०४६ सालमा पार्टीको परराष्ट्र सम्बन्ध विभागको प्रमुख थिए । ०४८ र ०५६ सालको संसदीय निर्वाचनमा बाँकेबाट विजयी भएका थिए । ०५७ सालमा पार्टी संसदीय दलको नेतामा देउवासँग हारेका कोइरालाले यसपटकको प्रतिस्पर्धामा भने देउवालाई हराए ।

सुशील वीपीका भाई पर्छन् । नाताले वीपी, गिरिजाप्रसाद र सुशीलका आमाहरु दिदीबहिनी हुन् । सिन्धुलीको दुम्जाबाट व्यापार गर्न भनी कृष्णप्रसाद (वीपीका बाबु) मोरङ झरेका थिए । त्यहीबेला सुशीलका बुबा रंगेली झरेका थिए । वीराटनगरमा उनीहरुको स्थायी बसाई भयो । डिएफओको जागिर भएपछि बोधप्रसाद नेपालगन्ज गए । उनले त्यही घरबार बसाले । सुशीलका ६ दाजुभाई मध्ये दुई दाई र एक भाई अरुणको  निधन भइसकेको छ । एक भाई अशोक विराटनगरमा छन् भने अर्का भाई विजय नेपालगन्जमा छन् । 

गिरिजाप्रसादपछि कोइराला परिवारकै विरासतको रुपमा सुशीललाई लिइन्छ । आफूपछिको नेतृत्वमा ल्याउन गिरिजाप्रसादले आफ्नै जीवनकालमै उनलाई पार्टीको महामन्त्री, उपसभापति र कार्यबाहक सभापति बनाएका थिए । १२ औं महाधिवेशनबाट उनले पार्टीको नेतृत्व लिए ।

पार्टी नेतृत्वमा आएपछि उनका काम गर्ने शैलीलाई लिएर आलोचना पनि भयो । कतिपयले कोटरीमा रमाउने नेता भनेर उनको आलोचना गर्ने गर्दथे । कोइरालालाई सानैदेखि संगत गरेका कांग्रेस केन्द्रीय सदस्य आनन्द यस्तो आलोचना मान्न तयार छैनन् । ‘अहिलेको जस्तो साधानस्रोतको पहूँच नभएकाका कारण त्यस्तो आलोचना हुने गरेको हो,’ केही समयअघि ढुंगानाले भनेका थिए, ‘तर खुला राजनीतिमा नभिजेको भन्ने तर्क गलत हो,  सुशीलदाले सबै जिल्ला घुमेर जनताको समस्या बुझ्नु भएको छ । गाडी नपुगेको ठाउँमा कयौं दिन हिँडेर समेत जानु भएको छ ।’

लामो समय गिरिजाप्रसाद कोइरालाको संगतमा हुर्के पनि सुशीलमा उनमा रहेको गुण भने नसरेको ढुंगाना स्वीकार्छन् । भन्छन, ‘गिरिजाप्रसादमा कुनै पनि काममा तुरुन्त एक्सन लिने बानी थियो । त्यसका लागि उहांँ रिस्क पनि लिनुहुुन्थ्यो तर सुशिलदामा विस्तारै काम गर्ने बानी थियो, रिस्क लिन सक्नुहुन्थेन ।’

कोइरालामा सबैलाई समन्वय गर्ने क्षमता थियो । तत्कालीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले समेत ल्याउन नसकेको संविधान उनकै पालामा जारी भयो । कांग्रेस नेताहरु यसलाई वीपीसँग तुलाना गर्ने गर्छन् । ‘वीपीले गर्न पूरा गर्न नसकेको सपना सुशीलकै पालामा पूरा भयो । पार्टीलाई पहिलो स्थानमा ल्याउने काम भयो,’ कांग्रेस नेता पौडेल भन्छन्, ‘उहाँका आदत र शैलीले संविधान ल्याउन सफल भयो भन्ने लाग्छ ।’

राजनीतिमा लागेकै कारण कोइरालाले विवाह गर्ने योजना कहिल्यै बनाएनन् । जवान छँदा हतार गरेनन्, पछि राजनीतिक संघर्षका कारण विवाहतिर ध्यान नदिएको उनी आफंै बताउने गर्थे । आफन्तहरुले उनलाई विवाहको दबाव पनि नदिएका होइनन् । तर, उनी सबैलाई एउटै जवाफ दिन्थे, ‘सबैले बिहे गर्दैछन्, मैले बिहे नगरे केही हुन्न ।’


प्रकाशित: माघ २६, २०७२


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: RIP Sushil Koirala
« Reply #2 on: February 09, 2016, 04:16:08 PM »
सुशील कोइरालाः दिल्ली कारागारदेखि संविधान निर्माणसम्म
09 Feb 2016 |

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उनको योगदान युगौँसम्म अविस्मरणीय रहनेछ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री थिए। कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख भए। गएराति १२:५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण कोइरालाको निधन भयो।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उनी काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

लामो समयदेखि अर्बुद (क्यान्सर) रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म लागिरहेका थिए। उनलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो। पार्टीमा तीन प्रमुख नेता (आफू, शेरबहादुर देउवा, रामचन्द्र पौडेल) मध्येका प्रमुख कोइरालाको निधनले काँग्रेसमा अपूरणीय क्षति पुगेको छ। उनको निधनसँगै महाधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन भएको छ।
सहमति, सहकार्य र मेलमिलापका अगुवा
त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ थिए।

पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो। उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने कृष्णप्रसाद कोइरालादेखि जोडिने पारिवारिक शृङ्खलामा सुशील पनि एक हुन्। उनका छ भाइ र तीन दिदीबहिनी छन्।

दोस्रो संविधानसभामा ठूलो काँग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए। संविधान जारी भएपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उनले प्रधानमन्त्रीबाट राजीनामा दिए।
निर्वासन र कारागार यात्रा
राजनीतिका क्रममा डेढ दशक भारतमा निर्वासन जीवन व्यतित गरेका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परेका थिए। पक्राउपछि उनलाई दिल्ली कारागारमा राखिएको थियो। कारागारमा रहँदा उनले अत्यन्त क्रूर र अमानवीय यातना भोग्नुपरेको थियो।

छ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उनी सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा हिँडेका थिए। जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उनी युरोपेली मुलुकमा खटिए।

युरोपबाट स्वदेश फर्किएर उनी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिए। विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो। विसं २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए। उसबेला मन्त्री पदका लागि आग्रह गरिँदा उनले सार्वजनिक पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिएका थिए।

विसं २०५६ को संसदीय निर्वाचनमा उनी पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए। विसं ०६२/६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए।

विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा कोइराला बाँकेबाट पराजित भए। त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कोइराला बाँके र चितवनबाट सभासद्मा विजयी भएका थिए।

पार्टीभित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि मानिन्थे।

बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए। विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य रहेका थिए। विसं ०४२ को सत्याग्रहदेखि ०४६ र ०६२/६३ को आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए।

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशीलले सहमति, सहकार्य र मेलमिलापको मार्गबाट हिँडेर मुलुकलाई नयाँ संविधान दिने प्रण पूरा गरी सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए। ।

जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको अगुवाइ गरेका काँग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए। सभापति कोइरालाले विसं २०१२ मा सदस्यता लिई पार्टी काममा होमिएका थिए। जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिएका थिए।

विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनमा गएका थिए।

'राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो', भन्ने कोइराला पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागिरहे। पार्टीले तत्कालीन रुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले स्वर्गीय नेता गिरिजाप्रसादको साथमा रहेर काम गरेका थिए।
सार्कस्तरमा कोइराला
कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गरेका थिए।

कोइराला 'सोसलिस्ट इन्टरनेसनल'को उपाध्यक्षसमेत बनेका थिए।

नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गरे। उनले पत्रकारका रुपमा काम गरेका थिए। उनी पार्टीको मुखपत्र 'तरुण' पत्रिकाको सम्पादकसमेत भए। प्रजातान्त्रिक समाजवादका बारेमा उनले लेखेका रचनाले पार्टी वैचारिक रुपमा निर्देशित गरेको थियो।

उनका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरेका थिए।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: RIP Sushil Koirala
« Reply #3 on: February 10, 2016, 07:25:51 AM »
शब्दचित्रमा सुशील दा : एक सरल र इमान्दार राजनीतिज्ञ
प्रकाशित मिति: मंगलबार, माघ २६, २०७२

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । उनी नेपाली राजनीतिको दुलर्भ आर्दश हुन् । पार्टी र देशको सर्वोच्च पदमा पुगेर पनि सरल र सादगी जीवन बाँच्ने नेता कोइराला सबैको प्रेरणाको स्रोत पनि हुन् ।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री थिए । कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख भएका थिए । गएराति १२: ५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण कोइरालाको निधन भएको थियो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उनी कांग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

लामो समयदेखि अर्बुद (क्यान्सर) रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहे । उनलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो । पार्टीमा तीन प्रमुख नेता (आफू, शेरबहादुर देउवा, रामचन्द्र पौडेल) मध्येका प्रमुख कोइरालाको निधनले कांग्रेसका अपूरणीय क्षति पुगेको छ ।उनकाे निधनसँगै महाधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन भएको छ ।

सहमति, सहकार्य र मेलमिलापका अगुवा

PM Sushil koeral

त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ थिए ।  पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो । उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने कृष्णप्रसाद कोइरालादेखि जोडिने पारिवारिक श्रृखला सुशील पनि एक हुन् । उनका छ भाइ र तीन दिदीबहिनी छन् । दोस्रो संविधानसभामा ठूलो काँग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भए । संविधान जारी भएपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

निर्वासन र कारागार यात्रा

राजनीतिका क्रममा डेढ दशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परे । पक्राउपछि उनलाई दिल्ली कारागारमा राखिएको थियो । कारागारमा रहँदा उनले अत्यन्त क्रूर र अमानवीय यातना भोग्नुपरेको थियो ।

छ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उनी सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागे। जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उनी युरोपेली मुलुकमा खटिरहे ।

युरोपबाट स्वदेश फर्किएर उनी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिए। विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनकाे सक्रिय भूमिका थियो । विसं २०४८ को संसदीय निर्वाचनमा उहाँ बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए। उसबेला मन्त्री पदका लागि आग्रह गरिँदा उनले सार्वजनिक पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिरहे ।

विसं २०५६ को संसदीय निर्वाचनमा उनी पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए । विसं ०६२र६३ को जनआन्दोलनमाउनले अहम् भूमिका निर्वाह गरे । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उहाँ बाँकेबाट पराजित हुनुभयो । त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उहाँ बाँके र चितवनबाट सभासद्मा विजयी भए ।

कुशल सङ्गठक

पार्टीभित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि थिए । बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भए ।

विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य थिए । विसं ०४२ को सत्याग्रहदेखि ०४६ र ०६२/६३ को आन्दोलनमा उहाँले सक्रिय सहभागिता जनाए । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गर्नुभएका सुशीलले सहमति, सहकार्य र मेलमिलापको मार्गबाट हिँडेर मुलुकलाई नयाँ संविधान दिने प्रण पूरा गरी सरकारको नेतृत्व हस्तान्तरण गरे ।

जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको अगुवाइ गरेका काँग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरे । सभापति कोइरालाले विसं २०१२ मा सदस्यता लिई पार्टी काममा होमिनुभएको थियो । जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिए । विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनमा गए ।

“राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो” भन्ने कोइराला पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागे । पार्टीले तत्कालीन रुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उहाँले स्वर्गीय नेता गिरिजाप्रसादको साथमा रहेर काम गरे ।

सार्कस्तरमा कोइराला

कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गरे । कोइराला ‘सोसलिस्ट इन्टरनेसनल’को उपाध्यक्षसमेत बने ।

बिपीदेखि गिरिजाप्रसादसम्म नजिक

नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गर्नुभयो । उनले पत्रकारका रुपमा काम गरे । उनी पार्टीको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादकसमेत भए ।

प्रजातान्त्रिक समाजवादका बारेमा उहाँले लेख्नुभएका रचनाले पार्टी वैचारिक रुपमा निर्देशित गरेको थियो । उनका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरे ।

नेपाली कांग्रेसका सभापति  माननीय सुशील कोइरालाको व्यक्तित्व

जन्मः वि.सं १९९६ साउन २८ गते
जन्मस्थान : विराटनगर मोरङ्
स्थायी ठेगाना : नेपालगञ्ज–१३, बाँके

वैवाहिक स्थितिः अबिवाहित
पिता : बोधप्रसाद कोइराला
माताः कुमुदिनीदेवी कोइराला
दाजुभाइ : ६ जना (प्रमोद कोइराला, विनोद कोइराला,सुशील कोइराला,डा.अरुण कोइराला,अशोक  कोइराला,विजय कोइराला)

दिदीबहिनी : ६ जना (दिती शर्मा,आभादेवी शर्मा, विभा,सुधा कोइराला,शशी शर्मा,सरिता )

राजनीतिमा संलग्नता :

 २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न ।ठाकुरराम  हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहदा नै राजनीतिमा सक्रिय ।
नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न।
  २०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न प्रस्थान ।
 २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
  २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
     २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी ।
   २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग भेटघाट ।भारतमा पत्रकार सम्मेलन । भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनु भएको ।
   बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि  नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
  २०१७ सालदेखि २०३७ सालसम्म भारतमा  निर्र्वािसत ।
   २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ । ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा ।
 २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी ।
     २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
 २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
   २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार ।
    २०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
  २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्द । त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
    निरड.कुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
   प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा  नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल ।
पार्टीमा जिम्मेवारी

–         पार्टी सदस्यः २०१२ साल

–         सम्पादक : तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।

–         पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि

–         विदेश विभाग प्रमुखः २०४५।४६ (सन १९९० )मा

–         पार्टी महामन्त्री : नवौं महाधिवेशन २०५३,पोखरापछि

–         पार्टी  उपसभापतिः २०५५ असोज २० गते

–         कर्यबाहक सभापतिः एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४

–         सभापति : बाह्रौ महाधिवेशन २०६७, १–५ असोज, काठमाण्डौं ।

विधायिकी यात्रा

    संसदीय दलको नेता  निर्वाचित २०७० माघ १२( प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर देउवासंग)
  दोस्रो संविधान सभा २०७० को सदस्य निर्वाचित : बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
     प्राप्त मतः बाँके १०,७५३ चितवन २०,७६०
 निकटतम प्रतिद्धन्द्धिः बाँके धवलसमशेर राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर श्रेष्ठ १०,७३९,
   पहिलो संविधान सभाः २०६४ मा पराजित( मधेशी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित)
   प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६: विजयी ( निकटतम प्रतिद्धन्द्धि नेकपा मालेका रिजवान अहमद साह)
    संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा : प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
   प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ को निर्वाचनः बाँकेबाट प्रतिस्पर्धा (शान्ति समशेर जबरा राप्रपा विजयी )
  प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ को निर्वाचन :बाँकेबाट विजयी( निकटतम प्रतिद्धन्द्धि गोविन्द कोइराला एमाले)
    संसदको परराष्ट सम्बन्ध र मानवअधिकार समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता :

 संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन केन्द्र
 संस्थापक अध्यक्ष,वी. पी. कोइराला स्मृति ट्रष्ट
 संरक्षक वी पी कोइराला स्मृति संग्राहलय सुन्दरीजल काठमाण्डौैं
विदेश भ्रमण : भारत, चीन, श्रीलंका संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स, हंगकंग,अष्ट्रेलिया र फ्रान्स लगायतका विभिन्न युरोपेली मुलुक ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: RIP Sushil Koirala
« Reply #4 on: February 10, 2016, 07:28:03 AM »
This is funny