xNepali Forum > Celebrity profile

Samragyee RL Shah (Dreams actress)

(1/8) > >>

sag:
Interview







wild.rms:
sexi lady i like

tundikhel:
राजखलकबाट आएकी हिरोइन

समुन्द्र राज घिमिरे काठमाडौं, साउन २०



‘ड्रिम्स’ रिलिज हुनुअघि साम्राज्ञीलाई दुइटा कुरामा बढी चिन्ता थियो– दर्शकलाई आफ्नो अभिनय मन पर्ला कि नपर्ला? र, मान्छेले आफ्नो स्वर रुचाउलान् कि नरुचाउलान्?
 
पहिलो चिन्ता यसकारण थियो, किनकि सुटिङ क्रममा कसैले उनको अभिनयको तारिफ गरिदिएनन्।
 
र, दोस्रो चिन्ता यसकारण थियो, किनकि फिल्मको ‘ट्रेलर’ हेरेपछि धेरैले उनलाई ‘केटाको जस्तो स्वर’ भनेर टिप्पणी गरे।
 
चिन्ता कुन हदसम्म बढ्यो भने उनले ‘ड्रिम्स’ नै आफ्नो पहिलो र अन्तिम फिल्म ठान्न थालिन्।
 
फिल्म रिलिज भयो। केही दिनमै सुपरहिट साबित भयो। साम्राज्ञीको ‘अनुहार प्लस फिगर’ मन पराइयो। अभिनय पनि स्वाभाविक छ भनियो। केटाको जस्तो स्वर भनी टिप्पणी गर्नेहरूका बोल्ती बन्द भए।

 
साम्राज्ञीको लोकप्रियता यसरी चुलियो, ‘ड्रिम्स’ को सफलता पार्टीमा डाकिएका आगन्तुकले उनलाई त्यही फिल्मको संवाद सुनाउन कर गरे।
 
सुरुमा त उनी लजाइन्। अकमक्क परिन्। कालो सुटमा सजिएर नजिकै उभिइरहेका भुवन केसीले उनको कानमा खासखुस गरे।
 
त्यसपछि भुवनतिर फर्किएर साम्राज्ञीले भनिन्, ‘सायद तिमी यो बारमा फस्ट टाइम हौ। यो बार, यो सुट, यो बियर तिमीलाई डाइजेस्ट भएन। गएर कुनै लोकल भट्टीमा ठर्रा खाने गर।’
 
फिल्मकै संवाद थोरै तोडमोड गरिएको भए पनि भुवनलाई सांकेतिक व्यंग्य गरेजस्तो सुनिँदा माहोलमा झनै रमाइलो थपियो।
 
पार्टीमा तालीको पर्रा छुट्यो।
...
 
 
साम्राज्ञी राज्यलक्ष्मी शाह।
 
करिब २४० वर्ष लामो शाह राजतन्त्रको अन्त्यपछि कुनै महिलाका नामको बीचमा ‘राज्यलक्ष्मी’ कमै सुनिन्छ। राजपरिवारका व्यक्तिको नाम र थर बीचमा समेत यस्ता ‘राजषी’ शब्द हराउँदै गएका छन्।
 
जब राजघरानाको झल्को दिने यही शब्द जोडिएकी साम्राज्ञी ‘ड्रिम्स’मा अनुबन्धित भइन्, उनको चर्चा सुरु भयो। लवज, लवाइसहित उनका सबै क्रियाकलापले शाही खानदानकै ‘चेली’ भएको अड्कल काटियो।
 
नभन्दै उनी राजाकै सन्तान रहिछन्।
 
हुन त साम्राज्ञीलाई आफ्नो पुर्खाका बारेमा उति जानकारी छैन। यति भन्छिन्, ‘हामी वीरगन्जका हौं।’
 
गोरखा हुँदै नेपाल एकीकरण गरेर काठमाडौंबाट शासन गर्ने राजाका सन्तान कसरी वीरगन्ज पुगे त?
 
वीरगन्जमा ‘सम्झना होटल’ छ। साम्राज्ञीका हजुरबा पशुपतिविक्रम शाहले त्यो होटल सुरु गरेका हुन्। हामीले ८२ वर्षीय पशुपतिविक्रम शाहसँग फोनसम्पर्क गर्यौं र उनका पुर्खाबारे सोध्यौं।

 
तपाईंले ‘नेपालका राजाहरू’ शीर्षकको पोस्टरमा १३ राजाका तस्बिरबीच श्रीपेच नलगाएका एक युवराजको तस्बिर देख्नुभएको छ?
 
पशुपतिविक्रमले आफ्ना पुर्खाबारे बेलिबिस्तार लगाए, ‘उहाँ हुनुहुन्छ, त्रैलोक्यविक्रम शाह। उहाँका दुई भाइमध्ये कान्छा नरेन्द्रविक्रम शाह मेरो हजुरबुवा हुनुहुन्छ। मेरो हजुरबुवालाई गोरखा राज्यको जिम्मा दिइएको थियो। उहाँलाई ‘श्री ५ माइला साहेबज्यू नरेन्द्रविक्रम शाह’ भनेर सम्बोधन गरिन्थ्यो।’
 
पशुपतिका भनाइमा राजा हुनुअघि नै त्रैलोक्यको निधन भयो। प्रत्यक्ष शासनमा रहेका राणा प्रधानमन्त्री वीरशमेशरले नरेन्द्रविक्रम शाहलाई काठमाडौं बोलाए। त्यही बेला त्रैलोक्यको छोरा जन्मिएपछि नरेन्द्रले आफू राजा बन्ने महत्वाकांक्षा गुमाउनुपर्यो। त्यसपछि दरबार, राणा र नरेन्द्रबीच विवाद बढ्यो। नरेन्द्रलाई सजायस्वरुप चारभञ्ज्याङ कटाइयो। नरेन्द्र दक्षिणकालीको बाटो हुँदै वीरगन्ज पुगे। वीरगन्जमा उनले छुट्टै समूह खडा गरेर राजनीति सुरु गरे। त्यहीँ दरबार बनाए। नरेन्द्रको दरबार भए ठाउँमा अहिले साल्ट ट्रेडिङको कार्यालय छ।
 
नरेन्द्रविक्रमको दरबार मासिए पनि उनका छोरा इन्द्रविक्रम शाहले वीरगन्जमा बनाएको दरबार अहिलेसम्म छ। सय वर्ष पुरानो त्यो दरबारलाई ‘इन्द्र भवन’ भनिन्छ। इन्द्रका छोरा र नाति गरी तीन पुस्ता त्यही दरबारमा हुर्किए।
 
पशुपतिका जेठा छोरा विकासविक्रम शाहकी छोरी साम्राज्ञी जन्मँदा त्यो दरबार सेन्ट जेभियर्स स्कुलले भाडामा लिइसकेको थियो। साम्राज्ञी त्यही स्कुलमा नर्सरीदेखि कक्षा चारसम्म पढिन्।
 
साम्राज्ञीले वीरगन्जमा त्यति धेरै समय बिताएकी छैनन्। उनीसँग वीरगन्ज दरबारसँग जोडिएका सम्झना पनि थोरै मात्र छन्। दरबार नजिकैको घर, घडिअर्वा पोखरी, परिवारसँग संयुक्त रूपमा मनाउने होली उनी सबैभन्दा धेरै याद गर्छिन्।
 
‘दरबारनजिकै म जन्मिएको घर, होटल र कृषि फार्म थियो,’ प्रसंग कोट्याउँदा साम्राज्ञी सम्झन्छिन्, ‘फार्ममा गाई, घोडा पालिएका थिए। मलाई तिनीहरूसँग डर लाग्थ्यो। कुखुरासँग खेल्न भने रमाइलो लाग्थ्यो। बिहानै उठेर कुखुरा फार्ममा जान्थेँ। सबैभन्दा राम्रो अन्डा टिपेर प्याट्ट फुटाउनु मेरो ‘नित्यकर्म’ जस्तै थियो।’
 
दरबारमा हुर्किन नपाए पनि पढ्न भने पाएकी साम्राज्ञीलाई स्कुलको होस्टलको दृश्यले बढी आकर्षित गर्थ्यो। होस्टल बस्ने विद्यार्थी एकअर्कामाथि खप्टिएको खाटमा लहरै सुतेको देख्दा उनी रमाइलो मान्थिन्। यही दृश्यले उनलाई होस्टल बसेर पढ्ने रहर जाग्यो। आफ्ना आफन्तका छोराछोरी पनि होस्टलमै बसेको उनले सुनेकी थिइन्। उनले आमाबाबुसँग आफूलाई पनि होस्टल राखिदिन कर गर्न थालिन्।

 
तीन कक्षा पास भएपछि साम्राज्ञीकी आमाले उनलाई नयाँ दिल्लीस्थित साइबाबा गर्ल्स स्कुल पुर्याइन्। पूरै साकाहारी र धार्मिक विधिबाट पढाइ हुने उक्त स्कुलमा बिताएका तीन वर्ष सम्झँदा साम्राज्ञीलाई अनौठो लाग्छ। गुरूहरूले पढाउँदा साइबाबाबारे सुनाउने किस्सा पनि अपत्यारिला लाग्छन्।
 
‘बिहानै उठेर घन्टौंसम्म भजन र मन्त्र जप्नुपर्थ्यो,’ उनी सम्झन्छिन्, ‘गुरूहरूले सुनाउने घटना मलाई त्यतिबेलै पत्यार लाग्थेन। ‘साइबाबाको मुखबाट सुन निस्कन्छ’, ‘साइबाबा जन्मँदा म्युजिक बजेको थियो’ जस्ता कुरा सुनाउनुहुन्थ्यो। मलाई भने हावा लाग्थ्यो। गड पनि यस्तो बायस्ड! भगवानका लागि साइबाबा मात्र स्पेसल हुने, अरू मान्छेचाहिँ केही नहुने! म यस्ता प्रश्न आफैंलाई गर्थें।’
 
परिवारबाट टाढिए पनि सानैदेखि होस्टल जीवन रमाइलो मान्न थालेकी साम्राज्ञी साताको एक दिन आइतबार आमासँग कुरा गर्थिन्।
 
‘त्यही एक दिन मात्र बोल्न पाइन्थ्यो,’ उनले सुनाइन्, ‘जम्मा एउटा फोन अनि सयौं विद्यार्थी। फोन यति बिजी हुन्थ्यो, साढे सात बजेसम्म ममीको फोन आउँदैनथ्यो। आठ बजेपछि फोन बन्द हुन्थ्यो। ठिक्क फोन बन्द हुने बेला ममीको फोन आउँथ्यो, हामी दुवै आमाछोरी खुब रुन्थ्यौं। तीन वर्षमा सायदै कुनै आइतबार होला, जुन दिन हामी टेलिफोनमा कुरा गर्दै रोएनौं।’
 
दिल्लीमा बस्दा त्यहाँको गर्मी र नेपालीलाई गरिब ठान्ने सोच उनलाई सबभन्दा खट्किएका कुरा हुन्। त्यहाँका परिकार र घुम्ने ठाउँ भने अझै सम्झिरहन्छिन्।
 
छ कक्षा पास भएपछि साम्राज्ञी काठमाडौं आइन्। ‘रोयल एकेडेमी अफ इन्डिया’ मा भर्ना भइन्। यता आएपछि उनको नाम पनि परिवर्तन भयो। साम्राज्ञी राज्यलक्ष्मी शाह हुनुअघि उनको नाम प्रियंका शाह थियो।
 
वीरगन्जको सेन्ट जेभियर्समा पढ्दा उनका धेरै साथी हिन्दीभाषी थिए। राम्ररी नेपाली भाषा जान्नुअघि नै स्कुल भर्ना भएकीले उनलाई सानैदेखि नेपाली भाषा बोल्न अप्ठ्यारो हुन्थ्यो। दिल्ली गएपछि त झन् पूरै हिन्दीभाषी भइहालिन्। काठमाडौं फर्कंदा उनले नेपाली भाषा बोल्न झन्डैझन्डै बिर्सिइसकेकी थिइन्। झन् यताको स्कुलमा पनि भारतीय विद्यार्थीको बाहुल्य भएपछि उनकी आमाले नेपाली भाषा सिकाउन छुट्टै कक्षा नै दिनुपरेको थियो। ती दिनहरूमा नेपाली शिक्षकले भन्ने गरेको संवाद उनलाई अझै याद छ, ‘तैंले नेपाली पढेर खाँदैनस्।’

 
एसएलसीपछि आमाले उनलाई होस्टलबाट निकालिन्। सुरुसुरुमा त बाहिरी वातावरणमा घुल्न पनि अप्ठ्यारो भएको उनको अनुभव छ। होस्टल बसेर केही गुमाएको भन्दा झनै आत्मनिर्भर बन्न सकेको उनी बताउँछिन्। ‘आफ्नो काम आफैं गर्नुपर्छ भन्ने होस्टल बसेकै कारण सिकेको हुँ,’ उनले भनिन्।
 
एसएलसी दिएकै कलेजबाट प्लस-टु सकिएपछि एकदिन साम्राज्ञी मामा पर्ने रवि बस्नेतको घर गएकी थिइन्। त्यहाँ मोडलहरूको फोटोसुट भइरहेको थियो। फोटो खिच्नेले ‘ब्युटीफुल’ भन्दै त्यत्तिकै उनको पनि फोटो खिचिदिएछन्।
 
त्यो फोटो रवि बस्नेतको ल्यापटपमै थियो।
 
पछि रवि र उनका साथी तथा अभिनेता भुवन केसी मिलेर फिल्म बनाउने सल्लाह भयो। अभिनेत्री खोज्ने क्रम सुरु भयो। रविले आफ्नो ल्यापटप खोले र भुवनलाई मोडलका तस्बिर देखाउन थाले। एकपछि अर्को तस्बिर देखाउने क्रममा भुवनका आँखा साम्राज्ञीमा अडिए।
 
उनले भने, ‘त्यो अघिको फुच्चीको फोटो हेरौं त।’
 
‘त्यो फोटो त मेरो भान्जीको हो,’ रविले भने।
 
‘तैपनि हेरौं न,’ भुवनले जोड गरे।
 
रविले दोहोर्याएर साम्राज्ञीको तस्बिर देखाए।
 
‘यसैलाई फिल्म खेलाउने,’ देख्दै नदेखेको युवतीप्रति भुवनले भरोसा देखाए।
 
‘उसको खानदानले फिल्म खेलाउन मान्दैन होला,’ रविले भने।
 
भुवनले कर गरेपछि रविले साम्राज्ञीकी आमालाई फोन गरे। आमाले भनिछन्, ‘किन नखेल्नु नि?’
 
स्कुलमा गीत, नृत्यजस्ता सिर्जनात्मक कार्यक्रममा एकचोटि पनि भाग नलिएकी, फिल्ममा कुनै रहरै नभएकी साम्राज्ञी यसरी एकाएक फिल्ममा अनुबन्धित भइन्।
 
‘ड्रिम्स’ मा अभिनय गर्नुअघि साम्राज्ञीमा फिल्म खेल्ने रहरै थिएन। उनी त सपनामा पनि ‘इन्टरनेसनल मोडल’ बनेको देख्थिन् रे। सानैदेखि फेसन टिभीमा देखाइने शोहरूले उनलाई मोडलिङमा रुचि जागेको थियो। उनी सानैदेखि आमा-दिदीहरूलाई टिभीमा क्याटवाक गरिरहेका मोडल देखाउँदै भथिन्, ‘भोलिपर्सि म पनि त्यस्तै बन्ने।’
 
‘ड्रिम्स’ खेल्नुअघि उनमा मोडलिङका साथै एयरहोस्टेज बन्ने रहर पनि थियो। एयरहोस्टेज कोर्स लिनै आँट्दा उनले विचार गरिन्, ‘अनुहारको सुन्दरता सधैं रहन्छ भन्ने छैन। पढेन भने त जीवन बर्बाद हुन्छ।’
 
उनले पहिले पढाइतिर ध्यान दिन थालिन् र समाजसेवा विषयमा स्नातक भर्ना भइन्।
 
‘ड्रिम्स’ खेल्ने पक्का भइसकेपछि एकदिन बाटोमा ‘फेस अफ क्लासिक डायमन्ड’ मा आवेदन खुलेको विज्ञापन देखिन्। बाटोमै आवेदन भर्ने स्टल पनि थियो। उनले बाटोबाटै आवेदन फारम भरिन्। सानोमा टिभीमा देखेको क्याटवाकको तरिका अडिसनमा लगाइन्। अडिसन मात्र होइन, पछि उनले प्रतियोगिता नै जितिन्।
 
फिल्ममा अनुबन्धित भएदेखि सुटिङ हुँदासम्मको समय सदुपयोग गरेर उनी मोडलिङमा परिचित बनिसकेकी थिइन्।
...

फिल्म ‘होस्टल’ देखि नै अनमोलको ‘फ्यान फलोइङ’ उच्च थियो। युवतीहरू त अनमोललाई देखेर मरिहत्ते गर्थे।
 
साम्राज्ञी त्यतिबेला स्कुल पढ्दै थिइन्। पुस्तकालयमा पत्रपत्रिकाहरू आउँथे। अनमोलको फोटो छापिएको दिन साम्राज्ञीका साथीहरू दिनभरि अनमोलकै कुरा गर्थे। पेटभित्रैबाट आवाज निकालेर जिब्रो टोक्दै भन्थे, ‘कस्तो ह्यान्डसम, गुड लुकिङ, ओठ पनि कस्तो मिलेको, कपडा पनि कति सुहाएको!’
 
साम्राज्ञी भने अनमोललाई न मन पराउँथिन् न त घृणा गर्थिन्।
 
‘मलाई अनमोल त्यस्तो ‘वाउ’ लाग्दैनथ्यो,’ उनले हाँस्दै भनिन्, ‘पछि भेट्दा पनि त्यस्तो वाउ लागेन, कस्तो लुरे लाग्यो।’
 
सुटिङ सुरु हुनुअघि फिल्मको वर्कसपमा भेट्दा पनि उनलाई अनमोल कुनै कोणबाट साथीहरूले भनेजस्तो ‘वाउ’ लागेन। अनमोलसँग फिल्म खेल्न पाएकोमा उनलाई त्यति उत्साह पनि थिएन।
 
एक महिनाजति त दुवैले एकअर्कालाई मतलब नै राखेनन्। विस्तारै बोलचाल बाक्लिन थाल्यो। फिल्ममा अनुभवी भइसकेका अनमोलले साम्राज्ञीलाई सिकाउन थाले। त्यसपछि मात्र साम्राज्ञीलाई अनमोल ‘राम्रो दिलको मान्छे’ लागेछ।
 
‘फिल्ममा अभिनय गर्दाको अप्ठ्यारो भोगेपछि मैले बुझेँ, स्टार बन्न कत्ति गाह्रो रहेछ,’ उनले भनिन्।

 
त्यही गाह्रो अनुभूतिबाटै उनले ‘ड्रिम्स’ फिल्म आफ्नो पहिलो र अन्तिम भनेर मनमनै घोषणा गरिसकेकी थिइन्।
 
‘सुटिङमा मेरो अभिनय कसैले राम्रो भनेन, नराम्रो पनि भनेन,’ उनले भनिन्, ‘ड्रिम्स नै मेरो फस्ट एन्ड लास्ट जस्तो लागेको थियो। फिल्म रिलिज भएकै दिन पहिलो शोबाट आन्टीले फोनमा दर्शकको हुटिङ सुनाइदिनुभयो। म धेरै खुसी भएँ। भोलिपल्ट आफैंले हेरेँ। सबैले राम्रो भनेपछि अब भने अभिनय गर्न सक्छुजस्तो लाग्यो।’
 
अहिले साम्राज्ञीमा अन्तर्राष्ट्रिस्तरको मोडल बन्ने नसा लगभग हराइसकेको छ। झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर २’ मा उनी अनुबन्धित भइसकेकी छन्। शिशिर राणाको निर्माणमा बन्ने फिल्ममा पनि लगभग पक्का भइसकेकी छन्।
 
‘वर्षको दुइटा मात्र फिल्म खेल्ने विचार छ,’ साम्राज्ञीले भनिन्।

प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३ १०:५७:२४

tundikhel:
 ;D

tundikhel:

Navigation

[0] Message Index

[#] Next page

Go to full version