आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँ
मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ
साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ
बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ
धाराको कुना निरको भेट म भन्न सक्दिनँ
झरीको पछि लागेको जून बिर्सिन सक्दिनँ
जुनेलो छाया मायालु उनी म भन्न सक्दिनँ
हातमा हात परेको बेला म भन्न सक्दिनँ
***
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। ...2
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
(एक लाश ठाउमा त्यो साथि मेरै बन्छ।
आधा रातमा बिउझे पनि सिरानीमै हुन्छ।)...2
प्रभातको ...2 मिर्मिरे उषा जब हुन्छ।
मेरो मनको झझल्कोमा पहिले आइ पुग्छ।
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
(बिछोडको वेदनामा जति छाती पोल्छ।
मिलनको कल्पनामा तेही आशा बन्छ।)...2
कोपिलामा ...2 आँसु जस्तै मुटु भित्रै पुग्छ।
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ।
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।
***
के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर
के छ र अरु मसँग दिऊँ कविता छोडेर
कोरेको थिएँ त्यही दिऊँ भनी मेटियो झस्केर
ल्याएको थिएँ गीत यो दिन तिमीलाई भनेर
पवन बिच बिलाइगयो त्यो पनि गएर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर
तस्वीर थियो मसँग एउटा राखेको खिचेर
पुरानो भ-ई त्यो पनि आज, गएछ रोएर
दियेको थिएँ मायाले एउटा चिनो है भनेर
त्यो पनि फिर्ता दिऊँ कि भन्दा गएछ खिएर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर
****
गर्छिन् पुकार आमा रोई कराई जोडले
हैन मेरो भन्छिन् सन्तान थरीथरीका
कोही धनी असाध्य कोही गरीब माग्ने
सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका
नाङ्गो छ आङ कहीँ कहीँ पोसाक मखमल
सक्दिनँ हेर्न भन्छिन् सन्तान थरीथरीका
सुनको थाल काहीँ, काहीँ छ पात खाली
सक्दिनँ सुन्न भन्छिन् सन्तान थरीथरीका
भन्छन् महल कसैका काहीँ छ चुथ्रो झुप्रो
सक्दिनँ सहन भन्छिन् सन्तान थरीथरीका
****
गाजलु ती ठुला ठुला आँखा
तीर बनी बसे यो दिलैमा
कालो लामो परेली केश
छाल परे कलिलो मायामा
निधारको त्यो रातो टीका
छाप बनी बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फुली
ज्योति बन्यो कलिलो मायामा
पातलो त्यो मधुर ओठ
स्वाद बनी बस्यो यो दिलैमा
मिलेका ती दाँतका पंक्ति
मोती बन्यो कलिलो मायामा