Author Topic: ​काठमाडौंमा यसरी चल्छन् गोप्य कोठी  (Read 2094 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15820
काठमाडौं, ९ माघ ।

कुनै समय राजधानीका ठमेल र नयाँ बसपार्क क्षेत्र बेश्यावृत्तिका लागि बदनाम थिए । ती क्षेत्रका लजहरुमा खुलेआम वेश्यावृत्ति चल्दथ्यो । अहिले ठमेलमा पहिलेजस्तो बेश्यावृत्ति धन्दा चल्दैन ।

तर, गोंगबु क्षेत्रमा भने समस्या उस्तै छ । राजधानीमा बेश्यावृत्तिको धन्दा झन् बढेको छ, तर स्वरुप फेरिएको छ ।

विभिन्न घरदेखि अपार्टमेन्टहरुमा गोप्य रुपमा कोठी सञ्चालन हुने गरेको छ ।

प्रहरीको जागिर छाडेर वेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेपछि वेश्यालयको अवस्थामा बाहिर आएको छ । कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्वप्रहरी भीमबहादुर विकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिलालाई माघ १ गते पक्राउ गरेको हो । दुई महिलालाई राखेर विकले बेश्यावृत्तिमा लगाउँदै आएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताए । कालिमाटीको काठमाडौं इन्जिनियरिङ कलेज अगाडि उनले भ्यूप्वाइन्ट नामक रेष्टुरेन्ट चलाउँदै आएका थिए ।

पक्राउ परेका विक पूर्वप्रहरी हुन् । जागिर छाडेर उनी यस्तो धन्दामा लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।
उता कोठी चलाउने दुई व्यक्ति महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासतमा छन् । एक महिला र पुरुष मिलेर चलाएको होटलमा गाउँका युवतीहरुलाई ल्याएर यौनधन्दामा लगाइएको थियो । एक पीडित युवतीले उजुरी गरेपछि प्रहरीले उनीहरुलाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ ।

अवैध यौनधन्दा चलाएको आरोपमा गोंगबुका होटल सञ्चालकहरु दैनिकजसो पक्राउ पर्दछन् । उनीहरुलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही गर्दै आएको छ ।

भिआईपी किमिसका कोठीहरु भने अपार्टमेन्टहरुमा सञ्चालन हुने गरेको छ । त्यस्ता कोठीहरु धेरैजसो महिलाले नै चलाउने गरेका छन् । जसमा व्यापारीदेखि उच्चपदस्थ कर्मचारीहरुसमेत पुग्ने गरेको स्रोत बताउँछ । चिनियाँ तथा केही रसियन युवतीहरु समेत काठमाडौंमा बेश्यावृत्तिमा संलग्न छन् ।