Author Topic: मविवि शाह (King Mahendra poems, songs)  (Read 102 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
मविवि शाह (King Mahendra poems, songs)
« on: July 07, 2019, 09:15:32 AM »
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल

ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा
दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल

तिमी जान हौ यौ जीउको तिमी प्राण जिन्दगीको
टाढा बसी कति दिन कसरी बुझाऊँ यो दिल


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
Re: मविवि शाह (King Mahendra poems, songs)
« Reply #1 on: July 07, 2019, 09:17:07 AM »
आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँ
मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ

साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ
बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ

धाराको कुना निरको भेट म भन्न सक्दिनँ
झरीको पछि लागेको जून बिर्सिन सक्दिनँ

जुनेलो छाया मायालु उनी म भन्न सक्दिनँ
हातमा हात परेको बेला म भन्न सक्दिनँ


***

किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। ...2
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।

किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।

(एक लाश ठाउमा त्यो साथि मेरै बन्छ।
आधा रातमा बिउझे पनि सिरानीमै हुन्छ।)...2
प्रभातको ...2 मिर्मिरे उषा जब हुन्छ।
मेरो मनको झझल्कोमा पहिले आइ पुग्छ।

किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।

(बिछोडको वेदनामा जति छाती पोल्छ।
मिलनको कल्पनामा तेही आशा बन्छ।)...2
कोपिलामा ...2 आँसु जस्तै मुटु भित्रै पुग्छ।
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ।

किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।

***

के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर

के छ र अरु मसँग दिऊँ कविता छोडेर
कोरेको थिएँ त्यही दिऊँ भनी मेटियो झस्केर

ल्याएको थिएँ गीत यो दिन तिमीलाई भनेर
पवन बिच बिलाइगयो त्यो पनि गएर

ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर
तस्वीर थियो मसँग एउटा राखेको खिचेर

पुरानो भ-ई त्यो पनि आज, गएछ रोएर
दियेको थिएँ मायाले एउटा चिनो है भनेर

त्यो पनि फिर्ता दिऊँ कि भन्दा गएछ खिएर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर

****

गर्छिन् पुकार आमा रोई कराई जोडले
हैन मेरो भन्छिन् सन्तान थरीथरीका

कोही धनी असाध्य कोही गरीब माग्ने
सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका

नाङ्गो छ आङ कहीँ कहीँ पोसाक मखमल
सक्दिनँ हेर्न भन्छिन् सन्तान थरीथरीका

सुनको थाल काहीँ, काहीँ छ पात खाली
सक्दिनँ सुन्न भन्छिन् सन्तान थरीथरीका

भन्छन् महल कसैका काहीँ छ चुथ्रो झुप्रो
सक्दिनँ सहन भन्छिन् सन्तान थरीथरीका

****

गाजलु ती ठुला ठुला आँखा
तीर बनी बसे यो दिलैमा
कालो लामो परेली केश
छाल परे कलिलो मायामा

निधारको त्यो रातो टीका
छाप बनी बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फुली
ज्योति बन्यो कलिलो मायामा

पातलो त्यो मधुर ओठ
स्वाद बनी बस्यो यो दिलैमा
मिलेका ती दाँतका पंक्ति
मोती बन्यो कलिलो मायामा

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
Re: मविवि शाह (King Mahendra poems, songs)
« Reply #2 on: July 07, 2019, 09:21:07 AM »
चिरेर मुटु यो तिमीले के पायौ
कित मेरो भन्नु पर्छ के आई हेरिदियौ
चिरेर मुटु यो तिमीले के पायौ

नचुंडी हाल्यो नजोडी हाल्यो
यसरी नपार विचमा विन्ति आईदेउ
चिरेर मुटु यो तिमीले के पायौ

बुझने कहिले सकिन अहिले
कस्तो यो चोट यस्तो
विन्तीछ सुनी देउ
चिरेर मुटु यो तिमले के पायौ

***

चोट दिल में रात दिन लुकाई आँसु झार्दछु
जिन्दगी भर आफ्नो तकदीर तौलंदै म जान्दछु
रात दिन लुकाई आँसु झार्दछु

पार टुक्रा यो कलेजा गर्नु सम्मन जे गर
आफ्नो वर्वादी कोसिकवा मुखमा किनल्याउँछु
रात दिन लुकाई आँसु झार्दछ

गर्दिन फरियाद ओंठले
चाहेजति दुश्मन बनुन्
दर्द दिन्छौ ताप झनझन
दिलमा अपनाउँछु । चोट...

***

छटपट गरेर नै सधैँ बिती गयो नि रात

दिनमा पनि कहाँ म पाउँछु र चैन
तसबीर उनकै सामने आएर दिनरात

आई गयो वसन्त; गृष्म, वर्षा पनि
आँशु बनेर नै गयो शरद्को चाँदनी

हेमन्तको बतासमा गयो निराश आश
शिशिरको तरूसरी सारा शरीर छ लाश

****

लोलाएका ती ठूला तिम्रा दुई नजरले
हेरिदिए मलाई चाहिन्न अर्को केही

सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै
स्पर्शमात्र पाए चाहिन्न अर्को केही

सुन्दर मुहार तिम्रो चन्द्रमा सर्माउने
एकपल्ट देख्न पाए चाहिन्न अर्को केही

छिनेको त्यो कटीमा जलको घडासरि भै
टाँसिरहन पाए चाहिन्न अर्को केही

काला घटा भदौका जस्ता ती केशराशी
छाया भए मलाई चाहिन्न अर्को केही


****
छटपट गरेर नै सधैँ बिती गयो नि रात
छटपट गरेर नै सधैँ…

दिनमा पनि कहाँ म पाउँछु र चैन
तसबीर उनकै सामने आएर दिनरात
छटपट गरेर नै सधैँ….

आई गयो वसन्त; गृष्म, वर्षा पनि
आँशु बनेर नै गयो शरद्को चाँदनी
आँशु बनेर नै गयो….

हेमन्तको बतासमा गयो निराश आश
शिशिरको तरूसरी सारा शरीर छ लाश
छटपट गरेर नै सधैँ….

****
बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर
हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर

त्यो घरको मान्छे हातमा लौरो हल्लाई ओर्लेर
फुकाई दाम्ली आउन थाल्यो पनेरो ताकेर
हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर

दतिवन भाँची हातमुख धोई पवित्र बनेर
अँजुली पानी चढाई वरी सूर्यलाई हेरेर
हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर

त्यो ढुङ्गामाथि थचक्क बसी सुसेली हालेर
गोरटो ढुक्यो बाख्राको पाठो काखमा च्यापेर
हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर

गाईगोठ सोरी त्यो घर्ती कान्छी आइन् निस्केर
सिम्रिक टीको आँखामा गाजल गुराँस सिउरेर
हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर