Author Topic: करिश्मा मानन्धर को गल्ति कति हो कति .... Karishma Manandhar without preparation  (Read 3341 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15840
« Last Edit: June 15, 2016, 02:38:38 PM by tundikhel »


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15840
नायिका करिश्मा मानन्धरको चर्चा अहिले सामाजिक संजालदेखि चिया पसलसम्म छ । उनको चर्चा हुनुको मुख्य कारण हो, उनले गरेको कार्यक्रम संचालन ।

‘नयाँ शक्ति नेपाल’को पार्टी घोषणा कार्यक्रममा आइतबार करिश्माले कार्यक्रम संचालन गरेकी थिइन् । तर, सो कार्यक्रममा करिश्माले धेरै व्यक्तिको नाम उल्टो भनेको, सहित तरिकाले कार्यक्रम चलाउन नसकेको भन्दै उनको मजाक पनि उडाइएको छ ।
karisma manandhar status
यहि बिषयमा करिश्माकि छोरी कविताले पनि उनलाई फोन गरिछन् । अमेरिकाबाट करिश्माकी छोरी कविताले फोन गरेर भनिछन्-‘ममी के भाको, तिमीले त देशकै वेइज्जत गर्‍यौ रे’ । छोरीले आफूलाई देशको वेइज्जत गर्‍यौ भन्दै कमेन्ट गरेपछि करिश्माले पनि यस्तो जवाफ दिइछन्-‘छोरी मैले तिमीलाई त जन्म दिएँ । तर, म आफू भने फेरि जन्मदैछु ।’

करिश्माले यो कुरा आफ्नो फेसबुकमा स्टाटस लेखेर सबैसँग शेयर गरेकी छिन् ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15840