Author Topic: ..र परपुरुषहरुसँग फेसबुकमा जिस्किने गर्छु (बीबीसी बाट हर च्वाइस्)  (Read 2221 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15790
पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो । अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता–उता हेरेँ, कसैले देखेको पो छ कि ?

आफैमाथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डराएको होला । उसले म्यासेजमा– ‘हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो ।  म्यासेज पढेर मुहारमा मन्द मुस्कान आयो । तर, आफैलाई होईन जस्तो गरी सम्माहले ।

‘एउटा नचिनेको मान्छेको अनलाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ ?’ श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो । त्यो उनको चिसोपना हो कि कुनै नचिनेको मान्छेले लेखेको ‘हाय’ले पनि मेरो मनमा काउकुती लगाई रहेको थियो ।

शायद मैले उसलाई कुनै प्रतिउत्तर नदिन पनि सक्थेँ तर उनी प्रति ममा यति धेरै रिस उठी रहेको थियो कि मैले पनि ‘हाय !’ भनेर लेखि पठाएँ । थाहा छैन कसरी हो उसलाई म एयर होस्टेज हुँ भन्ने लागि रहेको रहेछ । मैले उसलाई साँचो कुरा भन्न सक्थेँ तर त्यति बेला जिस्कीदा मलाई पनि मजा आई रहेको थियो ।



सानैदेखि सबैले ‘तिमी कति राम्री’ भनेको सुनेर हुर्केकी थिएँ । दुध झैँ रंग, ठुला–ठुला आँखा, सुन्दर मोहडा र मिलेको सुन्दर ज्यान जोबन । तर मेरो परिवारलाई मेरो बिहे गरिदिने कुरा ठुलो थियो । जुन केटा पहिलो चोटी हेर्न आयो त्यसैसँग लगाएर पठाई दिए ।

तर त्यो मान्छेलाई न रोमान्ससँग मतलब छ न मेरो भावनासँग । मलाई के लाग्थ्यो भने बिबाहपछि मेरा श्रीमानले मलाई आँखा भरि हेर्नेछन्, रिसाएँ भने फकाउने छन्, ‘सप्राईज’ दिनेछन् र कम्तीमा केही हुन सकेन भने एक कप चिया त पकाउने छन् ।

तर म के देख्छु, त्यो मान्छेको जीन्दगी त पुरै मेशिन जस्तो रहेछ– बिहान उठ्यो, आफ्नो अफिस गयो, राती दश बजे आयो खाना खायो र सुत्यो । त्यस्तो होईन कि मलाई यी कुराहरु थाहा छैनन् । तर आफ्नी श्रीमतीलाई माया गर्न, उसलाई आँखाभरी हेर्न र अंगालो हालेर मायाका दुईटा शब्द बोल्न कति पो समय लाग्छ र ?

कि त मेरो श्रीमानमा यस्ता भावनाहरु नै छैनन् अथवा यस्ता कुरा भन्दा उनलाई आफ्नो पुरुषार्थमा धक्का लागेको महशुस हुन्छ । सेक्स गर्छन् तर रोमान्स पटक्कै गर्दैनन् । बिहे भएको एक बर्ष भयो तर अझैसम्म पनि हामीले ‘फोरप्ले’ गरेका छैनौँ ।

मैले जतिसुकै मिठो खाना पकाउँ अथवा घरलाई जति सुकै चिटिक्क पारेर राखुँ एक शब्द पनि बोल्दैनन् । सोध्यो भने ‘ठिक छ’ भन्दिनछन् । यी र यस्तै कुराहरुमा हराएकी थिएँ कि आकाशले मलाई फेरी झस्कायो । उ मेरो फोटो देख्न चाहन्थ्यो ।

इन्टरनेटको दुनिया मेरा लागि नयाँ थियो । फेसबुक पनि उनले नै खोली दिएका थिए । ‘फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट’ गर्न पनि उहाँले नै सिकाएको हो । तर फोटो पोस्ट गर्न डर लाग्थ्यो ।

तर आकाश मलाई हेर्न बेचैन थियो । केही दिनसम्म मैले उसलाई अल्झाई रहेँ । त्यसपछि मैले उसलाई म एयरहोस्टेज होईन भनिदिएँ । फोटो पठाई पनि दिन्थे तर मसँग कुनै ढंगको फोटो पनि थिएन ।

आकाश पनि बिबाहित थियो । तीन बर्षको छोरो थियो उसको । मल्टीनेशनल कम्पनीमा पनि काम गर्ने रहेछ । विदेश जाने आउने गरि राख्ने । निकै पार्टीहरु हुन्थे जाहाँ केटीहरुले चुरोट खानु निकै आम कुरा थियो । तर मेरा लागि नयाँ ढंगको रोमान्च थियो । 

उसकी श्रीमती पनि एउटा ठुलो कम्पनीमा काम गर्दिरहिछन् । उसले नै उनीहरुले एक अर्कालाई धेरै समय दिन नसकेको कुरा भन्थ्यो । एक दिन उसले भन्यो– ‘आज म निकै दुःखी छु । मेरी श्रीमती मसँग यसकारण कुरा गर्न मानिरहेकी छैन् किनभने उ एउटा मिटिङमा छे ।’



म उसको भावना बुझ्न सक्थेँ । हरेक दिन जसो कुरा गर्दा निकै आनन्द हुन्थ्यो । यो सबै कुरा मसँग पहिलो पटक हुँदै थियो । एक चरण त कस्तो लाग्ने भने सक्दो छिटो काम सकेर कुरा गरौँ झैँ लाग्ने । एक दिन उसले वेवक्याममा आउन भन्यो । म डराएर अफलाईन भएँ । कस्तो लाग्यो भने आजैको दिन मैले नुहाएकी छैन यस्तै देख्यो भने के सोच्ला ।

तर अब उ मलाई जसरी भए पनि हेर्न जिद्दि गर्न थाल्यो । के गरौँ के गरौँ भएर म उदेखि टाढिन थालेँ । उ अनलाईन हुने समय म अफलाईन हुन थालेँ । केही दिन यस्तै चलि रह्यो अनि एक दिन रिसाएर उसले मलाई ब्लक गरि दियो ।

हाम्रो कुनै सम्बन्ध थिएन तर पनि उ नहुँनाले मेरो जीवनमा झनै रित्तोपन थपियो । आफैमाथि रिस उठ्न थाल्यो कि म जागिर किन गर्दिनँ । पैसा कमाउन सक्ने थिएँ भने आफ्नै ढंगले निर्णयहरु गर्न सक्ने थिएँ ।

त्यसको केही समयसम्म म कसैसँग बोलिनँ तर, जति बेला पनि आकाशकै कुरा मनभरी खेल्थ्यो । उसँग हुँदा दिन कति छिट्टै बित्थ्यो । केही नभई त्यसै एक्लै हाँस्ने गर्थेँ ।

त्यसरी हेर्ने हो भने यसको सबै भन्दा ठुलो फाईदा मेरो श्रीमानलाई नै भयो । उनले केही पनि नगरिकन मेरो जीवनको त्यो खाली ठाउँ भरिएको थियो जुन कुरा उनले कहिलै देख्न सकेनन् । फेरी अर्को कोणबाट सोच्ने हो भने मैले केही गल्ती पनि गरेकी होईन ।

न मैले कसैलाई धोका दिए न म कसैसँग सुतेँ । मात्र कुराकानी गरेँ त्यो पनि केका लागि भन्दा म कसैकी श्रीमती मात्र होइन म मान्छे पनि त हुँ जसका आफ्ना केही इच्छा आकांक्षाहरु हुन्छन् । अब के गर्ने र के नगर्ने भन्ने दुविधामै केही दिन थप बिते ।

त्यसपछि एक दिन यसै गरी एउटा केटाको प्रोफाईल हेरेँ । अनुहार पनि राम्रै थियो । थाहा छैन मलाई के लाग्यो मैले उसलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएँ । उसले भन्यो– ‘तपाईं त बिबाहित हो अनि मलाई रिक्वेस्ट किन पठाएको ?’ मैले भने– ‘के बिबाहित महिलाहरुले साथी बनाउन हुँदैन ?’

त्यसपछि के थियो कुरा अगाडि बढ्यो । म आज पनि उसको सम्पर्कमा छु । यसैगरी एक दिन फेसबुकमा एउटा प्रोफाईल देखेँ जसको वालमा केही सिनेमाका कलाकारहरुको फोटो थियो । मलाई लाग्यो यो मान्छे निकै हाँसो ठट्टा गर्ने मान्छे होला यसको वालमा नयाँ नयाँ कुरा देख्न पाईनेछ ।

मैले उसलाई ‘फ्रेन्डरिक्वेस्ट’ पठाएँ । उसले एक्सेप्ट पनि ग¥यो । यसैगरी जीवन घस्री राख्याथ्यो कि छोरी भैहाली । त्यसपछि सबै कुरा टक्क अडियो । पहिलो दुई बर्षसम्म त कुनै होस नै रहेन कि म कहाँ छु । अब छोरी तीन बर्षकी भैसकी तर अहिले पनि आफ्ना लागि समय निकाल्न सजिलो छैन ।

घरी–घरी कसैसँग कुरा गरौँ भन्ने लाग्छ तर जसै फोन उठायो छोरी विडियो हेर्न भनेर आई पुग्छे । कहिले काँही त निकै ‘फ्रस्टेसन’ हुन्छ । मलाई यो के भैरहेको हो ? यसरी जीवन जीउनुको अर्थ ? भन्ने लागि रहन्छ । मात्र एउटी आमा र कसैकी स्वास्नी बनेर मेरो जीवन सकिएको छ ।

त्यसैले मैले के निर्णय गरेकी छु भने मैले यी सबै आफ्नी छोरीको जीवनमा हुन दिन्न । उसलाई केही बनाउनेछु । उसले आफ्नो जीवन आफ्नै मुल्य र सर्तहरुमा बाँचोस ।

बीबीसीले भारतीय महिलाको वास्तविक जीवन कथा समेटने गरी #HerChoice श्रृखला चलाएको छ ।


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15790
जब मेरा पति एक महिलासँग सम्बन्धमा बसे...



त्यसरात जब मेरा पति घरबाट निस्के, मलाई मेरो दुनियाँ सकिएको महशुस भयो ।

यो तबाहीको आवाज कही पनि सुनिएन, बरु यसको ठाँउ भयानक मौनताले लियो ।

म आफ्नी १० बर्षकी छोरीसँग उभिएका ती तस्वीर सम्झिरहेकी थिएँ, जुन हामीले पछिल्ला १० वर्ष सँगै रहेर सजाएका थियौँ ।

अर्की महिला

मैले कैयौपटक उनीसँग कुरा गर्ने कोशिष गरे । तर, हरेक पटक उनले जवाफ दिए अब हाम्रो विवाह सकियो ।

पछि मलाई उनका साथीबाट थाहा भयो कि उनी आफूसँगै काम गर्ने एक महिलासँग सम्बन्धमा छन् ।

ती अवस्थाको बयान गर्नका लागि ‘स्तब्ध रहनु’ कुनै सही शब्द थिएन ।

म अब अरु जिउन चाहँदिन थिए । आफूलाई सिध्याउन भनेरै मैले धेरै औषधी खाएँ ।

सायद म मर्थेँ, तर खै कसरी बाँचेँ ?

मैले उनका अगाडि कहिल्यै आफ्नो जीवनको कल्पना गरेकी थिइनँ ।

मैले विवाहपछि आफ्नो भविष्यको वारेमा केही सोचेकी पनि थिइनँ ।



मैले मेरो मायालाई अरु दोस्रो कुनै महिलासँग देख्न सक्दिन थिएँ । म यो सच्चाईको स्वीकार गर्न चाहँदिन थिए ।

म आफ्नो जीवन साथीलाई अर्को महिलासँग बाँड्नका लागि तयार थिइँन ।

म पीडा र दुःखले घेरिएकी थिएँ । म ती महिलालाई गाली गरिरहेकी थिएँ, जबकी यो भुलेकी थिए कि यसमा मेरा पतिको पनि उत्तिकै जिम्मेवार छन् ।

म यो सम्झिरहेकी थिएँ कि, यो सबै एक पलमा भएको होइन । बितेका केही याद मेरो दिमागमा चल्न लागे । र, म ती घटना एक–एक गरेर जोडन थालेँ ।

मैले आफैनैतिर हेर्न लागेँ, न म सुन्दरी छु, न धेरै पैसा कमाउँछु ।

‘तिमीलाई पाउनु मेरो सौभाग्य हो’, यो कुरा मेरा लागि बदलियो र भयो, ‘तिमी मेरो जिन्दगीमा आउनु दूर्भाग्य थियो ।’

‘तिमी बहुतै राम्रो छौँ ’ यो बदलिएर भयो, ‘तिमी मसँग रहन लायक छैनौँ ।’

मैले उनका गर्लफ्रेन्डका अगाडि आफूलाई गाउँकी काम नलाग्ने केटी महशुस गर्न लागेँ ।

सबैभन्दा बढी माया

उनी मलाई भन्थे, ‘तिमीलाई अंग्रेजी बोल्न समेत आउँदैन, तिमीलाई कसले नोकरीमा राख्छ ?’

म उनको नजरमा तल परेकी मात्र थिइँन म आफै पनि आफूलाई कमजोर महशुस गर्न लागेँ । मलाई लाग्न थाल्यो कि म उनका लागि योग्य छैन ।

म घरका सबै काम हेर्थेँ । बजारबाट समान किन्नेदेखि बीमारीको रेखदेखसम्मका सबै काम म नै गर्थेँ ।

उनले मलाई बाहिर लैजान बन्द गरे, न कुनै पार्टीमा न कुनै डिनरमा न त कुनै सामाजिक समारोहमा ।

जुन व्यक्तिलाई मैले सबैभन्दा बढी माया गरेँ, उही मलाई छाडिरहेको थियो । मबाट टाढा राखिरहेको थियो ।

विस्तारै–विस्तारै हामीबीचको प्रेम सकियो ।

मलाई यो प्रेम सकिएको महसुश भयो, मैले यसलाई फिर्ता पाउने कोशिष गरेँ । सफल हुन सकिँन । एक रात उनी घरबाट निस्के ।

सम्बन्ध बचाउनका लागि

घरबाट ँिहडेपछि उनी कुनै अर्को घरमा बस्न थाले । म आफ्नो छोरी र घरका अन्य सदस्यसँग पुरानै घरमा बस्न थालेँ ।

यस्तो होइन कि मेरो घरवाला मलाई त्यहीँ राख्न चाहन्थे । उनीहरुलाई आशा थियो कि शायद मेरो त्यहाँ बसाईले मेरो पति फर्केर आउँछन् ।

ढोकामा हरेक ‘नक’ हुँदा म दौडिएर जान्थेँ । तर, त्यहाँ कहिले कुरियलवाला वा कहिले नोकरको अनुहार देखेर निराश हुन्थेँ ।

मैले आफ्नो पुरा जिन्दगी उनको आसपास बुनेँ । मेरो उमेर उनीसँगै बितेको थियो । यो समय नयाँ शुरुवात गर्ने बेला थिएन ।

आफ्नो सम्बन्ध बचाउनका लागि मैले कैयौ पटक सोचेँ । मै आफै लडेँ । मेरो मानसिक अवस्था सम्झाउनका लागि मेरी छोरी सानी थिइन् ।



अनि

यी सबै कारणले मेरो स्वास्थ्य निकै खराव भएको थियो । म चाहन्थेँ कि उनको काँधमा टाँउको राखेर आराम गर्न सकुँ ।

मलाई उनको आवश्यकता महशुस हुन्थ्यो । म चाहन्थेँ कि उनले लगाएको घाउमा उनी नै मलम लगाउन् ।

तर, उनले कोर्टमा सम्बन्ध विच्छेदको निवेदन गरे ।

धेरै कठिन हालतकाबीच मैले मुद्दा लडेँ । मलाई यो सम्झन तीन वर्ष लाग्यो कि जुन सम्बन्ध बचाउन मैले यति प्रयास गरेँ, जुन पहिला नै मरिसकेको थियो ।

म जो व्यक्तिका लागि यति धेरै गरिरहेकी थिएँ, जसको जिन्दगीमा मेरो केही अस्तित्व भएन । अन्तिममा म थाकेँ ।

म थाकेँ, अदालतका जाँदा जाँदा । वकिलका सवालको जवाफ दिदादिँदै । र, कानुनी खर्च जम्मा गर्दागर्दै ।

आखिरमा आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि तयार भएँ ।



‘सिंगल मदर’

मैले आफ्नो नयाँ परिचय स्वीकार गरेँ ‘सम्बन्धविच्देदवाली’ । एक यस्तो उपनाम जसलाई हाम्रो रुढीवादी समाजले इज्जतसँग हेर्दैन ।

म त्यसबेला ३९ बर्षको थिएँ । मेरो लागि सबैभन्दा पहिला चुनौति नयाँ घर खोज्ने थियो । मलाई कैयौँ प्रश्नको सामना गर्नुपर्यो, जस्तै तिम्रो पति कहाँ छन् ?

उनी के काम गर्छन् ?

म यी सवालका लागि तयार थिइँन । म पुराना ती दिन सम्झिन चाहदैनथेँ । मेरो साथीले मलाई समयबाट बाहिर निकाल्ने कोशिष गरिन् ।

उनी मेरो जिन्दगीमा कुनै भगवान भनेर आइन् । उनले मलाई साहस दिइन्, ‘सिंगल मदर’ हुनका लागि तयार बनाइन् । यी सबै त्यति सजिलो थिएन ।

मेरो पतिले सम्बन्ध विच्छेद गरेलगत्तै ती साथीसँग विहे गरे । जब म उनीहरुलाई देख्थेँ, मेरा पुराना घाउ बल्झिन्थे ।



नयाँ याद सजाउनका लागि

त्यहीँ कठिनघडीमा मेरो बुवा–आमाको पनि निधन भयो । मेरो जिन्दगीमा मात्र दुई चिज बाँकी रहेँ, मेरो नोकरी र मेरो छोरी ।

मैले आफ्नो करियरमा ध्यान दिन लागेँ । विस्तारै–विस्तारै कर्पोरेट घरानाको सीढी चढन थालेँ ।

मैले आफ्नो मनपर्ने विषय अर्थात् ‘लेखन’ मा आफुलाई व्यस्त गरेँ । आफ्नो पतिलाई खाना बनाउनुको सट्टा मेरो साथीका लागि खाना बनाउन लागेँ ।

आफ्नो पतिको कमी पूरा गर्नका लागि मैले भर्चुअल दुनियाँ अथवा सोशल मिडियामा केही साथी बनाउन शुरु गरेँ ।

आफैसँग माया

यो भर्चुअल दुनियाँले मलाई आभास गरायो कि आसपासको संसार कति ठूलो छ ।

मेरो एक्लोपन फेसबुकमा मेरो पोस्टमा आउने लाइक र कमेन्टसले टाढा बनाउन थाल्यो ।

म फेरि एक पटक आफ्नो जिन्दगीमा जिउन लागेँ । मलाई मेरो शक्तिको महसुश हुन थाल्यो । र, मैले मेरो पीएचडी पुरा गरेँ ।

जुन चिज मेरो जिन्दगीबाट खोसियो, मैले ती सबै पलहरु पाउने कोशिष गर्न थालेँ ।

लज्जा महसुस गर्नुको सट्टा, मैले मानिसँग भेट्न र विवाहका वारेमा जान्न शुरु गरेँ । यति मात्र होइन मैले सुन्दर साडी लगाउन थालेँ ।

नयाँ शहरमा नयाँ जिन्दगी

म ती मानिसहरुलाई जवाफ दिन चाहन्थे जसले सम्बन्धविच्छेद गरी एक्की महिला सधै दुखी रहनुपर्छ भन्ने मान्यता राख्थे ।

यस्ता मानिस मलाई देखेर आफ्नो आँखा ठूला बनाउथेँ । तर, यसले मेरो आँखाको चमक झन् बढाउँथ्यो ।

मैले आफ्नो घर बनाएँ । कार्यालयको काममा केही विदेश यात्रा पनि गरेँ ।

चार वर्षपछि मलाई एक ठूलो फैसला गर्नुथियो । एक नोकरीको शिलशिलमा शहर छाडेर अर्को शहर जानु थियो । मैले नयाँ शहरमा बस्ने निर्णय लिएँ ।

मैले एक स्वतन्त्र महिलाका रुपमा दोस्रो जन्म लिएँ । आज मलाई कसैले काँधमा राख्न जरुरी छैन ।

म एक्लै हिँडन सक्छु । पुरा आत्मविश्वासका साथ चाहेँ जतिसुकै अध्यारो किन नहोस् ।

यो जीवनकथा दक्षिण भारतमा रहने एक महिलाको जिन्दगीमा आधारित छ ।

***

बीबीसी हिन्दीका लागि संवादादात पद्या मीनाक्षीले उनीसँग कुराकानी गरेकी थिइन् । माहिलको आग्रहमा उनको परिचय गोप्य राखिएको छ ।

बीबीसीले भारतीय महिलाको वास्तविक जीवन कथा समेटने गरी #HerChoice श्रृखला चलाएको छ ।

यो शृृंखलामा आधुनिक भारतीय महिलाको विचार र उनका अगाडिका विकल्प, उनका आकांक्षा, उनका प्राथामिकता र उनका इच्छा पेश गर्ने गरिन्छ ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15790
जब यी महिलाले पति नपुंसक भएको थाहा पाइन्....

भारतीय महिलाको वास्तविक जीवनमा आधारित कथा जसले आधुनिक भारतीय महिलाको विचार र उनका अगाडि रहेका विकल्प, आकाङ्क्षा, प्राथमिकता र इच्छाहरु दर्साउँछ ।

एजेन्सी– मेरो विवाहको पहिलो रात थियो । म पहिलो रात कुनै पुरुषसँग अन्तरङ्ग हँुदै थिएँ । नजिकका साथीहरुसँग भएका कुराकानी र हेरेका पोर्न भिडियोले मेरो दिमागमा सपना र इच्छाहरुका कैयौँ तस्बिर बुनेको थिए ।

हातमा दूधको गिलास लिएर टाउको झुकाएर जब म मेरो सुत्ने कोठामा गएँ । त्यति बेलासम्म सबै सोचे अनुरुप नै थियो । तर मलाई के थाहा थियो र त्यो रातले मेरो जीवनमा यति ठूलो उतारचढाव ल्याउने छ ।
मेरा श्रीमानले मलाई कसेर अँगालो हाल्नेछन्, म्वाई खानेछन् र रातभरी मलाई माया गर्छन् भन्ने सपना सजाएर जब म कोठामा पसेँ वास्तविकता त्योभन्दा भिन्न उनी पहिले नै सुतिसकेको थिए ।

म ३५ वर्षसम्म कुमारी नै थिएँ, श्रीमानले मेरो अस्तित्व नस्विकारेकोमा मलाई सारै दुःख लागेको थियो । कलेजका दिनहरुमा मात्र होइन, अफिसमा पनि मैले कैयौँ केटाकेटीहरुबीच गहिरो मित्रता देखेकी थिएँ । उनीहरु आफ्ना पार्टनरका काँधमा आफ्नो टाउको राख्थे । हात समातेर घुम्थे ।

म मेरो पनि त्यस्तै कोही साथी हुनेछ भनेर सोच्थेँ । हाम्रो ठूलो परिवार थियो । चार भाइ, एक बहिनी र बूढा आमाबुबा । यत्रो परिवार हँुदा पनि मलाई सधैँ एक्लै छु जस्तो लाग्थ्यो ।

बढ्दो उमेरमा पनि एक्लै थिएँ
मेरा सबै भाइबहिनीको विवाह भइसकेको थियो । उनीहरुको आआफ्नो परिवार थियो । मेरो उमेर बढेसँगै उनीहरु कहिलेकाहीँ मेरोबारे वास्ता गरिरहेको जस्तो मलाई लाग्थ्यो । मेरो मनमा पनि माया गर्ने इच्छा थियो तर यी सबै कुरा मेरो कल्पनामा मात्र थियो । मलाई कहिलेकाहीँ मोटी भएका कारण हो कि मलाई कसैले नहेरेको भन्ने लाग्थ्यो ।

के पुरुषहरू मोटी केटी मन पराउँदैनन् ? के मेरो परिवार मेरो शारीरिक तौलका कारण मेरा लागि जीवनसाथी खोज्न असफल भएको हो त ? के म सधैँ एक्लै रहने छु ? मेरो मनमा यस्ता प्रश्नहरु खेलिरहन्थे ।



विवाहपछि मेरो दुविधा
जब म ३५ वर्षकी भएँ ४० वर्षको एउटा पुरुष मसँग विवाहका निम्ति आए । उसलाई भेटेकै दिन मैले आफ्ना भावनाहरुका बारेमा उसलाई सामान्य कुराहरु भनेँ । तर उसले यो विषयमा ध्यान दिएन । न त यसको बारेमा कुनै जवाफ नै ।

ऊ अलिकति आत्तिएको जस्तो देखियो । आफ्नो टाउको हल्लाउँदै तल हरेर चुपचाप बसिरह्यो । मैले के सोचेँ भने आजभोलि महिलाभन्दा पुरुष बढी लजाउँछन् । त्यही भएर मेरो हुनेवाला श्रीमानमा पनि कुनै अपवाद नहुन सक्छ ।

यही भएर कुनै जवाफ दिएन । तर विवाहको पहिलो रात म निकै दुविधामा परेँ । किन उसले यस्तो गर्यो भन्ने मलाई थाह थिएन । दोस्रो दिन बिहान मैले उसलाई सोधेँ, उसले भन्यो मलाई सन्चो थिएन । तर पछि पनि केही परिवर्तन भएन । हाम्रो दोस्रो, तेस्रो र कयौँ रातहरु यस्तै गरी बिते ।

सासूले श्रीमानको बचाउ गरिन्

यी सबै कुरा जब मैले आफ्नी सासूलाई भनेँ, उनले त्यसलाई गम्भीरताका साथ लिनुको सट्टा मेरो श्रीमानको बचाउ गर्नतर्फ लागिन् । उनले भनिन्– ‘ऊ सानैदेखि लजालु स्वभावको छ र केटीहरुसँग बोल्न रुचाउँदैन्थ्यो । उसले केटाहरु मात्रै पढ्ने स्कुलमा पढेको हो । घरमा न उसकी बहिनी छ न कुनै महिला साथी ।’

यद्यपि यो कुराले मलाई अस्थायी राहत दियो । तर यो बारे नसोची बस्न मलाई सहज थिएन । मेरो सम्पूर्ण आशा, सपना र इच्छा दिनदिनै टुक्रिरहेका थिए । मेरो छटपटीको मूल कारण यौन जीवन मात्र थिएन ।
मलाई कुन्नि किन सधैँ मेरो उपेक्षा भइरहेको छ भन्ने लाग्थ्यो । उनी मसँग कुरा पनि गर्दैनथे । ऊ मभन्दा टढा भाग्थ्यो छुन, समात्न त परैजाओस् ।

मेरो धैर्यताले सीमा नाघ्यो
कुनै महिलाले आफ्नो लुगा अलिकति मिलाए भने पनि पुरुषहरु त्यतातर्फ हेर्न चाहन्छन् तर म भने राति जम्मै लुगा खोलेर सुते भनेँ पनि मेरा श्रीमान उदासीन हुन्थे । के मेरो मोटोपनाका कारण उसको त्यस्तो व्यवहार भएको हो ? अथवा उसले मसँग दबाबमा विवाह गरेको हो ?

यी सबै कुरा कोसँग भन्नुपर्ने हो मलाई त्यो पनि थाह थिएन । यी सबै कुराहरु म मेरो आफ्नै परिवारलाई पनि भन्न सक्ने अवस्थामा थिइनँ । किनभने सबैले म धेरै खुशी छु भन्ने सोचेका थिए । तर मेरो धैर्यताले सीमा नाघ्दै थियो । मैले यसको समाधानको बाटो पहिल्याउनै पर्ने थियो ।



बिदाको दिन कहिल्यै पनि ऊ घरमा बस्दैन थियो । कहिले आफ्ना साथीहरुको जान्थ्यो, त कहिले आमाबुबालाई घुमानउ लैजान्थ्यो । संयोगले ऊ एक दिन घरमै थियो । म कोठाभित्र गएँ र ढोका भित्रबाट लगाएँ ।

ऊ त दौडन लागे जस्तो गरी बिस्तराबाट उठ्यो । म उसको नजिक गएर सोधेँ– ‘के तपाईं मलाई मन पराउनु हुन्न ? हामी अहिलेसम्म एक पटक पनि अन्तरङ्ग भएनौँ । न त तपाईंले अहिलेसम्म आफ्ना भावना पोख्नु भयो । तपाईंको वास्तविक समस्या के हो ?’

उसले झोक्किएर जवाफ दियो, ‘मलाई कुनै समस्या छैन ।’

जब मलाई थाह भयो...
उनले त्यस्तो भनेपछि मलाई लाग्यो यो नजिक जाने उपयुक्त अवसर हो । म उनीसँग शारीरिक रुपमै जिस्कन थालेँ । मैले के सोचेकी थिए भने यसले उनलाई केही प्रभाव पर्नेछ । तर उनीमाथि कुनै प्रभाव परेन । उनमा उत्तेजनाका कुनै भाव नै देखिएनन् ।

त्यसपछि मैले यसबारे गम्भीर ढङ्गले सोच्नुपर्ने भयो । जसरी पुरुषहरु महिलाको सुन्दरताको आँकलन गर्छन्, मैले पनि आफ्नो श्रीमानको शारीरिक गुणहरुका बारे किन अवलोकन नगर्ने ? भन्ने कुरा मेरो मनमा आउन थाल्यो ।

अन्ततः मलाई एक दिन थाहा भयो । मेरा श्रीमान नपुंसक थिए । डाक्टरले यसको पुष्टि हाम्रो विवाहभन्दा अघि नै गरेका थिए । जुन कुरा उनलाई र उनका आमाबुबालाई राम्रोसँग थाहा थियो तर मलाई भने धोका दिइयो ।

मैले सत्य कुरा थाह पाएपछि उनलाई लाज त लाग्यो तर पनि उनले आफ्नो गल्ती कहिल्यै स्वीकारेनन् । समाज सधैँ महिलाका स–साना कुराहरुलाई बढाई चढाई प्रस्तुत गर्छ । तर यदि पुरुषबाट गल्ती भएमा त्यसको दोष पनि महिलालाई दिइन्छ ।

मेरा आफ्न्तले ‘यौन जीवन नै सबै कुरा होइन, तिमी धर्मपुत्र धर्मपुत्री अँगाल्न सक्छौँ भन्ने सुझाव दिन थाले ।’ सँगसँगै मेरो घर र माइतीतर्फकाले ‘यदि यो कुरा समाजले थाहा पाएमा हामी सबैको बेइज्जती’ हुन्छ भनेर नभन्न आग्रह गर्न थाले । 

तर श्रीमानले भनेपछि मन कुँडियो
यो समग्र कुरालाई मेरो परिवारले भाग्यसँग जोडेर यसो हुनुमा मेरो भाग्य जिम्मेवार रहेको कुरा गर्न थाले । तर मेरा श्रीमानले भनेको कुराले मलाई निकै पीडा दिने गर्छ । उनले भने– ‘तिमीलाई जे राम्रो लग्छ त्यही

गर, अरुसँग सुत्न चाहन्छौँ भने पनि सुत, म तिमीलाई केही पनि भन्ने छैन । यदि त्यसरी बच्चा जन्मियो भने पनि म त्यसलाई स्विकार्नेछु ।’ यस कुराले मेरो मन निकै कँुडियो ।

कुनै पनि महिलाले आफ्नो श्रीमानको मुखबाट यस्तो कुरा सुन्न चाहँदैनन् । ऊ खराब थियो र आफू र आफ्नो परिवारको सम्मान बचाउनका लागि यस्तो भनिरहेको थियो ।

ऊ मेरो खुट्टा छोएर रुँदै भन्न थाल्यो– ‘प्लिज यसलाई अरुसँग नभन र मलाई तलाक पनि नदिनू ।’

उसले जे भने त्यो मैले सोचेकी पनि थिइनँ । अब मसँग एक मात्र विकल्प के थियो भने म उसलाई छोडौँ कि जीवन साथी मानेर आफ्ना  इच्छाहरु त्यागिदिउँ ।

अन्त्यमा मेरो भावनाको जित भयो । मैले श्रीमानको घर छोडेँ । मेरा आमाबुबाले पनि मलाई स्वीकारेनन् ।

म आफ्नो साथीको सहयोगमा एउटा महिला होस्टेल गएँ । मैले रोजगरी पनि पाएँ । विस्तारै आफ्नो जीवन सम्हालेँ । मैले अदालतमा तलाकको लागि सबै कागजात पेश गरेँ ।

म अहिले पनि भर्जिन छु
मेरो श्रीमान र उसको परिवारले लाजै नमानी विवाह भएपछि अरुसँग सम्बन्ध राखी भनेर मलाई नै के आरोप लगाए ।

मैले अदालतमा मुद्दा लडेर मेडिकल जाँच गराएँ । यसका लागि तीन वर्ष लाग्यो । अन्तिमा मलाई तलाक दियो । मैले सोचेँ मेरो पुनरजन्म भयो ।

अहिले म ४० वर्षकी भएँ । अहिले पनि म भर्जिन हुँ । तलाक भएपछि धेरै पुरुषहरु मसँग नजिक हुन खोजे । उनीहरु श्रीमानले मलाई यौन सन्तुष्टि दिएन भन्ने सोच्थे । उनीहरु मसँग यौन सम्बन्ध राख्न चाहन्थे ।

यो मेरो सम्बन्धमा गलत र बकबास कुरा थियो । म भने यस्ता पुरुषहरुबाट टाढा रहेँ । यीमध्ये कोही पनि मसँग विवाह गर्न अथवा समर्पित भएर नाता कायम गर्न चाहँदैन थिए ।

आखिरमा महिलाहरुमा पनि संवेदना हुन्छ
जुन पुरुषले मलाई माया गर्छ उसलाई नै म मेरा आफ्नो इच्छा, सपना र भावना व्यक्त गर्न चाहन्छु, । मेरो हेरविचार गरोस, मेरो भावना बुझोस् र  जीवनभरी मसँग बसोस् ।

म त्यस्तोे पुरुषको पर्खाइमा छु । त्यो समयसम्म म आफ्ना साथीहरुसँग यौन जीवनको बारेमा कुरा गरेर खुशी छु ।

मेरो दिमागमा जब यौनको कुरा आउँछ, त्यो समयमा मेरो सबैभन्दा राम्रो साथी इन्टरनेट नै हो ।

यस्ता मान्छेहरुको पनि कमी छैन, जसले मलाई आँक्छन् । म के मान्छु भने यस्ता मान्छेहरु महिलालाई केवल उपभोग्य वस्तु मात्र ठान्छन् । तर महिलामा पनि धेरै संवेदना हुन्छ ।

(यो लेख दक्षिण भारतकी एक महिलाको वास्तविक कथा हो । उनको आग्रहमा उनको नाम गोप्य रोखिएको छ ।)