Author Topic: Artists in Politics - कलाकार राजनितिमा  (Read 7290 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1142

2013 - Rekha Joined United Maoist

Before that एमाओवादीमा विभाजन आउनु भन्दै अगाडीनै १०० जनाको हाराहारीमा एमाओवादीले कलाकारलाई पार्टी प्रवेश गराएको थियो।

- निर्माता/निर्देशक युवराज लामा
- निर्देशक केपी पाठक
- अभिनेत्रि मौसमी मल्ल
- राजेन्द्र खड्गी
- स्व. शिव रेग्मी
- दिपक श्रेष्ठ
- सुभाष गजुरेल
- गायिका अन्जु पन्त
- सृजना बस्नेत
- सुरज सुब्बा
- कल्याण घिमिरे
- मौनता श्रेष्ठ
- छवि ओझा
- उदय सुब्बा
- बसन्तकुमार श्रेष्ठ
- हिमाल केसी
- दीप तुलाधर
- जयनन्द लामा
- भुवन श्रेष्ठ
- नीर शाह
- सुनीलदत्त पाण्डे
- रोशन श्रेष्ठ
- योगेश घिमिरे
- गोपाय कायस्थ
- सुरज चन्द
- सुन्दर श्रेष्ठ
- कल्याण घिमिरे
- सुलेमान शङकर
- शम्भु सापकोटा


- जेबी टुहुरे
- शम्भु राई

In 2016 Rekha Joined RPP

Now:


Komal Oli also joined RPP

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Artists in Politics - कलाकार राजनितिमा
« Reply #1 on: February 22, 2017, 01:07:02 PM »
नीर शाहः पहिले माओवादी, पछि कांग्रेस

एक सयभन्दा बढी कलाकारहरु एमाओवादी प्रवेश गरेका बेला बरिष्ठ कलाकार नीर शाहको नाम अग्रपंक्तिमा थियो । एमाओवादीले नै मुलुकका लागि केही गर्छ भन्ने अभिव्यक्ति दिएका शाह अरु कलाकारझै टीका लगाएरै पार्टी प्रवेश गरेनन् । तर, आफ्नो समर्थन एमाओवादीलाई भएको अभिव्यक्ति दिए ।

केही महिना एमाओवादी नेताहरुसँग नजिक रहेका शाह दोस्रो संविधान सभा निर्वाचमा भने नेपाली कांग्रेसमा प्रवेश गरे । त्यसपछि शाह चुनावमा काठमाडौ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहका लागि भोट माग्दै हिँडे ।

युवराज लामा

विगतमा ७ राजनीतिक दल र माओवादीवीच १२ बुँदे सहमति भएलगत्तै माओवादीप्रति नजिक भएका थिए कलाकर्मी युवराज लामा । एमाओवादी अध्यक्ष प्रचण्डको राष्ट्रवादी विचारले प्रभावित भएको भन्दै टीका लगाएर उनी एमाओवादी प्रवेश गरे । र, माओवादी सरकारका पालामा खेलकुद परिषद्को सदस्य-सचिब समेत भए ।

आफूमा भएको कार्यायोजना लागू गर्न पनि पार्टी राजनीतिमा संलग्न हुनुपर्छ भन्ने धारणा राख्ने लामा अहिले पनि पार्टीको काममा सक्रिय रहेको बताउँछन् । तर, चलचित्र निर्माणलाई चटक्कै नबिर्सने उनको दाबी छ ।

‘राजाका मेयर’ रवीन्द्र खड्का
अहिले पनि आफूलाई राजाको समर्थकका रुपमा चिनाउन हिच्किचाउँदैनन् कलाकार रवीन्द्र खड्का । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काभ्रेको मेयरमा मनोनित भएका खड्काले पछि प्रत्यक्ष चुनाव लड्दा भने दुई सय भोट पनि कटाउन सकेनन् ।

राजनीतिमा प्रत्यक्ष संलग्न नभए पनि पछिल्लो समय पार्टीप्रति खुलेर लाग्ने गरेका छन् । निर्माता संघ, निर्देशक समाज, कलाकार संघ लगायतका संघ-संस्थामा चुनाब हुँदा पार्टीकै निर्देशनमा उम्मेदवार उठाउने र पार्टीकै लबिङअनुसार भोटिङमा उनी सक्रिय छन् ।


In India

भारतको बलिउड पनि राजनितिबाट अछुत छैन् । अमिताभ बच्चन देखी गोविन्दा सम्मले चुनाव लडेर जित हासिल गरेका थिए ।
अमिताभ बच्चनले लोकसभाका उत्तर प्रदेशकी पुर्व मुख्यमन्त्री एचएन बहुगुनालाई हराएका थिए । तर, अमिताभ बच्चनको राजनीति मोह लामो समयसम्म तग्न सकेन र उनी पुनः चलचित्रमै फर्किए । उनकी श्रीमती तथा नायीका जया बच्चन भने अहिले पनि समाजवादी पार्टीबाट राजनीतिमै सक्रिय छिन् ।

नायक धर्मेन्द्रले पनि भारतीय जनता पार्टीका तर्फबाट चुनाव जितेका थिए

नायीका हेमा मालिनी पनि राज्यसभामा निर्वाचित भएकी थिइन् ।

अर्का नायक शत्रुघ्न सिन्हा बिहारबाट भारतीय जनता पार्टीको राजनीति गर्दछ्न् ।

कमेडी नायकको छवि बनाएका गोविन्दा पनि कांग्रेसका लागि लोकसभामा जितेर पुनः चलचित्रमै फर्किएका छन् ।

केही वर्ष अघि मात्रै टेलिभिजन चर्चित अभिनेतृ स्मृती इरानी पनि राजनीतिमै होमिएकी छिन् । उनले भारतीय जनता पार्टीमा राम्रो पद र जिम्मेवारी समेत पाएकी छिन्।

नायक सञ्जय दत्तका स्वर्गिय पिता पनि कलाकारिता पछि राजनीतिमा छिरेका थिए ।

Hollywood

हलिउडमा त नायक आर्नोल्ड स्वार्जनेगरले रिपब्लिकनको तर्फबाट दुई कार्यकाल क्यालिफोर्निया राज्यको गभर्नर समेत भएका थिए ।

पुर्व राष्ट्रपति रोनाल्ड रेगन पनि एक जमानाका अभिनेता थिए ।

arniko

  • 10X
  • ***
  • Posts: 10
some more will come