Author Topic: चलचित्रकर्मीलाई सरकारी Red Card :)  (Read 6629 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958


समाचार

काठमाडौं: सरकारले चलचित्रकर्मीलाई परिचयपत्र वितरण सुरु गरेको छ। लामो समयदेखि चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका निर्माता, निर्देशक, कलाकार, प्राविधिकलाई सम्मानस्वरूप परिचयपत्र वितरण गर्न थालिएको हो।
 
सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा १३ अग्रज चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र वितरण गरियो।पहिलो चरणमा अभिनेता हरिप्रसाद रिमाल, निर्देशक यादव खरेल, निर्देशक नीर शाह, अभिनेत्री भुवन चन्द, अभिनेत्रीहरू बसुन्धरा भुसाल, शुभद्रा अधिकारी, शकुन्तला शर्मा, निर्देशक चेतन कार्की, गीतकार किरण खरेल, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता उद्धव पौडेल, प्राविधिक गेहेन्द्र धिमाल र छायाकार मञ्जुकुमार श्रेष्ठलाई चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको हो।

 
 सूचना तथा सञ्चारमन्त्री शेरधन राईले परिचयपत्र प्रदान गरेका थिए।परिचयपत्र प्रदान गर्दै मन्त्री राईले कलाकारको योगदानलाई राज्यले चिनेर राष्ट्रियस्तरको पहिचान उपलब्ध गराएको बताए । चलचित्र क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि राष्ट्रिय परिचयपत्र आवश्यक रहेको बहस सुरु हुनु सकारात्मक रहेको उनले बताए । 'प्रत्येक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई राज्यले चिन्नुपर्छ', मन्त्री राईले भने।
 
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले परिचयपत्र वितरणको कार्यलाई निरन्तरता दिने बताउँदै दोस्रो चरणको परिचयपत्र वितरण यही वैशाखभित्र गरिने जानकारी दिए। चलचित्र विकास बोर्डका सदस्य राजेन्द्र सुवेदीको संयोजकत्वमा कलाकार हरिहर शर्मा तथा सरिता लामिछानेसहितको समितिले सिफारिस गरेका कलाकारलाई पहिलो चरणको परिचयपत्र वितरण गरिएको हो।
 
कार्यक्रममा कलाकार शर्माले परिचयपत्र सेलिब्रेटी कार्डभन्दा फरक रहेको बताए। 'यसलाई सेलिब्रेटी कार्डको रूपमा नहेरेर चलचित्रकर्मीको योगदानलाई राज्यले चिनेको रूपमा बुझ्नुपर्छ', शर्माले भने।चलचित्र निर्देशक यादव खरेलले चलचित्रकर्मी जनताको नजरमा सधैं परिचित सम्मानित रहे पनि राज्यले पहिलोपटक सम्मान गर्न सुरु गर्नु सकारात्मक रहेको बताए।
 
'यो परिचयपत्रको गरिमा सरकारले कायम गर्नुपर्छ', उनले भने, 'यसको आवश्यकता, अर्थ, उपयोगिता र परिभाषा सरकारले नै निर्धारण गर्नुपर्छ ।' अभिनेता नीर शाहले परिचयपत्रले चलचित्रकर्मीलाई सामाजिक उत्तरदायित्व वहन गर्न झक्झक्याउने बताए।
 
सरकारले चलचित्रकर्मीको योगदानलाई मूल्यांकन गर्दै परिचयपत्र उपलब्ध गराउन 'चलचित्रकर्मी परिचयपत्र वितरणसम्बन्धी कार्यविधि' अनुसार तीन किसिमको परिचयपत्रको व्यवस्था गरेको छ। यसअनुसार विशिष्ट, वरिष्ठ र सामान्य गरी तीन किसिमका चलचित्रकर्मीको परिचयपत्र व्यवस्था गरिएको छ।
 
सैद्धान्तिक रूपमा कलाकार वा चलचित्रकर्मीलाई परिचयपत्र आवश्यक नभए पनि व्यावहारिक रूपमा आवश्यक महसुस गरी यो व्यवस्था गरिएको सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले जानकारी दिए।
 
बक्स अफिसलाई सात करोड
 
चलचित्रको आम्दानीलाई पारदर्शी बनाउने उद्देश्यले सञ्चालनको गृहकार्य भइरहेको बक्स अफिस प्रणालीका लागि सात करोड रुपैयाँ बजेट छुट्याइने भएको छ। परिचयपत्र वितरण कार्यक्रममा सञ्चार सचिव दिनेश थपलियाले बक्स अफिसका लागि अर्थ मन्त्रालय सात करोड बजेट दिन सकारात्मक रहेको बताए।
 
'चलचित्र विकास बोर्डकै आग्रहअनुसार अर्थ मन्त्रालयसँग कुरा भइरहेको छ', उनले भने, 'अर्थ मन्त्रालय बजेट छुट्याउन सकारात्मक छ।' चलचित्र नीति कार्यान्वयन र अनुगमन गर्न समिति निर्माण गर्ने क्रम पनि अन्तिम चरणमा पुगेको सचिव थपलियाले जानकारी दिए। विकास बोर्डलाई स्वायत्त बनाउन कानुनी सुधार भइरहेको बताउँदै उनले संघीयताको मर्मअनुसार बोर्डको कार्यक्षेत्र फराकिलो बनाइने बताए।

harkebdr

  • 10X
  • ***
  • Posts: 11
k ho yesto