२०१३ को समाचार -- बिहे हुनु पहिले अनलाइन खवरमा प्रकाशित
नायक आर्यन सिग्देल अभिनयमा जति दख्खल छन् युवतीको बिषयमा त्यती नै चर्चामा आउछन् ।
बारम्बार युवतीका कारणले चर्चामा आउने आर्यनलाई सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्नेहरुको पनि कमी छैन ।
उनै आर्यन यतिबेला जोरपाटी निवासी एक युवतीको प्रेममा चुर्लुम्ब डुबेका छन् । जोरपाटी निवासी सपना भण्डारी आर्यनको प्रेमिका हुन् ।
मंगलबार काठमाण्डौमा आयोजना गरिएको आर्यन अभिनित चलचित्र ‘महशुश’को फष्टलुक कार्यक्रममा उनले प्रेमिका भण्डारीलाई पनि सँगै लिएर आएका थिए ।तर रमाइलो कुरा के छ भने, आर्यनका लागि ७० लाख बजेटमा तयार भएको चलचित्र र आफ्नो करिअर भन्दा पनि प्रेमिका नै महत्वपुर्ण रहेको स्पष्ट देखियो ।
निर्माता कल्याण घिमिरेलाई कपडा फेरेर आउँछु भन्दै महाराजगञ्ज स्थित आफ्नो कोठामा पुगेका आर्यन कार्यक्रम सकिदा सम्म पनि आएनन् । बारम्बार आफु टर्निङमा आइपुगेको बताउदै आर्यन कार्यक्रम अवधिभर देखिएनन् । आर्यन नआएपछि उपस्थित मिडियाकर्मी र निर्माणपक्ष खुशी देखिएको थिएन ।
तर सबै मिडियाकर्मी गएको ठान्दै आर्यन आफ्नी प्रेमिकाको साथमा १ घन्टा ढिलो कार्यक्रममा आइपुगेका थिए । तर आर्यन र उनकी प्रेमिका मिडियाको क्यामेरा अघि कैद भैछोडे । आर्यन आफ्नी प्रेमिकासँग निक्कै मस्तीको मुडमा कार्यक्रममा देखिएका थिए ।
सार्वजनिक कार्यक्रममा प्रेमिकालाई ल्याउनुको कारणबारे अनलाइनखबरले सोधेको प्रश्नमा आर्यनले केही बोलेनन्, टारे मात्र । तर उनकी प्रेमिकाले भने अनलाइनखबरसँग खुलेरै कुरा गरिन् । आर्यन सपनालाई ‘नानु, ‘बाबा’, ‘बाबु’ जस्ता विशेषणले बोलाउने गर्छन् ।
‘महशुश’को कार्यक्रममा पनि आर्यनले सपनालाई यस्तै शब्दहरुले सिंगारेका थिए । आर्यन र सपनाको प्रेम फेसबुक मार्फत भएको हो । उनीहरु विगत साढे २ बर्षदेखि प्रेममा छन् । आर्यनले सपनाको नामको पहिलो अक्षर ‘एस’ आफ्नो हातमा पनि कोरेका छन् ।
सपनासँग निकट हुँदै गएपछि आर्यन मिडिया र साथीभाइको नजिक खासै देखिदैनन् ।