अनमोलकी हिरोइनको भारतमा पनि चर्चा : भन्छन्, ‘सन्नी लियोनीलाई पछि पार्दैछिन्’
अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गर्न लागेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’को छायाँकन अझै सकिएको छैन । तर उनको चर्चा भने भारतीय मिडियामा समेत हुन थालेका छन् ।
‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको छ ।
‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ ।