नेपाली सेलिब्रेटीका चर्चित छोराछोरी
भदौ,काठमाण्डौ
कलाकारीतामा जिवन सर्मपण गरेका कतिपय कलाकारका सन्तान कला क्षेत्रमै रमाईरहेका छन् । कतिपय आफ्ना अभिभावकका अधुरा चाहना पुरा गर्नमा कला क्षेत्रमा देखिन्छन् । कला क्षेत्रका व्यक्तिहरुसँगै हिमचिम बढी हुने भएकाले पनि कलाकारका सन्तानलाई कलाकारीताको बाटो असहज हुँदैन । त्यसैले पनि कलाकारका छोराछोरीहरु कलाकारीतामा देखिएका हुन् ।
सलोन बस्नेत
सानैदेखि बाल कलाकारको रुपमा अभिनय सुरु गरेका सलोन चलचित्रको नायक भइसकेका छन् । उनले होस्टल, आभास, एउटा साथी, सम्बोधनलगायतका चलचित्रमा नायक भूमिका निर्वाह गरेका छन् । चलचित्र बाबुबाट अभिनय आरम्भ गरेका उनले हामी तिनभाईलगायतका चलचित्रहरुमा गतिलो अभिनय गरेका थिए । सलोन नेपालका चर्चित चलचित्र निर्देशक तथा कलाकार सोभित बस्नेतका छोरा हुन् । आफ्नो बुबा निर्देशक भएकाले पनि सलोनलाई कलाकारीतामा प्रवेश गर्न गाह्रो भएन । अहिले उनको बुबाको चर्चा सेलाउँदै जाँदा उनको चर्चा चुलिँदै गएको छ ।
अनमोल के सी
बालकलाकारको रुपमा खासै नदेखिएका अनमोल केसी अहिले चकलेटी नायकको रुपमा उदाएका छन् । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार भूवन केसीका छोरा अनमोलले पहिलो चलचित्रबाट नै राम्रो सफलता पाए । भूवन केसीले चलचित्रमा अभिनय गर्ने क्रम पातलिँदै गर्दा अनमोलको माग बढीरहेको छ । उनले अभिनय गरेका होस्टल, जेरीलगायतका फिल्मले गतिलो सफलता पाएका छन् ।
केकी अधिकारी
नायिका केकी अधिकारी चलेकी नायिका हुन् । उनको माग अझै बढ्दो छ । चलचित्र निर्देशक बद्री अधिकारीकी छोरी केकीले ठूलो संख्यामा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । म्युजिक भिडियोमा पाएको सफलतापश्चात उनी चलचित्रमा देखिएकी हुन् । उनको बुबा बद्री अधिकारीले चक्रव्युह, ज्यान हाजीर छ, आवाज, लडाईँ, इन्द्रावतीलगायतका चलचित्र निर्देशन गरेका छन् । केकी अधिकारीले आई एम सरी, महसुस, मायाको बारीमा, मेरो बेस्ट फ्रेण्ड, बितेका पललगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।
अनुभव रेग्मी
नेपाली चलचित्र क्षेत्रका बाल कलाकार अनुभव रेग्मी अहिले नाई नभन्नु लको चौथो संस्करणका लागि अनुबन्धीत भइसकेका छन् । रिदम, नाई नभन्नु ल चलचित्रमा अभिनय गरेर गतिलो प्रतिक्रिया पाएका उनलाई निर्देशक विकास आर्चायले चलचित्रमा डेब्यु गराएका हुन् । उनले आफ्नो क्युट अनुहार दमदार अभिनयबाट सबैका मन लोभ्याएका छन् । उनका आमा कविता रेग्मी पनि कलाकार हुन् । उनको बुबा पनि चलचित्र क्षेत्रमै रहेका छन् । पारिवारीक चिनजान र उनको अभिनय क्षमताका कारण उनले सानो उमेरमा नै यस्तो चर्चा पाएका हुन् ।
सौगात बिष्ट
विश्वकै कान्छा चलचित्र निर्देशक बनेका बाल निर्देशक हुन् सौगात बिस्ट । उनले निर्देशन गरेको सिनेमा हो लव यु वावा । जसले सिनेमा बजारमा चर्चा पनि बटुल्यो । यहि चलचित्र निर्देशनका कारण गिनीज बुक अफ वल्र्ड रेर्कडमा उनको नाम लेखिएको छ । सौगातका बुबा गजित बिष्ट पनि नायक तथा कलाकार हुन् । उनी राम्रो नृत्य पनि गर्छन । गजितको छोराछोरी दुबै चलचित्र क्षेत्रमा छन् । उनकी छोरी संगम विष्टले राष्ट्रिय चलचित्र पुरस्कार पनि पाईसकेकी छिन् । गजित बिष्टले मायाज बार, तोरीलाहुरे, लभ यु बाबालगायत दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् ।
संयम पुरी
अहिले चर्चामा रहेका अर्का कलाकार हुन् संयम पुरी । बालकलाकारका रुपमा थुप्रै फिल्ममा अभिनय गरेका संयमले चलचित्र सायदबाट नायकको रुपमा देखा परेका हुन् । उनको अर्को चलचित्र पुन्टे परेड र आभाषले पनि राम्रै प्रतिक्रिया पाएको थियो । उनको अर्को चलचित्र लभ सभ भदौ २५ गतेदेखि प्रर्दशनमा आउँदैछ । संयम चलचित्र निर्देशक नारायण पुरीका छोरा हुन् ।
आश्मा डिसी
चलचित्र आभास र नाई नभन्नु ल ३ बाट चर्चामा आएकी नायिका हुन् आश्मा डि सी । आश्मा डिसीका बुवा पनि यहि क्षेत्रमा सक्रिय छन् । चलचिल निर्माताका साथमा साथसाथै टि भी फिल्मी मनै देखि फिल्मी भन्दै टि भि फिल्मी चलचएका छन् । उनले टि भि फिल्मीका व्यवस्थापक हुन् ।
गौरव पहरी
टिका पहरीका छोरा गौरब पहरी पनि चलचित्र क्षेत्रमा आफ्नो पाईला चाल्दै छन् । मञ्जरी, होस्टल, अधकट्टीलगायतमा अभिनय गरेर प्रशंसा बटुलेका गौरवका बुबा टिका पहरी रंगकर्मी तथा कलाकार हुन् । उनले देउता, बादल, युगदेखियुगसम्मलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।
त्यस्तै निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मी, राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गीलगायतले पनि आफ्नो अभिभावकको बिडो थाम्ने प्रयास गरेका छन् ।