yasto re
अनलाइनखबरले तीनवटा प्रश्नावली तयार पारेर नाम चलेका लेखक, कवि, पत्रकार, समीक्षक र पढन्तेका रुपमा चिनिएका केही पाठकसँग उहाँहरुलाई मन परेका नेपाली पुस्तकको नाम टिपाइदिन आग्रह गरेका थियो । उहाँहरुबाट टिपिएका नामलाई विश्लेषणात्मक विधिबाट नेपाली पाठकले पढ्नैपर्ने १११ वटा पुस्तकको नाम यहाँ सार्वजनिक गरेका छौं ।
यो सर्वेक्षणको नतिजालाई हामीले अन्तिम मानेका होइनौं । सयौं वर्षको नेपाली साहित्यको इतिहासमा लाखौं पुस्तक लेखिएका छन् । यो भीडमा १११ वटा मात्रै उत्कृष्ट पुस्तक छन् भन्ने आशय कदापि होइन । यीभन्दा राम्रा पुस्तकको नाम छुटेको हुन सक्छ । ती पुस्तकको नाम कारणसहित प्रतिक्रिया कोलममा थप्न लेखक-पाठक स्वतन्त्र हुनुहुन्छ ।
यो सर्वेक्षणमा हामीले पुस्तकलाई १० भागमा विभाजन गरेर हरेक क्षेत्रका ११ वटा उत्कृष्ट पुस्तक निकाल्ने प्रयास गरेका छौं ।
****
comments:
पंक्ति कारले जे सुनेको किताब छ,त्यै किताब पढ्नै पर्ने सुचीमा??दिएको सुचिमा हावादारी किताब पनि टन्नै छन, राम्रा किताबको नाम छुटाएको पनि छ, के झोला कथा संग्रह पढ्नै पर्ने किताब होइन,सगरमाथाको गहिराई नाप्नु पर्दैन ?
जिवन काँडा कि फुल, चिना हराएको मान्छे, सोच , बिनोद चौधरी को आत्मकथा पढ्नै पर्ने कृती हुन जस्तो चै मलाई लागेन ।
***
रवीन्द्र लेख्नुहुन्छ | २०७४ माघ २१ गते ६:४६
हा हा । अश्विनी कोइरालाले आफ्नो अनि आफ्नो भाइ अच्युतको किताब बिकाउनका लागी लिस्ट तयार पारेछन । अनि उनैले चिनेजानेका लेखकको, उनीसम्बद्ध बूकहिल प्रकाशनको । देवकोटा, शंकर लामिछाने, भूपी नअट्ने भर्खरका ठेट्ना अट्ने । स्वार्थी लिस्ट ।
***
शंकर लामिछाने,महाकवि देवकोटा, भूपी शेरचन हराएछन त..
अनि ऐना लेख्ने रामलाल अधिकारी, महेश विक्रमले “छापामारकि ‘छोरी'” पनि लेखेछन.. LOL
***