Author Topic: नेपाली कथा (1 story Every Day) Tundikhel collection  (Read 1535 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
कथा सूची

१) महादेवको पोस्टर - शार्दूल भट्टराईले लेखेको (यथार्थपरक कथा  - य़हि पोष्टमा)
२) राजकुमारी सुकन्या र महर्षि च्यवन ( पौराणिक कथा by उमाशङ्कर द्विवेदी)
३) विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक (चर्चित लेखक रमेश विकल ले लेखेको अर्को पौराणिक कथा - यो लामो कथा रमेश बिकलको निधन अघि लेखिएको उनको अन्तिम रचना हो) Click here if you don't know who Ramesh Bikal is - https://forum.xnepali.net/index.php?topic=20468.0
४) जस्तो लाई तेस्तै (एक छोटो नैतिक कथा)
५) खीर  ~इन्द्रबहादुर राई~
६) एउटा चोरको कथा ~रस्किन बन्ड~
७) एउटा सुगाको कथा ~रबिन्द्रनाथ टेगोर~
८) प्रेमको तह ~बब कन्सिडाइन~

Comment if you like the story.



कथा : महादेवको पोस्टर

~शार्दूल भट्टराई~

यस्तो ठाउँमा त्यस्तो पोस्टर किन टाँसेको होला ? त्यो पोस्टर देखेदेखि नै मेरो दिमागले त्यसको कारण खोजिरहेको थियो । म त्यो पोस्टर टाँस्नुको कारणबारे जान्नका लागि उत्सुकतापूर्वक लागिरहेको थिएँ । अरूले भने मेरो उत्सुकतालाई बेकारको प्रयत्न ठानिरहेका थिए । अरू कसैले त्यो पोस्टरका बारेमा चासो राखेर सोधखोज गरेझैँ पनि मलाई लागेन ।

मलाई त्यो पोस्टरको कुरा सामान्य लागिरहेको थिएन । त्यस रातको मेरो निद्रालाई समेत बिथोल्यो, त्यो पोस्टरले । निदाउने प्रयत्न गर्दागर्दै पनि मेरो दिमागमा कुराहरू खेलिरहे । सोचिरहेँ, ‘त्यस्तो ठाउँमा त्यो पोस्टर टाँसिनुको अर्थ के होला ?’

राजविराज बजारको मध्यचोकको सुन्दर भवन , बजारभरिकै सबैभन्दा राम्रो भवन , २० वर्षपहिले एउटा नमुना मानिएको थियो, त्यो भवन – तर, अहिले धेरै कुरामा परिवर्तन भइसकेको छ ।

हामी त्यस भवनको मूल गेटबाट छिर्‍यौँ । छिर्नेबित्तिकै हामीलाई अनुभव भयो, बाहिरबाट देखिने भवनको सौन्दर्यलाई भित्री सरसफाइले थेग्न सकेको रहेनछ । सबैतिर फोहोर । ट्वाइलेटको गन्ध फैलिरहेकै थियो । भुइँतिर फोहोरका टाटाहरू थिए । मूल गेटबाट पस्नुअघि रमाएको हाम्रो मन गेटभित्र पसिसकेपछि खिन्न भयो ।

खिन्नतामै हामी भर्‍याङ उक्लिन थाल्यौँ । भर्‍याङका सिँढीहरूको एउटा शृंखला उक्लिनेबित्तिकै हाम्रा आँखा त्यहाँको भित्तामा तलदेखि माथिसम्म टाँसिएको ठूलो पोस्टरमा पर्‍यो । महादेवको पोस्टर π मैले प्रतिक्रिया व्यक्त गरिहालेँ, ‘भर्‍याङको घुम्तीमा रहेको असान्दर्भिक भित्तामा यो के
गरेको होला ?’

हामी भर्‍याङका सिँढीहरूको अर्को शृंखला चढेर दोस्रो तलामा पुग्यौँ । प्रबन्धकको कोठामा पुगेर सोफामा बस्यौँ । बस यात्राको थकाइमा अलिकति आराम पनि भयो र कामको कुरा पनि भयो । त्यस समयमा पनि भर्‍याङको भित्तामा टाँसिएको पोस्टरले मेरो मस्तिष्कलाई किचिरहेको थियो ।

हामी तेस्रो तलामा रहेको गेस्ट रूममा पुग्यौँ । गेस्ट रूमहरू पनि त्यत्तिकै सुन्दर । तर, सरसफाइ भने सबैतिर उस्तै । हामीलाई गेस्ट रूममा पुर्‍याउने कर्मचारी भन्दै थिए, ‘यस्तो गेस्ट रूम त यहाँ अन्त कतै छैन । यस गेस्ट रूममा भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसमेत बस्नुभएको छ । मनमोहन त एक रात सुत्नुभएकै छ यहाँ ।’

सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको २२ वर्षअघि बनेको यो भवन कुनै बेला त्यहाँका लागि चर्चाको विषय थियो । किनभने, त्यहाँ त्यस किसिमका घर अरू थिएनन् । अहिले त नयाँ खाले भवनहरू धेरै बनिसकेका छन् । तथापि, अवस्थिति र आकार–प्रकारका कारण त्यसले पाउनुपर्ने महत्त्व अहिलेसम्म पनि पाइरहेकै छ ।

भोलिपल्ट बिहानैदेखि हामी काममा लाग्यौँ । हामी चार जना थियौँ, अच्युत मल्ल, मधु ढकाल, पदम लोहनी र म । हामीलाई जतिसक्दो चाँडो काम सम्पन्न गर्नु थियो । सिराहा र जनकपुर पुगेर अरू थप कामसमेत भ्याउनुपर्ने थियो । चार दिनमै काम सम्पन्न गर्नका लागि हामीले बिहान उठेदेखि बेलुकासम्मै काम गर्नुपर्ने भयो । सोही अनुसार हामी काममा सक्रिय रह्यौँ । कामकै बेलामा पनि मेरो दिमागलाई भने भर्‍याङको त्यही पोस्टरले किच्ने गरेको थियो ।

किन टाँसियो, त्यो पोस्टर त्यहाँ ? मेरो दिमागमा यो प्रश्न बारम्बार उठिरह्यो । महादेवलाई भगवान् नै मान्ने हो भने त त्यो पोस्टर पूजा कोठा, बैठक कोठा वा अन्य त्यस्तै ठाउँमा टाँसिनुपर्ने । भर्‍याङको भित्तामा अर्थ न बर्थसँग त्यो किन टाँसिएको होला ?

म त्यस पोस्टरका बारेमा कसैसँग सोध्न चाहिरहेको थिएँ । हाम्रो काममा सहयोग पुर्‍याइरहेका थिए, सत्यनारायणले । एकाबिहानैदेखि पान चपाउन रमाउने रहेछन् सत्यनारायण । बिहान चिया खानुअघि एउटा पान खाइसकेका उनी चिया खाएपछि फेरि अर्को पान चपाउन थालेका थिए । छिनछिनमा उनी उठिरहन्थे, यताउता पिच्चपिच्च थुक्नका लागि । मैले सत्यनारायणसँग भर्‍याङमा टाँसिएको महादेवको पोस्टरका बारेमा सोधेँ । तर उनी रिसाए । उनले फनफनिँदै भने, ‘यो कुरा मलाई थाहा छैन । एकाउन्टेन्टलाई थाहा होला, उसैलाई सोध्नूस् ।’

उनको जवाफ सुनेर म डराएँ । सामान्य अवस्थाका सत्यनारायण मेरो प्रश्नबाट यति धेरै क्रोधित बने कि हाम्रो काममा सहयोग गर्नै छाडे, हामीसँग बोल्न पनि छाडे । उनी हामी काम गरिरहेको कोठाबाट हिँडे र पछि देखापर्नै आएनन् ।

पोस्टरका बारेमा सोध्दा त्यति धेरै रिसाउनु पर्नाको कारण के होला ? त्यसमा ठूलै रहस्य छ कि के हो ? मेरो कौतूहल झनै बढेर गयो ।

सत्यनारायण असहयोगी बनेपछि हाम्रो सहयोगका लागि मृगेन्द्रप्रसाद खटाइए । उनी हँसिला, रसिला र काममा जाँगरिला पनि रहेछन् । तर, जहाँ पायो त्यहीँ पिच्चपिच्च थुक्ने उनको बानी हामीलाई पटक्कै मन परेन । अफिसका कागजपत्र र लेजरहरूमा समेत उनको थुकका छिटा परेको देखिन्थ्यो । तैपनि, हामीले उनलाई केही भनेनौँ । हाम्रो काममा उनले राम्रो सहयोग पुर्‍याइरहेकाले पनि उनलाई केही भन्न सकिरहेका थिएनौँ । एकपटक उनले झ्यालबाट थुकेको थुकको छिटा हाम्रो मुखमा समेत पर्‍यो । हामीले आपत्ति जनायौँ । त्यसरी जहाँ पायो, त्यहीँ नथुक्न अनुरोध पनि गर्‍यौँ । तर, उनी कसैलाई टेर्ने खालका मान्छे रहेनछन् । हाम्रो अनुरोधलाई पनि उनले टेरेनन् । उनले पिच्चपिच्च थुकिरहे । हामीले सहिरह्यौँ ।

मान्छे जे–जस्तो भए पनि भर्‍याङको पोस्टरका बारेमा मृगेन्द्रप्रसादलाई नै सोध्नुपर्‍यो भन्ने लाग्यो । प्रसंगवश मैले सोधेँ, “तलको भर्‍याङमा महादेवको पोस्टर किन टाँसेको मृगेन्द्रजी ?”
मेरो प्रश्नले मृगेन्द्रप्रसादलाई पनि नकारात्मक बनायो । उनी पनि सत्यनारायण जसरी नै रिसाए । उनले भने, “यो कुरा मलाई होइन, तल्लो कोठामा बस्ने एकाउन्टेन्ट छ नि † हो, त्यसैलाई सोध्नूस् ।”
पोस्टरको कुरा निकै नै विवादास्पद लाग्यो मलाई । मेरो कौतूहल झनै बढ्यो । म एकाउन्टेन्टको कार्यकक्षतिर लागेँ ।

एकाउन्टेन्ट रहेछन् नेत्रविनोद । मैले उनैसँग पोस्टरका बारेमा जान्ने कोसिस गरेँ । उनको कार्यकक्षमा दुई जना सेवाग्राही पनि थिए । अरूका अगाडि पोस्टरको कुरा झिक्न मन लागेन । त्यसैले चुपचाप बसिरहेँ । सेवाग्राही दुवै गए । तैपनि, मलाई पोस्टरको कुरा निकालिहाल्न अलि डर लाग्यो । सत्यनारायण र मृगेन्द्रप्रसादजस्तै यी एकाउन्टेन्ट पनि रिसाउने हुन् कि भन्ने त्रासका कारण म पोस्टरको कुरा उठाउन सकिरहेको थिइनँ ।

अन्य कुराको सिलसिलामा पोस्टरको कुरा निकाल्न एकाउन्टेन्टले नै सजिलो बनाइदिए । उनी आफैँले बैंक भवन र यसको सरसफाइको कुरा निकाले । त्यही प्रसंगमा मैले भनेँ, “त्यो भर्‍याङको भित्तामा महादेवको त्यति ठूलो पोस्टर टाँस्नुको कारणचाहिँ के होला ?”

रिसाउलान् भन्ठानिएका एकाउन्टेन्ट मेरो प्रश्नले निकै खुसी पो भए । उनले प्रसन्नतासहित भने, “राम्रो कुरा ख्याल गर्नु भएछ । मलाई खुसी लाग्यो ।” उनले निकै लामो भूमिकासहित पोस्टरका बारेमा बताए ।

एकाउन्टेन्ट नेत्रविनोद अन्यत्रबाट सरुवा भएर एक वर्षअघि यस कार्यालयमा आएका रहेछन् । उनी उत्साहका साथ यहाँ आएका रहेछन् तर उनको त्यो उत्साह बैंकको मूल गेटबाट प्रवेश गर्दागर्दै निरुत्साहित बन्न पुगेछ । गेटबाट छिर्नेबित्तिकै उनले देखेछन्, जताततै धूलो, फोहर र घीनलाग्दा टाटाहरू । कुनै वस्तुको सौन्दर्यलाई कुरूपताले गिज्याइरहेजस्तो ।

भुइँतलाको हविगत देखिसकेपछि उनी अर्को तलामा उक्लिन थालेछन् । भर्‍याङ उक्लँदाउक्लँदै उनलाई दुर्गन्धले डसेछ । दुर्गन्धको कारण पत्ता लगाउन उनलाई धेरै बेर लागेन । उनका आँखा भर्‍याङको घुम्तीसँगैको भित्तामा अडिए । उनले देखे, पान र सुर्तीका छोक्राहरू थपिँदै थपिँदै गएर गारो नै पुरिइसकेछ । पान र सुर्तीका छोक्राले गारोलाई नै एक–डेढ इन्च बढाइसकेछ । फोहरले मेटाउँदै गएको भवनको सुन्दरतालाई देखेर नेत्रविनोद दु:खी बनेछन् ।

उनले भोलिपल्टै बैंक भवन सफा गर्न लगाए । भर्‍याङको दुर्गन्धित फोहर पनि सफा भयो । तर, त्यस कुराको प्रशंसा कसैले गरेनन् । उल्टो ‘यो मान्छे बैंकको एकाउन्टेन्ट हो कि सफाइ मजदुर’ भनेर उनको आलोचना सुरु भयो । यतिसम्म कि बैंकले तलब खुवाएर सफाइका लागि व्यवस्था गरेका स्विपरसमेत उनलाई व्यंग्य गरेर उडाउनमा तल्लीन रहे ।

कार्यालय सफा गरेको दिन एकाउन्टेन्ट निकै खुसी भए । अब बैंक भवन सधैँ सफा रहने विश्वास उनमा पलायो । तर, उनको विश्वासले टिक्नै मौकै पाएन । भोलिपल्टदेखि फेरि उस्तै । बैंकका सेवाग्राही मात्र होइन, पान, सुपारी र सुर्तीको लत लागेका कर्मचारीसमेत ‘थुक्नकै लागि ठाउँ सफा गरिएको’ भन्दै फेरि त्यहीँ थुक्न थाले । दुई सातापछि फेरि सफा गरेर ‘यस ठाउँमा थुक्न मनाही छ’ भनेर सूचना टाँसियो । तर, उनीहरू त्यही सूचनामाथि नै थुक्न थाले । त्यसपछि फेरि सफा गरेर ‘यस ठाउँमा थुक्ने कुत्ता हो’ भनेर अर्को सूचना टाँसियो । तर पनि थुक्ने कुरा रोकिएन । थुक्न बानी परेकाहरू ‘यस ठाउँमा थुक्ने कुत्ता हो’ भनेर लेखिएका अक्षरहरूमाथि नै थुक्न थाले ।

पान खाएर थुक्ने कुरामा कर्मचारीबीचमा पहिलेदेखि नै झगडा पर्ने गरेको रहेछ । कर्मचारी र सेवाग्राहीका बीचमा पनि त्यस्तै । पछिल्लो घटनामा एकाउन्टेन्ट नेत्रविनोद र कर्मचारीबीचमै पनि खटपट सुरु भएछ । पान–सुर्ती खाएर थुक्न पल्केकासँग उनको झगडै परेछ । ती कर्मचारी उनीसँग बोल्नै छाडेछन् । पान–सुर्ती खाएर जथाभावी थुक्न पाइन्न र थुक्न पाउनुपर्छ भन्ने कर्मचारीबीचको झगडा सेवाग्राहीसम्म पुगेछ । केही सेवाग्राहीसमेत ‘पहिलेदेखि थुकिआएको ठाउँमा अब पनि थुक्न पाउनुपर्ने’ माग गर्न थालेछन् ।

यस विवादबाट एकाउन्टेन्ट निकै नै चिन्तित बन्न पुगेछन् । उनलाई कति रात त निद्रै परेनछ । हरेक रात उनी भर्‍याङमा थुक्ने कुरालाई कसरी रोक्ने होला भन्ने चिन्तामा बिताउन थालेछन् । त्यही चिन्ताका बीच एक रात उनले झल्याँस्स सम्झेछन्, ‘भगवान्को फोटो π’ उनलाई लागेछ, ‘हामी धर्मभीरूहरू फोहरदेखि नडराए पनि भगवान्को फोटोदेखि त डराइहाल्छौँ नि π’

उनी बिहानै बजार गए । कुनै भगवान्को सबैभन्दा ठूलो फोटो खोजे । त्यहाँ उनले महादेवको ठूलै पोस्टर भेटे । भर्‍याङको भित्तो फेरि सफा गरेर पोस्टर टाँस्न लगाए । पोस्टर टाँसी सकेपछि पनि उनको मन चिन्तामुक्त हुन भने सकेन । उनी फेरि सोच्न थाले, ‘महादेवको पोस्टरमै थुक्न थाले भनेचाहिँ के गर्ने होला ?’

तर, त्यसपछि उनले अरू कुनै उपायबारे सोच्नु परेन । फोहरबाट हुने रोगव्याधदेखि नडराउने हामी नेपाली पोस्टरका भगवान्देखि नडराउने कुरै थिएन । पोस्टर टाँसेको थाहा नपाउनेहरू फेरि पनि त्यहाँ थुक्न भनेर त पुगे तर महादेवको बडेमानको पोस्टर देखेपछि आफैँ डराएर भागे । ‘भगवान्’को कस्तो भय ?

नेत्रविनोदले भने, “जबसम्म त्यो पोस्टर त्यहाँ रहला, त्यस बेलासम्म त त्यो ठाउँ सफा नै रहला । अब म त्यसको चिन्ता गर्दिनँ । मुख्य चिन्ता त विवेकपूर्ण चेतनाको विकासमा हामी अझै कहाँ छौँ भन्ने कुराको हो नि, होइन र ?”
मैले टाउको हल्लाएँ ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक कार्तिक २८, २०७३)
« Last Edit: March 11, 2018, 04:48:53 PM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Tundikhel story collection (1 story Every Day)
« Reply #1 on: March 03, 2018, 12:46:46 AM »
Story 2

पौराणिक कथा : राजकुमारी सुकन्या र महर्षि च्यवन

~उमाशङ्कर द्विवेदी~

महर्षि भृगुका च्यवन नामक एक तेजस्वी पुत्र थिए । उनी तपस्या गर्न भनी वनमा गए । ती मुनिकुमार तपस्या गर्ने उद्देश्यले वृक्षको समान निश्चल भएर एउटै स्थानमा वीरासन लगाएर बसिरहे । बिस्तारै धेरै समय बितिसकेपछि उनको शरीरलाई तृण र लहराहरूले छोप्यो । त्यसमाथि कमिलाहरूले आफ्नो वास बनाए । त्यहाँ ऋषिको ढाकिएको शरीर माटोको ढिस्कोभैंm देखिन थाल्यो । यस प्रकारले धेरै समय बितिसकेपछि एक दिन राजा शर्याती वनमा क्रीडा गर्न आए । उनका चार हजार सुन्दरी रानीहरू थिए । एउटी सुन्दर भृकुटी भएकी कन्या थिइन् । उनको नाम सुकन्या थियो । उनी दिव्य वस्त्राभूषणहरूले विभूषित आफ्ना सखीहरूका साथ डुल्दै च्यवनजीले तपस्या गरिरहेको ठाउँमा आइपुगिन् । उनले माटोको ढिस्कोको प्वालमा टल्किदै गरेको आँखालाई देखिन् । यसले उनलाई ठूलो कुतूहल भयो, अनि अल्लारे बुद्धि भ्रमित भएको कारणले उनले तीखो काँडाले टल्किरहेका ती आँखाहरूलाई घोचेर फुटाली दिइन् । आँखा फुटेको कारणले रगत बग्न थाल्यो । यो देखेर तर्सिंदै सुकन्या त्यहाँबाट भागेर आमाबुवा भएको ठाउँमा गइन् । सुकन्याले आफ्नो कुकृत्यबारे कसैलाई पनि केही बताइनन् ।

बिनसित्तीमैं आफ्नो आँखा फुटेको देखेर च्यवन मुनि सार्‍है रिसाए तथा तत्कालै उनले राजाका सेनाको मलमूत्र रोकिदिए । मलमूत्र रोकिएपछि सेनालाई बडो कष्ट भयो । आफ्नो सेनाको यो दशा देखेर राजाले सोधे– “यहाँ निरन्तर तपस्यामा निरत वयोवृद्ध महात्मा च्यवन बस्दछन् । जानीजानी वा अन्जानमा कसैले उनको अपकार गरेको छ ? जसले यस्तो गरेको हो, त्यसले तत्काल भनिदेओस् ।” सुकन्याले राजाको कुरा सुनेपछि भनिन्– “म डुल्दाडुल्दै माटोको एउटा ढिस्कोसम्म गएकी थिएँ । त्यस ढिस्कोको प्वालमा मैले टल्किरहेको जुनकीरीभैंm जीव देखेर तीखो काँडाले घोचिदिएँ ।” छोरीको यस प्रकारको कुरा सुनेर राजा तत्काल त्यस ढिस्कोको छेउमा गए । त्यहाँ उनलाई तपोवृद्ध तथा वयोवृद्ध च्यवन मुनि देखा परे । उनले हात जोडेर सेनालाई क्लेशमुक्त गर्ने प्रार्थना गर्दै भने– “भगवन्, अज्ञानवश यस बालिकाले यो अपराध गरिछ, उसलाई क्षमा गर्ने कृपा गर्नुहोस् ।” राजाको कुरा सुनेर च्यवन मुनिले राजासित भने– “यस गर्विली ठिटीले मेरो अपमान गर्नलाई नै यस प्रकार मेरो आँखा फुटाली दिई । अब भने मैले उसलाई पाए भने मात्र क्षमा गर्न सक्नेछु ।”

च्यवन मुनिको कुरा सुनेर राजा शर्यातिले मनमा कुनै पनि प्रकारको विचार नगरी आफ्नी कन्या उनलाई दान गरिदिए । त्यस सुन्दरी कन्यालाई पाएर च्यवन मुनि अत्यन्त प्रसन्न भए र उनको कृपाले क्लेशमुक्त भएर राजा सेनासहित आफ्नो राजधानीमा फर्किए । सती सुकन्या पनि आफ्नो तप र नियमहरूको पालन गर्दै प्रेमपूर्वक आफ्ना तपस्वी पतिको परिचर्या गर्न थालिन् ।

एक दिन सुकन्या नुहाएर आफ्नो आश्रममा उभिइरहेकी थिइन् । त्यसै बेला उनीमाथि अश्विनीकुमारहरूको दृष्टि पर्‍यो । उनी देवराज इन्द्रकी कन्याभैंm मनोहर अ· भएकी युवती थिइन् । अश्विनीकुमारहरू उनको समीपमा गएर भने– “सुन्दरी, तिमी कसकी पुत्री तथा कसकी भार्या हौ तथा यस वनमा के गरिरहेकी छयौ ?” यो सुनेर सुकन्याले भनिन्– “म राजा शर्यातिकी कन्या तथा महर्षि च्यवनकी भार्या हुँ ।” अश्विनीकुमारहरूले भने– “हामीहरू देउताहरूका वैद्य हौं । हामीहरू तिम्रो पतिलाई युवा र रूपवान बनाउन सक्छौं । हाम्रो यो कुरा तिमी गएर आफ्नो पतिलाई भन ।” अश्विनीकुमारहरूको कुरा सुनेर सुकन्याले आफ्नो पतिलाई जम्मै कुरा सुनाइन् । मुनिले उनलाई स्वीकृति प्रदान गरे । सुकन्याले अश्विनीकुमारहरूलाई पतिको स्वीकृतिबारे सुनाइन् तथा पतिलाई युवा र रूपवान बनाइदिन प्रार्थना गरिन् । अश्विनीकुमारहरूले भने– “मुनि यस पोखरीमा प्रवेश गरून् ।” महर्षि च्यवन रूपवान तथा युवा हुन उत्सुक थिए । उनी तत्काल नै पोखरीभित्र प्रवेश गरे । उनका साथै अश्विनीकुमारहरू पनि पोखरीको जलमा हामफाले । एकै छिनपछि तीनैजना पोखरीबाट बाहिर निस्किए । उनीहरू जम्मैजना दिव्य रूपधारी, युवा तथा समान आकृतिका थिए । ती तीनैजनाले भने– “सुन्दरी, तिमी हामीमध्ये कुनै एकजनालाई आफ्नो पतिको रूपमा रोज ।” तीनैजना एकै रूपका नवजवान मानिस थिए । सुकन्या एक छिनको लागि त झस्किइन् । तर उनले मन र बुद्धिले निश्चय गरेर आफ्नो पतिलाई चिनिन् । यस प्रकार आफ्नी पत्नी र आफूले चाहेको जस्तो रूप, यौवन पाएर च्यवन ऋषि अत्यन्त प्रसन्न भएर अश्विनीकुमारहरूसित भने– “म वृद्ध थिएँ, तपाईंहरूले मलाई रूप र यौवन दिनुभयो । त्यसैले म तपाईंहरूलाई सोमपानको अधिकार दिलाउनेछु ।” यो सुनेर अश्विनीकुमारहरू प्रसन्न भएर स्वर्गमा गए तथा च्यवन र सुकन्या त्यस आश्रममा देउताहरूभैंm विहार गर्न थाले ।

ज्वाईं च्यवन मुनि युवा भएको खबर पाएर राजा शर्याति अत्यन्त प्रसन्न भए तथा आफ्नो सेनासहित उनलाई भेट्नको लागि उनको आश्रममा आए । च्यवन र सुकन्या साक्षात् देवदम्पतीभैंm देखा परे । राजा र रानी दुवैजना अत्यन्त हर्षित भए । औपचारिक भलाकुसारीपछि च्यवनले भने– “राजन्, म तपाईंबाट यज्ञ गराउनेछु, तपाईं यज्ञ सामग्री एकत्रित गर्नुहोस् ।” राजाले प्रसन्नतापूर्वक यो प्रस्ताव स्वीकार गरेर यज्ञको तयारी गर्न थाले । महर्षि च्यवनले यज्ञानुष्ठानको आयोजन गरे । यज्ञ हुँदै जाँदा यज्ञभाग विभिन्न देउताहरूलाई वितरण गर्ने बेला च्यवन मुनिले अश्विनीकुमारहरूलाई यज्ञभाग दिए । देवराज इन्द्रले यसको विरोध गर्दै भने–“अश्विनीकुमारहरू चिकित्सा कार्य गर्छन् तथा आफूखुशी रूप धारण गरेर मत्र्यलोकमा विचरण गर्छन् । यिनीहरूलाई यज्ञभाग पाउने अधिकार छैन ।”

च्यवन मुनिले इन्द्रको उपेक्षा गरेर अश्विनीकुमारहरूलाई यज्ञभागको रूपमा सोमरस दिन लागेको बेला इन्द्रले रिसाएर भने– “हाम्रोलागि छुटयाइएको सोमरस अश्विनीकुमारहरूलाई दियौ भने म आफ्नो भयड्ढर वज्र हान्नेछु ।” च्यवन मुनिले इन्द्रको उपेक्षा गर्दै अश्विनीकुमारहरूलाई सोमरस दिन लागे । इन्द्र रिसले मुर्मुरिंदै वज्र हान्न लागेको देखेर च्यवन मुनिले उनको हातलाई मन्त्रबलद्वारा स्तम्भित गरिदिएर आफ्नो तपोबलले यज्ञको अग्निकुण्डबाट ‘मद’ नामक अत्यन्त भयड्ढर राक्षसलाई उत्पन्न गरिदिए । त्यस राक्षसले भयड्ढर गर्जना गरेर त्रिभुवनलाई त्रस्त पार्दै इन्द्रलाई निल्न भनेर उनीतर्फ दुगुर्‍यो । यसबाट इन्द्रलाई ठूलो त्रास र व्यथा भयो । उनी कराउन थाले– “मुनि, आजदेखि अश्विनीकुमारहरू पनि सोमपानका अधिकारी भए । तपाईं ममाथि कृपा गर्नुहोस्, तपाईंले जे भन्नुहुन्छ त्यो हुन्छ ।” इन्द्रले यस्तो प्रकारले कराएर भनेपछि च्यवन मुनिको क्रोध शान्त भयो र उनले इन्द्रलाई त्यति बेला नै दु:खमुक्त गरिदिए ।

(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )
« Last Edit: March 03, 2018, 04:11:55 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Tundikhel story collection (1 story Every Day)
« Reply #2 on: March 05, 2018, 12:10:36 AM »
Story 3

पौराणिक कथा : विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक


~रमेश विकल~Ramesh Bikal

एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, दवङ्ग, व्यक्तित्व देखेर उसको नजिक जान हच्किरहेका थिए ।

उसको सुन्दर, आकर्षक व्यक्तित्वको विपरीत उसको भेषभूषा विचित्रको थियो । उसको सुपुष्ट, सुडौल देहयष्टीमा उसले स्कन्ध प्रदेशमा जङ्गली मत्ताहात्तीको छाला ओढेको थियो । कटी प्रदेशभन्दा तल घुँडासम्म आउने गरी बबर शेरको छालाको अधोवस्त्र धारण गरेको थियो । शिरमा पिङ्गल केशराशिको जटाजुट बाँधेको थियो र भाल प्रदेशमा एउटा जनावरको अर्धचन्द्राकार टुक्रा(चाँ) सिउरेको थियो, जुन उसले सागर तटको बगरमा विहार गर्दा भेटेको थियो ।

उसको शरीरमा आभूषण पनि विचित्र विचित्र थिए । उसले आˆनो सुनौला जटाजुटलाई मरेको सर्पको डोरोले बाँधेको थियो । कानका कुण्डल सुपुष्ट नाडी पाखुरा, पिडौँलाका बाजुबन्द, कण्ठहार, कल्ली आदि आभूषण सबै मृत विषधरकै थिए । चौंडा वक्षस्थल (छाती) मा रुद्राक्ष जातिका दानाहरूका साथमा अरू जङ्गली फलका दानाका मालाहरू थिए । समग्रमा उसको भेषभूषा, श्रृङ्गार आभूषण विलक्षण नै थियो ।

उसको यस विचित्रको अर्धसिल्ली भेष देखेर मानिसहरू खास गरी केटाकेटी र किशोर कि किशोरीहरू (अपवाद रूपमा केही बूढापाका वयस्कहरू पनि) उसको पछि लागेका थिए । को हो यो अनौठो युवा शिकारी ? कहाँबाट आएको हो यो ? उनीहरू सबै जान्न उत्सुक तर अगाडि सरेर उससँग प्रश्न गर्न हिम्मत गर्दैथे ।

त्यसै बेला त्यस गाउँ (क्षेत्र)का वृद्ध राई (किराँती मुखिया) घुम्दैघुम्दै त्यहाँ आइपुगे । उनले पनि त्यस नौलो र तेजिलो युवक शिकारीलाई देखेर आˆनो उत्सुकता दबाउन सकेनन् । उसको नजिकै गएर सोध्न थाले- “तिमी त यस भेगमा हिजो अस्ती कहिल्यै देखिएका थिएनौ! तिम्रो थात थलो कुन हो ? आमाबाबु कुन वंशका हौ ? कसको गोठ (गोत्र)का हौ ? यस्तो विचित्रको भेषभूषामा छँटाहा (सिल्लड) तालले किन हिँडेका हौ ?”

“मलाई थाहा छैन । घुम्दै फिर्दै, शिकार गर्दै त्यत्तिकै आइपुगेँ ।”- युवकले निर्लिप्त पारामा अबोध, अनुहारले भन्यो । वृद्ध किराँती राईले उसलाई आँखामा दयाको भाव भरेर भने- ”थात थलो थाहा छैन, जन्मेको तिथिमिति थाहा छैन, आमाबाबुको पत्तो छैन । कस्तो मान्छे हौ त तिमी ?”

“अहँ, मलाई केही थाहा छैन ।”- केटाले निर्बोध पाराले भन्यो । वास्तवमा उसलाई मात्र होइन त्यत्रो हिमाली भूमिदेखि तराईसम्म फैलिएको विशाल किराँत प्रवेशमा देव, दानव, मानव कसैलाई पनि थाहा थिएन- ऊ कसको छोरो हो । आमाबाबु को हुन्? कहाँबाट आयो ? कसरी आयो ?

विशाल किराँत प्रदेशको सुदूर उत्तर हिमालयपारिको देवभूमिको एउटा सानो बस्ती निवासी एक जना देव जातिको पुरुषले नुहाउन जाँदा खोलाको बगरमा असहाय मिल्किएको नवजात शिशुलाई भेटेर आफ्नो संरक्षणमा लिएर आए । अनि त्यस बस्तीका अरू गृहस्थहरूले पनि असहाय टुहुरो बच्चो ठानेर मिलीजुली पालन पोषण गरेर हुर्काए ।

तर ऊ बाल्यकालमा प्रवेश गरेदेखि नै स्वच्छन्द प्रकृति र डुलुवा स्वभावको भएर निस्क्यो । ऊ सानैदेखि हातमा गुलेली (बाँसको धनुकाण) र त्रिशूल लिएर जनावरहरूको शिकार गर्दै हिँड्न थाल्यो । उसको न सुत्ने बस्ने बास (घर)कै टुङ्गो भयो न खाने लाउने गाँस र कपास (लुगा)को । जुन बेला जहाँ रात पर्‍यो दिगम्बरझैँ लडिदियो, अनि भोक लाग्दा जहाँ जे भेट्यो भक्ष अभक्ष, मीठो नमिठो केही नभनी खाइदियो ।

यसरी ऊ कहिले वनका घाँस पत्कर बिछ्यौना बनाएर लडिदिन्थ्यो कहिले नाङ्गो धर्ती र ढुङ्गाको चट्टानकै तकिया, डसना बनाएर पसि्रदिन्थ्यो । उसका लागि मखमलको डसना र बगरको गिर्खामा कुनै अन्तर थिएन । कहिले निद्रा लाग्यो भने खोलाको बगरमा मस्तसँग दिगम्बर बनेर लडिदिन्थ्यो र कहिले शमशानमा मूर्दा पोलेेको थुप्रोलाई नै बिछ्यौना तुल्याएर सुतिदिन्थ्यो । कुनै बेला हिमाली हावा बोकेको चिसो स्याँठको अनुभव हुँदा ऊ शमशानको खरानी जिउभरि घसेर आङ्गका रोमकूपहरू सबै टालेर न्यानोको अनुभव गथ्र्यो ।

यसै गरी विस्तार विस्तार उसको बाल्यकाल, किशोरावस्था थितेर गयो । अब उसलाई विस्तार विस्तार जवानीको रुमानी सपनाले कुत्कुत्याउन थाल्यो । अब ऊ विस्तार विस्तार समवयस्क विपरीत लिङ्गी (आइमाई साथी)को चाहना गर्न थाल्यो । त्यसैले ऊ अब बगर, शमशान, पहरा पाखा छोडेर वन उपवन, उद्यानहरूमा भौँतारिन थाल्यो । त्यतिखेरका अभिजात वर्गका देव, दानव, मानव समाजका सुन्दरी किशोरी कन्याहरू आˆना सहेली सङ्गनिीहरूका साथमा क्रीडाकेली (मनोरञ्जन) गर्न त्यस्तै वन उपवन, उद्यान, सरोवर खोज्दै आउँथे ।

एक दिन त्यस्तै सुन्दरीहरूको विहारस्थलको खोजी गर्दै एउटा सुन्दर उपवनमा स्थित एउटा निर्मलजलयुक्त रमणीय सरोवरको नजिक पुग्यो । त्यस सरोवरमा नीलकमलहरू फुलिरहेका थिए र तिनमा भ्रमरहरू गुञ्जन गर्दै रस बटुल्दै घुमिरहेका थिए ।

त्यसै सरोवरको पल्लो किनारा नजिकै त्यहाँ त्यस क्षेत्रको राजा (प्रजापति) दक्षकी परम सुन्दरी कन्या राजकुमारी सती पनि आˆना सङ्गनिी-सहेलीसँग उन्मुक्त केली (क्रीडा) गरिरहेकी थिई । उनीहरूको उन्मुक्त हाँसो र पाउजुको झन्कारले शिवको मनलाई आकृष्ट गर्‍यो । ऊ उनीहरू तिरै जान बढ्यो ।

तर उसलाई ती एकभन्दा एक सुन्दरी, किशोर वयको सिँढी चढेर नवयौवनको सुन्दर वाटिकामा प्रवेश गर्न लागेका रमणी बालाहरूका सामु जाने आँट भएन । ऊ त्यहीँ नजिकैको एउटा कुञ्ज (झाडी) पछाडि लुकेर उनीहरूको फुट्तो सौन्दर्य, मुक्त हुन खोजिरहेको यौवन र उन्मुक्त क्रीडालाई मुग्ध आँखाले पिउन थाल्यो । नवयौवना सुन्दरीहरू माझ पनि एउटी पत्थरहरूको बीचमा आफ्नो विशिष्ट गरिमा लिएर चम्किरहेको कौस्तभमाणी… …… समान सुन्दरीमा गएर उसका आँखा टाँस्सिएझैँ भए । ऊ सम्मोहितझैँ भएर मनमा नाना खालका भावना र सपना खेलाउन थाल्यो ।

कसरी ऊ आˆनो सपना र भावनाको सन्देश त्यस सुन्दरीसम्म कसको हातबाट पुर्‍याऊँ ? भनेर छटपटिन थाल्यो । त्यसैबेला देव समाजको लोकपि्रय सन्देशबाहक (हुलाकी) ऋषि नारद घुम्दैघुम्दै त्यहाँ आइपुग्यो । ऊ एक घडी पनि एक ठाउँमा स्थिर भएर बस्न नसक्ने, डुलुवा छुस्के -दुई जना वा दुई पक्षका बीच विग्रह पारिदिने उसको चरित्रलाई लिएर लोकमा एउटा उक्ति नै चलेको छ- ‘नारदजस्तो कुराउटे, छुस्के’ यसरी ऊ सन्धी विग्रह दुवैमा निपुण थियो ।

अनि यसै परिप्रेक्ष्यमा ऊ वरवधुको जोडी मिलाउने लमी काम पनि गथ्र्यो । उसकै प्रयत्नबाट समाजमा कुनै गृहस्थकी विवाह योग्य कन्या छ र उपयुक्त वर मिलेको छैन वा वधुको प्रत्यासी केटो छ र उपयुक्त विवाह योग्य कन्या मिलेकी छन् भने नारदमुनिको शरणमा गएपछि त्यो काम फत्ते हुन्थ्यो । यसरी उसको प्रयत्नमा कैयौँ यस्ता जोडीको घरजम भएको थियो । त्यसैले धेरै गृहस्थहरू उसप्रति कृतज्ञ थिए ।

तर कति विवाह हुन ठीक भएका जोडीहरूको फाटो पनि भएको थियो, उसैको कारणबाट त्यसैले केही उसदेखि रुष्ठ पनि थिए तर त्यस्तो विग्रहको परिणाम अन्ततोगत्वा सामाजिक र यदाकदा व्यक्तिको हकमा सकारात्मक नै हुनपुग्थ्यो । त्यसैले यस्ता परिणामका उपभोक्ताहरू पनि उसको गुनै मान्थे ।

यस्तो बहुउपयोगी ऋषि नारदलाई टुप्लुक्क अगाडि देख्दा शिवको मनमा आˆनो काम बन्ने विश्वास पलायो । अनि उसलाई सम्बोधन गर्दै अति प्रशन्नताको उद्गार व्यक्त गर्‍यो- ”अ हो मुनि नारद! आज कस्तो सुखद संयोग जुरेको यो । कुशल मङ्गल त छ होइन ?”

“प्रभो! जसमाथि हजुरजस्तो देवाधिदेव आशुतोष कल्याणस्वरूप शिवको कृपा दृष्टि छ त्यसको कुशलमङ्गल नहुने त कुरै भएन प्रभो !” नारदले शिवलाई ‘देवाधिदेव’ को अत्यन्त उच्च सम्मानको सम्बोधन गर्‍यो । यसो गर्नुमा ठूलो ऐतिहासिक पृष्ठभूमि छ ।

वास्तवमा शिवको जन्म, गोत्र, थात, थलो, माताका बारेमा कसैलाई केही थाहा थिएन । विशाल किराँत भूमिअन्तर्गतको सुदूर उत्तर हिमाली क्षेत्रको देवसमूहको एक जना सज्जन गृहस्थले एकदिन नदीमा नुहाउन जाँदा उसलाई सद्यजात शिशु (भर्खरै जन्मेको बालक) का रूपमा नदीको बगरमा असहाय, परित्यक्त अवस्थामा पाएर आफ्नो संरक्षणमा लिएर घर ल्याएको थियो । यी दुई देव दम्पतीले उसलाई उचित पालनपोषण गरेर हुर्काएका थिए र शिक्षादीक्षा दिएका थिए, संस्कार दिएका थिए ।

तर ऊ बाल्यकालदेखि नै स्वच्छन्द प्रकृतिको निस्कन्थ्यो । ऊ कुनै पनि किसिमको सामाजिक अनुशासनमा नबस्ने भयो- न व्यक्ति (पालनकर्ता आमबाबु)को न त समाजको। ऊ जहाँ मन लाग्यो हिँडिदिने- न बस्ने ठेगान, न खाने सुत्ने नै । भोकको अनुभव भएपछि जहाँ जे भेट्यो त्यही खायो । मीठो नमिठो, भक्ष अभक्ष कुनै कुराको भेद नगर्ने ।

अनि सुत्न पनि जहाँ निद्रा लाग्यो त्यहीँ दिगम्बर लडेझैँ लडिदियो । कहिले ऊ जङ्गलको घाँस-पात-पतिङ्गरलाई नै बिछ्यौना बनाएर लडिदिन्थ्यो । कहिले नदीको बगरमा बालुवा-गिर्खालाई नै बिछ्यौना बनाएर मस्तसँग सुतिदिन्थ्यो । खाली धर्ती होस् वा पहराको चट्टान, उसको शरीरका लागि कुनै फरक पर्दैनथ्यो ।

शिव एउटा दुर्दान्त शिकारी भएर पनि ऊ निर्मम र संवेदनहीन थिएन । उसमा विशिष्ट मानवीय संवेदनशीलता र सम दृष्टि थियो । ऊ दुईथरि समूह वा दुई व्यक्तिबीचमा भएको झगडा अथवा द्वन्द्व, सङ्घर्षमा सदैव दुर्वल जनको पक्ष लिन्थ्यो । अनि दुष्ट, दुराचारी, अन्यायी, शोषक, दुराचारीलाई दमन गरेर निर्वलको बल दुर्वलको त्राता बन्थ्यो ।

ऊ वन जङ्गलमा गएर शिकार गर्दा पनि निरीह, निर्वल मृग जतिको शिकार (हत्या) गर्दैनथ्यो । उसका शिकार बडे बडे हिंस्रक जनावरहरू- बाघ, भालु, अर्ना, मत्ता हात्तीजस्ता साना, निरीह मृग जातिलाई मारेर आˆनो उदरपूर्ति गर्नेलाई मात्र माथ्र्यो । यिनै हिंस्रक जनावरहरूलाई मारेर तिनैका छालाहरूले आˆनो पूर्ण शरीर ढाक्थ्यो । त्यसैले त उसले जङ्गली हात्तीको छाला काँधमा उपर्ना (ओढ्ने)का रूपमा र हिंस्रक बाघको छाला कटी प्रवेशमा अधोवस्त्रका रूपमा धारण गरेको हुन्थ्यो । अनि विष धर साँपलाई मारेर तिनैको आभूषणमा सजाएको हुन्थ्यो ।

ऊ देव, दानव, मानव कसैमाथि पनि व्यक्तिगत अथवा सामूहिक सङ्कट पनि आयो भने र उनीहरू उसका शरणामा ‘त्राहिमाम’ हुँदै आए भने ऊ त्यो सम्पूर्ण शङ्कट आˆनो उपर लिएर समग्र प्राणीजगत्लाई रक्षा गर्दथ्यो । यसको ज्वलन्त उदाहरण समुद्र मन्थनको त्राशदीपूर्ण घटना नै थियो ।

अग्निदेव, दानव र मानव तीनै समूह मिलेर अमृत प्राप्तिको उद्देश्यले समुद्र मन्थनको भव्य आयोजना गरे तर सागरको गर्भबाट अमृतभन्दा पहिले कालकुट विष निस्केर चराचर प्राणीजगत्लाई नै दग्ध गर्न थाल्यो । समस्त प्राणी मात्रमा हाहाकार मच्चियो । अरू कसैबाट त्राण पाउने नदेखेपछि समस्त देव, दानव, मानवसहित अरू इतर जातीय समूह त्राहिमाम! त्राहिमाम! भन्दै आखिर शिवकै शरणमा आए- “हे देवाधिदेव शिव! हे आशुतोष शिव! समुद्र मन्थन यज्ञमा सागरको गर्भबाट निस्केको कालकुट हलहल विषले तीन त्रिलोक, चौधै भुवन (चराचर प्राणीजगत्) दग्ध गर्न थाल्यो । तिमीबाहेक हाम्रो रक्षा गर्न समर्थ कोही छैन । तिमी नै हाम्रा रक्षक तिमी नै हाम्रा तात्रा! हामी सबै तिम्रो शरणमा आएका छौँ । त्राहिमाम ! त्राहिमाम । हाम्रो रक्षा गर!”

देव, दानव, मानव र समस्त प्राणीहरूको आफ्नै पुकारबाट द्रवित भएर शिवले त्यो अग्नि ज्वालाका लप्का बने र फैलिन थालेको हलाहल विषलाई आˆनो शङ्खमा समेटेर पिइदियो । हुनत उसले प्रकृतिमा जडीबुटीका रूपमा पैदा भएका विष, भाङ, धतुरो र विषधर सर्पका विषजस्ता सामान्य विष त कति कति पचाएको थियो । यस्ता पदार्थ त उसका नित्य भोजनका रूपमा रहेका थिए तर यो हलाहल अत्यन्त कडा थियो उसले यसलाई पचाउन सकेन यसले अग्नि ज्वाला बनेर उसको अन्तर दग्ध गर्नथाल्यो ।

अनि उसले उल्टी गरेर त्यसलाई बाहिर ओकल्ने उपक्रम गर्‍यो तर त्यो बाहिर आएर फैलिन थाल्यो भने त झन् चराचरलाई दग्ध गर्नेछ । यो सोचले गर्दा उसले त्यसलाई आˆनो कण्ठको माझमा रोकेर राख्यो ।

तर त्यसको अन्तर दहन, खप्न नसकी ढुनमुनिँदै उत्तर दिशा हिमालतिर लाग्यो । त्यहाँका हिमराशि पग्लिएर बनेका एक सय आठ कुण्ड (सरोवर)मध्ये एउटा कुण्डमा पसेर डुबेर सुत्यो । यसरी अत्यन्त कडा विषबाट जगत्को रक्षा गरेकोले उसलाई उत्तर हिमालयदेखि दक्षिण तराईसम्म फैलिएको विशाल किराँत प्रदेशका देव, दानव, मानव पक्ष गन्धर्व किन्नर पिशाच सबै समूहले उसलाई देवाधिदेव महादेवको उच्चतम पदवीका साथ सम्पूर्ण किराँत प्रदेशको शासक तुल्याएर राखे ।

अनि त्यो कालकूट विषलाई कण्ठमा धारण गरेर नीलो घाँटी भएकोले उसलाई नीलकण्ठ पनि भन्न थाले र जुन हिमाली कुण्डमा सुतेर उसले आˆनो अन्तर डाह साम्य गर्‍यो त्यो कुण्ड ‘गोसाइँकुण्ड’ नाउँबाट लोकमा प्रख्यात भयो ।

contd ...

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Tundikhel story collection (1 story Every Day)
« Reply #3 on: March 05, 2018, 12:11:06 AM »
contd ... पौराणिक कथा : विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक ~ रमेश विकल



त्यसैले उसलाई देखेर देवसमूहको ऋषि नारदले उसलाई अगाध श्रद्धाले देवाधिदेव शिव भनेर सम्बोधनका साथमा वन्धना गर्‍यो । शिवले पनि त्यस सर्वोपयोगी फक्कड ऋषिलाई आˆनो अगाडि पाएर आˆनो मनोकामना पूर्ण हुने आशा भरियो र उद्गार व्यक्त गर्‍यो- “ओ नारदजी! आज यो अपूर्व संयोग भयो! म तिमीलाई नै सम्भिmइरहेथेँ । यो तिमी नै त हौ ? कतै म भ्रममा त छैन ?”

“होइन प्रभो ! यो हजुरको अगाडि उभिएको म हजुरकै अकिञ्चन सेवक हुँ ।”- नारदले अत्यन्त भक्तिभावले निवेदन गर्‍यो । “तर प्रभो ! हजुरको कान्ति आज किन अलि मलीन देखिएको छ ? कतै यो पनि मेरो भ्रम त होइन ?”

“होइन, नारद! तिमीले ठीक ठम्यायौ । आज म अलि चिन्तित नै छु । आज मलाई एउटा समस्या परेको छ । “भनेर उसले अलि पर उद्यानमा साथी-सङ्गनिीहरूका माझ उन्मुक्त केली क्रीडामा तल्लीन अनिन्ध सुन्दरी प्रजापति दक्ष कन्या सतीतिर इङ्गति गर्दै सोध्यो- “यो सुन्दरी कन्या को हो ? कसको छोरी हो ? तिमीलाई त पक्कै थाहा होला किनभने तिमी त तीन त्रिलोक, चौध भुवनको एक-एक सूचना राख्छौ! कसो ?”

“किन नचिन्नु ख्वामित! यो त किराँत प्रदेशको यस क्षेत्रको एउटा सामान्य शासक (प्रजापति) दक्षकी कन्या सती हो । ऊ यस क्षेत्रको सम्पूर्ण देव, दानव, मानव समुदायका युवाहरूको मुटुको धुकधुकी भएकी छ ।”

अनि एकछिन अडेर गहिरोसँग शिवको अनुहारको भावलाई पढेर अलिअलि कटाक्षको मुस्कान ओठका कुनामा फैलाएर भन्यो- “के हो ? आज यत्रो देवाधिदेव योगी भएर पनि मन अलि विचलित भएझैँ छ नि! कतै मनको काँडो उसको पछ्यौरीमा गएर अल्झेको त होइन ?

“ठीक ठम्यायौ तिमीले ।” -शिवले आँखामा अलि सङ्कोच भरेर स्वरमा अलिकति खुसामदको चिल्लो मिलाएर भन्यो- “पि्रय नारद ! तिमी त यस्तो कार्यमा निपुण मानिन्छौ । लौ न! मेरो पनि एउटा कार्य गरिदेऊ । मेरो मनको भावना उससम्म पुर्‍याएर उसमा मेरो प्रणय निवेद लगिद्यौ । म तिम्रो आभारी हुनेछु । म उसलाई आˆनी अर्धाङ्गनी तुल्याएर आˆनो अधुरो जीवनलाई पूर्णता दिन चाहान्छु ।

“ए, किन नहुनु ख्वामित । यो त अत्यन्तै राम्रो कुरा हो ।”- नारदले भन्यो । अनि एकछिन अडिएर अलि हास्यपूट मिलाएर भन्यो- “हामी त अब सृष्टि प्रक्रिया नै बन्द हुने हो कि भनेर चिन्तित भएका थियौँ । शिवको पुत्रलेबाहेक अरू कसैले तेरो संहार गर्न सक्ने छैन भन्ने ब्रहृमदेवको आश्वासन पाएको त्रिपुरको मालिक दानव उन्मत्त भएर देवसमूहमाथि मन लागि थिचोमिचो गर्न थालेको थियो तर हजुरको यस अठोटले अब देव समाज आश्वस्त हुने भयो । अब म तत्काल दक्ष दरबार गएर उसकी छोरी सतीका हात हजुरका लागि माग्छु । यस्ता कुरा त चुट्कीमा फत्ते गरिहाल्छु ।”

नारद बडो दम्भ मिसिएको आत्मविश्वासाथ दक्ष दर्बारतिर लाग्यो । सानो एउटा प्रान्तको प्रजापति भए पनि दक्ष अत्यन्त अहङ्कारी थियो । नारदको प्रस्ताव सुन्नासाथ ऊ भड्कियो । उसले आˆनो भृकुटी (आँखीभौं) खुम्च्याएर रातारात आँखाले नारदलाई भष्म गरौंलाझैँ गरी हेरेर कुल्र्यो- “तिमीले मेरी अनन्य सुन्दरी, बत्तीस लक्षणले युक्त छोरीका लागि “के कुरा गर्न आएका तिमी नारद ? तिमी बौलाउन त बौलाएनौ ? मेरा अरू छोरी एक से एक सुन्दर, लायक देवकुमारहरूलाई बिहा गरेर दिएको छु । छोरो नहुनाले सो एउटी जेठी छोरीलाई बुढेशकालको सहारा होली भनेर राखेको छु । त्यसको बिहाको प्रस्ताव लिएर आयौ तिमी त्यो पनि कस्तो पात्रका लागि ? नजन्मको ठेगान, न कुल गोत्रको, न त आमाबाबुकै ठेगान त्यस्तो एउटा वासस्थानसम्मको पनि ठेगान नभएको शमशानवासी, सर्वभक्षी अघोरीका लागि लौ तिमी तुरुन्त मेरा आँखा सामुबाट गैहाल नत्र …. । यति मात्र होइन, अरू पनि भन्नु नभन्नु भन्यो । त्यो सब सुन्न नसकेर नारद त्यहाँबाट गयो ।

तर नारदले दक्षबाट गरिएको शिवको घोर अपमान र आफूसितको त्यो तिरस्कारलाई चुनौतीका रूपमा लियो । सतीलाई कुनै पनि उपायले शिवकी पत्नी तुल्याएर दक्षको अहङ्कारलाई चूरचूर गर्ने दृढसङ्कल्प बोकेर हिँड्यो ।

ऊ त्यहाँबाट क्षीरसागर क्षेत्रको अधिपति अनन्त वैभव (लक्ष्मी)को एक मात्र मालिक, चतुर कूटनीतिज्ञ विष्णुकहाँ पुग्यो । त्यो देव योनीको कूटनीतिज्ञ अत्यन्त मृदुभाषी (महको चास्नीमा डुबाए जस्तै मीठो स्वर र विनम्र व्यवहारले गर्दा मोहनीरूप पनि भनिन्थ्यो ।) देवपुत्र के नर के नारी सबैलाई मोहित गराउँथ्यो र जस्तै बिग्रँदो काम पनि पट्याउँथ्यो ।

उसको यो गुणलाई कति त उसको छुत्र्याई र छलकपटपूर्ण इन्द्रजालका रूपमा पनि हेर्ने गर्थे । ऊ आˆनो दुनो सोझ्याउन खुसामद -चापलुसी)को हदसम्म पनि ओर्लन सक्थ्यो । उसको यो चरित्र बुझेकाहरू पनि ऐन मौकामा उसको मोहनी वाणीमा लठ्ठइिहाल्थे र पछि थक्कथक्क हुन्थे ।

नारद ऋषि आˆनो अभीष्ट साधनका लागि यही विष्णुको शरणमा पुग्यो । विष्णु स्वयं पनि शिवको आशुतोष -सरल र चाँडै नै प्रशन्न हुने स्वभाव) महा बलशाली भएर पनि कत्ति घमण्ड नभएको, देव, दानव, मानव कसैमा भेदभाव नराखी सदैव निर्धार्दुब्ला प्राणीको पक्ष लिएर दुष्टहरूको दमन गर्ने व्रत लिएको देवदानव सबैका एक नासले पूज्य व्यक्ति शिवप्रति श्रद्धा राख्थ्यो ।

नारदबाट शिवको सहायता गर्ने अनुरोध सुनेर ऊ तत्कालै तत्पर भएर दक्षको दर्बारमा पुग्यो । प्रजापति दक्षका सामु उसको जेठी छोरी सतीको हात माग्यो तर कसका लागि ? भन्ने कुरा चाहिँ रहस्यको गर्भमा राख्यो । उसले नितान्त कूट भाषा प्रयोग गरेर- “म त तपाइर्ंकी जेठी छोरी सुन्दरी सती विवाह योग्य भएकीले तपाईं उसका लािग सुयोग्य वरको खोजीमा हुनुहुन्छ भन्ने सुनेर आएको- वरको प्रस्ताव लिएर तपाईंले खोजेजस्तै सुयोग्य वरको प्रस्ताव लिएर।”

तर मूर्ख दक्षले यताउति केही नसोची यो प्रस्ताव विष्णुले आˆनै लागि राखेको ठानेर तुरुन्त स्वीकार गर्‍यो । त्यत्रो विशाल सागर क्षेत्रको एक छत्र अधिपति, अपार वैभव -लक्ष्मी)को मालिक, त्यसमाथि एउटा कहलिएको कूटनीतिको महापण्डितले ऊ जस्तो एउटा सानो प्रान्तको अधिपति (प्रजापति)की छोरीसँग विवाह गर्न किन खोजेको

होला ? न सामाजिक हैसियत न आर्थिक र बौद्धिक र अरू कुनै हैसियतमै समकक्षी । यस प्रस्तावका पछाडि कुनै उसको कूट अभिसन्धि पनि त हुन सक्छ, भन्ने सोच्नै सकेन ।

“देव! हजुरजस्तो यति महान् व्यक्तिसँग सम्बन्ध जोड्न पाए, मलाई अरू के चाहियो ? “के खोज्छस् काना आँखो ।” उत्तम मुहूर्त, शुभलग्न जुराएर वरियात लिएर पाल्नुहोला ।” दक्षले गद्गद् हुँदैभन्यो । विष्णुले अझै पनि वास्तविकतालाई ओठको कुनामा खेल्ने मुस्कानको रहस्यमै लुकाएर राख्यो र त्यहाँबाट आˆनो स्थानमा फक्र्यो ।

अनि अक्षय तुतीयाको शुभसाइत पारेर बाजागाजा, रथ, घोडा, हात्ती, व्योमयानसहितको विशाल जुलुस (जन्ती) लिएर दक्ष-दरबारको विस्तृत प्राङ्गणमा सजाइएको भव्य विवाहमण्डपमा पुग्यो तर पूर्वयोजनाअनुसार उसले आˆनो साथमा शिव र नारदलाई लान भुलेन ।

विवाहमण्डपमा बीचमा बाँसका लिङ्गा गाडेर बीचमा यज्ञकुण्ड बनाएर त्यसमा अग्नि प्रज्वलित गरिएको थियो । पाश्र्वमा र मध्य भागमा योग्य आशनहरूमा एकातिर ब्राहृमण -ऋषिहरू बसेर विवाहका मन्त्रोच्चारणका साथ हवि (घ्यू र चरुको आहुति होम) हालिरहेका थिए । अर्को पाश्र्वमा दक्षका आˆना नाता कुटुम्ब र परिजनका साथ स्वयं पत्नी विरणी बसेको थिइन् ।

अनि बीचको भागमा दुलहादुलहीका लागि भव्य आशन राखिएको थियो । विष्णु गएर यौटा आशनमा बस्यो । दायाँबायाँ वरवधु केही आशनमा वरवधुका अन्तरङ्ग साथीहरू र सङ्गनिी सहेलीहरूका लागि भनेर व्यवस्था गरिएको थियो । विष्णुले निकटमा शिव र नारदलाई बसायो । शिवलाई ‘वर’ को साथमा देखेर दक्षको भृकुटी टेढो भयो- यो देख्तैमा अघोरी, अशोभा शिवलाई यो विष्णुले आˆनो साथैमा किन राख्यो ?”

तर उसले समयको नाजुकतालाई हेरेर र जन्तीको मर्यादाको ख्याल गरेर (अझ विष्णुको व्यक्तित्वको सामु बोल्ने विरोध गर्ने साहस नगरेर) चुप लाग्यो ।

सबैले स्थान ग्रहण गरिसकेपछि ब्राहृमणहरूले कन्यादानको मन्त्रोच्चारण गर्नथाले । दक्षले तिलकुशसहितको सतीको हात समातेर दुलहाको आशनमा बसेको विष्णुको हातमा दिन खोज्दा त्यहाँ एउटा चमत्कार भयो सतीको त विष्णुको हातबाट फुत्केर शिवको हातमा पर्न गयो । अब भने अहङ्कारी दक्षले विष्णुले शिवलाई आˆनो पाश्र्वमा राखेको रहस्य बुझ्यो ।

विष्णुको यो कपट चाल बुझेको अहंकारी प्रजापति दक्ष क्रोधले ज्वालामुखी बनेर अन्धो हात्तीझैँ बौलाएर चिच्याउन थाल्यो- “तिमी दुष्ट कपटी विष्णु ! तिमी अत्यन्त नीच पाखण्डी रहेछौ तिमीले आज छल गरेर मेरी अत्यन्त वैभव सुख शयलमा पालिएकी अनन्य सुन्दरी, सुशील कन्यालाई यस्तो आमाबाबु घरबास, थितिथलोको ठेगान नभएको शमशानवासी, सर्वभक्षी, गँजडी, भँगेडी, बौलाहा, विरूपाक्षको हातमा परिदियौ । तिमी महापापी हौ ।

तर कपटको विवाहलाई स्वीकार गर्दिन, म तिमीलाई श्राप (दण्ड) दिन्छु । तिमी… तर बाबुको अन्धो क्रोधलाई देखेर बुद्धिमती सतीले शान्त संयमित स्वरमा भनी बाबा! मलाई आज नियतिले नै यस्तो गराएको छ । हजुरले र हामीले स्वीकार नगरे पनि शास्त्रोक्त विधि र समाजले त यसलाई नकार्न सक्दैन । तपाईं शान्त हुनुहोस्, छलकपटले भए पनि राजीखुसीले भए पनि मेरो विवाह देव शिवसँग भइसक्यो । जे छन्, जस्ता छन् मैले यिनैलाई आˆनो पति, आˆना स्वामी मानिसकें । अब यसमा अन्यथा हुन सक्दैन ।

छोरीको यति बुद्धिमत्तापूर्ण कुरा सुनेर आमा विरणीले पनि लोग्नेलाई सम्झाउन प्रयत्न गरिन् तर छोरीको दृढ विचार र पत्नीको त्यसमा समर्थन देखेर अहंकारी प्रजापति (राजा) झन् नै उग्र भयो । ऊ अवज्ञा अपमानबोधको पीडाले तिलमिलाउँदै पुच्छर कुल्चिइएको विषधर साँप (गोमन) झैँ फुँकार्दै सुसायो- “ओहः तँ तँ मेरी छोरी । यति निर्लज्ज भएर मेरो इच्छाविपरीत यो बौलाहाको पक्ष लिएर यसैको साथमा जान उद्यत हुन्छेस् भने आजदेखि तेरो र मेरो सम्बन्धको अन्त्य भयो । जा, यसै बौलाहा भिखारीसँग ।

“तर यौटा अर्को कुरा सुनेर जा । मेरो यो अगाध सम्पत्ति, शक्तिशाली राज्यको उत्तराधिकारबाट वञ्चित हुनुपर्छ । मेरो यो अकुत सम्पत्तिबाट तैँले एउटा फुटेको खपटो पनि पाउन्नस् ।”

विष्णुले पनि दक्षको त्यो अहंकार त्यो क्रोध देखेर अब त्यहाँ बसिरहनु उचित देखेन । ऊ आˆना सम्पूर्ण लावालक्सर (जन्ती) लिएर आˆनो राज्यमा फक्र्यो । अनि सती पनि आमासँग बिदा भएर बाबुलाई नमस्कार गरेर आˆना स्वामी शिवको हात समातेर त्यहाँबाट प्रस्थान गरी । शिवले उसलाई अगि लाएर हिमालको सुन्दर काखमा बसेको आˆनो शिकार क्षेत्रमा लिएर गयो ।

त्यस रमणीय शिकारगाहको एक छेउमा उभिएको यौटा जीर्ण छाप्राको आँगनमा लगेर शिवले निर्दोष स्वरमा भन्यो- “कल्याणी सती! लौ हाम्रो घर यही हो । हुन त तिमी आˆना पिताको अपार वैभवको मनोरम विलाश पुष्करिणी (तलाउ) मा क्रीडा गर्दै भव्य राजप्रासादमा हुर्की बढी, खेली खाई आएकी यो म जोगीको जीर्ण छाप्रोमा के मन लाग्दो हो तर के गछ्र्यौ । तिम्रो नियति र मेरो तपस्याले गर्दा यस्तोमा पार्‍यो । अब जे जस्तो छ, त्यसैमा सन्तोष गर ।”

पहिले त राजमहिषी सती बाबुको भव्य महल र त्यहाँको दिव्य भोग सम्झेर अत्यन्त दुःखी भै । उसका आँखा रसाए तर आˆनो नियति सम्झेर उसले पिंढीको कुनामा ठडिएको खरेटो (कुचो) उठाएर छाप्रोभित्र पर चौतर्फी जेलिएका माकुरोका जालाहरू हटाउन थाली उसको सम्पूर्ण क्रियाकलापलाई गहिरोसँग हेरिरहेको शिवको मन एक्कासि द्रवित भएर आयो । उसलाई सतीमाथि अत्यन्त माया र दया लागेर आयो । स्वरमा करुणाको मीठो ध्वनि साँधेर उसले भन्यो- “पख सती । दुःख नगर । हाम्रो घर यो होइन । यो त शिकारमा आउँदा कहिलेकाहीँ रात पर्दा रात बिताउनु भनेर बनाएको अस्थायी छाप्रो हो । हाम्रो घर त ऊ त्यो हो ।”

उसले उत्तर शिरमाथि सन्ध्याको सुनौलो घाममा अमोल रत्न जवाहरात जडित स्वर्णमुकुटझैँ चम्किइरहेको कैलाश शिखरको दर्शन गरायो । सतीले यसलाई शिवको ठट्टा ठानेर सोच्न थाली- यो मेरा बाबुको भन्दा पनि भव्य र सम्पन्न देखिने दरबार कुन राजाको होला ?

यो कैलाश दरबार उसलाई समुद्रमन्थनबाट निस्किएको त्रिलोक दग्धकारी कालकूट विषलाई आफैँले कण्ठमा धारणा गरेर चराचरको रक्षा गरेकोमा कृतज्ञ भएर देव-दानव र मानवका विविध समाज समूहले देवाधिदेव नीलकण्ठ शिवको सर्वोच्च उपाधिसहित सम्पूर्ण किराँत प्रदेशको राज्य सुम्पिंदा उपहारमा चढाएका थिए ।

शिवले बडो प्रेमले पत्नीको हात समातेर कैलाश दरबारमा प्रवेश गरायो । अनि त्यहाँ शिवका नन्दीभृङ्गी आदि र भूत, प्रेत, पिशाच र यक्ष गन्धर्व, किन्नर नाग जातिका असङ्ख्या पार्षद (सेवक) हरूद्वारा पुजिँदै सेविंदै धेरै कालसम्म कैलाश परिसरको अति सुन्दर र भव्यकञ्चन जलपूर्ण मानः सरोवरमा आनन्द क्रीडामा बिताए । त्यस्तैमा एकदिन सतीले परैबाट अनेक रत्नमणि माणिक्यका गहना गुटियाले झरिझुट्ट भएर दिव्य यानमा सवार भएर दक्षिणतिर गइरहेका अनेक देव देवाङ्गनाहरूलाई देखि । अलि गौरसँग हेर्दा उसले चिनी यी त देवसमूहसँग विवाह भएका आˆनै बहिनीहरू र उनीहरूका पतिहरू थिए ।

यसरी कतै जान लागेका आˆना बिहनी, बहिनी ज्वाईंहरूलाई देखेर सतीको मनमा । एउटा खुल्दुली मच्चियो । यी मेरो बहिनीहरु आˆना स्वामीहरूका साथमा कुनै भव्य समारोहमा जान लागेझैँ कहाँ जान लागेका ? मलाई किन थाहा नदिएका ? उसको मनमा अनेक जिज्ञाशाका तरङ्गहरू उठ्न थाले ।

अनि त्यसैको जवाफमा आएझैँ गरी त्यहाँ डुलुवा नारदमुनि उभिन आइपुग्यो । सतीलाई अलि चिन्तित देखेर उसले सोध्यो- “माते Û हजूर अलि चिन्तित झैँ देखिनुहुन्छ । के कुरा पर्‍यो त्यस्तो ?”

“नारद जी! तपाईंत तीन त्रिलोक चौधै भुवन निर्वाध चहारेर हिँड्नुहुन्छ । तपाईंलाई सबै कुराको एक एक सूचना रहन्छ । यी स्वयं मेरा बहिनीहरू र ज्वाईंहरूसहितको सम्पूर्ण देवगण लावालस्कर लिएर कहाँ जान लगेका होलान् ? मलाई बडो खुल्दुली मच्चिएको छ । यसको समाधान गर्न तिमी अवश्यै समर्थ छौँ । भन कहाँ कस्तो मेला समारोहको अनुष्ठान हुँदैछ ।”

“मात! के हजुरलाई थहा छैन

र ? हजुरका बाबा प्रजापति दक्षले धुमधाम ठूलो यज्ञ गर्दै हुनुहुन्छ के हजुरलाई सूचना गर्नुभएन ? यो कसरी सम्भव भयो ?” नारदको कुरा सुनेर सतीका मनमा महाभूकम्प गयो । मस्तिष्कमा अनेक तर्क-वितर्क चल्न थाले । पक्कै उसलाई पिताले डाक्न बिर्सनुभो होला । उसले शिवसँग बिन्ती गरी- “स्वामी मेरो बाबाकहाँ ठूलो यज्ञ समारोहको आयोजना भएको रहेछ । मेरा बाबाले मलाई डाक्न बिर्सनुभएछ । म जान्छु, मलाई आज्ञा दिनुहोस् ।

शिवले हाँसेर भन्यो- “प्रिय! तिम्रा बाबाले तिमीलाई बिर्सिएर होइन जानीजानी नबोलाएका हुन् । तिमी त्यसै पनि परित्यक्ता छोरी अनि म मन नपरेको ज्वाईं । त्यसैले जानीजानी हामी ननिम्तिएका । जाने कुरा नगर । नबोलाएको ठाउँमा जाँदा अपमानित होइन्छ । जाने कुरा नगर ।”

“माइतीले नबोलाए पनि छोरीचेलीले आफ्नो माइतीघर जानमा अपमानित होइन्न म त जान्छु ।” सतीले लाख सम्झाउँदा पनि मानिन र ऊ दक्ष दरबारमा गै र बाबासँग आफूलाई नबोलाएकोमा गुनासो गरी – “बाबा! तपाईंको यज्ञको महायज्ञमा स्वर्ग-मत्र्य-पाताल तीनै लोकका पाहुनाहरू र मेरा बहिनीहरूलाई पतिसमेत बोलाइँदा म एउटी मात्र किन छुटाइएँ ? किन मलाई मात्र बिर्सनुभएको ? म त्यतिसारो अपहेलित किन हुन पुगें ? म छोरी त हुँ नि!”

“चित्त नदुखा छोरी। मैले तँलाई उपेक्षा गरेर नबोलाएको पनि होइन र बिर्सिएको पनि होइन तर के गर्नु ? यत्रा-देव-दानव-मानव समाजका बडेबडे प्रतिष्ठित पाहुनाहरूका बीचमा तेरो त्यो अघोरी बहुला न कुलगोत्रको ठेगान भएको, आमाबाबुकै ठेगान नभएको त्यस्तालाई कसरी बोलाउनु भनेर उसलाई बोलाउन सकिएन । अनि तलाई मात्र बोलाउँ भने त्यो निर्लज्ज बहुरूपी पछि लागेर आइदेला भनेर नै तँलाई पनि नबोलाएको । तँ आˆनी छोरी । तँ आइहालिस । मलाई पनि सन्तोष भयो, तेरो पनि आˆनी आमा सारा बहिनीहरू, आˆना सँगिनी-सहेलीहरूसँग भेट हुने भयो धित मारेर कुराकानी-भलाकुसारी हुने छँदैछ । त्यसैले तँ अन्यथा नमान् ।”

यत्रो हिमाच्छादित कैलाश शिखरदेखिका किराँतप्रदेशमा पूज्य, अधिपति, देवाधिदेव पदवीबाट विभूषित, शान्त, सरल, अत्यन्त दयालु सदैव निर्धा, शोषितपीडित जनताको पक्षमा उभिएर दुष्ट अहङ्कारीहरूको दमन गर्न तत्पर, देवदानव र मानवमा फरक नगरी समान न्याय गर्ने, भेदभावरहित समानरूपले दण्ड र पुरस्कारले न्याय गर्ने आशुतोष शिव, आˆना पि्रय स्वामीको आˆनै बाबुले गरेको घोर निन्दालाई सहन नसकेर देवी सतीले आˆनै बाबुको यज्ञकुण्डको धकधकाउँदो अग्नि ज्वालामा समाहित प्राण विसर्जन गरी ।

यो अप्रत्यासित बिघ्न पर्दा साह्रा, देवदानव, मानव, निम्तालु, पाहुनाहरूमा हाहाकार मच्चियो । अब के उपद्रो हुनेहो भन्ने शङ्काले धेरै पाहुनाहरूमा भीषण आतङ्क मच्चियो । अधिकांश निम्तालुहरू जता गोडाले डोर्‍याएछ उतै आँखा चिम्लेर भागाभाग गर्नथाले । यसरी तँछाडमछाड गर्दै भागाभाग गर्दा एकआपसमा जुधेर लडेर एकअर्काको गोडामुनि दबेर घाइते भए । नारी र बालबालिकाहरूको रुवाबासीले दिगन्त थर्कियो ।

तर त्यसैबेला अर्को उत्पात मच्चियो । एक्कासि मेघ गर्जनसहित मुशलधारे पानी बर्सेर बाँकी प्रज्वलित यज्ञाग्निलाई पनि निभाइदियो र बाँकी बचेका वरिष्ठ पाहुनाहरू र परिमार्जन मिलेर फेरि अग्नि प्रज्वलित गराएर यज्ञको आहुति दिने प्रयत्न गर्न थाले ।

अर्कोतिर कैलाश दर्बारमा चिन्तित हुँदै मनमा अनेक शङ्का उपशङ्काका गरिरहेको महादेव शिवको अगाडि एक्कासि ऋषि नारद पुगेर दक्षयज्ञमा भएको हृदयविदारक दुर्घटना र सतीको देहत्यागको खबर सुनायो । यसरी महा अभिमानी दक्षद्वारा आˆनो घोर निन्दा भएको र त्यो निन्दा सहन नसकी आˆनी पि्रयतमा सतीले यज्ञकुण्डमा हाम्फाली प्राण त्यागेको चित्रात्मक वर्णन सुनाए पछि शिवले रुद्ररूप धारण गर्‍यो उसको तेस्रो आँखाबाट प्रलय ज्वाला निस्किएर तीनैलोक भष्म गरौँलाझै भयो ।

अनि उसले आˆनो अति पि्रय र आज्ञाकारी पार्षद् महावली वीरभद्र किरातीलाई बोलाएर दिगन्त थर्काउने गर्जन गर्दै आज्ञा दियो- “वीरभद्र, आज महादुष्ट प्रजापति दक्षले मेरी प्राणेश्वरी देवी सतीको बीभत्स हत्या गर्‍यो । तँ तुरुन्त आˆना केही सैन्य लिएर त्यो यज्ञस्थलमा गएर त्यसको कलुषित यज्ञलाई विध्वंश गरेर आइज ।”

शिवको आज्ञा सुनेर वीरभद्र किराँती आˆना चुनिएका किराँती फौजलाई लिएर यज्ञस्थलमा गएर त्यहाँ बाँकी रहेको यज्ञ समारोहलाई तहस नहस पार्‍यो । दक्षका लडाकु देव-सैन्यहरूलाई ध्वंस गर्‍यो । अनि अन्त्यमा दक्ष स्वयंलाई उसैले आयोजना गरेको अग्निकुण्डमा होमेर मारिदियो ।

यो महा विनाश देखेर आˆनो पतिको त्यति बीभत्स अन्त्य भएको आˆना राज्य सेनाको विनाश भएको देखेर दक्ष पत्नी विरणी अत्यन्त कातर भएर विलाप गर्दै वीरभद्रका अगाडि नतमस्तक प्रार्थना गर्न थाली- “महावली वीरभद्र । मेरो पति महाअभिमानी हुँदा आज उसको यति भीषण अन्त्य भयो तर म निर्दोष नारी आज अनाथ भएँ । मलाई यसरी नारकीय बैधव्य जीवन बाँच्न नछोड्नोस् । म या त मेरो स्वामीलाई जीवनको वरदान दिएर प्राण दान देऊ, कि त मलाई पनि उनैको सँगै मृत्यु देऊ ।”

विरणीको यो कातर विलापले वीरभद्रको मन पग्लियो । हो त यसको लोग्ने दुष्ट र पशुथियो । उसको विनास् हुनै पथ्र्यो, भयो तर लोग्नेको अपराधका लागि यस निर्दोष नारीले दण्ड पाउनु त मनासिप थिएन तर के गर्ने । यसको मुख्य शिर नै अग्निीमा डढेर भष्म भइसक्यो । अब पुनर्जीवन दिन तत्पर भयो ।

तर दक्ष्यको शिर त यज्ञकुण्डमा जलेर भष्म भइसकेको थियो । त्यसैले यज्ञमै बलिदिएको पशु (बोको) को टाउको लिएर दक्षको गर्दनमा हिमाली संजीवनी बुटीको लेप दलेर जोडिदियो ।

तर जोड्दा मुखकण्डा (पछाडि) तिर पर्न गएछ । त्यसैले प्रजापति दक्ष्य पशुको उल्टो टाउको भिरेर जीवनभर पशु बोली बोल्दै पशुतुल्य भएर आˆनो अहङ्कारको फल भोग्दै प्रायश्चित गर्दै बाँची रहृयो तर उसको प्रायश्चित आजका हाम्रा राजनेताहरूको जस्तो हात्तीको देखाउने दाँतजस्तो मात्र थियो । त्यसले उसको अहङ्कार नाम संसारका अभिमानी, अहङ्कारी दुष्ट प्रजापित -राजा महाराजाहरू, बाँचेर निमुखा निरीह जनता जनार्दनमाथि निरङ्कुश निर्मम शासको तण्डब चलाइरहेछ ।

-२०६५ मङ्सिर

आरुबारी

(श्रोत:- मधुपर्क २०६५ माघ)
(पुस २ गते स्वर्गीय हुनुभएका वरिष्ठ साहित्यकार रमेश विकलको प्रस्तुत कथान्यास अन्तिम सिर्जना भएको अवगत गराउँदछौँ । -सम्पादक/मधुपर्क मासिक)

handsy

  • 50x
  • ****
  • Posts: 117
Re: Tundikhel story collection (1 story Every Day)
« Reply #4 on: March 05, 2018, 10:26:32 AM »
goood

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Tundikhel story collection (1 story Every Day)
« Reply #5 on: March 06, 2018, 03:53:15 AM »
goood

THANK YOU.


नैतिक कथा : जस्तो लाई तेस्तै

एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको सबै सम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई दिनको ४ मुठी पीठो खटाएछन्।

छोरा जन्मँदा हर्षको आँसु खसालेको उनको आँखाबाट त्यही छोराको निष्ठुरपनले अहिले दु:ख र पीडाका आँसु बगिरहेको थियो। एकदिन दयासिंह रीस र शोकले आफ्ना सामुन्नेका भाँडाहरु एकातिर मिल्काई थोत्रो टिनमा दु:खका बाजा बजाउँदै थियो। त्यसदिन निष्ठुरसिंह र कटुगरा दुबै घरबाट बाहिर गएका रहेछन्। घरमा निष्ठुरसिंहको छोरो ९ वर्षे बालक चलाकसिंह मात्र थियो। बूढाले बजाएको पीडाको बाजा चलाकसिंहले सुने र अनि दयासिंहलाई बाजा बजाउनुको कारण सोधे।

बुढाले भने- “हेर बाबू, म यो बाजा किन त्यसै बजाउँथें र? यो दयासिंह सुनको थालमा भात खान्थ्यो, आज उसलाई प्वाल परेको टिनको थालमा कोदोको खोले? यही दु:खले यो बाजा बजाउँदै छु। बाबू चलाकसिंह तिमी तिम्रा बाबु झैं नबन्नू।”

यो सुनेर चलाकसिंहको ह्रदय पग्लियो। सानै भएपनि उ चलाक, साहसी र अक्कली थियो। उसले बूढालाई भन्यो- “भरे हाम्रा बा घर आएपछि यसैगरी टिन बजाउनू र त्यस बखत म जे भन्छु त्यसमा हजूरले खिन्न नहुनू।”

बेलुका चलाकसिंहका बाबुआमा घर आए। बूढाले टिन बजाउन थाल्यो। चलाकसिंहले कराएर भन्यो- “ए बूढा किन टिन ठटाएको?”

बूढाले जवाफ दियो- “खान नपाएर।”

चलाकसिंहले फेरि भन्यो- “तिमीले खान नपाएर केही फरक भएन। तर त्यो टिन चाहिं नफुटाई देऊ। नत्र हाम्रा बा बूढा भएपछि हाम्रा बालाई चाहिं के मा खान दिनु !”

निष्ठुरसिंहले सबै कुरा सुनिरहेको थियो। यो सबै सुनेपछि उ सपनाबाट झल्याँस्स ब्यूँझे झैं भयो र उसले सोच्यो- “मैले बाबुलाई यही काइदाले राखें भने त मेरो छोराले पनि यही देखासिकी गरेर पछि मलाई यसै गर्नेछ।”

त्यसपछि निष्ठुरसिंहले बाबुलाई राम्रोसँग खानलाउन दिएर राख्न थाल्यो।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Tundikhel story collection (1 story Every Day)
« Reply #6 on: March 07, 2018, 01:08:21 AM »
RIP Indra Bahadur Rai  -
He died today in Darjeeling ..


कथा : खीर  ~इन्द्रबहादुर राई~


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना -घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ…….. लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेदेखि एकछिन उत्रेर पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिपठाएको, त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तुष्णा र भोक अतृप्त नै रहेको थियो ।

महान् भन्न मनलाग्ने हरियो-नीलो जलराशिको बग्दो फैलावट माथिका सुप्तझैं बालुवाहरुमा अनेकौ विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पंखा लागेर वरपरका जम्मै झार-जंगलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हररर-भित्र कतै छुट्टै छलललको आवाज, कतै भिन्दै भुरुरुरु-हरु पनि भएको र बजेको याद आउँथ्यो…..।
गान्तोकबाट फर्किएको त्यस दिन त्यसै र त्यहीँ टिस्टामा मैले बास पारेको थिएँ । डाकबंगलाका कोठाहरु मर्मत गरिंदै रहेछ । मलाई दिएको कोठा पनि हालै चुना पोतिएको आलो गन्धको र चहकिलो सेतो थियो । छेवैको सेटको कोठामा जम्मै डाकबंगला मर्मत गर्ने बढाई, राज, रंगवाला र कुल्लीहरुले डेरा बनाएका रहेछन् । र, तिनीहरु नै हुन् यस कथाका घटना । विशेष दिन बनाएर आज तिनीहरु कोठाभरि थुप्रैका थिए, उछिनी-उछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो, तिनीहरुले खीर पकाइरहेका थिए ।

खानेकुराको कुरा गरेको मन पर्दैन मलाई । तरै केही नलागेर सुनिरहेँ । दैलोदेखि बाहिर मध्यदिन बितिसकेको चकमन्नको उज्यालो थियो । पलंगमाथि बेडिंग फैलाएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासि बढ्ता बेलुका पसिहालेको अर्कै रंगको उज्यालो रुखका पात र हाँगाका अभेक ठाउँहरुलाई पनि छोइराख्न पुगेको थियो ।
‘खीर खानु नै हो भने, एक पावा चामललाई दुई सेर दूध चाहिन्छ’, ओढार परेका चङ्कला आँखाको चित्र दिने एउटा स्वरले किटान गरी-गरी भनिरहेको थियो- ‘यति हाम्रो चामललाई दश सेर दूध चाहिन्छ । कति सेर हाल्यौ ?’

‘कति सेर हाल्नु र ? चार सेर त हाल्या हो ।’ ’टिस्टाजस्तो जग्गामा चार सेर नाथु दूधको खीर खाएको, थुक्क ?’ त्यही अघिको स्वरले भन्यो । ’चार सेर दूध हालेको खीर ! ‘ पनि भन्यो : यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइ्रहेछ । ’खीर खानु नै हो भने, धेरै चिज चाहियो, एउटा बूढो-बुढो स्वर माथि चढ्यो- ‘पहिले त तिमीहरुको चामलै भएन । नुनिया चामल ल्याउनुपर्छ, मसिनो सलसल परेको……।’ ’अलुवा नै किनिसक्नु छैन रैछ । यहाँ ।’ गम्म परेको मान्छेको जस्तो स्वर बोल्यो- ‘रंगुने अलुवालाई पहाडे चामलसँग झुक्याएर के ।’
‘ठिक्क पहाडे बएर्नी जस्तै हुन्छ त्यो मुर्दा ।’ अर्कोले सघायो तत्कालै ।
‘चिज पाइयो र खीर खाने नै हो भनेदिखि भनेको,’ उसले नहारी भन्दै गयो- ‘नुनिया चामल पुरानो, कालो नुनिया अझ राम्रो, मग्मग बासना आउँछ । दश बाह्र सेर खाँट्टी दूधमा पकाउनू । पानी-दूध र पन्द्रह सेर लाग्छ । पाँच सेर पानी सुकाउनुलाई पकाउँदा-पकाउँदा चामल जति फुटेर सब लिटो भइसक्छ । खोले । मट्ठी पारेको जस्तो बाक्लो दूध छ भने सिता सग्लो सग्लै बसेको ठर्रो हुन्छ । खोले खीर त मुनि डढिसक्छ, भरे जम्मै डढेको गन्हाउँछ, मुनिको पर्नेलाई…… ।’

‘दाँत माझेको जस्तो हुन्छ,’ भन्यो कि के भन्यो अर्कोले मैले राम्रो सुनिनँ ।
एकछिनपछि अर्कै एक स्वर एक छेउदेखि उम्ल्यो – ‘दूध मात्रै ओइराएर हुन्छ ? पेश्ता चाहिन्छ, किसमिस, हाडे बादाम, दालचिनी, नरिवल, तेजपात, ल्वाङ जुटाउनुपर्छ । ठिक्कको धीमा आँचमा पकाउनुपर्छ । किसमिसपछि छोड्नु पर्छ । अगाडि छोड्दा फट्छ ।’
‘त्यो सब हालेर के हुन्छ ?’ एउटा उत्सुक सुरिलो स्वरले सोध्यो ।
‘स्वादको लागि ।’ -’बासनाको लागि ।’-‘तागतको लागि ।’ ‘झ्याउँ-झ्याउँती त्यसलाई सबले कराए ।
‘पल्केलास् ! ‘ अझै त्यही भत्र्सनाको रहलपहलजस्तो कसैले भन्दै थियो- ‘सपनातिर खीर खोजिहिंड्लास् । त्यसरी मन बुझाउलास् ।’
‘त्यसरी यहाँ खीर पकाएको छ भने वासना उः पर बाटोमा हिंड्नेको नामका लाग्छ,’ अर्कोले भन्यो ।
याद गरेर यति बेला मैले तिनीहरुको खीरको बासना सुँध्ने बल गरेँ, पटक्कै पाएको जस्तो लागेन ।
‘तेरो खीर, यहीं बसेको हामीलाई त बासना आउँदैन ।’ बूढोले भनि पनि हाल्यो । ‘क्यै नहेरी, गज्जबकै खीर खाउँभन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ,’ प्रतिवादमा आयो उत्तर चोरेर होस्, कमाएर होस्, अर्काको ऋण नतिरेरै होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्छ, बाँचिरहनु सम्नुपर्छ ।’

सबजना सामसुम भए ।
त्यही सामसुमलाई म पनि रुङरिहेको रहेछु । विरोधमा उठेर म आहट दिँदै यता कोठामा टहल्नु थालें । फेरि मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुंगा लडेर आएकोलेझैं उनीहरुको बातचीतको खोलालाई अलि अर्कैतिर फर्काइदियो ।
‘सब चिज जुटाएर मात्रै कहाँ हुन्छ, पकाउने सिप हुनुपर्छ’ एउटाले थाल्यो, सेतो वाफजस्तो ।
‘जैलेसुकै खीर खाएर पनि त भएन, समय पारेर, आफूलाई विचारेर खानु पर्‍यो,’ अर्कोले थप्यो ।
‘उसो भए मुस्किल रैछ खीर खान !’ तेस्रोले तीतो करायो- ‘असम्भव रैछ ।’ हाँसो अलि-अलि रोक्न नसकी मैले बाहिर हेरें । सब सामान्यजस्तै थियो । साँझका काला रुखहरु नहल्ली उभिरहेका थिए ।
‘चलाउ-चलाउ, ऐले डढ्छ यै पनि ! ‘
‘पाक्यो होला, अब त ।’
‘पाक्यो, पाक्यो !’
‘त्यतिको पाकेकै हो,’
‘पाकेछ-पाकेछ,’ भएर भाँडा उतारियो । अलि परपर सबैजना हटेको र एक दुईले ठाउँ रोजेर ओगटेको अनुमान आयो ।
खाँदा खाँदै एकजनाले सोध्योः
‘के-के गन्हाएको जस्तो लाग्छ ?’
‘त्यस्तै लाग्छ ।’
‘दाउरा हो दाउरा, अग्गिदेखि म खुब याद गर्दैछु ।’ कुन्नि कसले भन्यो । शंका मर्दै बौरँदै गरिरह्यो ।
‘चिनी लागेनछ ।’ भनेर एकजनाले एक-दुई कदम हिँडी चिनी ल्याई आफ्नो भागमा छर्‍यो ।
‘खीर’ मा खानु नै हो भने,’ फेरि त्यही सुरुमा पकाउने मान्छे खाँदै बोल्दै थियो- ‘चिनी होइन, खीरमा गुँड हाल्नुपर्छ । रंग निस्किन्छ ।’
‘गुँड पनि कालो गुँड होइन, खजुरको पाना-पाना परेको सफा गुँड हालेको मात्रै रसिलो हुन्छ ।’ दोस्रोले लगत्तै सुधार्‍यो- ‘कालो गुँड हालेको त कसरी खानु, छयाः ।’
‘छयाः है, कति खानुको कुरा गरेको ? कति दिनमा के खीर खाएको हो होइन, बडे-बडे कुरा हाँकेर…. मलाई त कुरीकुरी लागिसक्यो ।’ यो भन्नेले यता मलाई सुनाएर ग्लानि कम गर्न खोजेको थियो मैले बुझेँ ।
एक-दुई गाँसमा तिनीहरु व्यस्त भए ।
‘चिनी हालेको गुलियो दूध-भात जस्तो मात्रै भछ ।’ मोटो स्वरले भन्दा जम्मै तिनीहरु एक्कासि हाँसिनिस्के । पकाउनु सिपालु स्वर सबभन्दा लामो हाँसिरहृयो । उसले रोकिदै हाँस्दै गर्दा सँगै अरुहरु फेरि हाँसे ।
आज चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु । तिनीहरुले पकाएको खीर हाम्रो ‘जीवन’ जस्तो रहेछः जीवनलाई यसरी यो बाँच्नुपर्ने, जीवनलाई उसरी यो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै-थुप्रै आदर्शहरु हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल, अपुग र भत्कोसहरुले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरुकै खीर जस्तो भइरहन्छ । जुन तिनीहरुले कुरा गरेको आदर्श खीरको व्यंग्य जस्तो मात्र थियो ।
जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ?

(श्रोत: सांग्रिला बुक्सबाट प्रकाशित इन्द्रबहादुर राईका प्रतिनिधि कथा संग्रहबाट)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Tundikhel story collection (1 story Every Day)
« Reply #7 on: March 08, 2018, 03:06:50 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #8 on: March 09, 2018, 08:41:58 AM »
एउटा चोरको कथा

~रस्किन बन्ड~
अनुवाद : अभय श्रेष्ठ

अनिललाई भेट्दासम्म म चोर नै थिएँ। १५ वर्षको अल्लारे भए पनि चोरीमा म नामी र हरामी थिएँ।

म अनिलको नजिक जाँदा ऊ एउटा कुस्ती हेरेर रमाइरहेको थियो। ऊ करिब २५ वर्षको जवान थियो। अग्लो र दुब्लो। ऊ सजिलै ठग्न सकिने खालको, मेरो उद्देश्यका लागि काफी दयालु र साधारण देखिन्थ्यो। केही समयदेखि यस्तो मौका मलाई जुरिरहेको थिएन। मैले सोचेँ, म यो केटाको ‘विश्वास’ जित्न सक्छु।

‘तपाईं आफैं पनि कुस्तीवाजजस्तै देखिनुहुन्छ नि !’ मैले भनेँ। कुरा सुरु गर्न चिल्लो घस्ने अरू उपाय मसँग थिएन।

‘तिमी पनि कम त देखिन्नौ !’ उसले जवाफ दियो। सुनेर म एकछिन के भन्नु न के भन्नुमा परेँ किनभने त्यस बेला म ज्यादै दुब्लो र मरन्च्याँसे थिएँ।

‘हो’, मैले विनम्र भएर भनेँ, ‘म आफैं पनि अलिअलि कुस्ती खेल्छु।’

‘तिम्रो नाम के हो ? ’

‘हरि सिंह’, मैले ठाडै ढाँटे। हरेक महिना म नयाँ नाम धारण गर्थें। त्यसले मलाई प्रहरी र पूर्वमालिकबाट बचाउँथ्यो।

यो सामान्य औपचारिकतापछि अनिल चिल्ला, मोटाघाटा कुस्तीवाजहरूमाथि टिप्पणी गर्न थाल्यो जो एकअर्कालाई बेस्सरी च्याप्थे, उचाल्थे र कनिरहेका थिए। मसँग बोल्ने कुरा बाँकी थिएन। अनिल हिँड्यो। म एक्कासि उसको पछि लागेँ।

‘हेल्लो, फेरि किन त ? ’ उसले सोध्यो।

उसलाई मख्ख पार्ने गरी म एकपल्ट हाँसिदिएँ।

‘म तपाईंकहाँ काम गर्न चाहन्छु क्या !’ मैले भनेँ।

‘तर, म पैसा दिन सक्दिनँ।’

के गर्ने त ? म एक मिनेट त्यसै सोचमग्न भएँ। सायद मैले गलत मान्छेलाई समाएको थिएँ।

‘खुवाउन त सक्नुहोला कि !’ मैले सोधेँ।

‘तिमी खाना बनाउन सक्छौ ? ’

‘किन नसक्नु !’ मैले फेरि ढाँटेँ।

‘खाना बनाउन सक्छौ भने खुवाउन सक्छु होला।’

उसले मलाई जमुना मिठाई पसलको माथिपट्टि रहेको आफ्नो कोठामा लिएर गयो र मलाई बुइगलमा सुत्नू भन्यो। त्यो दिन मैले पकाएको खाना पक्कै खत्तमको थियो होला किनभने अनिलले आफ्नो भागको खाना सबै भुस्याहा कुकुरलाई दियो र मलाई सुत्न जाऊ भन्यो। म यताउता गरिरहेँ, मख्ख पार्ने हिसाबले हाँसिरहेँ। अनि त ऊ पनि नहाँसी बस्नै सकेन।

पछि उसले मलाई धाप दिँदै भन्यो, ‘भइहाल्यो, तिमीलाई खाना बनाउन म सिकाउँला।’

उसले मलाई आफ्नो नाम लेख्न सिकायो र चाँडै नै पूरा वाक्य लेख्न र संख्याहरूको जोड गर्न सिकाउने आश्वासन दियो। म कृतज्ञ भएँ। मलाई थाहा थियो, पढेका मान्छेजस्तै लेख्न सक्ने भएँ भने मैले प्राप्त गर्ने कुराको सीमा नै हुने छैन।

अनिलका लागि काम गर्दा म पर्याप्त खुसी थिएँ। बिहान चिया बनाउँथे। अनि दिनभरिका लागि किनमेल गर्न जान्थेँ र एक रुपियाँजसो हरेक दिन नाफा निकाल्थेँ। मलाई लाग्थ्यो, मैले यसरी केही पैसा जम्मा गरेको उसलाई थाहा थियो। तर, ऊ त्यसमा चासो दिँदैनथ्यो।

अनिल कहिलेकाहीँ पैसा कमाउँथ्यो। ऊ एक हप्ता सापटी लिन्थ्यो, अर्को हप्ता तिथ्र्यो। अर्को चेकका लागि ऊ सधैं चिन्तित हुन्थ्यो। तर, जसै त्यो आउँथ्यो, ऊ बाहिर जान्थ्यो र मोज गरेर सक्थ्यो। यस्तो लाग्थ्यो, ऊ पत्रिकाहरूमा लेख्थ्यो। बाँच्ने एउटा अनौठो तरिका।

एक साँझ ऊ नोटहरूको सानो बिटो बोकेर आयो। उसले आफ्नो किताब प्रकाशकलाई बेचेको थियो। राति उसले त्यो पैसा सिरानीमुनि घुसा¥यो।

अनिलका लागि म झन्डै एक महिनादेखि काम गरिरहेको थिएँ। किनमेलमा अलिकति नाफा निकाल्नुबाहेक मैले आफ्नो पेसाअनुसारको कुनै बदमासी गर्न पाएको थिइनँ। यस्तो अवसर नआएको होइन। अनिलले मलाई ढोकाको साँचो दिएको थियो। म आफ्नो खुसीअनुसार आउन र जान स्वतन्त्र थिएँ। मैले अहिलेसम्म भेटेमध्ये ऊ सबैभन्दा विश्वस्त मान्छे थियो।

त्यसैले उसलाई ठग्नु बढो मुस्किल कुरा थियो। लोभी मान्छेलाई ठग्नु सजिलो हुन्छ किनभने ऊ यस्तो ठगीलाई सजिलै पूर्ति गर्नसक्छ। होसियार नरहने मान्छेलाई ठग्नु बढो गाह्रो कुरा हो किनभने कहिलेकाहीँ त ऊ आफू ठगिएको छु भन्नेसमेत मतलब गर्दैन। अनि यस्तोमा त ठगीको सारा मज्जा नै गायब हुन्छ।

अच्छा, मैले यस्तो काम नगरेको धेरै भयो। अभ्यास नै छुटिसक्यो। मैले त्यो पैसा चप्काइनँ भने त उसले साथीहरूलाई खुवाएरै सकाउँछ। अनि, उसले अहिलेसम्म मलाई तलब पनि त दिएको छैन नि !

अनिल निदाएको थियो। एक चोक्टा चन्द्रकिरण बुइगलमा अड्किएर तल ओछ्यानमा खसेको थियो। परिस्थिति आकलन गरेर म भुइँमा मचक्क बसेँ। मैले पैसा चप्काउन पाएँ भने १०ः३० को लखनउ एक्सप्रेस रेल समाउन भ्याउँछु। ब्लांकेटबाट बाहिर निस्केर म उसको ओछ्यानतिर घस्रिएँ। अनिल नरम र सहज श्वास लिँदै शान्तिपूर्वक सुतिरहेको थियो। उसको अनुहार सफा थियो। कुनै धर्साहरू थिएनन्। मेरो अनुहारमा भने टीकाटाकी र दागहरू थिए।

नोट खोज्दै मेरो हात सिरानीमुनि घस्रियो। भेट्नेबित्तिकै मैले कुनै आवाज ननिकाली त्यसलाई तानेँ। निद्रामै अनिलले लामो श्वास तान्यो अनि मतिर अनुहार पारेर कोल्टे फेर्‍यो। म तर्सिएँ र तुरुन्तै घस्रिँदै बाहिर निक्लिएँ।

सडकमा पुग्नेबित्तिकै म दौडन थालेँ। नोट मैले आफ्नो सुरुवालको इँजारघरमा घुसारेको थिएँ। मैले आफ्नो दौडाइको गति कम गरेँ र नोटलाई स्पर्श गरेँ। पचास पचासका छ सय रुपियाँ थियो। गजबको सिकार गरियो हौ ! अब त एक वा दुई हप्तालाई म पनि अरबको तेल धनी व्यापारीजस्तै बाँच्न सक्ने भएँ।

स्टेसन पुग्दा म टिकट अफिसमा अडिन सकिनँ (मैले जिन्दगीमा कहिल्यै टिकट किनेको छैन) र सोझै प्लेटफर्मतिर हान्निएँ। लखनउ एक्सप्रेस छुट्ने तरखरमा बिस्तारै गुडिरहेको थियो। रेलले गति लिन बाँकी नै थियो। म उफ्रेर सजिलै एउटा क्यारिजमा छिर्न सक्थेँ। तर, म दोधारमा परेँ— केही कारण जो म व्याख्या गर्न सक्दिनँ— र, मैले भाग्ने अवसर गुमाएँ।

जब रेल गइसकेको थियो, उजाड प्लेटफर्ममा म एक्लै उभिरहेको थिएँ। रात कहाँ बिताउने भन्ने मलाई केही सुझिरहेको थिएन। मेरा कोही साथी पनि त थिएनन्। मलाई लाग्थ्यो, साथीहरूले सहयोगभन्दा बढी दुःखै दिन्छन्। स्टेसन नजिकको कुनै सानो होटलमा बस्न पनि मलाई कुनै रुचि भएन। मैले चिनेको एउटै मान्छे साँच्चिकै असल थियो र उसलाई मैले ठगेको थिएँ। स्टेसन छाडेर म बिस्तारै बजारतिर लागेँ।

मानिसहरूका सामान र सम्पत्ति चप्काउने मेरो छोटो क्यारियरमा मैले तिनको अनुहारको भाव पढेको छु। आफू ठगिएको थाहा पाउँदा लोभी मान्छे डराउँथ्यो, धनी मान्छे रिस प्रकट गथ्र्यो, तर गरिब मान्छे ‘होस्’ भन्ने मुडमा हुन्थ्यो। मलाई थाहा छ, जब अनिलले आफू ठगिएको थाहा पाउनेछ, उसको अनुहारमा सानो झलक उदासी फैलिनेछ। पैसा हराएकोमा भन्दा विश्वास गुमेकोमा।

म मैदानमा आइपुगेँ र बेन्चमा बसेँ। रात असाध्यै चिसो थियो। यो नोभेम्बरको सुरुआत थियो। त्यसमाथि हल्का वर्षाले मेरो हैरानी बढायो। एकैछिनमा ठूलै पानी प¥यो। मेरो बुसर्ट र पाइजामा छालामै चपक्क टाँसिए। चिसो हावाको झोक्काले मेरो मुखमा हिर्काउन थाल्यो।

म बजार फर्किएँ र घन्टाघरको टावरमुनि ओत लागेँ। माग्ने र आवाराहरू मेरो छेवैमा पातलो ब्लांकेट ओढेर ठेलमठेल गरेर सुतिरहेका थिए। घडीले मध्यरात भएको जनाउ दियो। मैले नोट छामेँ। पानीले त्यो लछप्पै भिजेको थियो।

अनिलको पैसा। सायद भोलि उसले मलाई फिल्म हेर्न जाऊ भनेर दुई वा तीन रुपियाँ दिन्थ्यो होला। अब त त्यो जम्मै मसँग छ। क्या मज्जा ! अब खाना पकाउनु परेन। बजार दौडनु परेन वा पूरै वाक्य लेख्न सिक्नु पनि परेन।

पूरै वाक्य ! अहो, चोरीको जोशमा मैले यो कुरा त भुसुक्कै बिर्सेको ! पूरै वाक्य ! मलाई थाहा छ, यसले कुनै दिन मलाई केही सय रुपियाँभन्दा धेरै कुरा दिलाउनेछ। चोरी गर्नु सामान्य कुरा हो। कहिलेकाहीँ समातिनु पनि सामान्य नै हो। तर, साँच्चै ठूलो मान्छे बन्नु, चलाख र सम्मानित मान्छे हुनु अर्कै कुरा हो। कम्तीमा पढ्न र लेख्न सिक्नैलाई भए पनि म अनिलकहाँ फर्कनैपर्छ, मैले आफैंलाई भनेँ।

म सातो गएझैं स्थितिमा कोठमा फर्कें। कुनै कुरा चोरी गर्नुभन्दा चोरी गरिएको कुरा पत्तो नपाउने गरी फर्काउनु अत्यन्त गाह्रो कुरा हो। मैले बिस्तारै ढोका खोलेँ। हल्का बादलले मधुरो चन्द्रकिरण खसेको ढोकाको सँघारमा उभिएँ। अनिल अझै निद्रामै थियो। म ओछ्यानको सिरानतिर सरेँ र नोट निकालेँ। उसले फेरेको श्वास मेरो हातमा पर्‍यो। म एक मिनेट त्यत्तिकै स्थिर भइरहेँ। त्यसपछि मैले सिरानीको अर्को किनारा भेटेँ र नोट घुसारिदिएँ।

भोलिपल्ट बिहान म ढिलो बिउँझिएँ। उठ्दा अनिलले चिया बनाइसकेको थियो। उसले आफ्नो हात मेरो अघिल्तिर बढायो। उसका औंलाहरूको बीचमा पचास रुपियाँको नोट थियो। मेरो हंशले ठाउँ छाड्लाजस्तो भयो। मेरो चोरीबारे उसलाई थाहा भयो भन्ने डरले म थरथरी भएँ।

‘मैले हिजो केही पैसा कमाएँ !’ उसले भन्यो, ‘अब म तिमीलाई महिनैपिच्छे पैसा दिन्छु।’

मेरो मनस्थिति अलिकति उचालियो। तर, मैले नोट लिँदा त्यो रातिको पानीले भिजेकाले अझै चिसो थियो।

‘आज हामी वाक्यहरू लेख्न सुरु गर्नेछौं’, उसले भन्यो।

उसलाई थाहा थियो। तर, उसका ओठ र आँखा दुवैले यी कुरा प्रकट गरेनन्। म उसलाई मख्ख पार्ने गरी हाँसिदिएँ। यो हाँसो कुनै प्रयासबिना स्वतः आएको थियो।

****
भारतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आख्यानकार रस्किन बन्डको यस कथामा प्रेम र विश्वासले एउटा किशोर चोरको मन परिवर्तन भएको कथा छ। यो कथा पहिलोपल्ट सन् १९८० अप्रिलको रिडर्स डाइजेस्टमा छापिएको थियो। पीके थाकर, एसडी देसाई तथा टीजे पुरानीद्वारा सम्पादित तथा अक्सफोर्ड युनिभर्सिटी प्रेस, कलकत्ताद्वारा प्रकाशित ‘डेभलपिङ इङ्लिस स्किल्स’बाट यहाँ ‘द थिफ्स स्टोरी’को साभार अनुवाद गरिएको हो।

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #9 on: March 10, 2018, 07:29:19 PM »
एउटा सुगाको कथा

~रबिन्द्रनाथ टेगोर~

एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसाँ टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम हो, पटक्कै थाहा थिएन ।

एक दिन राजाले सोचे, ‘यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटा मात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभाव मात्रै सिर्जना गरिदिन्छ ।’

त्यसैले राजाले मन्त्रीलाई बोलाए र आदेश दिए – ‘यस सुगालाई पढाउने व्यवस्था गर ।’

पण्डितहरुको सभा बोलाइयो । गम्भीर विचार विमर्श गरियो । र, यस जीवको मूर्खताको कारण के हो भन्ने विषयमा धेरै दिनसम्म मगज खियाइयो । लामो वादविवादपछि एउटा निष्कर्ष निकालियो । निष्कर्ष थियो – यो सुगाले आफ्नो गुँड सामान्य झारपात र छेस्काहरुले बनाउने भएकाले यसलाई श्रेष्ठ विद्याको वातावरणबाट वञ्चित रहनुपरेको छ । त्यसैले यसको लागि एउटा सुन्दर आवास बनाउनुपर्छ । यसका लागि सुनको पिँजडाको व्यवस्था गर्नु आवश्यक छ ।

सभा विसर्जनपछि पण्डितहरुलाई समुचित सम्मान दिइयो, मोटो रकम दक्षिणाको रुपमा दिइयो । उनीहरु प्रशन्न भएर आ–आफ्नो घरतिर गए ।

अनि सुगालाई शिक्षित गर्ने दायित्व राजाका भान्जालाई सुम्पियो ।

सुनारलाई सुनको पिँजडा बनाउन राजाको आदेश पठाइयो । महिनादिनभित्रै उनले एउटा अत्यन्त सुन्दर पिँजडा बनाए । पिँजडा यति अनौठो र भव्य थियो कि त्यसको बयान गरी साध्य नै छैन । त्यस पिँजडाको प्रसिद्धि देश–विदेशमा फैलियो । त्यो पिँजडा हेर्न मानिसहरुको ओइरो लाग्यो ।

कसैले भन्यो – ‘लौ, अब शिक्षाको अन्त्य भो !’ अर्को कसैले भन्यो – ‘राजाको हुकुम हो, सानोतिनो कुरा हो र ?’

यो सुगाको भाग्यै बलियो रहेछ । पढोस् नपढोस्, बस्न त यसले सुनकै पिँजडामा बस्न पाउने भयो । सुनारले पनि प्रशस्तै पैसा पायो । ऊ राजाको जयजयकार गर्दै घरतिर लाग्यो ।

त्यसपछि सुरु भयो, सुगाको पढाइ । पण्डितजी उसलाई विद्या दान दिन थाले । उनले जोडजोडले नस ताने अनि फर्माइस गरे – ‘यस्ता थोत्रा–पुराना पोस्तकहरुबाट यति महान काम हुन सक्दैन ।’

राजाका भान्जाले तत्कालै नयाँ पुस्तक लेख्ने विद्वानहरुलाई बोलाउन पठाए । तुरुन्तातुरुन्तै एकसेएक नयाँ पुस्तकहरुको थुप्रो लाग्यो । हेर्नेहरुले टिप्पणी गरे – ‘आम्मै ! विद्याको यत्रो पहाड कहाँ अटाउला र ?’

पुस्तक लेख्ने विद्वानहरुले पनि ठूलै इनाम पाए । ती सबै इनामहरु उनीहरुले गोरुगाडामा खाँदाखाँद भरेर घर लगे । त्यसपछि त उनीहरुका गरिबी र अभावका दिनहरु पनि सकिए ।

राजाका भान्जाको त कुरै छोडौँ, उनी अति व्यस्थ थिए । अत्यन्त मूल्यवान पिँजडाको रेखदेख गर्दैमा उनलाई फुर्सद हुँदैनथ्यो । कहिले पालिस लाउने, कहिले पुछपाछ गर्ने, कहिले यताउति मरमत गर्ने काम पनि आइपथ्र्यो । जजसले यस्तो देख्ने, उनीहरु प्वाक्क भनिहाल्थे – ‘लौ, उन्नतिको काम शिखरमा पुगेको छ ।’

कामको चाप थुप्रै बढ्यो । त्यसैले अनेकथरी कामदारहरुको खाँचो पर्यो । तीमध्ये केहीलाई काममा लगाइयो, केहीलाई का मगर्नेहरुको काममाथि निरीक्षण गर्नका लागि खटाइयो । र, केहीलाई चाहिँ यी सबै कामहरुको रेखदेख र सेवा सुश्रुषाका लागि राखियो ।

अझ मज्जाको कुरो त के छ भने उनीहरु सबैले मोटो रकम तलबको रुपमा लिएर आ–आफ्नो सन्दूस भर्नतिर लागे । राजाको भान्जाका दाइ, भान्दाइ, दिदी, भान्जीदिदी, काका–भतिजा, फुपु–फुपाजु, आदिइत्यादि खाँदाखाँदा सुँगुरझैँ मोटाघाटा भए । अनि उनीहरु ठूलाठूला बैठक कोठाहरुमा मोटा, बाक्ला र नरम डसनाहरु बिछ्याएर आरामसँग बस्न थाले ।

संसारमा अनेक वस्तुको अभाव भए पनि निन्दा गर्नेहरुको भने कुनै कमी छैन । त्यस्तो व्यक्ति एकजना खोज्दा हजार जना भेटिन्छन् । त्यस्ता निन्दकहरुले आफ्नो काम थाले – ‘पिँजडाको त ठूलै उन्नति भइरहेको छ, तर विचरा सुगाको चाहिँ सन्चोविसन्चो बुझ्ने समेत कोही छैन ।’

त्यस्ता निन्दकहरुको निन्दा उड्दैउड्दै राजाको कानसम्म पुग्यो । उनले भान्जालाई शाही फर्मान जारी गरेर तुरुन्तै बोलाए । र, भने – ‘मैले के सुन्नु परिरहेको छ ? के हो वास्तविकता ?’

भान्जाले जवाफ दिए – ‘वास्तविकता बुझ्न चाहिबक्सिन्छ भने सुनारहरुलाई बोलाइस्योस्, पण्डितहरुलाई बोलाइस्योस्, र पुस्तक लेखकहरुलाई बोलाइस्योस् । रेखदेख गर्ने र मर्मत संभार गर्नेहरुलाई बोलाइस्योस् । सत्य कुरो के हो भने निन्दकहरुलाई लाभको अंशियार नबनाइएकोले उनीहरुले बिनासित्ति चारैतिर भाँजो हाल्दै हिँडेका छन् ।’

राजा त राजै थिए । उनी आफ्नो भान्जाको शब्दजालबाट सम्मोहित भए । उनको घाँटीमा बहुमूल्य सुनको हार पहि¥याइयो, किनभने उनले राजालाई सबै कुरा छर्लङ्गै पारेर बुझाइदिएका थिए ।

एक दिन राजाको मनमा सुगालाई दिइएको शिक्षाको सबै प्रक्रिया आफ्नै आँखाले हेरेर उन्नतिको रफ्तारसँग परिचित हुने चाहने उब्जियो । त्यसैले उनी एकाएक आफ्ना दलबलसहित शिक्षास्थलको भ्रमणमा निस्के । राजाको सवारीको मौकामा उनका हुक्के, छाते, मन्त्री र मित्रहरुको लावालस्करले गर्दा वातावरण नै झकिझकाऊ भयो ।

राजाको सवारीको खबर सुन्नेबित्तिकै मूलद्वारमा शंख, घण्ट, नगरा, नर्सिङ्गा, सनही, मृदङ्ग, मुर्चुङ्गा, मुरली र करतालजस्ता बाजागाजाहरु आफसेआफ बज्ने थाले । पण्डितहरुले गला नै सुक्ने हदसम्म चिच्याई–चिच्याई स्वस्ति गर्न थाले र लामालामा टुप्पीहरु हल्लाईहल्लाई मन्त्र पाठ गर्न थाले ।

काममा डुबेर लागिपरेका धेरैधेरै कालीगढहरु, उनीहरुको निरीक्षण र रेखदेख गर्नेहरु, उनीहरुमाथि पनि रेखदेख गर्नेहरु तथा उनीहरुका पनि मामा, काका, भाइ–भान्जा र भतिजाहरुले सबै राजाको जयजयकार गर्न लागे ।

भान्जाले गर्वसाथ भने – ‘राम्ररी हेरिस्या’हो महाराज, आफ्नै आँखाबाट सबै कुरा दर्शन गरिस्योस् ।’

राजाले भने – ‘ओहो … कति आश्चर्य ! तर सर्वत्र शब्द नै शब्द मात्रै भइरहेको छ ।’

भाज्नाले तत्काल जवाफ दिए – ‘अर्थ पनि कम भइरहेको छैन नि महाराज । हजुर हेरि मात्रै बक्स्योस् न !’

प्रसन्नचित्त राजा महलतिर फर्कन लागे । हात्तीमाथि सवार भई उनी हिँड्न मात्रै के लागेका थिए, नजिकैको झाडीमा लुकेर बसेका निन्दकले भने – ‘महाराज, आफ्नो सुगालाई पनि दर्शनभेट दिएर गइस्योस् न ।’

राजा एकछिन झस्के, भीडतिर फर्किए, अनि असजिलो मान्दै भने – ‘ए साँच्चै, सुगालाई हेर्न न झन्ने भुलेको ।’

राजालाई पण्डितकहाँ लगियो । उनले पढाउने तरिका जान्न खोजे । उनलाई सबै कुरा प्रष्टै देखाइयो । राजा खुसीले गदगद भए । सुगा तुच्छ अस्तित्वको तुलनामा उसलाई पढाइने तरिका कति महान, प्रक्रिया पनि कति विशिष्ट । त्यसैले त्यस्ता महान तरिका र विशिष्ट प्रक्रियाका अगाडि सुगाको अस्तित्व कहिँकतै देखिएन, कहाँ हरायो कहाँ । साँच्चै भन्ने हो भने राजाले सुगालाई हेर्नुपर्ने जरुरत नै ठानेन् । उनले राम्ररी बुझे – पढाउने व्यवस्थामा कहीँकतै पनि त्रुटि छैन ।

तर पिँजडामा भने सुगाको निम्ति दानापानी थिएन । त्यहाँ केवल शिक्षाको महाड, केल चाङ्का चाङ पुस्तकहरुको शिखर मात्रै थियो । पुस्तकका सबै पानाहरु च्यातेर कलमको टुँडोले सुगाको मुखमा कोच्ने काम गरिन्थ्यो । दानापानीको सट्टा किताबकै अक्षरहरु जबर्जस्ती कोचीकोची खुवाइन्थ्यो । तयसैले उसको गाउने सीप दुईचार दिनमै हटिसकेको थियो । उसको मुख किताबका पन्नाहरुले बूजो लगाइएको थियो । त्यसैले ऊ रुन–कराउन र चिच्याउन समेत नसक्ने भएको थियो । उसको स्थिति हेर्दा देख्नेहरुकोजीउ नै सिरिङ्ग हुन्थ्यो ।

राजाले हुकुम दिए – ‘निन्दकको ज्रिो कान काटियोस् ।’

यस्तो कुलीन शिक्षा व्यवस्थामा निरीह सुगा दिनदिनै मरणासन्न हुँदैगयो । अभिभावकहरुको बुझाई हेर्नुस् त । उनीहरुलाई लागिरहेको थियो, आशा गरिए अनुरुप प्रगति हुँदैछ ।

यति हुँदाहुँदै पनि पक्षीसुलभ स्वभावको सहजता सुगामा अझै बाँकी नै थियो । बिहान हुन नपाउँदै ऊ घामका किरणहरु एकटकले टोलाएर हेरिरहन्थ्यो र परिवेशविरुद्ध प्रतिवाद गर्ने ढंगले आफ्ना पखेटाहरु फ्याटफ्याट चलाइरहन्थ्यो । यति मात्रै होइन, कहिलेकाहीँ त केसम्म देखियो भने ऊ आफ्नो निर्बल भइसकेको रोगग्रस्त चुच्चोले पिँजडाका डण्डीहरु काट्ने काममा जुटिरहेको हुन्थ्यो ।

उसको यस्तो अशिष्ट चरित्र प्रहरीका हाकिमलाई पटक्कै सह्य भएन । उनी गर्ने – ‘लोहारलाई तुरुन्तै यहाँ हाजिर गर ।’

लोहार आफ्नो सम्पूर्ण सरसामानसहित तुरुन्त उपस्थित भयो । दनदनी आगो बालियो, फला तताइयो र भकाभक पिट्न थालियो र छिटै एउटा बलियो साङ्लो तयार पारियो । र, साङ्लोद्वारा बाँधिएपछि सुगाका पखेटाहरु पनि मुठारियो । राजाका आसेपासेहरुले तुरुन्तै अँध्यारो मुख लाएर रिस पोखिहाले – ‘यो राज्यका चराचुरुंगीहरु मूर्ख मात्रै हाइन रहेछ, नूनको सोझो पनि नगर्ने हराम पनि रहेछन् ।’

त्यसपछि पण्डितहरुले एक हातमा कलम र अर्को हातमा भाला लिएर जुन कर्मकाण्ड सुरु गरे, त्यसलाई उनीहरुले शिक्षा भने ।

लोहारको कलालाई सबैले मुरीमुरी प्रशंसा गरे । लोकारकी पत्नीको शरीर स्वयं–आभूषणहरुले सुशोभित गरियो । अनि प्रहरीका हाकिमको कुशलताको निम्ति उनलाई पनि शिरोमणि पुरस्कारले सुशोभित गरियो ।

अन्ततः सुगाको मृत्यु भयो । ऊ कुन दिन कसरी मर्यो ? कसैलाई केही पनि थाहापत्तै भएन । बदमास निन्दकहरुले नै उसको मृत्युको हल्ला चारैतिर फैलाई दिए । राजाले फेरि एकपटक भान्जालाई बोलाउन पठाए । महलमा आउनासाथ राजाले सोधे – ‘फेरि के यस्तो अशुभ खबर सुन्नुपरेको, भान्जा ?’

भान्जाले सहज रुपमा जवाफ दिए – ‘महाराज, साँच्चै भन्ने हो भने सुगाको शिक्षा–दिक्षा पूरा भएको खबर हो यो ।’

राजाले फेरि सोधे – ‘ऊ अहिले पनि पहिलेजस्तै उफ्रीउफ्री हाँगाहाँगा चहार्छ कि चहार्दैन ?’

भान्जाले भने – ‘अहँ, त्यसको त नामै नलिनुस् ।’

‘अहिले पनि भुर्रर्र भुर्रर्र उड्ने गर्छ कि ?’

‘पटक्कै गर्दैन ।’

‘गीतसीत गाउँछ कि ?’

‘अहँ, गाउँदैन ।’

‘खान–पिउन नपाएपछि चिच्याउँछ कि ?’

‘चिच्याउँदैन, महाराज ।’

राजाले भने – ‘त्यसो भए म एकपटक सुगालाई हेर्न चाहन्छु, भान्जा । उसलाई मेरो सामु पेश गर ।’

त्यसपछि मृत सुगालाई महलमा ल्याइयो । ऊसँगै आए, प्रहरीका हाकिम, प्रहरीहरु र घोडचढीहरुसहितको फौज ।

राजाले सुगालाई हातमा लिएर यस्सो थिचेर हेरे, तर उसले चाइँचुइँसम्म गरेन । हो, त्यतिखेर उसको सिंगो पेट पुस्तकका सुख्खा पानाहरुले भरिएको देखियो । जब राजाले सुगालाई हल्लाएर हेरे, हिँड्डुल गराएर पनि हेरे, तब सुख्खा पातहरुको खस्य्राकखुस्रुक आवाज मात्रै आयो ।

त्यतिखेर बाहिर भने वसन्तलाई स्वागत गर्न दक्षिणतिरबाट बग्ने हावाले आफ्नो पछ्यौरा फैलाइरहेको थियो । नयाँ पालुवाहरुले लामालामा उच्छ्वासहरुद्वारा फूलहरुले भरिएका वनहरु र विस्तृत रुपमा फैलिएको आकाशलाई विव्हल पारिरहेको थियो ।

स्रोत : उद्भावना, नई दिल्ली, अंक ५९–६०