Author Topic: Kings in Nepal  (Read 871 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 945
Kings in Nepal
« on: October 23, 2018, 09:11:39 PM »
द्रव्य शाहले कसरि गोरखामा शाहवंसको स्थापना कार्य थालनी गरेका थिए त?

नेपालको शाहवंशको त्यसबेलाका लमजुङका राजा नरहरि साह थिए। उनका भाइ द्रव्य शाह दाजुको राजमा बस्न चाहँदैन थिए। गोरखालाई जितेर राज्य गर्ने चाहना उनमा आयो। त्यसबेला गोरखामा खड्का राजाहरुको राज्य चलेको थियो। गोरखा राज्यका भारदारहरुको सहयोग पाएर द्रव्य शाहले सत्ता जित्ने योजना बनाए। गोरखा र लमजुङको बीचमा पर्ने डाँडामा लिगलिग कोट थियो। गोरखामा आक्रमण गर्नुभन्दा अगाडी यस लिगलिग कोटमा कब्जा गर्न जरुरी थियो।

लिगलिग कोटमा हरेक दशैंमा एक दौडको आयोजना हुने गर्थ्यो। त्यो दौडमा प्रथम आउने व्यक्तिलाई त्यस बर्षको राजा बनाउने चलन थियो। समकालीन कथाकिम्बदन्तिहरुमा द्रव्य शाहले लिगलिग दौडमा प्रथम आएपछि राजा बनेको भन्ने सुनिन्छ। तर उनि त्यो दौडमा प्रतिस्पर्धा नगरेको कुरा शिलालेखहरुमा पाइन्छ। वि.सं. १६१५ मा लिगलिग कोटमा यहि दौड आयोजना गरेको बेला पारेर द्रव्य साहले आक्रमण गरेर शत्रुहरुलाई मरेर आफ्नो अधिकार कायम गरेका थिए।

लिगलिग कोट जितेपछि गोरखा आक्रमण गर्न सजिलो भएको हुनाले वि.सं. १६१६ मा ठुलो आक्रमण गरे। पन्ध्र दिनसम्म चलेको युद्ध द्रव्य शाहको हारसंग सकियो। केहिसमय पछि आफ्नो शक्ति बलियो बनाएर भाद्र २५ मा द्रव्य शाहले पुनः आक्रमण गरे र गोरखाको राजगद्दी जिते। गोरखा राज्य जितेर त्यहाँ शाहवंश शुरु गराएको कारणले इतिहासमा यसको संस्थापक द्रव्य शाहलाई मानिन्छ। शाह राजाहरुमा नाम सुनिने प्रसिद्ध राजाहरुमा पर्ने द्रव्य शाह पर्छन्। उनको नाति राम शाह राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रहरुमा उनले गरेको सुधारका कारण प्रसिद्ध छन्।

गोरखाका राजाहरुको वंसज पृथ्वीनारायण शाहले वि.सं. १८०० मा नुवाकोटमाथि आक्रमण गरेर नेपाल राष्ट्रको एकीकारण को अभियान शुरु गरेका थिए। आधुनिक नेपालको संस्थापक र राष्ट्रपिता कहलाउने पृथ्वीनारायण शाहले गोरखा मात्र नभएर जहिले झगडा र युद्ध भइराख्ने अनेकन साना राज्यहरुलाई समेटेर सिंगो नेपालको स्वरूप दिएका थिए। एकपछि अर्को राज्यहरुलाई परास्त गरेका पृथ्वीनारायण शाहको नेपाल एकिकरणको सपना साकार भएको थियो। भारतमा अंग्रेज साम्राज्यको कब्जा भएको बेला नेपाललाई सिंगो राष्ट्र बनाएर अंग्रेजहरुको कब्जा हुन नदिएका पृथ्वीनारायण शाहको नाम आजसम्म पनि आदर र गर्वका साथ लिइन्छ। नेपालमा हरेक बर्ष उनको सम्झनामा पुष २७ गते पृथ्वी जयन्ति मानाइन्छ।

लेख साभार:

प्रा.डा. श्रीरामप्रसाद उपाध्याय - नेपालको प्राचीन र मध्यकालीन इतिहास



नरहरि शाहसंग विवाद
द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरुको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरि शाहलाई इर्ष्या भयो । उनले ´´भाइ द्रव्य शाहले मेरै सरदारको रुपमा गोरखा विजय गरेकाले गोरखामाथी लमजुङकै अधिकार हुन्छ´´भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने लगायतका योजनाहरु बनाइ पटक पटक प्रयास गर्यो तर उसलाई सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो ।दुई भाइबीच झगडा भए पछि दुबै राजाकी आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाइ दुई भाइलाई सीमा छुट्ट्याएको किंबदन्ती छ ।

दरबार हत्याकाण्ड सँग सम्बन्ध
गोरखामा अधिकार गरेपछि खड्का राजाका कुलदेवताले द्रव्य शाहको १९ औ वंशको शरीरमा प्रवेश गरि द्रव्य शाहको सन्ततिको वंश विनाश गरि कालान्तरमा शाह वंश नै अन्त्य गरेको खड्का समुदायको विश्वास रहेको छ ।

यिनी राजा पुरेन्द्र शाहका पिता थिए। यिनको शासनकाल सन् १५५९ देखि १५७० सम्म रह्यो। यिनको मृत्यु सन् १५७० मा गोरखामा भयो।
« Last Edit: October 23, 2018, 09:20:36 PM by anand »

anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Kings in Nepal
« Reply #1 on: October 23, 2018, 09:18:29 PM »
राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

प्रशन्न पोखरेल पस्लाङ (गोरखा) माघ ६


गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक पुर्नस्थापना भएसंगै न्याय दिलाउने राजाका रुपमा परिचित रामशाहको अर्धकदको सालिक पनि शान्ति प्रक्रियाकै क्रममा राजतन्त्र ढलेर गणतन्त्र आएपछि राखियो।

ठडिएका सालिकहरुको भीडमा शनिबार गोरखाका प्रथम शाहवंशीय राजा द्रव्य शाहको पालो आइपुगेको छ। शाहको अर्धकदको सालिक नारायणदास अर्यालले उनलाई राज्याभिषेक गराएको भनिएकै पस्लाङ चौतारो छेउमा राखिएको छ। पुरातत्व विभागको जग्गामा राखिएको सालिकले राज्याभिषेक गरेको चौतारो निहालिरहेझैं देखिन्छ।

गोरखा उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तरगत पर्यटन विकास गर्न चार लाख रुपैँया लगानीमा बनाएको सालिक इतिहासविद् दिनेशराज पन्तको उपस्थितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले अनावरण गरेका हुन्।



शालिक अनावरण गर्दै डा. वाग्लेले इतिहास हाम्रो सम्पत्ति भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्नुपर्नेमा जोड दिए। इतिहासविद् पन्तले नयाँ पुस्ताले इतिहासप्रति अनास्था बढाएको भन्दै वि.सं. १६६६ मा छत्र शाहले बनाउन लगाएको नहरा गोरखा दरबारमा भेटिए पनि द्रव्य शाहको पालामा बनेका सामग्री फेला नपर्नुले इतिहासप्रति हाम्रो ज्ञान अपूर्ण छ भन्ने देखिएको तर्क गरे।

द्रव्य शाह आफ्नो चत्युर्‍याइँ तथा षड्यन्त्रले गर्दा राजा भएको इतिहासविद् बताउँछन्। उनी यशोब्रम्ह शाहका कान्छा छोरा भएपनि राजा भएका थिए। द्रव्य शाहले लिगलिगकोटका साथै बारपाक राज्य आक्रमण गरी विजय हासिल गरेपछि गोरखा राज्यमाथि हमला गर्दै वि.सं. १६१६ भदौ २५ गतेदेखि वि.सं. १६२७ सालसम्म राजा भएका थिए।

प्रकाशित ६ माघ २०७४, शनिबार | 2018-01-20 16:32:39
नेपालखवर बाट



गोरखामा द्रव्य शाहको सालिक
 
हरिराम उप्रेती/नयाँ पत्रिका
गोरखा, ७ माघ | माघ ०७, २०७४

गोरखा नगरपालिका– ५ पस्लाङमा शाहवंशीय राजाका संस्थापक द्रव्य शाहको सालिक स्थापना गरिएको छ । उद्योग वाणिज्य संघ गोरखाले निर्माण गरेको राजा द्रव्य शाहको सालिकको शनिबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिय वाग्लेले अनावरण गरेका छन् ।

तत्कालीन राजा द्रव्य शाहले विसं १६१६ भाद्र २५ गते गोरखाको पस्लाङ चौतारामा नारायणदास अज्र्यालबाट राज्यभिषेक गरेका थिए । दौड जितेर लिगलिगे राजा भएका द्रव्य शाह त्यसपछि गोरखाको राजा भएको इतिहासमा उल्लेख छ । उनले राज्याभिषेक गरेको पस्लाङ चौतारालाई द्रव्य शाह चौतारोको नामले पनि चिनिन्छ ।

सालिक निर्माणमा पाँच लाख
करिब ४० किलोको ढलोटको सालिक निर्माण गर्न करिब पाँच लाख रुपैयाँ खर्च भएको उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण जोशीले जानकारी दिए । सालिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेले गोरखा ऐतिहासिक ठाउँ भएकाले यहाँ धार्मिक एवं सांस्कृतिक पर्यटनको विकासमा जोड दिनुपर्ने बताए ।

ललितपुर उद्योग वाणिज्य संघसँग समन्वय गरेर ललितपुरका कालिगढबाट सालिक निर्माण गरिएको उद्योग वाणिज्य संघ गोरखाले जनाएको छ ।

सालिकले पर्यटक बढ्ने विश्वास
द्रव्य शाहको सालिकका कारण गोरखामा आन्तरिक एवं बाह्य पर्यटक बढ्ने विश्वास उद्योग वाणिज्य संघले लिएको छ । विगतमा एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघले पस्लाङका १३ घरमा होमस्टेसमेत सञ्चालनमा ल्याएको थियो ।

२०७२ वैशाख १२ को भूकम्पले घरहरू भत्किएका कारण होमस्टे सञ्चालनमा समस्या भएको छ । अब पर्यटकलाई आकर्षित गर्न होमस्टे पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष जोशीले बताए ।

anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Kings in Nepal
« Reply #2 on: October 23, 2018, 09:24:22 PM »
पर्वतका अनिश बने लिगलिगे राजा
  असोज २८, २०७५ आइतबार १९:३:२ | किरण लोहनी

गोरखा – यस वर्षको लिगलिगे राजा पर्वतका अनिश थापा भएका छन् ।
लिगलिगकोट विकास अभियानको आयोजनामा भएको नवौं लिगलिगे दौड प्रतियोगिताका विजेता थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिनुभयो । एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापाले  श्रीपेचसँगै ६० हजार १ सय रुपैयाँ र मेडल पुरस्कार पाउनुभएको छ ।

सम्मानस्वरुप उहाँलाई पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक संस्था लिगलिग विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिनुभयो । दौडमा निर्धारीत दूरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो हुनुभयो । नेपाली सेनाका रामजी बस्नेतले ५९.२१ मिनेटमा पार गरी तेस्रो हुनुभयो ।

दोस्रो भएका पुनले ३५ हजार १ सय र तेस्रो भएका बस्नेतले २५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनुभएको छ । प्रतियोगितामा  नेपाली सेनाका कृष्णबहादुर बस्नेत चौथो, सुर्खेतका पवनकुमार ओली पाचौं,  नेपाली सेनाका हरिकुमार रिमाल छैटौं, नेपाल प्रहरीका भूमिराज राई आठौं, जुम्लाका धीरबहादुर बुढा नवौं र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी दशौं भएका छन् ।
भेट्रानतर्फको दौडमा कीर्तिपुरका धर्म महर्जन पहिलो, ललितपुरका पुष्पलाल श्रेष्ठ दोस्रो र काठमाडौंका बैकुण्ठ मानन्धर तेस्रो भएको स्थानीय सूर्य क्षेत्रीले जानकारी दिनुभयो ।
स्थानीयका लागि भएको प्रतियोगितामा हर्मीका कमल नेपाली पहिलो, हर्मीका सूर्य अधिकारी दोस्रो र खोप्लाङका दीपक नेपाली तेस्रो भएका छन् । स्थानीयतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार ५ रुपैयाँ, १२ हजार ५ रुपैयाँ र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाएका छन् ।
त्यस्तै खुल्ला महिलातर्फको ५ किलोमिटर दौडमा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, साुनमायाँ कार्की दोस्रो र प्युठानकी हुमी बुढा मगर तेस्रो भएका छन् । उनीहरुले क्रमश  २० हजार ५ , १२ हजार ५  र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफि र मेडल पाएका छन् ।

४०० वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जोगाइराख्न लिगलिगे दौडको आयोजना गरेको आयोजकले जनाएको छ । लमजुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा गएको नौ वर्षदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।

लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा सस्ंकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रतिनिधिसभा सदस्य चूडामणि खड्का, गण्डकी प्रदेश सदस्य हरिशरण आचार्य, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल लगायतको उपस्थित हुनुभएको थियो ।

From - ujyalo online