Author Topic: यौन कथा - नैना भाउजु र अरु कथाहरु - पल्लव साहित्यिक पत्रिकाको यौन विशेषङ्कबाट  (Read 983 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
चरित्र

विष्णु लामिछाने
यौन लघु कथा

यौनसम्बन्धी उनको र मेरो सधैँ बहस चल्थ्यो, उनी एकाबिहानै यस्तै कुरा लिएर आउँथे मकहाँ । फलानो र फलानी त हिजो हल्लिँदै रेष्टुरेण्टतिर गएका थिए, फलानो अफिसको फलानो कर्मचारीले सोही अफिसको एकजना केटीसँग … छ्या कस्तो चरित्रहीन मान्छे … केटी भएर पनि केटाहरूसँग मुखामुख गरी कुरा गर्ने । कसैसँग बोल्नु, कसैसँग हाँसखेल गर्नु र सँगसँगै हिँड्नुलाई उनी यसरी नै चरित्रहीनको संज्ञा दिन्थे । मैले असहमति जनाउँथेँ उनका त्यस्ता कुराप्रति तर बहस ठूलै हुन्थ्यो । हुँदाहुँदा समाजका सबै नारी-पुरुष चरित्रहीन हुन पुगे उनको नजरमा ।  समयको चक्र घुम्दै गयो, उनी बिस्तारै यस ठाउँभन्दा बाहिर नै धेरै बस्न थाले । उनको र मेरो भेटघाट पनि कम हुन थाल्यो तापनि उनको याद आइरहन्थ्यो ।

एकदिन बिहानै मेरो अर्को साथी रमेशले आफ्नो हातमा भएको पत्रिका देखाउँदै भन्यो हेर् त तेरो चरित्रवान् साथीको लीला …, मैले पत्रिका हेरेँ, नभन्दै मेरो उही साथीको ठूलो फोटोसहित बलत्कारीमा नाम निस्केको रहेछ । क्रमशः यस्तै-यस्तै धेरै ठाउँमा उनी रङ्गेहात समातिएको खबर आउन थाल्यो । उनी यस कुराबाट कति पश्चात्तापमा थिए थाहा भएन तर मलाई भने कताकता भित्र चिमोटिरहृयो ।

धेरै समयपछि उनी अचानक मेरो घरमा झुल्किए । मैले उनको हालखबर सोध्न नभ्याउँदै कुरा सुरु गरे फलानो र फलानी … कति चरित्र नभएका मान्छे … ।

परासीबजार, नवलपरासी

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
यौनकथा : नाङ्गो चित्र

Stephen Longstreet (Spain)

अनुवादकः परशु प्रधान

”जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् -” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊसँग सोधे ।
”अहँ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ दियो ।
”केही थाहा छ”- मांरिसले टाउको हल्लाउँदै भन्यो- “मात्तीस यौटा विशाल चित्र बनाउन व्यस्त छ । त्यसमा एक होइन, थुप्रै नाङ्गा नारीहरू छन् । उनले चित्रको शिर्षक दिएका छन् – जीवनोल्लास । वास्तवमा चित्र धेरै उल्लासपूर्ण पनि छ ।”
”अँ अनि …” कलाकार जूलियोले केही सोचकासाथ भने ।
”तिमी पनि कुनै नाङ्गो चित्र किन बनाउँदैनौ -” – अपोलोइनायरले जूलियोलाई सोधे ।

”मात्तीसले आफ्नो चित्रको शिर्षक किन जीवनोल्लास राखे भन्ने कुरा म सोचिरहेछु । नाङ्गा आइमाईहरूको तस्वीरमा त्यस्तो कुन उल्लास भरिएको हुन्छ र ! मलाई त त्यस्तो चित्र एकदम अनाकर्ष र फोहरी लाग्छ । मेरो र मात्तीसको हर्ेर्ने आँखा नै बिल्कुल फरक छ । ऊ उत्तरी ध्रुवको हो भने म दक्षिणी ध्रुवमा छु । मैले एकपटक केही नाङ्गा वेश्याहरूलाई एकधरो लुगाले नछोपिएको बिल्कुलै नाङ्गो देखेको थिएँ । मलाई त ती साह्रै वीभत्स लागे । नग्न चित्र बनाउनै पर्ने हो भने म तिनलाई नै उतार्छर्ुु- जूलियोले जवाफ दिए ।
”त्यस्तो चित्र एकदमै वीभत्स र अनाकर्ष हुन्छ । अनि कसले किन्छ शिर्षक त्यस्तो चित्र -” अपोलोइनायरले सोधे ।
”अँ … हो … हो … अहिले चित्र किन्ने व्यक्तिहरूको मनोविज्ञान तिमीलाई बिल्कुलै थाहा नभएको जस्तो लाग्यो ।” अब मांरिसले प्रश्न गरे – “त्यसो भए शिर्षक विचारमा यस्ता चित्रहरू किन्ने मान्छे पाइन्छ भन्ने हो -”
”पाइन्छ भन्ने मात्र होइन, तिनले मात्तीसको चित्रलाई भन्दा पनि मेरो चित्रलाई बढी तिर्छन् । तिमी हर्ेर्दै जाऊ” जूलियोले भने ।
”हेरौँला – यो त हामी साथीभाइको सल्लाह हो ।”
”अँ भन …”
”यौटी साह्रै सुन्दरी केटीसँग हाम्रो परिचय छ । सुन्दर भएर के गर्नु – विचरी गरीब
छे । भोकभोकै मर्न लागेकी छे । उसैलाई मोडल बनाएर त्यस सोझी सरल सुन्दरीको नाङ्गो चित्र बनाउ । उसलाई पनि केही रकम मिल्छ । शिर्षक आर्थिक समस्या पनि हल हुन्छ । कसो -”
”यस्तो रकम दिन को तयार छ, भन त मांरिस”
”यस कुराको तिमी कुनै चिन्ता नगर । यौटा मान्छे हामीसित छ, जो त्यस
केटीको नाङ्गो चित्र किन्न तयार छ । ऊसित केही रकम पेश्की लिएर त्यस केटीलाई दिन सक्छौँ ।”
”के त्यस केटीलाई उसले पनि चिन्छ -” जूलियोले सोध्यो ।
”अँ चिन्छ …”
”त्यसो भए चित्र किन्ने पैसा त्यस सुन्दरीलाई दिएर पूरा नाङ्गो बनाई हेरे भइहाल्यो नि !”
मांरिस गम्भीर भयो – “म त्यस केटीलाई राम्रै चिन्छु । तर त्यो केटी त्यस मान्छेको अगाडि नाङ्िगन तयार हुन्न । त्यो मान्छे एक व्यापारी हो र व्यापारीका सामु आफ्नो नाङ्गो शरीर बिक्रीका लागि राख्न चाहँदिन …”
”त्यसो भए मेरो स्टूडियोमा आएर धेरै घण्टा नाङ्गो भई उभिँदा ऊ आफ्नो शरीरलाई बिक्रीको लागि भन्ने ठान्दिन होली र !”
”त्यो त हो । तर नाङ्गो मोडल हुनुलाई ऊ कलाको सेवा मान्छे ।” मांरिसले केही मुस्काउँदै भने- “अनि कलासँग उसको अगाध प्रेम छ ।”
”त्यसो भए ती कलाप्रेमी सुन्दरीसँग म भेट्छु” जूलियोले भने ।
युवतीको नाम मेरी थियो । ऊ दूब्ली र पातली थिई । उसको अनुहार सरल र आकर्ष थियो । आफ्नो कैलो रङ्गको कपालमा पहेँलो रिबन लाएकी थिई । अनि टाउको निहुराएर उभिइरहेकी थिई । मांरिसले मेरीलाई लिई आएको थियो । उसले जूलियोलाई एकान्तमा लगेर भन्यो – “चित्र किन्ने यौटा रूसी व्यापारी हो । नाङ्गो चित्रमा अत्यन्त कामोत्तेजक र पुष्ट छाती राखिदेऊ । कुनै वेश्याको चित्रजस्तो अनुहार थोरै फरक देखाई देऊ । त्यो चित्र कुनै खास वेश्याको जस्तै होस् । किनभने त्यो रूसी व्यापारी, जसले शिर्षक चित्रलाई पेश्की दिएको छ, बरोबर बेश्यालयमा आउने जाने गरिरहन्छ । उत्ताउली, सेक्सीलाई नै ऊ सुन्दर भन्छ र सुन्दरी ठान्छ ।”
”ल हुन्छ – ठीक छ । पेश्की देऊ …”
”यहीँ छ, राम्रो गनेर लेऊ । यसमा तीन भाग रकम शिर्षक र त्यस केटी मेरीको एक भाग हो । साँच्ची यो केटी आफै उत्कृष्ट कलाकार हो भन्ने कुरा त मैले भन्नै भूलेछु ।” मांरिसले सुनायो ।
”राम्रो भो – मैले थाहा पाएँ । यो चित्र लिन तिमी पर्सि आऊ” जूलियोले रकम लिँदै भन्यो ।
”मांरिस त्यहाँबाट हिँडेपछि मेरीलाई बोलाएर जूलियोले भन्यो – “किन
उभिइरहेकी ! साँच्चै तिमी यौटी कलाकार पनि हौ भन्ने कुरा के साँचो हो -”
”पहिलेदेखि नै कलामा चाख राख्थेँ । केही अभ्यास गरी स्केचहरू गर्न सिकेकी छु” मेरीले भनी ।
”ठीक छ, राम्रो हो । ल यो कागजमा मेरो स्केच अर्थात् रेखाचित्र बनाऊ”
”नभन्दै मेरीले हातमा कागज र पेन्सिल लिएर जूलियोलाई शिरदेखि पाउसम्म ध्यानपर्ूवक हेरी र रेखाचित्र बनाउन लागि । जूलियोले रेखाचित्र हेर्‍यो । बाहिरी रेखाहरू नै अत्यन्त स्वभाविक र प्रभावकारी लाग्यो ।
”जो भित्र छ, त्यही बाहिर आउने हो ।” जूलियोले रेखाचित्र राम्ररी हर्ेर्दै भन्यो – “तिमीले मलाई जसरी बाहिर देखेकी छौ र चित्र कोरेकी छौ । वास्तवमा म त्यस्तो कहाँ छु र ! यस्तै जिन्दगीलाई तिमीले जसरी भोगी आएकी छौ, अझ पछि भोग्नेछौ, बाहिर देखिएको जस्तो कहाँ हुन्छ र ! यो जिन्दगी अत्यन्त कठोर र निष्ठूर छ । त्यस जिन्दगीलाई साँचो ढङ्गमा प्रतिबिम्बित गर्ने कला पनि कडा र निष्ठूर नै हुन्छ ।”
”मैले तपाईंका कुरा केही पनि बुझिनँ । के तपाईंको यो स्केच मन परेन । म सिकारू छु – राम्रो नहुन सक्छ ।” मेरीले भनी ।
”होइन । तिमीलाई सिकारू भन्न कहाँ मिल्छ ! मलाई त तिमी साँच्चैको कलाकार लाग्यो । मैलेभन्दा यो स्केच तिमीले राम्रो बनाएकी छौ । तर कलाको प्रारम्भमा राम्रो वा सुन्दरता ठीकै जस्तो हुन्छ, परन्तु कलाकार त्यहीँ सीमामा रोकिँदैन । जुन अज्ञात र अन्त्यहीन बाटोमा कलाकारले हिँड्नु पर्छ । त्यहाँ सबै सुन्दर र राम्रो मात्र भन्ने कुनै हालतमा हुँदैन । ताराहरूको पछाडि पनि अरु केही हुन्छ । अनि मञ्चमा पुगेपछि कुनै पनि कलाकार व्रि्रोही हुन्छ । उसको जीवनलाई हर्ेर्ने दृष्टिकोण नै धेरै फरक हुन्छ” – जूलियोको लामो व्याख्यालाई आर्श्चर्यकासाथ मेरीले सुनी र हेरिरही ।
”ल भइगो यी कुरा छाडौँ । मैले भनेका कुराहरू अहिले तिमी त्यति सम्झन
सक्तिनौ । अब हामी कामको कुरा गरौँ । नाङ्गो चित्र अर्थात् न्यू मोडलिङ्गका लागि शिर्षक फिस के कत्ति हो -” – जूलियोले सोध्यो ।
यौटा सामान्य रकमको माग गर्दै मेरीले भनी – “खासगरी कलाप्रतिको मेरो यस सेवाले कुनै श्रेष्ठतम् कला सृजना हुन सक्यो भने मलाई अत्यन्त खुसी लाग्नेछ । तपाईंजस्तो सुप्रसिद्ध कलाकारले यस्तो ऐतिहासिक कलाकृति जन्माउन सक्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।”
”मेरी ! तिमी त कल्पनाको संसारमा बाँचिरहेकी रहिछौ । त्रि्रा ती रङ्गीचङ्गी सपनाहरूलाई म भत्काइदिन चाहन्छु । शिर्षक नाङ्गो चित्र बनाएर मबाट कुनै उत्कृष्ट कलाकृतिको सृजना होला भन्ने कुरामा म विश्वास गर्दिन । वास्तवमा शिर्षक नाङ्गो चित्र एक रूसी व्यापारीको लागि बनाउँदै छु । शिर्षक चित्र लिएर ऊ रूस जानेछ र त्यसलाई हेरेर आफ्नो मनोविनोद गर्नेछ । तिमीले आफ्नो चित्र हेर्नसमेत कहाँ पाउलाऊ र !” जूलियोले भन्यो ।
मेरी क्वाँ क्वाँ रून लागी । उसले भनी – “त्यसो भए यस्तो नाङ्गो चित्र म बनाउँदिन”
”अहिले भनेको चार गुना बढी रकम दिँदा पनि नगर्ने कि कसो – …
”अवश्य हो” मेरी दृढ भई ।
”त्यस धनी रूसी व्यापारीले तिमीले मागेबमोजिम रकम दिए पनि नगर्ने कि
कसो – शिर्षक यौटा के कुरा ! दर्जनौँ नाङ्गो चित्रहरू काल्पनिक रूपमा बनाउन
सकिन्छ । तिमीलाई थाहै छ कि स्पेनमा राम्रा कलाकारहरूको कुनै खाँचो छैन । वास्तवमा आफ्नो धन-सम्पत्तिले उसले जे पनि गर्न सक्छ …” जूलियोले सम्झायो ।
”हुन्न … बिल्कुल हुँदैन । कुनै कलाकारको हातमा म आफ्नो शरीरको प्रतिष्ठा ब्रि्रन दिन्न । तपाईंको कुराबाट मैले यस्तै हुने बुझेँ । मेरो शरीरको र्सवाङ्ग नाङ्गो
चित्रमा तपाईंको अमूल्य हस्ताक्षर होस् । अनि त्यो मेरो चित्र पहिलो र अन्तिम हुनेछ …” मेरी दह्री भई ।
अनि मेरीले आफ्ना सारा लुगाहरू फुकालेर बिल्कुल नाङ्गो भई । जूलियोले मेरीका दुइ नाङ्गो चित्रहरू -न्यूड पेन्टिङ्ग) बनाए । पहिलो चित्र रूसी व्यापारीले चाहेजस्तै बनाइदियो । त्यस चित्रका लागि पहिले तोकिएकोभन्दा पनि धेरै राम्रो रकम जूलियोले असूल गरे र मेरीलाई पनि पछि राम्रो रकम दिए । जूलियोले मेरीको अर्को नाङ्गो चित्र उनको अचेतन मनलाई लिएर आफ्नो क्यानभासमा उतारे ।
वास्तवमा जूलियोले कुनै समय वार्सिलोनामा केही अर्ध-नाङ्गा वेश्याहरू लाइन कसेर जहाजका नाविकहरूसँग हाँसखेल र ठट्टा गरिरहेका देखेका थिए । नाविकहरू तिनका शरीरमा अङ्गुरका झुप्पा फ्याँलिरहेका थिए । यही दृश्यलाई सम्झी जूलियोले मेरीको नग्न तस्वीर बनाए । जसलाई उभिइरहेको रूपमा मेरीलाई देखाए । अनि त्यस चित्रमा यौटी वेश्याको जिन्दगीका सारा भोगाई र दर्ूदशा राखी दिए । त्यस कलाकृतिमा कुनै नैतिकता थिएन, न कुनै कथा-कहानी । वास्तवमा यौटा देखिएको अर्थात् खुल्ला पीडा वा घाउ अत्यन्त इमान्दारीपर्ूवक जूलियोले त्यस चित्रमा मार्मिकतापर्ूवक पेश गरेका थिए ।

-स्पेन कलाकारका निमित्त साह्रै धनी र सम्पन्न राष्ट्र हो । त्यहाँको कलाकारको वास्तविक जिन्दगी प्रस्तुत गर्ने ँनाङ्गो चित्र’ अनुवादित रूपमा प्रस्तुत गरिएको छ । यस कथालाई भावानुवाद गरी नेपालीपन ल्याउने प्रयास गरेको छु ।

(श्रोत:- अन्तर्जाल )