Author Topic: महेन्द्रकी रानी र प्रचण्डकी श्रीमती - फरक पत्ता लगाउनुहोस  (Read 1462 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1187
महेन्द्रकि रानि

राजा महेन्द्रको पहिलो रानि कान्ति राज्यलक्ष्मि को कान्छो छोरा धिरेन्द्रलाइ जन्माउँदा अत्यधिक रक्तश्राव भयो। त्यहि बेला राजा त्रिभुवनले राणा शासनको अन्त्य गर्ने अभियानमा लागेका थिए। सिकिस्त बिरामि भए पनि त्यो बेला युवराज्ञि कान्तिलाइ बिदेश लगेर उपचार गर्ने अवस्ता थिएन। नेपालमा प्रसुति ग्रिह नहुनुको पिडा राजा महेन्द्रले त्योबेला राम्रैसंग बुझे। उपचार नपाएकि युवराग्यि कान्तिले ७ सालको प्रजातन्त्र आएको देख्नै नपाइ बितिन । यसरि आँफ्नि श्रिमतिको अन्तिम अबस्था टुलुटुलु हेर्न बाध्य भएका महेन्द्रले आँफु राजा हुने बित्तिकै कुनै पनि नेपालिले बच्चा जन्माउँदा रानिले जस्तै अकालमा मर्नु नपरोस भनेर प्रसुति ग्रिह निर्माण गर्न लगाए।  (ग्रि = गृ)

प्रचण्डकि श्रिमति

दुइ चोटि प्रधानमत्रि भएका - सर्वहाराका नेता प्रचण्ड अहिले बिदेश छन श्रिमतिको उपचारको लागि । प्रचण्ड पत्नि सिता आँफ्नो एक्लो छोराको निधन पछि बिच्छिप्त भएकि छिन र अझै तंग्रिन सकेकि छैनन । उनको स्वास्थ्य लाभ चाँढै होस।

तर, बारम्बार स्वास्थ्य उपचार गर्न भनेर बिदेश भ्रमणमा जाने प्रचण्डले  - अहिलेसम्म पनि देशमै त्यस्तो उपचार हुन सक्ने सुबिधा निर्माण गर्ने कदम उठाउन सकेनन । प्रचण्ड पत्नि सितालाइ सिंगापुरमा "पौडि उपचार" हुँदै छ रे । आशा गरौं, अब देखि कुनै पनि नेपालिलाइ पौडि उपचार गराउन बिदेश जान नपर्ने सुबिधा नेपालमा नै निर्माण गरिनेछ ।